Comments Add Comment

मोटरसाइकल दुर्घटना

List Grid
नुवाकोटमा बोलेरोसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२५ माघ, काठमाडौं । नुवाकोटको लिखु गाउँपालिका-३ ढिकुरेमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रदेश ३ ०१०२ च ३७१९ नम्बरको बोलेरो गाडी र बा६३प ६६९५ नम्बरको मोटरसाइकल शनिबार राति साढे ११ बजे आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २२ वर्षीय कमान तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई […]

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१० माघ, सप्तरी । तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका २ जोगियास्थित बिसनपुर-बोदे बर्साइन सडक खण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना भएको हो । बिसनपुरबाट बोदेबर्साईनतर्फ जाँदै गरेको ३ जना सवार प्रदेश नम्बर २-०१-००१ प ६४०३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना […]

कावासोतीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

१० माघ, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका-८, स्थित भित्री सडकखण्डमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका-३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती-८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका […]

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

८, माघ, सप्तरी । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । खडक नगरपालिका-११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए । उक्त दुर्घटनामा मोटरसाइकल चालक […]

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

२ माघ, महेन्द्रनगर । मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुईजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका-५ आम्खैयामा बिहीबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा परी से६प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी […]

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२२ पुस, जनकपुरधाम । सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडानम्बर-२ बस्ने रामएकबाल राय यादव छन् । यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका-४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो । उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल […]

धोबी खोला पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

१२ पुस, काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल शनिबार राति सवा नौ बजे पुलबाट धोबीखोलामा खसेको थियो […]

ललितपुरको धोबीघाटमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

८ पुस, काठमाडौं । ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका खनाललाई बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको […]

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एकजना घाइते   

२५  मंसिर, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन छिन् । मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे […]

कैलालीमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, ३ जना घाइते

२५ मंसिर कैलाली । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । से १ प ५५७८ र से ६ प ३७११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा धनगढी उपमहानगरपालिका–१९ का पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक […]

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१८ मङ्सिर, महोत्तरी । महोत्तरी जिल्लाको माईस्थान-गौशाला-सम्सी सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे मोटरसाइकल दुर्घटना हुँदा गौशाला-८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । प्रदेश २-०२-००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको […]

शंखमुलमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३१ शंखमुलमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । शनिबार बेलुकी करिब सात बजेतिर शंखपुलबाट दोभान पुलतर्फ गइरहेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०२००६ प ८८०० नम्बरको मोटरसाइकल आपसमा […]

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

८ मंसिर, बुटवल । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो । लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा आइतबार राति अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका […]

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

७ मंसिर, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको खेस्राहा प्रहरी चौकीमा कार्यरत बाराको कलैया उपमहानगरपालिका–१ बस्ने २७ वर्षीय राजकिशोर साह रहेका छन् । महागढीमाई नगरपालिका–८ जोलगाभा स्थित थलही पुल नजिकै लङ्गडाचोकबाट बरियारपुरतर्फ जाँदै गरेको ना.६२.प.३६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा साहको घटनटस्थलमा नै मृत्यु […]

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२ मंसिर, जनकपुरधाम । सर्लाहीको दुई छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बरहथवा नगरपालिका २ स्थित भित्री सडक खण्डमा राखिएको ट्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । स्थानीय ठेकेदार सुरेश कार्कीले आफ्नो ट्याक्टरको टेलर फुकाली बाटो छेकी राखेको अवस्थामा हजरियाबाट बरहथवातर्फ आउँदै गरेको […]

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

१ मंसिर, बुटवल । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । श्रीमान् श्रीमती चढेको मोटरसाइकल बाणगंगा नगरपालिका–५ कोपवामा दुर्घटना हुँदा ४० बर्षीय रामकली चौधरीको मृत्यु भएको हो । बाणगंगा–११ का अनिरुद्र चौधरीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनकी श्रीमती रामकलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए […]

स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु   

२३ असोज, वालिङ । स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ […]

माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु, एकजना घाइते

५ असाेज, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत पाँच किलोमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार साेमबार दिउँसो इच्छाकामना गाँउपालिका-६ स्थित पाँचकिलोमा ग.५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गोरखाको शहिदलखन गाउँपालिका-५ बस्ने ४५ वर्षीय सुनबहादुर थापाको मृत्यु भएको हो । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा […]

बारामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

११ भदौ, कलैया (बारा) । मोटरसाइकल दुर्घटनामा परी बिहीबार एकजनाको मृत्यु भएको छ । बिहान ९ बजेका समयमा महागढीमाई नगरपालिका-२ भुतहीपुल नजिकै रौतहटबाट कलैयातर्फ आइरहेको ना६१प ६६४० नम्बरको मोटरसाइकल आफैँ पल्टिन जाँदा चालक रौतहट जिल्ला निवासी ३५ वर्षीय सुरेशचन्द्र पटेलको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । गम्भीर घाइते भई उपचारका लागि कलैया […]

दाङमा मोटरसाइकल नदीमा खस्दा एकजनाको मृत्यु, एकजना बेपत्ता

३२ साउन, तुलसीपुर । सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना बेपत्ता भएका छन् । लु५७प ११०० नम्बरको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो राप्ती नदीको पुलमा ठोक्किँदा मोटरसाइकलसहित दुवै जना नदीमा खसेको वडा प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक प्रज्वल थपलियाले […]

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२७ साउन, बागमती । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौंडा उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । हेटौंडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै […]