Comments Add Comment

मौसम

List Grid
मनसुन बाहिरिन अझै केही दिन लाग्ने

२८ असोज, काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ (अक्टोबर–१) मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भएपनि बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको केही भू–भागमा […]

धेरैजसो स्थानमा भारी वर्षा, शनिबारबाट मौसममा क्रमिक सुधार आउने

८ असोज, काठमाडौं । देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘आज र भोलि देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही […]

आगामी पाँच दिनसम्म भारी वर्षा हुने

४ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म देशभरी मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको छ । केही स्थानमा भने हावाहुरीसहितको अधिक वर्षा हुने विभागले जनाएको छ । हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान […]

यस वर्षको मनसुन : २६२ जनाको ज्यान लियो, अब बाहिरिने तर्खरमा

२१ भदौ, काठमाडौं । नेपालमा गत जेठ ३० गते भित्रिएको यो वर्षको मनसुन कमजोर भएको छ । अब नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको मौसमविदहरु बताउँछन् । नेपालमा मनसुन भित्रिने औसत मिति १० जून हो भने बाहिरिने मिति २३ सेप्टेम्बर हो । तर, कहिलेकाहिँ दुई-चार दिन ढिला हुन सक्ने मौसमविद बताउँछन् । २३ सेप्टेम्बर (असोज ७ […]

बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने

१५ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ […]

पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह

३१ साउन, काठमाडौं । पश्चिम भूभागका केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विगत २४ घण्टामा पनि बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । शनिबार दिउँसो र राति पनि […]

आगामी पाँच दिन भारी वर्षाको संभावना

११ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले दुबै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको विभागले उल्लेख गरेको छ । आगामी […]

देशभरका नदीमा जलसतह घट्दै, आज पनि पानी पर्ने सम्भावना

७ साउन, काठमाडौं । आज देशका मुख्य नदीहरुमा जल सतह घट्दो क्रममा रहेको छ । कन्काइ, कमला, बागमती, नारायणीलगायतका नदीहरुको बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजु वैद्यले कोसी र त्यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहे पनि कन्काइ, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबइ र […]

सानो पानी आउँदा पनि भासिन्छ जमिन, पहाडी जिल्लामा डरैडर

७ साउन कैलाली । बझाङको केदारस्युँ गाउँपालिका २ का हेमन्त भण्डारीलाई राति निन्द्रा पर्दैन । उनको घर पहिरोको उच्च जोखिममा छ । असार १९ गते बझाङको केदारस्युँ गाउँपालिका ८ मलागीमा गएको भीषण पहिरोले उनलाई थप त्रसित बनाएको छ । ‘मेरो घर पनि पहिरोको उच्च जोखिममा छ’ उनले भने ‘डरै डरले रात बित्छ ।’ केदारस्युँ बझाङमा […]

कसरी मिल्न थाल्यो नेपालको मौसम पूर्वानुमान ?

५ साउन, काठमाडौं । पानी नपर्दै पनि एक वृद्ध छाता लिएर सडकमा हिँडिरहेका हुन्छन् । कसैले सोध्छ, ‘ए बाजे, किन छाता लिएर हिँडेको ?’ वृद्धले जवाफ फर्काउँछन्, ‘मौसम विभागले पानी पर्दैन भनेको छ, त्यही भएर ।’ मौसम विभागले गरेको पूर्वानुमान नमिलेको भनेर व्यङ्ग्य गर्न केही वर्ष अगाडि एउटा पत्रिकामा छापेको कार्टुन हो यो । तर […]

आज दिनभर झरी, भोलिदेखि मौसममा क्रमिक सुधार

२४ जेठ, पोखरा । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने मौसमविदले बताएका छन् । भोलिबाट भने मौसममा क्रमिक सुधार हुँदै जाने छ । अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम […]

मौसम सफा हुन एक साता लाग्छ : मौसमविद्

२३ वैशाख, काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ । वर्षा र बदलीमा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुले […]

अझै ३ दिन देशभर वर्षाको सम्भावना

१४ वैशाख, काठमाडौं । केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी/अरब सागरबाट समेत जलवाष्पयुक्त […]

काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा वर्षा, कहिले रोकिएला ?

