Comments Add Comment

मानव अधिकार आयोग

List Grid
मानव अधिकार आयोगमा महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए उजुरी

२२ वैशाख, काठमाडौं । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरूले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । सोमबार आयोग कार्यालय पुगेका उनीहरूले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरू निर्दोष रहेको बताएका हुन् । आफूलाई सांसदहरू बस्नेत […]

‘पत्रकारिताको मुख थुन्ने प्रवृत्तिमा ह्रास आएको छैन’

२१ वैशाख, काठमाडौं । आफ्ना सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले गत बुधबार मानव अधिकार आयोगमा उजुरी दियो । जसपाका नेताहरूले आयोगमै उपस्थित भएर उजुरी दर्ता गरेका थिए । आयोगका अध्यक्ष अनुपराज शर्मा भने आयोगमा लकडाउन बेला विगतको तुलनामा कम उजुरी परेको बताउँछन् । लकडाउनमा मानव अधिकार उल्लंघनका घटनाले निरन्तरता पाए […]

सांसद यादवले दिए मानव अधिकार आयोगमा अपहरणको उजुरी

१८ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहना अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरीपत्र […]

कुमार पौडेल प्रकरणमा संलग्नविरुद्ध कानूनी प्रक्रिया अघि बढ्यो : प्रहरी प्रवक्ता

२० माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरणमा संलग्न प्रहरीमाथि कारबाही गर्न निर्देशन दिएको तीन महिनापछि कानूनी प्रक्रिया अघि बढेको छ । गृह सचिव प्रेमकुमार राईले राजीनामा दिएको दिन शुक्रबार मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि प्रकरणमा संलग्न अधिकृतविरुद्ध कानूनी प्रक्रिया अघि बढेको हो […]

‘बालुवाटारमा फासीवादको अभ्यास हुँदैछ’

९ साउन, काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले वर्तमान सरकारबाट सामाजिक फासीवादको अभ्यास भरहेको बताएका छन् । मानवअधिकारकर्मीविरुद्ध मुद्दा चलाउन प्रधानमन्त्रीको किचन क्याबिनेटबाटै मान्छे र पैसा परिचालन भएको अर्यालको आरोप छ । ‘यो निर्वाचित सामाजिक फासीवाद हो । र, यसको प्राक्टिस हुँदैछ’ मानवअधिकार अभियन्ता अर्यालले अनलाइनखबरसँगको कुराकानीमा भने, ‘यो सरकार मानव अधिकारकर्मीलाई […]

निर्मला हत्या छानबिन प्रकरणमा डाक्टरकाे लापरवाही !

८ साउन, काठमाडौं । फौजदारी न्यायशास्त्रले ज्यानसम्बन्धी कुनै पनि अपराधमा चारवटा पक्षलाई हेर्छ- मनसाय, लापरवाही, हेलचेक्र्याइँ र भवितव्य । यी चार अवस्थामध्ये भवितव्यलाई सामान्यतः अपराध मानिँदैन । बाँकी तीनवटालाई चाहिँ फरक-फरक स्तरअनुसारको दण्डनीय अपराध मानिन्छ । निर्मला पन्तको हत्यासम्बन्धी प्रकरणको अनुसन्धानमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान अधिकारी तथा चिकित्सकहरुको टोलीले लापरवाही गरेको निश्कर्ष निकालेको छ । […]

मानव अधिकार आयोग : मोहना अन्सारी र सुदिप पाठकको जिम्मेवारी खोसियो

७ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले पाइरहेको प्रवक्ताको जिम्मेवारी खोसिएको छ । त्यस्तै आयोगका अर्का सदस्य सुदिप पाठकको संरक्षण र अनुसन्धान बिभागको जिम्मेवारी पनि खोसिएको छ । मानव अधिकार आयोगको प्रवक्ताको जिम्मेवारी भन्दा बिभिन्न गैरसरकारी मिसनको अभियन्ता बनेको आरोप लगाउँदै अन्सारीलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको स्रोतले जनाएको छ । आयोगको सही […]

यौनहिंसाका घटनाको अनुसन्धान प्रभावकारी भएन : मानव अधिकार आयोग

५ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले महिला र बालिकामाथि हुने दुर्व्यवहारमा कमी नआएको भन्दै अनुसन्धान र कारवाही प्रक्रिया प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सशस्त्र द्वन्द्वका समयमा महिला र बालबालिकामाथि भएका यौनजन्य हिंसाका पीडितले अहिलेसम्म न्याय पाउन नसकेको तथा तत्कालीन हिंसाका घटनाको प्रभावकारी अनुसन्धान पनि हुन नसकेको आयोगले बताएको छ । आयोगले तत्कालीन […]

