Comments Add Comment

मौसम

List Grid
पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

११ फागुन, काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । […]

आज पनि अपराह्नपछि बदली र वर्षाको सम्भावना

६ फागुन, काठमाडौं । आज पनि अपराह्नपछि बदली र हल्का वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । अहिले बिहानपख भने काठमाडौं उपत्यकामा घाम लागेको छ । ‘आज दिउँसो एक-दुई बजेपछि भने बदली हुने देखिन्छ र हल्का वर्षा हुने सम्भावना छ, राति फेरि मौसम क्लियर हुन्छ,’ वरिष्ठ मौसमविद वरुण पौडेलले अनलाइनखबरसँग भने । यस्तो अवस्था काठमाडौं […]

भोलिदेखि देशभर मौसम सफा हुने   

५ फागुन, काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् […]

पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने   

३ फागुन, काठमाडौं । पश्चिमी वायुको प्रभाव अझै केही दिन कायम रहने भएको छ । केही दिनयतादेखि उक्त प्रणालीको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात भइरहेको छ । मौसमविद् शान्ति कँडेललेका अनुसार यस प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने छ । हाल कायम […]

अधिकांश स्थानमा बदली, काठमाडौंमा पानी पर्ने सम्भावना कम

२८ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद निराजन […]

बुधबारदेखि फेरि वर्षा र हिमपातको सम्भावना

२६ माघ, काठमाडौं । यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौंसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए । नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिबारसम्म मौसम बद्ली हुनका साथै शनिबार अपरान्ह हल्का वर्षा पनि भएको थियो […]

आजबाट मौसममा सुधार, काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

२५ माघ, काठमाडौं । काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । त्यसैले आज बिहान अत्यधिक चिसो महसुस भएको छ । गत पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियससम्म झरेको थियो । यो नै यस वर्षको सबैभन्दा कम तापक्रम हो । मौसमविद सजिना शाक्यका अनुसार आज बिहान पौने ६ […]

आज पनि मौसम बदली : कतै वर्षा, कतै हिमपात

२४ माघ, काठमाडौं । आज पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । आज दिउँसो प्रदेश १ का धेरै […]

मौसममा बदलाब, सुरु भयो पानी र हिमपात

२३ माघ, काठमाडौं । आज बिहानैदेखि मौसममा बदलाब आएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको छ । महाशाखाका अनुसार बिहानै पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ भने […]

मौसम पूर्वानुमान : सुदूरपश्चिम र कर्णालीमा वर्षासँगै हिमपात

१० माघ, काठमाडौं । आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भू-भागहरुमा हुस्सु/कुहिरो लागेको को छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको […]

चितवनमा कृषि-पर्यटन क्षेत्रमा मौसमको पूर्व सूचना दिने प्रणालीको तयारी

३, माघ, चितवन । चितवनमा कृषि र पर्यटनको क्षेत्रमा मौसमको पूर्वसूचना दिने प्रणालीको व्यवस्थापन गरिने भएको छ । कृषि र पर्यटन क्षेत्रको हवको रूपमा जिल्ला रहेकोले यूके एड न्तर्गतको इसिमोड र विभिन्न सरकारी निकायको साझेदारीमा ‘पाइलट प्रोजेक्ट’का रुपमा यस्तो सूचना प्रणालीलाई अबलम्बन गर्न लागिएको हो । कृषि ज्ञान केन्द्र चितवनसँग सहकार्य गर्न इसिमोडले सम्झौतासमेत गरिसकेको […]

प्रदेश १ र २ मा आंशिक बदली, जाडो बढ्ने पूर्वानुमान

२६ पुस, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशका विभिन्न भूभागमा मौसम बदली भइ जाडो बढ्ने बताएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले आज बिहान मौसमसम्बन्धी सूचना जारी गर्दै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना […]

देशभरको मौसम बदली, काठमाडौंमा बाक्लो हुस्सु

२० पुस, काठमाडौं । पश्चिमी वायुको प्रभावले सोमबार काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको छ । सोमबार विहानैदेखि उपत्यकामा घाम लागेको छैन र बाक्लो हुस्सु लागेको छ । घाम नलागेका कारण दिउँसोमा चिसो महसुस भएको छ । आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र यो आउँदो बिहीबारसम्म जारी रहने […]

पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना

१९ पुस, काठमाडौं । पश्चिमी वायुमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावका कारण आइतबार देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम […]

काठमाडौंमा यस वर्षकै धेरै जाडो, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

२९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो काठमाडौं उपत्यकामा यस वर्षकै कम तापक्रम हो । तापक्रम घटेकाले बिहानपख उपत्यकामा यस वर्षकै धेरै जाडो महसुस गरिएको छ । मौसमविद निराजन सापकोटाले भने, ‘सोमबार बिहान पौने ६ बजे रेकर्ड गर्दा काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस […]

३ दिनसम्म मौसम बदली हुने

२४ मङ्सिर, काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले शनिबारसम्म […]

पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

२० मंसिर, काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर प्रदेश र विहारको आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन् । […]

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

१० मङ्सिर, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ […]

मौसम बदलीसँगै चिसो बढ्यो, हल्का वर्षाको सम्भावना

१ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । सोमबार विहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव ७ र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम […]

काठमाडौंबाट देखिएको हिमाल (फोटो फिचर)

१३ कात्तिक, काठमाडौं । बुधबार धुम्म भएको काठमाडौं उपत्यकाको मौसम बिहीबार खुलेको छ । दिउँसो मौसम सफा भयो र चर्को घाम लाग्यो । मौसम सफा देखिएका बेला काठमाडौं उपत्यकाको उत्तरतिरका हिमाल प्रस्ट देखिएको  छ । आकाशमा बादलका टुक्राटुक्री पनि देखिएका छैनन्, नीलो सफा देखिएको छ र उत्तरमा  हिमाल सेता  देखिएका छन् । हेर्नुहोस् तस्वीरहरु 

दशैंको टीकाको दिन कस्तो होला मौसम ?

८ कात्तिक, काठमाडौं । यस वर्ष दशैंको टीकाको दिनसम्म देशभर मौसम सफा हुने मौसमविदले बताएका छन् । मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘देशभर मौसम डिस्टर्ब छैन । त्यसैले यस वर्ष हिले दशैं हुने सम्भावना छैन ।’ पूर्वी भागको आकाशमा अलिअलि बादल लाग्ने र विशेष गरी प्रदेश १ को पहाडी भूभागमा छिटफुट वर्षाको सम्भावना भए पनि […]