Comments Add Comment

मोटरसाइकल दुर्घटना

List Grid
रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२७ साउन, बागमती । हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक भीमफेदी–९ नामटार घर भई हेटौंडा उपमहानगरपालिका–११ बस्ने १८ वर्षीय अजय विश्वकर्मा रहेको प्रहरीले जनाएको छ । हेटौंडा –११ थाना भ¥याङ सडकमा रोकिराखिएको बा ९७ प ५४१३ नम्बरको ट्रकमा गए राति हेटौंडाबाट चितवनतर्फ जाँदै […]

बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

२५ साउन, वीरगञ्ज । बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन । सोमबार बिहान भएको दुर्घटनामा अन्दाजी ३२/३३ वर्षीय पुरुषको मृत्यु भएको हो । हुलाकी राजमार्ग अन्तर्गत पचरौता नगरपालिका–८ स्थित जोरा खोलाको पुलमा मोटरसाइकल  ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे बिहान ६ः२० बजे स्थानीयले […]

भक्तपुरको जगातीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२५ साउन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती चोकमा सामान बोक्ने पिकअप गाडीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो । श्रेष्ठले चलाएको बा ६६ प २८१० नम्बरको मोटरसाइकल र बा १९ च ३३८४ नम्बरको गाडी गएराति करिब ८ः५० बजे आपसमा ठोक्किएका थिए […]

श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु

१९ साउन, जनकपुरधाम । सर्लाहीमा श्रीमानले चलाएको मोटरसाइकलबाट खसेर श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका-४ बस्ने ४० वर्षीया सन्जु देवी राम रहेकी छन् । प्रहरीका अनुसार हरिपुर नगरपालिका-४ हरैयास्थित मलंगवा-नवलपुर सडकखण्डमा श्रीमान नागेन्द्र रामले चलाएको बा ९ प ९९३५ नम्बरको मोटरसाइकलको पछाडिबाट खस्दा उनी गम्भीर घाइते भएको थिइन् । घाइते सन्जुलाई उपचारका […]

सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१८ साउन, काठमाडौं । सुनसरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका बस्ने ४० वर्षीय दीपक मगर रहेका छन् । इनरुवा नगरपालिका-४ स्थित सडकमा को.१ च ८३०१ नम्बरको जिपले को.२८ प ४२७३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकलका चालक समेत रहेका मगरको वीपी […]

मोटरसाइकल दुर्घटनामा आमा–छोराको मृत्यु

१७ असार, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनागथ नगरपालिका ४ हरैयामा बुधबार भएको मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ । जनकपुर-ढल्केबर सडक खण्डमा पर्ने हरैयामा ज ३प ७०४२ नम्बरको मोटरसाइकल सडक छेउको खम्बामा ठोक्किँदा चालक जनकपुरधाम उपमहानगरपालिका- २० देवपुर रुपैठाका २५ बर्षीय विजय शर्मा र उनकी ४५ बर्षीया आमा धर्मवतीदेवीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले […]

काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दाजुभाइको मृत्यु

१७ असार, काठमाडौं । काभ्रेको धुलिखेलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ रविओपी बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्द्धन कोइराला रहेको काभ्रेका एसपी रवी पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार मृतक दुवै जना दाजुभाइ हुन् । एसपी पौडेलले भने, ‘पाँचालबाट रविओपीतर्फ जाँदै गरेको बा […]

मोटरसाइकलको ठक्करबाट कैलालीमा बालकको मृत्यु, ३ जना घाइते

१६ असार कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा-१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार […]

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु   

६ जेठ, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका-३ का मोहन चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२५ वैशाख, सप्तरी । सप्तरीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कृष्णासावरण गाउँपालिका-३ का ३५ वर्षीय बिक्रम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए । अग्निसाइर कृष्णासावरण गाउँपालिका-२ सितापुरस्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार बिहान ना३ख ६१२६ नम्बरको ट्रकमा स८प ५६२९ नम्बरको मोटरसाइकल ठोक्किएको […]

मोटरसाइकल दुर्घटनामा प्रहरीको जवानको मृत्यु

१३ वैशाख, कोहलपुर । बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा शनिबार बिहान मृत्यु भएको छ । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घटना भएको हो । ड्युटी सकेर भे३प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएर मृत्यु […]

कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

११ वैशाख, काठमाडौं । भक्तपुरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल कौशलटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ३९ प ५७४१ नम्बरको मोटरसाइकल बिहीबार साँझ करिब साढे पाँच बजे आफैँ अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मध्यपुर ठिमी नगरपालिका-५ भुलाङखेलका ३० वर्षीय अजय श्रेष्ठको मृत्यु भएको हो । मध्यपुर अस्पताल ठिमी अस्पतालमा उपचारको क्रममा साँझ […]

मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

४ फागुन, काठमाडौं । मोरङमा आज (आइतबार) भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बिहान ग्रामथान गाउँपालिका-३ रंगटोलको कच्ची सडकमा को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५३ वर्षीय हरीलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२२ पुस, ओखलढुङ्गा । सुनकोशी गाउँपालिका-३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी-३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको […]

मोटरसाइकल र भ्यान ठोक्किंदा वीरगञ्जमा एकजनाको मृत्यु

१८ मंसिर, वीरगञ्ज । वीरगञ्ज-पोखरीया सडकखण्डमा भएको सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल र म्याजिक भ्यान ठोक्किंदा पोखरीया नगरपालिका वडा नं ९ का २४ वर्षीय रामनारायण मुखियाको मृत्यु भएको हो । वीरगन्जबाट पोखरीया गइरहेको ना१ज ८०२४ नम्बरको म्याजिक भ्यान बिहान अनियन्त्रित भइ विपरीत दिशाबाट आइरहेको ना१२प ५३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । […]

मोटरसाइकल दुर्घटना हुँदा दुईजना भीरमा अड्किए, अवस्था अज्ञात

६ साउन, वुटवल । रुपन्देहीको तिनाउँ गाउँपालिका-३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जना भीरमा अड्किएका छन् । लु२१प ९६८० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पाल्पाको तानसेन नगरपालिका-७ का माधन कुमाल र उनका छोरी उमेश कुमाल भीरमा अड्किएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था के छ भन्ने थाहा हुन सकेको छैन । भीरमा जान सक्ने […]

माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

१३ फागुन, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका-६ स्थित मलेठ चोकमा आइतबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कंचनपुर-फत्तेपुर सडक खण्ड अन्तर्गत उक्त ठाउँमा  माइक्रो बसमा पछाडिबाट मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहीले जनाएको छ । सप्तरीको फत्तेपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा४ख ८२४ नम्बरको हायस माइक्रोबसमा पछाडिबाट आइरहेको को. ३१ […]

दुर्घटनामा परी एकको मृत्यु

१३ कात्तिक,नवलपरासी । नवलपरासीको सदमुकाम परासीस्थित रामग्राम नगरपालिका-४ जितपुरमा सोमबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अन्य एक घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका-२ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला […]

मोटरसाइकल दुर्घटनामा २ को मृत्यु

५ कात्तिक, नेपालगन्ज । बाँकेको कोहलपुर-बाँसगढी सडकखण्डमा मध्यरात भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बैजनाथ गाउँपालिका-५ रंगिलाचोकमा आइतबार मध्यराति १२ बजे भे ४ प ६८६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बाँके बैजनाथ-२ का २७ वर्षीय सुजन रावत र दैलेख नारायण नगरपालिका-२ की १९ वर्षीया मंगला सुनारको मृत्यु […]

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

३१ असोज, धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नं.को मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नं.को ट्र्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार गम्भीर […]