Comments Add Comment

म्यानचेष्टर सिटी

List Grid
सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

३२ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीलाई पराजित गर्दै फ्रेन्च क्लब लियोन युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको अन्तिम क्वाटरफाइनल लियोनले सिटीलाई ३-१ ले पराजित गरेको हो । सेमिफाइनल पुग्ने लियोन दोस्रो टिम हो । यसअघि पेरिस सेन्ट जर्मेन पनि सेमिफाइनल पुगिसकेको छ । यस्तै जर्मनीबाट आरबी लाइपजिग र […]

रियल मड्रिडलाई हराउँदै म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

२४ साउन, काठमाडौं । १३ पटकको विजेता रियल मड्रिडलाई हराउँदै इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै सिटीले समग्रमा ४–२ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले रियललाई रियलकै मैदानमा २–१ ले पराजित गरेको थियो । दोस्रो लेगमा सिटीका […]

म्यानचेष्टर सिटीको शानदार जित, एस्टनभिल्लासँग आर्सनल पराजित

७ साउन, काठमाडौं । प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले वाटफोर्डविरुद्ध सहज जित हात पारेको छ । लण्डन क्लब आर्सनल भने एस्टभिल्लासँग पराजित भएको छ । रहिम स्टर्लिङको दुई गोल मद्दतमा सिटीले वाटफोर्डलाई ४-० ले पराजित गरेको हो । वाटफोर्डको मानमा भएको खेलको ३१औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा […]

शिल्भा र जेससको गोलमा सिटीको जित

१ साउन, काठमाडौं । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले एएफसी बर्नमाउथलाई २-१ ले पराजित गरेको छ । सिटीको लागि डेभिड शिल्भा र गाब्रीएल जेससले गोल गरे । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको छैटौं मिनेटमा शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा जेससले गोल गर्दै अग्रता दोब्बर पारे […]

स्टर्लिङको ह्याट्रकिमा म्यानचेष्टर सिटीको शानदार जित

२८ असार, काठमाडौं । रहिम स्ट्रलिङको ह्याट्रिकप्रेरित म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शानदार जित हात पारेको छ । स्ट्रलिङले ह्याट्रिक गरेपछि सिटीले ब्राइटनलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राइटनको मैदानमा भएको खेलमा स्ट्रलिङले २१औं,५३औं र ८१औं मिनेटमा गोल गरे । यस्तै ग्राब्रीएल जेससले ४४औं र बर्नार्डो शिल्भाले ५६औं मिनेटमा गोल गरे । जितपछि […]

न्यूकासलको पोष्टमा म्यानचेष्टर सिटीको पाँच गोल

२५ असार काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले न्यूकासल युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीको सहज जितमा पाँच फरक खेलाडीले गोल गरे । एक गोल भने न्यूकासलका खेलाडीले आत्मघाती गरेका थिए । सिटीले पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गोल गरेको थियो । गाब्रिएल […]

च्याम्पियन लिभरपुलमाथि म्यानचेष्टर सिटीको शानदार जित

१९ असार, काठमाडौं । सात खेल अगावै प्रिमियर लिग उपाधि पक्का गरेको लिभरपुल पछिल्लो खेलमा म्यानचेष्टर सिटीसँग फराकिलो अन्तरले पराजित भएको छ । गएराति भएको खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो । अघिल्लो खेलमा सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलले सात खेल बाँकी छँदै ३० वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि […]

म्यानचेष्टर सिटी एफए कपको सेमिफाइनलमा

१५ असार, काठमाडौं । म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम क्वाटरफाइनलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । न्यूकासलको मैदानमा भएको खेलमा सिटीका लागि ३७औं मिनेट केभिन डे ब्रुएनाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ६८औं मिनेटमा रहित स्टर्लिङले सिटीका […]

बर्नलीको पोस्टमा म्यानचेस्टर सिटीको पाँच गोल

९ असार, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा बर्नली विरुद्ध फराकिलो जित हात पारेको छ । रियाद महारेज र फिल फोडेनले दुई-दुई गोल गरेपछि सिटीले बर्नलीलाई ५-० ले पराजित गरेको हो । घरेलु मैदान एतिहात स्टेडियममा भएको खेलमा फोडेनले २२औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । महारेजले ४३ औं […]

आर्सनलमाथि सिटीको सहज जित

४ असार, काठमाडौं । सय दिनको ब्रेकपछि फेरि सुरु भएको प्रिमियर लिगमा म्यानचेष्टर सिटीले आर्सनलमाथि सहज जित हात पारेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीले आर्सनललाई ३-० ले हरायो । सिटीका लागि रिम स्टर्लिङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दलाएका थिए । दोस्रो हाफमा आर्सनलका डेविड लुइज रातो कार्ड खाँदै […]

म्यानचेष्टर सिटीको विजयी यात्रामा पूर्णविराम

१३ असोज, काठमाडौं । पेप ग्वार्डिओला नेतृत्वको म्यानचेष्टर सिटीको विजयी यात्रामा पूर्णविराम लागेको छ । च्याम्पियन्स लिगको समूह सीमा अंकको खाता खोल्ने क्रममा सेल्टिकले सिटीलाई बराबरीमा रोकेको हो । बुधबार राति भएको खेलमा सेल्टिकले म्यानचेष्टर सिटीलाई ३-३ को बराबरीमा रोकेको हो । घरेलु मैदानमा भएको खेलमा सेल्टिकले डेम्बेलेको गोलबाट तेस्रो मिनेटमा नै अग्रता लिएको थियो […]

एजेन्टको बोली टोरेलाई महँगो सावित, माफी माग्नु पर्ने ग्वार्डिओलाको शर्त

५ असोज, काठमाडौं । पेप ग्वार्डिओलाले म्यानचेष्टर सिटी सम्हालेपछि भरपर्दा मिडफिल्डर याया टोरेले यो सिजन एक मात्र खेल खेलेका छन् भने च्याम्पियन्स लिगको टोलीमा पनि परेका छैनन् । ग्वार्डिओला तिनै प्रशिक्षक हुन्, जसले टोरेलाई २०१० मा बार्सिलोनाबाट सिटीलाई बेचेका थिए । अहिले सिटीको प्रशिक्षक भएका ग्वार्डिओलाले टोरेको अपमान गरेको भन्दै एजेन्ट दिमित्री सेलकले आलोचना गरे […]

जोए हार्ट इटालियन क्लब टोरिनो जाने

१४ भदौ, काठमाडौं । म्यानचेष्टर सिटीका गोलकिपर जोए हार्ट लोनमा इटालियन क्लब टोरिनो जाने भएका छन् । द फुटबल एशोसिएसनले उनलाई इंग्ल्याण्डको क्याम्प छाड्न अनुमथि दिएको छ र उनी मेडिकलका लागि इटली जाने छन् । उनी विश्वकप छनौट अन्तरगत स्लनेभाकियाविरुद्धको खेलका लागि भने पुनः इंग्ल्याण्डको टोलीमा र्फकनेछन् । २९ वर्षे हार्ट लामो समयदेखि म्यानचेष्टर सिटीका […]

म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग खेल्ने

९ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भएको छ । बुधबार राति भएको दोस्रो लेगमा सिटीले बुकारेस्टलाई १-० ले पराजित गरेको छ र समग्रमा ६-० को जित हात पारेको छ । पहिलो लेगमा म्यानचेष्टर सिटी ५-० ले विजयी भएको थियो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा […]

उपहार गोलको मदतमा म्यानचेष्टर सिटीको विजयी सुरुवात

३० साउन, काठमाडौं । प्याडी म्याकनैरको उपहार गोलको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । पेेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले सण्डरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा म्यानचेष्टर सिटीले चौथो मिनेटमा नै सर्जिओ एग्युरोको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । तर, ग्वार्डिओला, जसले […]

बार्सिलोनालाई उछिन्दै सिटीले भित्र्यायो गेब्रियल जिससलाई

२० साउन, काठमाडौं । म्यानचेष्टर सिटीले १९ वर्षे ब्राजिलियनर विंगर गेब्रियल जिससलाई भित्र्याएको छ । जिससले पाँच वर्षे सम्झौता गरेका छन् । तर, यो सिजनको अन्त्यसम्म भने ब्राज्रिलियन क्लब पल्मिरासमै रहनेछन् । जिससलाई भित्र्याउन बार्सिलोनाले पनि चाहेको थियो । तर, उनले इंग्लिस क्लब म्यानचेष्टर सिटी रोजेका छन् । उनी दक्षिण अमेरिकाका युवा प्रतिभा हुन् । […]

म्यानचेष्टर सिटी बार्यन म्युनिखसँग पराजित

६ साउन, काठमाडौं । म्यानचेष्टर सिटीको प्रशिक्षणका रुपमा पेप ग्वार्डिओलाको यात्रा हारबाट सुरु भएको छ । प्रि सिजन खेलका क्रममा सिटीले ग्वार्डिओलाका पूर्व क्लब बार्यन म्युनिखसँग खेलेको थियो । तर, १-० ले पराजित भएको छ । युरो कप र कोपा अमेरिकाका कारण दुबै टिमले आफ्नो महत्वपूर्ण खेलाडी गुर्माका थिए । ग्वार्डिओलाको टिममा १२ जना एकेडेमीका […]

उपहार गोलमा रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२३ वैशाख, काठमाडौं । उपहार गोलको मदतमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएका दोस्रो लेगमा रियल मड्रिडले म्यानचेष्टर सिटीलाई १-० ले हरायो । र, पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा १-० को जितका साथ उपाधि नजिक पुगेको छ । रियल मडि्रडको घरेलु मैदान बेर्नाबेउमा भएको खेलमा […]

म्यानचेष्टर सिटीविरुद्ध साडिओ मेनको हृयाट्रिक, साउथहृयाम्पटन विजयी

२० वैशाख, काठमाडौं । साडिओ मेनको हृयाट्रिकको मदतमा साउथहृयाम्पटनले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । आइतबार भएको खेलमा साउथहृयाम्पटनले सिटीलाई ४-० गोल अन्तरले हराएको हो । हारसँगै सिटीको सिधै च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कमजोर भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथहृयाम्पटनले २५ औं मिनेटमा शेन लङको गोलबाट अग्रता लिएको थियो । तीन […]

चेल्सीविरुद्ध एग्युरोको हृयाट्रिक, सिटी तेस्रो स्थानमा उक्लियो

५ वैशाख, काठमाडौं । सर्जिओ एग्युरोको हृयाटि्रकको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराएको छ । र, अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने सम्भावना बलियो भएको छ । शनिबार राति भएको खेलमा म्यानचेष्टर सिटीले १० खेलाडीमा सिमित चेल्सीलाई ३-० ले हराएको हो । स्टामफोर्ड ब्रि जमा भएको खेलमा सिटीले ३३ औं मिनेटमा एग्युरोको […]