Comments Add Comment

माधव नेपाल

List Grid
ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई क्‍याबिनेटको निर्णय झिकाउने आदेश

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा […]

केपी ओलीको तानाशाहीविरुद्ध जुध्न आह्वान गर्छु : माधव नेपाल

१५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् । एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ […]

माधव नेपाल समूहको बैठक जारी

१४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो […]

संसदीय दलको बैठकमा सहभागी हुने नेपाल समूहको निर्णय

१३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने […]

माधव नेपालका लागि संकटपूर्ण समय

९ चैत, काठमाडौं । ‘आत्तिने र मात्तिने यी दुई कुरामा प्रष्ट छु । संकटमा आत्तिने र शक्तिमा मात्तिने कहिल्यै गर्नुहुँदैन ।’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सम्भवतः धेरै प्रयोग गर्ने हरफ हुन्, यी । सभा सम्बोधन, पार्टी प्रशिक्षण र भेटवार्तामा आउनेहरूलाई स-प्रसंग यी हरफ सुनाउन उनी प्रायः छुटाउँदैनन् । तर, तिनै नेता नेपाल सामुन्ने […]

ओलीले कसैको पद खोस्‍न सक्‍दैनन्- माधव नेपाल

६ चैत, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरुले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफूहरु सधै पार्टी एकताको पक्षमा रहेको र […]

माधव नेपाल समूहका सांसदहरुको छुट्टै भेला

५ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुको छुट्टै भेला शुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको भेला सुरु भएको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि यो समूहका सांसदहरु छलफलमा जुटेका हुन् । ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका […]

धुम्बाराही पुगे माधव नेपालसहितका नेता

२ चैत, काठमाडौं । नेकपा एमाले झलनाथ-माधव समूहका नेता पार्टी कार्यालय धुम्बाराही पुगेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि वरिष्ठ नेता मावधकुमार नेपालसहितका नेता धुम्बाराही पुगेका हुन् । ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटका लागि यत भएको हो ।

केपी ओली र माधव नेपाल बीच भेटवार्ता हुँदै

२ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट तय भएको हो । ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार भएनन् । त्यसपछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको स्रोतले जनाएको छ । […]

खनाल-नेपाल समूहको स्थायी कमिटी जारी

२९ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतर्फका स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । बानेश्वरस्थित एक होटलमा बैठक बसिरहेको छ । एघार बजे बोलाइएको केन्द्रीय सदस्य एवम् सांसदहरुको बैठकमा प्रस्तुत हुने एजेण्डाबारे छलफल गर्न स्थायी कमिटीका सदस्यहरुको बैठक बसिरहेको हो । अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल तर्फका नेताहरुलाई भूमिकाविहीन […]

प्रचण्डको विश्लेषण : माधव नेपालहरुले एमाले कब्जा गर्छन्, नभए विद्रोह

२८ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले माधवकुमार नेपालहरुले एमाले कब्जा गर्ने वा विद्रोह गर्ने अवस्था आउने दाबी गरेका छन् । संसद विघटनपछि नेकपा विभाजित हुँदा प्रचण्ड र माधव समूह एकातिर भएका थिए । तर सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि माधव नेपालहरु एमालेमा छन् भने प्रचण्डहरु […]

माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दै

२७ फागुन, काठमाडौं । पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताए । हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गरिने ती नेताले बताए । […]

कानुनी परामर्शमा छौं, पुनरावलोकनमा जान्छौं : माधव नेपाल

२४ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले मागै नभएको विषयमा प्रवेश गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दावीसहित गरिएको रिटको सुनुवाइ गर्दा सर्वोच्चले एमाले र माओवादी केन्द्र बीच भएको एकता प्रक्रिया नै भंग गर्ने फैसला उपयुक्त नलागेको बताए । ‘जुन मागै थिएन । फैसला त्यो […]

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल […]

संसद बैठक : प्रचण्ड र ओली पक्षका सांसद एउटै लहरमा

२३ फागुन, काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको दुईवटा […]

प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

१९ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । […]

प्रचण्ड-माधव समूहको स्थायी कमिटी मंगलबार, केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । भोलि मंगलबार स्थायी कमिटी र पर्सि बुधबार दिउँसो एक बजे केन्द्रीय कमिटी बैठक बोलाइएको हो । यसअघि ७ फागुनमा […]

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-माधव समूहको निर्णय

१७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए । तर, दुवै बैठकको मिति भने तोकिएको छैन । […]

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड र माधव नेपाल

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका छन् । बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनको निवासमा पुगेका हुन् । उनीहरुबीच सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको छ ।

प्रचण्ड-माधव समूहले बोलायो स्थायी कमिटी बैठक

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बोलाइएको छ । राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँ बोलाइएको हो । राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक दुई बजे बस्ने तय भएको हो । त्यसपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ । स्थायी कमिटी र संसदीय दल दुवै […]

चितवनको सभालाई सम्बोधन नगरी काठमाडौं फर्किए प्रचण्ड र माधव नेपाल

१२ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् । बुधबार चितवनमा हुने विरोधसभालाई सम्बोधन गर्न मंगलवार नै चितवन आएका बेला सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला […]