Comments Add Comment

म्यानमार

List Grid
म्यानमार आन्दोलनको पक्षमा उभिन सरकारलाई कांग्रेसको आग्रह

२१ चैत, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले म्यानमारमा भइरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । साथै आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्न तथा सैनिक कूको भत्र्सना गर्न नेपाल सरकार, राजनीतिक दलहरू, संयुक्त राष्ट्रसंघ लगायतलाई अपिल गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार अबेर सकिएको बैठकले म्यानमारमा भएको सैन्य कू र त्यसको विरोधमा भएको दमनको घोर भत्र्सना […]

म्यानमारमा सेनामाथि छापामार आक्रमण गर्ने चेतावनी

२० चैत, काठमाडौं । म्यानमारमा सैन्य कदमको विरोधमा आन्दोलन गरिरहेका प्रदर्शनकारीले छापामार आक्रमणको चेतावनी दिएका छन् । हाल चलिरहेको नागरिक आन्दोलनका एक नेता खिन साडारले छापामार आक्रमणका लागि नागरिकलाई आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले मानिसहरुलाई एक अर्कासँग जोडिन, फोन तथा अन्य डिभाइस प्रयोग गर्न पनि आग्रह गरेका छन् । म्यानमारको सेनाले अहिले […]

सुकीमाथि गोपनीयतासम्बन्धी कानुन उल्लंघनको अभियोग

२० चैत, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि गोपनीयतासम्बन्धी कानुन उल्लंघनको अभियोग लगाएको छ । सेनाले सुकीमाथि लगाएको यो अहिलेसम्मकै गम्भीर अभियोग मानिएको छ । फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि पक्राउ परेकी सुकीलाई  सैनिक सरकारले विभिन्न अभियोग थप्दै मुद्दा चलाउँदै आएको छ, उनलाई कहाँ राखिएको छ भन्ने पनि खुलाइएको छैन […]

म्यानमार नरसंहारको विरोधमा पुल्चोकमा प्रदर्शन

२० चैत, काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसंघ (यूएन)को कार्यालय अगाडि प्रदर्शन भएको छ । प्रजातान्त्रिक विचार समाज नेपाल, मानव अधिकार संगठन र न्यायका लागि मानवअधिकार सञ्जालले संयुक्त रुपमा शुक्रबार बिहान यूएनको कार्यालय अगाडि प्रदर्शन गरेको हो । म्यानमारमा प्रजातन्त्र र नागरिक शासन बहाली गर, नागरिक शासन बहाली गर, शासकलाई अन्तर्राष्ट्रिय […]

सेनाको कदमपछि म्यानमारमा ४० भन्दा बढी बालबालिका मारिएको दावी

१९ चैत, काठमाडौं । बालअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनले सेनाले शासन हातमा लिएपछि म्यानमारमा ४३ बालबालिका मारिएको बताएको छ । मारिने बालबालिकामध्ये केहीलाई सेनाले उनीहरुकै घरमा गएर गोली हानेको भन्दै सेभ द चिल्ड्रेनले म्यानमार निकै डरलाग्दो अवस्थामा रहेको बताएको छ । पछिल्लो समयको हिंसाले म्यानमार अब बालबालिकाको लागि सुरक्षित छैन भन्ने […]

म्यानमारकी सुन्दरीको अपील : म्यानमारमा मानिसहरु मरिरहेका छन्, सहयोग गर्नुस्

१८ चैत, काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिन थाइल्याण्डको बैंकक पुगेकी म्यानमारकी विद्यार्थीले प्रजातन्त्रका लागि सडकमा आएका प्रदर्शनकारीमाथि आफ्नो देशको सेनाले दमन गरिरहेको भन्दै सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी छन् । थाइल्याण्डको राजधानी बैंककमा शनिबार राति सम्पन्न मिस ग्राण्ड इन्टरनेसनल पेजेन्ट प्रतियोगितामा यांगुन विश्वविद्यालयकी विद्यार्थी हान ले पनि प्रतिस्पर्धी थिइन् । प्रतियोगिताको उपाधि अमेरिकाकी […]

किन बलियो छ म्यानमारको सेना ?

