Comments Add Comment

म्यानमार

List Grid
म्यानमार दूतावास अगाडि शान्ति समाजको विरोध प्रदर्शन

२ चैत, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले सोमबार विरोध प्रदर्शन गरेको छ । म्यानमारमा सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनको विरोधमा शान्ति समाजले प्रदर्शन गरेको हो । सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन, हत्या तथा दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान […]

म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए, चिनियाँ लगानीको व्यवसायमाथि आक्रमण

२ चैत, काठमाडौं । म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका थिए । चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको थियो । […]

आइतबार म्यानमारमा एकैदिन पाँच प्रदर्शनकारी मारिए

१ चैत, काठमाडौं । म्यानमारमा सेनाले गरेको कूको विरुद्धमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा पाँच प्रदर्शनकारीको मृत्यु भएको छ । प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार आइतबार म्यानमारको प्रहरीले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनकारीमाथि गोली चलाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले बताएको छ । आइतबार म्यानमारको व्यावसायिक राजधानी सहर यान्गोनमा तीनजना प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु भएको […]

म्यानमारमा सैन्य शासन ढाल्न ‘क्रान्ति’ गर्ने समानान्तर सरकारको घोषणा

१ चैत, काठमाडौं । म्यानमारको सत्तारुढ पार्टीको समानान्तर सरकारले सेनाबाट शक्ति आफ्नो हातमा लिन ‘क्रान्ति’ गरिने बताएको छ । नेशनल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता मान विन खाइयाङ थानले सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्बोधन गर्दै भनेका छन्, ‘यो मुलुकको लागि कालो र बिहानी हुन लागेको क्षण हो ।’ उनले प्रदर्शनकारीहरुलाई सेनाबाट बचाउन सक्ने गरी आवश्यक नियम ल्याइने […]

म्यानमारको सेनाले कम्तीमा ७० जनाको ‘हत्या’ गर्‍यो : राष्ट्रसंघ

२८ फागुन, काठमाडौं । म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत थोमस एन्ड्र्युजले म्यानमारको सेनाले मुलुकमा प्रदर्शन सुरु भएयता कम्तीमा ७० जनाको हत्या गरेको आरोप लगाएका छन् । गत फेब्रुअरी १ मा सेनाले सत्ता आफ्नो हातमा लिएसँगै म्यानमारमा निरन्तर सेनाविरुद्ध प्रदर्शन हुँदै आएको छ । यसै क्रममा पछिल्लो समय म्यानमारमा मानवताविरुद्धको अपराधका प्रमाणहरु पनि बढिरहेको उनको […]

म्यानमार : सेनाले लगायो सुकीमाथि घुस लिएको आरोप

२७ फागुन, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैधरुपमा लिएको आरोप लगाएको छ । गत फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाइएको हो । यद्यपि सेनाले यस विषयमा कुनै पनि प्रमाण भने दिएको छैन । त्यस्तै राष्ट्रपति विन […]

म्यानमारले फिर्ता बोलायो बेलायतबाट राजदूत

२६ फागुन, काठमाडौं । म्यानमारले बेलायतबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको पक्षमा वकालत गरेको भन्दै बेलायतका लागि म्यानमारका राजदूत काय ज्वार मिनलाई फिर्ता बोलाइएको हो । उनले बीबीसीसँगको कुराकानीमा म्यानमारको सेनाले गत फेब्रुअरी १ मा गरेको कूको विरोध गर्दै प्रजातन्त्रवादी नेताहरुलाई तत्काल रिहा गर्न माग गरेका थिए । उनले म्यानमारमा […]

म्यानमारमा नरसंहार : नेपालमा उठेन आवाज

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले गोली चलाउँदा वुधबार एकै दिन ३८ जनाको मृत्यु भएको छ । फेब्रुअरी १ मा त्यहाँको सेनाले शासनसत्ता आफ्नो हातमा लिएपछि अहिलेसम्म ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले त्यहाँको सेनाले प्रर्दशनकारीमाथि गरेको दमनको विभत्स फोटो र भिडियो सार्वजनिक गरिरहेका छन् […]

राष्ट्रसंघलाई म्यानमारको सेनाको जवाफ : प्रतिबन्धको सामना गर्न तयार छौं

२० फागुन, काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई प्रतिबन्धको सामना गर्न तयार रहेको बताएको छ । फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा सत्ता आफ्नो हातमा लिएको विषयलाई लिँदै राष्ट्रसंघले म्यानमारमाथि प्रतिबन्धको चेतावनी दिएको छ । चेतावनीको जवाफमा म्यानमारको सेनाले राष्ट्रसंघका प्रतिनिधिलाई यस्तो जवाफ फकाएको हो । म्यानमारको लागि राष्ट्रसंघकी प्रतिनिधि क्रिस्टाइन स्क्रानर बर्गेनरले […]

म्यानमारमा एकैदिन ३८ प्रदर्शनकारी मारिए

२० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखमा शासन सत्ता हातमा लिँदै एक वर्ष संकटकाल […]

म्यानमारमा प्रदर्शनकारीमाथि गोली, कम्तीमा १८ जनाको मृत्यु

१६ फागुन, काठमाडौं । म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको […]

राष्ट्रसंघका लागि म्यानमारका राजदूत बर्खास्त, सैनिक शासकविरुद्ध अभिव्यक्ति दिएको आरोप

१६ फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूतलाई बर्खास्त गरेको छ । राष्ट्रसंघको महासभामा सैन्य ‘कू’को विरोध गर्दै उनले तत्काल अन्तर्राष्ट्रिय कारबाही गर्न माग गरेका थिए । म्यानमारको राष्ट्रिय टेलिभिजन च्यानलले शनिबार राजदूत बर्खास्तीबारे समाचार सार्वजनिक गरेको हो । सेनाले भनेको छ, ‘संयुक्त राष्ट्रसंघमा म्यानमारका राजदूतले देशलाई धोका दिएका छन् र […]

अदालतको आदेश अवज्ञा गर्दै मलेसियाले फर्कायो म्यानमारका नागरिक

१२ फागुन, काठमाडौं । मलेसियाले एक हजार ८६ म्यानमारका नागरिकलाई आफ्नै मुलुक फर्काइदिएको छ । अदालतको आदेश र मानव अधिकारवादी समूहको आग्रहलाई बेवास्ता गर्दै मलेसियाले उनीहरुलाई फर्कादिएको हो । यसअघि यो प्रक्रिया रोक्न अदालतले मलेसियाको सरकारलाई आदेश दिएको थियो । मानव अधिकारवादी समूहले पनि म्यानमारमा बस्न नसक्ने अवस्थाको कारण मलेसिया आएको भन्दै उनीहरुलाई फिर्ता नपठाउन […]

म्यानमारमा सुरक्षाकर्मीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु

९ फागुन, काठमाडौं । म्यानमारमा सैनिक ‘कू’को विरोध गर्नेहरुमाथि सुरक्षा बलले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो । यसअघि पनि प्रदर्शनकारीको एक र्‍यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा एक महिलाको मृत्यु भएको थियो । फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा […]

सैनिक ज्यादतीको विरोधमा म्यानमारका नागरिकले थाले रात्रि गस्ती

४ फागुन, काठमाडौं । म्यानमारमा सैनिक शासनको विरोधमा रहेका नागरिकहरुले रातभर गस्ती गर्न थालेका छन् । सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिने उद्देश्यले नागरिकहरूले गस्ती थालेका हुन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको आङ साङ सुकीको पार्टी नेशनल लिग […]

सैन्य कदमको विरोधमा म्यानमारमा निरन्तर प्रदर्शन

२ फागुन, काठमाडौं । म्यानमारमा आइतबार पनि सैन्य कदमको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । आइतबार म्यानमारका मुख्य सहरहरुमा मानिसहरुले सैन्य कूको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले स्वतन्त्रताका साथै हिरासतमा लिइएका नेता तथा अधिकारवादीको रिहाइको माग पनि गरेका छन् । प्रदर्शनकारीहरुले सेनाले अंकुराउँदै गरेको प्रजातन्त्रको घाँटी निमोठ्ने काम गरेको बताएका छन् । उनीहरुले […]

सैन्य कू पछि म्यानमारमा के-के भयो ?

२ फागुन, काठमाडौं । म्यानमारमा सैन्य कू भएको दुई साता पुगिसकेको छ । सन् २०१५ देखि जनताको हातमा सत्ता सुम्पिएको सेनाले पुनः सत्ता आफ्नो हातमा लिएको हो । सेनाले सत्ता आफ्नो हातमा लिएपछिको पछिल्लो दुई साताका प्रमुख घटनाहरु यहाँ उल्लेख छ : १. नेता तथा सांसद्हरु पक्राउ सेनाले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही […]

म्यानमारमा नेताहरु पक्राउ पर्ने क्रम जारी

२९ माघ, काठमाडौं । म्यानमारमा सेनाले सत्ता हातमा लिएको १० दिनपछि पनि नेताहरु पक्राउ पर्ने क्रम भने रोकिएको छैन । बुधबार राति प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका एक निकट सहयोगीसहित चार वरिष्ठ नेता पक्राउ परेका हुन् । स्टेट काउन्सिलरको कार्यालयका मन्त्री किव टिन्ट स्वेसहितका चार जना नेताहरु पक्राउ परेको सुकीको पार्टीले जानकारी दिएको छ । […]

अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् । म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए । बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ […]

म्यानमारमा सन् २००७ यताकै ठूलो आन्दोलन

२५ माघ, काठमाडौं । म्यानमारमा सैन्य ‘कू’विरुद्ध आइतबार दोस्रो दिन पनि हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार म्यानमारमा सन् २००७ मा भएको बौद्ध धर्मगुरुको अगुवाइमा भएको आन्दोलनयताकै यो सबैभन्दा ठूलो आन्दोलन हो । म्यानमारको वित्तीय राजधानी यान्गोनका सडकमा राता बेलुनहरुसहित मानिसहरुले प्रदर्शन गरिरहेका छन् । रातो रङ्गले प्रजातन्त्रवादी नेतृ आङ […]

म्यानमारमा सैन्य कू विरुद्ध हजारौंको प्रदर्शन

२४ माघ, काठमाडौं । शनिबार म्यानमारको यान्गोन सहरमा हजारौं मानिसहरुले सैन्य कूको विरुद्धमा प्रदर्शन गरेका छन् । म्यानमारमा गत सोमबार सैन्य कू भएपछि पहिलोपटक उल्लेख्य संख्यामा मानिसहरुले प्रदर्शन गरेका हुन् । मुलुकभर सेनाले इन्टरनेट सेवा बन्द गरेको भए पनि शनिबार उल्लेख्य संख्यामा मानिसहरु प्रदर्शनमा निस्किएका हुन् । शनिबारको प्रदर्शनमा मानिसहरुले तत्काल सैनिक शासनको अन्त्य हुनुपर्ने […]