९ वैशाख, काठमाडौं । हाल काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा देशको धेरैजसो स्थानमा वर्षा भइरहेको छ । अन्य स्थानको तुलनामा प्रदेश नम्बर २,  बागमती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा बर्षा बढी भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद मन्जु बासीले ती स्थानहरुमा मेघ गर्जन, चट्याङ, […]

आजदेखि मौसम सफा हुँदै जाने

२३ पुस, काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शुक्रबारदेखि सुधार हुँदै गएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना शाक्यले बताइन् । ‘आज मध्याह्नसम्म देशैँभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ’, मौसमविद् शाक्यले भनिन् । बेलुकापखबाट मौसम क्रमिक […]

मौसमविद् भन्छन्– दशैं घमाइलो नहुने भाे

९ असोज, काठमाडौं । यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् । यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ […]

भदौरे झरीमा रुझेको काठमाडौं (फोटो फिचर)

३१ भदौ, काठमाडौं । मंगलबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा दिनको अधिकांश समय पानी पर्‍यो । विगत वर्षमा मनसुनी वर्षा अन्त्य हुने समय भइसक्दा पनि यो वर्ष केही दिनयता लगातार पानी परिरहेको छ । बंगालको खाडीबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण भदौ महिनाको अन्तिम दिनसमेत वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं उपत्यकामा सर्वसाधारणको दैनिक […]

मौसमको जोखाना हेर्ने समीरमणि

२९ जेठ, काठमाडौं । एउटा मान्छेले कति जीवन बाँच्न सक्छ ? उमेरको गणना गर्ने हो भने यसको हिसाब–किताब फरक निस्किएला । तर, भूमिकाको हिसाबले ? कुरा समीरमणि दीक्षितको हो । उनको यो एक्लो र सग्लो ज्यान एकसरो छैन, आयामिक छ । उनी टेलिभिजन प्रस्तोता हुन् । उनी नाट्याकर्मी हुन् । उनी साइक्लिस्ट हुन् । कहिले […]

यसरी सुध्रिदैछ नेपालको बाढी पूर्वानुमान प्रणाली

२७ असार, काठमाडौं । गत वर्ष साउनको अन्तिम सातातिर तराईका धेरै जिल्ला बाढीको चपेटामा परे । गृह मन्त्रालयको तथ्याङ्कअनुसार साउन २७ देखि ३० गतेका बीचमा बाढी तथा पहिरोबाट ९१ जनाले ज्यान गुमाएका थिए । त्यसै बेलाको कुरा हो, अस्ट्रेलियामा बसोबास गरिरहेका एक युवकले आफ्नो फेसबुक तथा टि्वटरमा नेपालको जल तथा मौसम विज्ञान विभागको सूचना पढेर […]

कीर्तिपुरबाट उडाइयो मौसमी तथ्यांक लिने बेलुन

६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा बुधबार मौसमी बेलुन उडाइएको छ । कीर्तिपुरबाट बिहान ५ बजेर ३७ मिनेटमा पहिलोपटक बेलुन उडाइएको र अबदेखि नियमितरुपमा बिहान साढे ५ बजे यस्ता बेलुन सोही स्थानबाट उडाइने जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले […]

ठूला नदीमा बाढी आउने तीन दिनअघि नै जानकारी दिइने

१७ वैशाख, काठमाडौं । देशका ठूला नदीनालाहरुमा आउन सक्ने बाढी तथा हिमताल विष्फोटनलगायतका कारणले हुनसक्ने बाढीको पूर्वजानकारी प्राप्त हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन आपतकालीन कार्ययोजना २०७५ मा तीन दिन अघिनै ठूला नदी प्रवाहमा हुनसक्ने बाढीको जानकारी दिने उल्लेख छ । मनसुन सुरु भएसँगै विभागले मनसुन आपतकालीन कार्ययोजना जारी […]