Comments Add Comment

मृत्यु

List Grid
ढिस्कोले पुरिएर महिलाको मृत्यु

१ कात्तिक, सप्तरी ।  तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

३१ असोज, धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नं.को मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नं.को ट्र्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार गम्भीर […]

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा झापामा एकको मृत्यु

३१ असोज, झापा । झापाको कनकाई नगरपालिका–१, दुर्गापुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–११ का ३० वर्षीय बुद्धि राईको ठक्करबाट ज्यान गएको हो । राई सवार मे १ प ७९११ नम्बरको मोटरसाइकललाई सोमबार मे १ त ३६५० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका […]

करेन्ट लागेर रौतहटमा मजदुरको मृत्यु

२४ असोज, रौटहट । जिल्लाको कटहरिया नगरपालिकास्थित निर्माणाधीन बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स मिलमा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ । कटहरिया नपा–९ डुमरिया टोलस्थित निर्माणाधीन चिनी मिलमा तार जोड्ने क्रममा सोमबार राति वडा नं ७, फत्तेपुर घर भएका ३० वर्षीय प्रमोद यादवको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका […]

करेन्ट लागेर भोजपुरमा एकजनाको ज्यान गयो

२० भदौ, भोजपुर । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो । खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु […]

करेन्ट लागेर सैनिक जवानको मृत्यु

१२ भदौ, सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची नगरपालिका–१ भोटेचौरमा करेन्ट लागेर नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले सैनिक जवान चौलागाईंको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जानकारी दिए […]

खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

३२, साउन, चितवन । रौतहटमा जमेको पानीमा डुवेर एकै परिवारका ३ जना बालबालिकाहरुको मृत्यु भएको खबर सेलाउन नपाउँदै पर्साको ठोरीमा पनि एक बालिकाको जमेको पानीमा डुवेर मृत्यु भएको छ । पर्सा जिल्लाको सुवर्णपुर गाँउपालिका–२ हनुमाननगरमा सडकमा जमेको पानीमा डुबेर ८ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको छ । हनुमाननगरमा निर्माण भइरहेको बाटोको खाल्टोमा जमेको पानीमा […]

समयमा उपचार नहुँदा डडेल्धुरामा सुत्केरीको ज्यान गयो

२४ साउन, डडेल्धुरा । डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै ज्यान गएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्याइएकी  २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । परशुराम नगरपालिका–६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि […]

चट्याङले नुवाकोटमा १ को मृत्यु, घाइते ३ जनालाई काठमाडौं ल्याइयो

२४ असार, नुवाकोट । मेघाङ गाउँपालिका–६ सामरी मैबलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चारमहिने शिशुसहित तीन जना घाइते भएका छन् । शुक्रबार राति परेको चट्याङ लागेर भिभराम तामाङको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी सामरीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तेजलाल यादवले जानकारी दिए । घरमा सुतिरहेका समयमा चट्याङ लागेर मृत्यु भएका ४७ […]

बसको ठक्करबाट दुईको मृत्यु

२४ असार, चितवन । पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयल चितवनका अनुसार काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना ६ ख ९०११ नंको बसले आज बिहान ३ः४० बजे राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ बस्ने ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया ठूलीमाया […]

जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  २३ असार, इलाम । जंगली हात्तीको आक्रमणबाट इलाम चुलाचुली गाउँपालिका–२ का एक युवाको ज्यान गएको छ । बिहीबार राति गाउँ छिरेको हात्तीको आक्रमणबाट चुलाचुली–२ का ३७ वर्षीय देवीलाल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । हात्तीले स्थानीय मनाया राई र उर्मिला खतिवडाको घरमा समेत क्षति पुर्याएको छ ।

आफैंले बोकेको बम विस्फोटनमा विप्लवका कार्यकर्ताको मृत्यु

१३ असार, धनगढी । निर्वाचन बिथोल्नका लागि आफैंले बोकेको बम आत्मघाती रुपमा विस्फोटन हुँदा कैलालीमा एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त आत्मघाती बम बिस्फोटन भएको थियो । बम विस्फोटबाट  घाइते भएका विप्लवका कार्यकर्ता २९ वर्षीय […]

मतदाता परिचयपत्र वितरण गर्ने कर्मचारीको झापामा मृत्यु

१२ असार, झापा । झापामा निर्वाचनमा खटिएकी स्वयंसेविकाको मृत्यु भएको छ । अर्जुनधारा–३ निवासी ४२ वर्षीया कमला भण्डारीको मृत्यु भएको हो । स्थानीय संयुक्त वडा कार्यालय, खुदुनाबारी मतदान केन्द्रमा परिचय पत्र वितरण गर्ने काममा खटिएकी उनी आइतबार बेलुकी अचानक बेहोस भएर लडेकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटलतर्फ ल्याउँदै गर्दा बाटैमा मृत्यु […]

हिमपहिरोमा पुरिएर दार्चुलामा यार्सा सङ्कलकको मृत्यु

२० जेठ, दार्चुला । जिल्लामा एक जना यार्सा सङ्कलकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । यार्सा सङ्कलनका क्रममा बिहीबार दार्चुलाको अपिहिमाल गाउँपालिका–१ मा हिमपहिरामा परी बैतडी, पुच्र्यौडी नगरपालिका–३ चनौलपानीका ४८ वर्षीय धौलसिंह बोहराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरामा परी चनौलपानीकै २१ वर्षीय जनक धामी गम्भीर […]

करेन्ट लागेर झापामा एकको मृत्यु

१० जेठ, झापा । करेन्ट लागेर झापाको गौरीगञ्ज गाउँपालिकामा एक भारतीय नागरिकको मङ्गलबार बेलुका मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–६ स्थित रामचन्द्र खोलाको पुल बनाउने मजदुर भारत घर भएका २० वर्षीय अर्पण मेचेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचेलाई ढलान मेसिन बन्द गर्ने क्रममा करेन्ट लागेको थियो […]

म्यादी प्रहरीको मृत्यु

२५ वैशाख, नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम-१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो […]

जन्ती बोकेको जिप पल्टिँदा कपिलवस्तुमा १ को मृत्यु, ९ घाइते

२५ वैशाख, कपिलवस्तु । जिल्लामा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो । युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने […]

करेन्ट लागेर बाग्लुङमा २ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । बाग्लुङमा सोमबार बिहान करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । बाग्लुङ नगरपालिका २ मा बिजुलीको करेन्ट लाग्दा दुजन घर्तीमगर र बमबहादुर घर्तीमगरको ज्यान गएको हो । नेपाल टेलिकम, बाग्लुङको भवन बनाउने काम गर्दै आइरहेका उनीहरुको हाइटेन्सन लाइन मुनिको रुखमा चिलको बच्चा समात्न चढ्दा करेन्ट लागेर ज्यान गएको डिएसपी अनिलकुमार खड्काले […]

बसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

२२ वैशाख , झापा। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका-११ स्थित दूधे चोकमा शुक्रबार गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २९ प ३५९ नम्वरको मोटरसाइकल विपरीत दीशाबाट आउँदै गरेको को १ […]

घरमा अागलागी हुँदा बृद्धाको मृत्यु

१८ वैशाख, दाङ । दाङको दूधरासमा एउटा घरमा आगो लाग्दा एकजना   जेष्ठ नागरिककाे मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ दूधरासको मनिकापुरस्थित बुद्धिबल गुरुङको घरमा आगो लाग्दा उनकी ६५ वर्षीया श्रीमती दिलमाया गुरुङको  मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले जानकारी दिए । प्रहरीका अनुसार एकाएक घरमा आगो लागेपछि घरभित्र रहेकी दिलमाया गुरुङभित्रै थुनिएकाले उनको जलेर […]

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

१८ वैशाख, कैलाली । कैलालीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारमा गएराति ना. ५ ख ९४१८ नम्बरको ट्रक र लु. ३३ प ८०९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा टिकापुर नगरपालिका ब्लक नम्बर ९ बस्ने अन्दाजी ३३ वर्षीय केशर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरीक्षक […]