म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । त्यहाँ भइरहेको मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने आवाज उठिरहेको छ । तर, भारत र चीनलाई आफ्नो छिमेकमा भइरहेको नरसंहारले खासै छोए जस्तो देखिंदैन । प्रजातान्त्रिक मुलुक भारतले […]

म्यानमार दूतावासमा अखिल क्रान्तिकारीले बुझायो विरोधपत्र

१८ चैत, काठमाडौं । म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विरोध जनाउँदै म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ । बुधबार ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराकाजी गर्दै अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र बुझाएको हो । दूतावासमा बुझाएको विरोध पत्रमा भनिएको छ, ‘आजको […]

‘म्यानमारको दमनबारे नेपालको सरकार र संसद बोल्नुपर्छ’

१८ चैत, काठमाडौं । विपक्षी दलहरुले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथि त्यहाँको सेनाले गरिरहेको दमनको विरोध गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथिको दमनको विरोधमा सरकारले बोल्नुपर्ने धारणा राखे । कांग्रेस सांसद केसीले […]

सेनामाथि आक्रमण गर्ने म्यानमारका विद्रोहीको चेतावनी

१७ चैत, काठमाडौं । म्यानमारका तीन धार्मिक सशस्त्र विद्रोही समुहले प्रदर्शनकारीमाथिको दमन नरोके सेनामाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । टाङ लिबरेसन आर्मी, म्यानमार नेशनलिटिज डेमोक्रेटिक एलायन्स आर्माी र अराकान आर्मीले मंगलबार संयुक्त विज्ञप्ति निकाल्दै दमन जारी राखे प्रदर्शनकारीसँग सहकार्य गर्दै सेनाविरुद्ध लड्ने बताएका हुन् । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार म्यानमारमा सैन्य […]

म्यानमारमा सैन्य दमनको विरोधमा शान्ति समाजको प्रदर्शन

१७ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै भइरहेको आन्दोलनमा सैन्य दमनको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ । संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयअगाडि प्रदर्शन गर्दै समाजले राष्ट्रसंघका महासचिवलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा म्यानमारमा भइरहेको मानवताविरुद्धको अपराधलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले सामूहिक कदम चाल्न राष्ट्रसंघलाई आग्रह गरिएको छ । […]

म्यानमारका ३ हजार नागरिक भागेर थाइल्याण्ड पुगे

१६ चैत, काठमाडौं । म्यानमारको दक्षिणपूर्वी राज्य करेनका करिब तीन हजार मानिसहरु भागेर थाइल्याण्ड पुगेका छन् । म्यानमारको सेनाले हवाई आक्रमण सुरु गरेसँगै उनीहरु भागेर थाइल्याण्ड पुगेका हुन् । धार्मिक सशस्त्र समुहको नियन्त्रणमा रहेको यो क्षेत्रलाई लक्षित गरी सेनाले आइतबार हवाइ आक्रमण गरेको थियो । आक्रमणपछि मानिसहरु जंगलमा लुक्न गएका थिए । उनीहरुमध्ये करिब तीन […]

म्यानमारमा अन्त्येष्टिमा सहभागीमाथि सेनाले चलायो गोली

१५ चैत, काठमाडौं । म्यानमारमा आइतबार अन्त्येष्टिमा सहभागी मानिसमाथि सुरक्षाकर्मीले गोली चलाएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार सुरक्षाकर्मीबाट शनिबार मारिएका ११४ जनाको अन्त्येष्टिमा सहभागी मानिसहरुमाथि सुरक्षाकर्मीले गोली चलाएको हो । प्रत्यक्षदर्शीका अनुसार याङ्गुननजिकै बागोमा भइरहेको अन्त्येष्टिमा सुरक्षाकर्मीले गोली चलाएका हुन् । यद्यपि अहिलेसम्म कुनै हताहती भएको वा नभएको भन्ने खुलेको छैन । ‘हामीले […]

म्यानमारमा सैनिक दमन अमानवीय र निन्दनीय : नेपाली कांग्रेस

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा आपत्ति जनाएको छ । आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसलाई अमानवीय र निन्दनीय भनेको छ । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका थिए । […]

‘म्यानमारमा सैन्य कारबाही होइन, नरसंहार हो’

१५ चैत, काठमाडौं । म्यानमारमा शासन हातमा लिने सैन्य कदमविरुद्धको आन्दोलनको क्रममा शनिबार कम्तीमा ११४ जना मारिएका छन् । सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु हुनेमा सात जना बालबालिका छन् । यद्यपि यो संख्या अझै बढी हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघले यो आन्दोलनमा धेरै मानिस मारिएको र सयौं घाइते भएको जानकारी आएको […]

म्यानमारमा दर्जनौं आन्दोलनकारीको मृत्यु

१४ चैत, काठमाडौं । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन । त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत […]

म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

१३ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को तथ्यांक अनुसार अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा कम्तीमा ३२० जनाको मृत्यु भएको छ । बिहीबार मात्र म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने ३४ जनाको मृत्यु भएको हो । बिहीबार म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा सबैभन्दा धेरै […]

म्यानमारमा सुरक्षाकर्मीबाट ७ वर्षकी बालिका घरभित्रै मारिइन्

११ चैत, काठमाडौं । म्यानमारको दोस्रो ठूलो सहर मान्डलेमा सुरक्षाकर्मीले घरमा बसिरहेकी सात वर्षीया बालिकाको हत्या गरेका छन् । खिम म्यो चिट नामकी ती बालिका सैनिक आक्रमणमा मारिने कम उमेरको व्यक्ति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार मान्डलेमा मंगलबार सेनाले घरहरुमा खानतलासी गरेको थियो । त्यस क्रममा सेना ती बालिकाको घरमा आएका […]

म्यानमारमा सैन्य कूविरुद्ध लडिरहेका मानिसको कथा

८ चैत, काठमाडौं । सेनाले शासन हातमा लिएको विरोधमा म्यानमारमा निरन्तर प्रदर्शन हुँदै आएको छ । आन्दोलन लम्बिँदै जाँदा सेनाले दमन पनि बढाएको छ । म्यानमारमा प्रजातन्त्रवादीलाई सेनाविरुद्ध लड्नु एक कठिन काम बनेको छ । म्यानमारका धेरै नागरिक प्रजातान्त्रिक पद्धतिबाट चुनिएको सरकार चाहन्छन् । सेनाले पनि प्रजातन्त्र रक्षाकै लागि सत्ता हातमा लिएको दाबी गरेको छ […]

म्यानमारको आन्दोलन : नागरिकमाथि सुरक्षाबलको बर्बर दमन

४ चैत, काठमाडौं । म्यानमारको शासन सत्ता हातमा लिएको सेनाले प्रजातन्त्रवादी आन्दोलनकारीमाथि दमन रोकेको छैन । आन्दोलनकारीहरुले प्रजातन्त्रको पुनर्बहाली नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । तर १ फेब्रुअरीमा शासन सत्तामा हातमा लिएको सेना आफ्नो कदमबाट टसमस भएको छैन । बरु उसले आन्दोलनमाथि दमन तीव्र बनाएको छ । म्यानमारमा पक्राउ परेका र मृत्यु भएका मानिसहरुको तथ्यांक […]

म्यानमार दूतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन

२ चैत, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले सोमबार विरोध प्रदर्शन गरेको छ । म्यानमारमा सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनको विरोधमा शान्ति समाजले प्रदर्शन गरेको हो । सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या तथा दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान […]