Comments Add Comment

योगेश भट्टराई

List Grid
पर्यटनमन्त्रीले गरे एसिड पीडित बालिका खातुनलाई नगद सहयोग

२१ भदौ, काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् । मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ । कक्षा ९ मा अध्ययनरत खातुनको […]

पर्यटन दशक मनाउने पर्यटनमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता

१७ भदौ, काठमाडौं । भ्रमण वर्ष २०२० सञ्चालनको वातावरण नबनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको अर्को प्रस्ताव थियो, ‘पर्यटन दशक २०२१-२०३०’ मनाउने । पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत पर्ने भनी प्राथमिकताका साथ प्रचार गरेको यो कार्यक्रम ती दुबै दस्तावेजमा परेको थिएनन् । अन्ततः योसम्बन्धी प्रस्ताव […]

उपत्यका आसपास ५ लाख पर्यटक भुलाउने पर्यटकीय उपज खोज्न निर्देशन

१५ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । पर्यटन मन्त्रालयमा सोमबर नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक भुल्न सक्ने गरी पर्यटन पूर्वाधार […]

हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान खोल्ने तयारी

९ भदौ, काठमाडौं । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । यद्यपी पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने भएको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । चाडबाड आएका […]

विदेशबाट फर्किँदा पीसीआर नेगेटिभ भए घर जान पाइन्छ : मन्त्री भट्टराई

८ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन् । सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी […]

पर्यटनमन्त्रीलाई थाहै नदिई उद्धार उडान स्थगित !

२ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूसँग परामर्श नै नगरी उद्धार उडान स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सोमबार उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो । त्यही कारण चार्टर फ्लाइटका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको […]

व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्य : मन्त्री भट्टराई

१७ साउन, काठमाडौं । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने बताएका छन् । उनले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका […]

भारत र चीनलाई दाँज्दै योगेश भट्टराईको प्रश्न– विग्रह ल्याउन खोज्ने ठीक कि मिलाउन खोज्ने ?

२३ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै विवाद उब्जिएका बेला पर्यटनमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले चीनको बचाउ गरेका छन् । मन्त्री भट्टराईले नेपालमा भारत र चीनको गतिविधिलाई तुलना गर्दै भारतको भूमिका विग्रह ल्याउने र चीनको समाधानमुखी भएको टिप्पणी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै […]

काम नगर्ने कर्मचारीलाई हटाउँछौं : पर्यटनमन्त्री

१४ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कार्य सम्पादन सन्तोषजनक नभए कर्मचारीलाई हटाउने चेतावनी दिएका छन् । आइतबार मन्त्रालयमा सिनियर मेनेजमेन्ट टिम (एसएमटी) बैठकमा मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको सुरुवातवाटै मन्त्रालय काममा ‘प्रोएक्टिभ’ भएर काम सुरु हुने बताए । ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ […]

केपी ओलीको बचाउ गर्दै योगेश भट्टराईले भने– बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस्

११ असार, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिलाई लिएर विभिन्न आशंका र टिप्पणीहरू उब्जिएका छन् । नेकपाकै कतिपय नेताले प्रधानमन्त्री ओली बैठकबाट भाग्न खोजेको आशंका व्यक्त गरेका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री काम विशेषले एकछिन […]

पर्यटनमन्त्रीलाई कसले देखायो अश्लील भिडियो ?

८ असार, काठमाडौं । जेठ ३ गते विभिन्न बैंकका सूचनाप्रविधि विभाग हेर्ने प्रमुखसहित राष्ट्र बैंकका उच्च अधिकारीहरु ‘जुम मिटिङ’मा थिए । राष्ट्र बैंकले गरेको त्यो बैठकको उद्देश्य थियो, बैंकिङ क्षेत्रमा सूचना प्रविधिका बढ्दो प्रयोग र साइबर सुरक्षाका उपायहरुबारे छलफल गर्ने । सो वेबिनार (वेब बैठक) मा सहभागीमध्ये पहिलो वक्ताले बोलेपछि होस्टले दोस्रो सहभागीलाई बोल्न समय […]

कोरोना महामारी नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाइन्थ्यो : मन्त्री भट्टराई

२६ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउनेसमेत बताए । ‘कोभिडको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा […]

अब कोरोना भाइरससँग ‘लिभिङ टुगेदर’ को तरिका अपनाउनुपर्छ

२० जेठ, काठमाडौं । सरकारले पहिलो चरणमा श्रम गन्तव्य मुलुक र विद्यार्थी धेरै भएका देशमा बढी नै संकटमा परेका नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ । अहिले खाडी, मलेसिया, साइप्रस, बंगलादेश र अस्ट्रेलियामा रहेका तथा समस्यामा परेर आउन चाहने नागरिकलाई चार्टर विमानमा ल्याइने पर्यटनमन्त्री योगेश भट्टराईले प्रष्ट पारेका छन् । उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत […]

‘मध्यमार्गी लाइन’मा घनश्याम र योगेश !

२५ वैशाख, काठमाडौं । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको एउटा वाक्यले प्रचण्ड–माधव खेमामा तरंग ल्याएको छ । प्रधानमन्त्रीले कसैको नाम नलिई बैठकमा मन्त्रीद्वय घनश्याम भुसाल र योगेश भट्टराईको ‘फेरिएको लाइन’ बारे प्रशंग कोट्याएका थिए । विहीबार स्थायी कमिटीको बैठक बोलाउने÷नबोलाउने विवाद सचिवालयमा भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा भने, […]

पछिल्ला रिपोर्टले सरकार सतर्क, प्रदेश २ र सुदूरपश्चिम एक्सनको केन्द्रमा

१ बैशाख, काठमाडौं । सरकारले पछिल्ला केही रिपोर्टहरुले कोभिड १९ संक्रमणविरुद्ध अझ कठोर हुनुपर्ने भन्दै सर्वसाधारणलाई साबधानी अपनाउन अपिल गरेको छ । केही कष्ठ सहेर पनि सरकारका निर्णय र निर्देशनहरुको पालना गर्न कोभिड १९ विरुद्धको उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले आग्रह गरे । पछिल्लोपटक रौतहट र कैलालीमा संक्रमित भेटिनु र काठमाडौंमै तीन […]

योगेश भट्टराई : ‘कोरोनामुक्त देश’का पर्यटनमन्त्री !

७ फागुन, काठमाडौं । डेढ महिनाअघि पर्यटन मन्त्री योगेश भट्टराई नेपाल भ्रमण वर्षको उद्घाटन र प्रचार गर्न अष्ट्रेलिया पुग्दा त्यहाँ आगलागीको कोलाहल थियो । भीषण आगलागीका दर्दनाक समाचार र तस्वीर मिडियामा आइरहेका थिए । मन्त्री भट्टराई भुतले खाजा खाने समयमा अष्ट्रेलिया पुगेजस्तो भयो । त्रासदीकै माहोलमा मन्त्री भट्टराई सिड्नीको सडकमा नेपाल भ्रमण वर्षको प्रचार र्‍यालीमा […]

‘ग्रेटर लुम्बिनी’ सरकारको प्राथमिकतामा छ : मन्त्री भट्टराई

२१ माघ, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बृहत्तर (ग्रेटर) लुम्बिनीको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै उनले लुम्बिनीको मात्र नभइ यससँग सम्बन्धित तिलौराकोट र रामग्रामलाई जोडेर ‘ग्रेटर लुम्बिनी’को विकास गरिने बताए । बुहत्तर लुम्बिनी क्षेत्रका विषयमा मंगलबार लुम्बिनीमा आयोजित छलफल कार्यक्रममा बोल्दै […]

‘नेपाल एयरलाइन्समा मेजर अप्रेसन गर्नुपर्छ, उपयुक्त मौकाको प्रतिक्षामा छु’

१४ पुस, काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक उदघाटनको तयारीमा जोडतोडले चलिरहेको छ । र, भ्रमण वर्षको मुख्य तयारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिरहेको छ । आइतबार अपराह्न मन्त्रालयमा पुग्दा मन्त्री योगेश भट्टराई मन्त्रीमा व्यस्त थिए । पछिल्लो दुई साता उनी एकपछि अर्को मिटिङमा व्यस्त छन् । त्यही व्यस्तताका बीच छोटो समय निकालेका […]

राजधानी ६ बजे सुत्छ, नाइट लाइफ ब्यूताऊँ : मन्त्री भट्टराई

९ पुस, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साँझ ५/६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ५/६ बजे नै सुतिसक्छ, […]

‘पुराना पार्टी हतियारबिनाका फौज हुन्’

२९ मंसिर, पोखरा । नेपाली राजनीतिमा अलि बढी आशा गरिएका, वैचारिक एवं भिन्नमत राख्न सक्ने नेताका रुपमा चिनिन्छन्, पर्यटन मन्त्री योगेश भट्टराई र कांग्रेस नेता गगन थापा । अर्कातिर सञ्चार कर्म छोडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले पनि पुराना राजनीतिक दलले नेपालको निकास दिन नसक्ने बताउँदै साझा पार्टीको राजनीति गरिरहेका छन् । यी तीनैजना व्यक्तित्व नेपाली […]

निजगढ विमानस्थलको नाम फेर्ने पर्यटनमन्त्रीको प्रस्ताव

१ मंसिर, चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रकृया सुरु भएको बताएका छन् । साथै विमानस्थलको नाम फेर्ने सोच बनाएको पनि उनले जानकारी दिए । चितवनको सौराहा आएका मन्त्री भट्टराईले अनलाइनखबरसँग कुरा गर्दै विमानस्थल बन्ने कुरा सुनिश्चत गर्न एकीकृत प्रस्ताव बनाएर मन्त्रिपरिषद् लैजाने तयारी भइरहेको बताए । ‘विमानस्थलको […]