Comments Add Comment

यातायात

List Grid
कास्कीका यातायात व्यवसायीले जिल्ला छाडे

२१ वैशाख, पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले सिन्डिकेटको समर्थन गर्ने यातायात व्यवसायी समितिका पदाधिकारीलाई पक्राउ गर्ने निर्देशन दिएपनि कास्कीका व्यवसायी भने समातिएका छैनन् । पोखराका कुनैपनि यातायात व्यवसायी सम्पर्कमा नभएको कास्कीका सहायक सीडीओ गंगा क्षेत्रीले जानकारी दिए । पोखरामा बिहानैदेखि कुनै पनि सार्वजनिक गाडी नचल्दा यात्रुले सास्ती खेपिरहेका छन् । गृहमन्त्रीको निर्देशनपछि देशका विभिन्न […]

यात्रु ओसार्न सडकमा निस्किए काभ्रेका निजी विद्यालयका बस

२१ वैशाख, काभ्रे । सिन्डिकेट पक्षधर यातायात संघ–समिति सवारी आवागमन ठप्प पारेर सरकारलाई घुँडा टेकाउन उद्यत भइरहेका बेला काभ्रेका निजी विद्यालयले यात्रु ओसार्न आफ्ना बस उपलब्ध गराएका छन् । जिल्लामा सञ्चालित विद्यालयका बसहरुले साँगाबाट बनेपा, धुलिखेल, पनौतीसम्म यात्रुहरुलाई सेवा दिइरहेका हुन् । जिल्ला प्रशासन र प्याप्सनबीच बुधबार भएको सहमति अनुसार जिल्लामा सञ्चालनमा रहेका निजी विद्यालयका […]

पूर्वमा प्रहरीले चलायो सार्वजनिक बस

२१ वैशाख, विराटनगर । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गरेको हड्तालका बेला पूर्वी नेपालमा प्रहरीले बस चलाएको छ । प्रहरीले भखरै मात्र कम्पनीमा दर्ता भएको एरिना सार्वजनिक यातायातको बस सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिएको हो । प्रहरीको सहयोगमा सुनसरीको इटहरीदेखि झापासम्मको रुटमा सो कम्पनीका १० वटा गाडी गुडाइएको हो । एरिना यातायातका सञ्चालक समीर कार्कीका अनुसार […]

उपभोक्ताकर्मीको अपीलः सिन्डिकेट तोड्ने लडाइँमा निजी सवारीले लिफ्ट दिएर सहयोग गर्नुस्

२१ वैशाख, काठमाडौं । उपभोक्ताकर्मीले सिन्डिकेटविरुद्धको लडाइँमा निजी सवारीले साथ दिनुपर्ने बताएका छन् । उनीहरुले सडकमा अलपत्र परेका यात्रुलाई लिफ्ट दिएर पायक पर्ने ठाउँसम्म पुर्‍याइदिन अपील गरेका छन् । यातायात उपभोक्तावादी रामबहादुर थापा सार्वजनिक सवारी रोकिँदा यात्रु मारमा परेको बताउँछन् । निजी सवारी नरोकिएकाले आज देशभर निजी गाडीहरुलाई ‘लिफ्ट’ दिन अपील गरे । सिन्डिकेटका पक्षमा […]

सिन्डिकेटविरुद्ध साझादेखि अन्नपूर्णसम्म (फोटोफिचर)

२१ वैशाख, काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरेपछि शुक्रबार बिहानै यात्रुहरुले असुविधा झेले । तर सिन्डिकेट पक्षधर संघ र समितिले सवारी नचलाए पनि कम्पनीमा दर्तावालहरु सडकमा सवारी निकालेर सिन्डिकेटविरुद्ध जाइलागेका छन् । अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् । विद्यार्थी मात्रै बोक्ने निजी विद्यालयका सवारी साधनले पनि यात्रु […]

कुन कम्पनीको बस कुन रुटमा चल्दैछन् ? हेर्नुहोस् सूची

२१ वैशाख, काठमाडौं । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन । सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि […]

देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग

२१ वैशाख, काठमाडौं । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका छन् […]

यातायात व्यवसायीलाई सरकारको सन्देशः सेवा रोक्नासाथ रुट परमिट खारेज

२० वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले भोलि सेवा बन्द गर्ने धम्की दिइरहेका बेला सरकारले कडा सन्देश दिएको छ-जसले सेवा रोक्छ, उसको रुट परिमिट तत्काल खारेज हुन्छ । सरकार सिण्डिकेटविरुद्ध उभिएपछि यातायात व्यवसायी चरणवद्ध आन्दोलनमा छन् । उनीहरुले भोलि यातायात सेवा नै बन्द गर्ने धम्की दिएका छन् । तर, सरकारले सिण्डिकेटसामू नझुक्ने रणनीति लिएको छ । […]

हड्ताल असफल बनाउन बामनिकट यातायात व्यवसायीले राखे दुई शर्त

२० वैशाख, काठमाडौं । आन्दोलनमा नजाने गरी बामनिकट यातायात व्यवसायीले सरकारसँग दुई शर्तहरू अघि सारेका छन् । उनीहरुले आफूहरुको पनि ‘फेस सेभ’ हुनुपर्ने भन्दै  दुर्घटनामा घाइते यात्रुको सम्पूर्ण क्षतिपूर्ति बहन हुने किसिमको  बीमा र प्रोपाइटरी फर्ममा गाडी र्दा गर्न दिनुपर्ने प्रस्ताव गरेका छन् । कम्पनीमा जान ५ वटा गाडी हुनैपर्ने प्रावधानलाई संशोधन गरेर ३ वटासम्ममा […]

सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस

२० वैशाख, काठमाडौं । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो । महासंघले भोलि सांकेतिक रपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा […]

यातायात व्यवसायीले भने-वार्ताबाट समस्या समाधान गरौं

१९ वैशाख, काठमाण्डौ । सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका छन् । यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदै मागलाई सुझावका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका […]

यातायात व्यवसायीले भने-संघ र समिति नवीकरण हुनैपर्छ

१९ वैशाख, काठमाण्डौ । सरकारले सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीले वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका छन् । यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदै मागलाई सुझावका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका […]

एक महिनामा २४ वटा यातायात कम्पनी दर्ता, अरनिको पनि गयो कम्पनीमा

१७ वैशाख, काठमाडौं । अरनिको यातायात कम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालय स्रोतले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको छ । यद्यपि, अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी गरेको छ । अहिले […]

अरनिको यातायात गुपचुप रुपमा कम्पनीमा दर्ता

१७ वैशाख, काठमाडौं । अरनिको यातायात कम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालय स्रोतले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको छ । यद्यपि, अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी गरेको छ । अहिले […]

यातायात कार्यालय घेराउ गर्न गएका सिण्डिकेट पक्षधर व्यवसायीलाई प्रहरीले धपायो

१६ वैशाख, वीरगञ्ज । नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय घेराउ गर्न गएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीलाई प्रहरीले रोकेको छ । प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई कार्यालयदेखि १०० मिटर टाढा धपाएको हो । उक्त प्रदर्शनलाई लक्षित गरी प्रदर्शनकारीभन्दा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले यातायात कार्यालय अगाडिसमेत जान नदिएपछि व्यवसायीहरु केहीबेर प्रर्दशन गरेर फर्किएका […]

यातायात व्यवसायीलाई झट्का, गाडीधनीले मानेनन् ‘क्यु फ्री’

१२ वैशाख, काठमाडौं । यातायात व्यवसायीले सडक केन्द्रित आन्दोलन पहिलो दिनमै निष्प्रभावी भएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले समय सरणी नमान्ने र ‘क्यु  फ्रि’ छोड्ने घोषणा गरेका थिए । यसअनुसार गाडीवालाहरु आन्दोलनमा आएको भए आज जथाभावी रुपमा समय व्यवस्थापन नगरी सवारी छुट्थे । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनका […]

यातायात व्यवसायीको आन्दोलन निष्प्रभावी, गाडीधनीले मानेनन् ‘क्यु फ्रि’

१२ वैशाख, काठमाडौं । यातायात व्यवसायीले सडक केन्द्रित आन्दोलन पहिलो दिनमै निष्प्रभावी भएको छ । बुधबार र बिहीबार यातायात व्यवसायीले समय सरणी नमान्ने र ‘क्यु  फ्रि’ छोड्ने घोषणा गरेका थिए । यसअनुसार गाडीवालाहरु आन्दोलनमा आएको भए आज जथाभावी रुपमा समय व्यवस्थापन नगरी सवारी छुट्थे । तर, गाडीधनीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनका […]

मयूर यातायातका अध्यक्ष भन्छन् : लगानी गर्न देश-विदेशबाट प्रस्ताव आएको छ

१० वैशाख, काठमाडौं । पछिल्लो समय चर्चामा छ, मयूर यातायात प्रालि । ठूला बस ल्याएर सेवा थालेको यो कम्पनीमा लगानी गर्न देश-विदेशबाट प्रस्ताव आउन थालेका छन् । पुराना यातायात व्यवसायीले पनि यातायात समिति छोड्न तयार भएको भन्दै मयूरमा आबद्ध हुन इच्छा व्यक्त गरेका छन् । अरनिको राजमार्गको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयूर यातायातमा लगानी […]

बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने यातायातमन्त्री महासेठको घोषणा

१० वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट […]

मयूरमा लगानी गर्न देश-विदेशबाट प्रस्ताव, अध्यक्ष भन्छन्-सडक ‘मयूरमय’ हुँदैछ

१० वैशाख, काठमाडौं । पछिल्लो समय चर्चामा छ, मयूर यातायात प्रालि । ठूला बस ल्याएर सेवा थालेको यो कम्पनीमा लगानी गर्न देश-विदेशबाट प्रस्ताव आउन थालेका छन् । पुराना यातायात व्यवसायीले पनि यातायात समिति छोड्न तयार भएको भन्दै मयूरमा आबद्ध हुन इच्छा व्यक्त गरेका छन् । अरनिको राजमार्गको सिन्डिकेट तोड्न महत्वपूर्ण भूमिका खेलेको मयूर यातायातमा लगानी […]

सिण्डिकेट माग्दै सेवा रोकेकै दिन रुट परमिट खारेज हुने

९ वैशाख, काठमाडौं । सिन्डिकेट समर्थनमा सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट पहिलो दिनमै खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई अत्यावश्यक सेवमा हड्ताल गर्ने सवारीको विवरण लिन अनुरोध गरेको छ । पहिलो दिनमै देशभर सेवा रोक्ने सवारीको विवरण लिएर सोही दिनमै खारेज गर्ने तयारी भइरहेको विभागका महानिर्देशक रुपनारायण […]