गृहमन्त्री थाप भन्छन् : इन्टरनेटका कारण महिला हिंसा बढ्यो

१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना […]

मदिरा र इन्टरनेटका कारण महिला हिंसा बढ्यो : गृहमन्त्री थापा

१ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मदिरा, लागूपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा बढेको बताएका छन् । सोमबार राष्ट्रिय मानवअिधकार आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा उनले महिला हिंसा न्युनीकरण गर्न सरकारले तिनको प्रयोगमा कडाई सुरु गरेको बताए । ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना […]

टीकापुर घटनालाई राजनीतिक आवरण नदेऊ: मानव अधिकार आयोग

५ जेठ, काठमाडौं । सरकारले कैलालीको टीकापुर घटनासहित सबै मुद्दा फिर्ता लिने निर्णय गरेकोमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति प्रकट गरेको छ । मन्त्रिपरिषद् बैठकले थरुहट–मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्विकार्दै सबै मुद्दा फिर्ता लिने निर्णय गरेसँगै आयोगले शुक्रबार विज्ञप्ति निकालेर आपत्ति जनाएको हो । बिहीबारको मन्त्रिपरिषद् बैठकले ठाडो प्रस्तावमा सो निर्णय गरे पनि […]

मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ

२४ फागुन, जनकपुर । स्थानीय युवाहरुले जनकपुरस्थित राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय घेराउ गरेका छन् । सप्तरीको राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न माग गर्दै उनीहरुले मानवअधिकार कार्यालय घेराउ गरेका हुन् । उनीहरुले सप्तरीका एसपी दिवस लोहनीलाई कारवाही गरिनुपर्ने मागसमेत गरेका छन् । साथै सरकार र मानव अधिकार आयोग विरुद्ध […]

एमालेको शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह

२२ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्ण राजनीतिक अभियानमा अवराध नगर्न मधेसी मोर्चालाई आग्रह गरेको छ । साथै एमालेको पूर्वनिर्धारित कार्यक्रमलाई अवरोध पुर्‍याउने उद्देश्यले मधेसी मोर्चाबाट भएका घटना मानवअधिकारको मूल्यमान्यता विपरीत भएको बताएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै एमाले सप्तरीका सचिव सचिवशम्भु यादव र सह-सचिव प्रतापनारायण चौधरीमाथि भएको हातपात तथा सांसद […]

विभिन्न समुदायवीच मेलमिलाप गराउन सरकारलाई निर्देशन

२२ पुस, काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न समुदायबीचको समन्वय केन्द्र बनाउन सरकारलाई निर्देशन दिएको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले विभिन्न समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि तत्काल समन्वय केन्द्र स्थापना गर्न सरकारलाई निर्देशन दिएका हुन् । शुक्रबार काठमाडौमा आयोजित आदिवासी जनजाति अधिकार सम्बन्धी कार्यशाला गोष्ठीको उदघाटन गर्दै शर्माले दलित, आदिवासी/जनजातिलगायतका समुदायबीच कुटपिटको घटना […]

यातनारहित वातावरण सृजना गर्न मानव अधिकार आयोगको आग्रह

१२ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई यातना विरुद्धको कानून यथाशीघ्र तर्जुमा गर्न तथा नेपाललाई यातनामुक्त देशको रुपमा स्थापित गर्न आग्रह गरेको छ । साथै यातना निर्मूलीकरण गर्ने तर्फ सहकार्य, सहयोग, र समन्वय गर्न पनि आयोगले सम्वन्धित सबै पक्षलाई आग्रह गरेको छ । यातनापीडित सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस जुन २६ को सन्दर्भमा आइतबार […]

बलात्कार गर्नेहरुलाई कारबाही गर्न आयोगको आग्रह

२ असार, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने एक महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका जवानहरुमाथि अनुसन्धान गरी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले घटनाको सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी राष्ट्रिय मानव अधिकार आयोगलाई जानकारी गराउन नेपाल प्रहरीलाई निर्देशन पनि दिएको छ । घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र […]

एनसेल टावरमा आक्रमण गर्नेलाई कानुनको दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह

१ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संचार सेवा प्रदायक संस्था एनसेल टावरहरुमा आगजनी र तोडफोड गर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका कार्यकर्ताहरुलाई कानुनको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगले पीडित पक्षलाई क्षतिपूर्ति प्रदान गर्न पनि भनेको छ । विप्लव माओवादीका कार्यकर्ताहरुले देशका बिभिन्न जिल्लामा रहेका एनसेलका टावरहरुमा क्षति पुर्‍याएका छन् । […]