Comments Add Comment

रणवीर कपुर

List Grid
रणवीर र दिपिकाको बिहे इटलीमा, ३० जनालाई मात्र बोलाइने

बलिउडका रियल जोडी दिपिका पादुकोण र रणवीर सिंहको बिहे इटलीमा हुने निश्चित भएको छ । आगामी ३० नोभेम्बरमा उनीहरु बिवाह वन्धनमा बाँधिदैछन् । फिल्मफेयरका अनुसार इटलीको ‘लेक कोमो’ लाई वैवाहिक समारोहका लागि फाइनल गरिएको छ । इटली दिपिकालाई अत्यधिक मन पर्ने देश हो । उनकै चाहनामा यो डेस्टिनेसन छनोट गरिएको बुझिएको छ । यसअघि क्रिकेटर […]

रणवीरलाई रंगेहात समातेकी थिइन् दिपिकाले

बलिउडमा हिरो र हिरोइनहरुबीच सम्वन्ध जोडिन र तोडिन कुनै आइतबार पर्खिनु पर्दैन । लुगा फेरे झैं प्रेमी-प्रेमिका फेर्नेहरु धेरै छन् त्यहाँ । कुरा गरौं रणवीर कपुर र दिपिका पादुकोणको । एकताका उनी दिपिका पादुकोणसँग गहिरो प्रेममा थिए । उनीहरुको जोडीलाई धेरैे सह्राहना पनि गर्थे । तर केही समयपछि उनीहरु छुट्टएि, जसको कारण कसैलाई थाहा भएन […]

आलियालाई बुहारी बनाउन ऋषि कपुरलाई हतारो

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको प्रेम दुवैको परिवारमा पनि स्वीकार्य भइसकेको छ । रणवीरका बाबु ऋषि कपुरले त आलियालाई चाँडो भन्दा चाँडो बुहारी बनाएर भित्र्याउने चाहना प्रकट गरेका छन् । एक अन्तरवार्तामा ऋषिले भने, ‘मैले २७ वर्षको उमेरमा नै बिहे गरिसकेको थिएँ । रणवीर त ३५ वर्ष पुगिसक्यो । म चाहन्छु उसले […]

आलियाबिना फिल्म नखेल्ने रणवीरको अडान !

नयाँ-नयाँ प्रेममा छन् बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट । त्यसैले उनीहरु बढिभन्दा बढि समय एक-अर्कासँग गुजार्न चाहन्छन् । यसका लागि सँगै फिल्म खेल्नेभन्दा राम्रो अर्को उपाय के हुन सक्थ्यो ? अहिले आलियाको हात खाली छैन । उनको प्रमुख भूमिका रहेको फिल्म ‘राजी’ सुपरहिट भएपछि निर्माता-निर्देशकहरु नारीप्रधान फिल्मका स्त्रिmप्ट लिएर उनीकहाँ धाइरहेका छन् […]

रक्सी पिउन थालेपछि रोकिदैनन् रणवीर, परिवारै रक्सीका सौखिन

बलिउड अभिनेता रणवीर कपुरले आफू रक्सीको कुलतमा नराम्ररी फसेको स्वीकारेका छन् । आफू मात्र नभएर आफ्नो परिवारै ‘जँड्याहा’ भएको उनको भनाई छ । ‘रक्सी देखेपछि मेरो मनै थामिँदैन,’ एक अन्तरवार्तामा उनले भने, ‘जब पिउन थाल्छु, पिएको पिएै हुन्छु ।’ आफूले रक्सी पिउने कुनै सीमा नभएको रणवीरले बताए । यद्यपि, अहिलेसम्म रक्सीले मातेर कुनै झैंझगडा वा […]

मनिषाकी आमाले किन खोजिन् ऋषि कपुरको नम्बर ?

नेपाली अभिनेत्री मनिषा कोइराला बलिउडमा पुनस्र्थापित हुन प्रयासरत छिन् । उनको यो प्रयासमा एउटा खुड्किलोको काम गरेको छ राजकुमार हिरानी निर्देशित फिल्म ‘सञ्जु’ ले । ‘सञ्जु’मा मनिषाले सञ्जय दत्तकी आमा नरगिसको भूमिका निभाएकी छिन् । उनको भूमिका छोटो भए पनि प्रभावकारी छ । साथै मनिषाको अभिनयको पनि प्रशंसा भइरहेको छ । ‘सञ्जु’को सफलतापछि उनको करिअरले […]

पूर्वप्रेमीसँग जम्काभेट हुँदा आलिया भइन् रातोपिरो

बलिउड नायिका आलिया भट्टले केही दिनअघि आयोजित एक पार्टीमा अप्ठेरो स्थितिको सामना गर्नुपर्‍यो । भारतका धनाढ्य मुकेश अम्बानीका छोरा आकाशको ईंगेजमेन्ट पार्टी थियो त्यो । अचेल जहाँ पनि आलित आफ्ना नयाँ प्रेमी रणवीर कपुरको साथमा पुग्ने गर्छिन् । उनीहरु खुलेरै प्रेम गरिरहेका छन् । सो पार्टीमा पनि उनी रणवीरकै साथ पुगेकी थिइन् । तर, पार्टीमा […]

‘सञ्जु’ले एकै दिन कमायो ४७ करोड, तोडियो बाहुवली २ को रेकर्ड

बलिउडमा केही चलचित्र असफल हुँदैमा कलाकारको करिअर सकिदैन । यसको राम्रो उदाहरण बनेका छन्, नायक रणवीर कपुर । लगातार असफल चलचित्र दिएपछि रणवीर कपुरको करिअर सकिएको चर्चा हुन थालेको थियो । तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सञ्जु’ले रेकर्डतोड कमाई मात्र गरेको छैन, रणवीर कपुरलाई अबको सुपरस्टारको बाटोमा समेत दौडाइदिएको छ । यो चलचित्रले ३ दिनमै […]

आइतबार ‘सञ्जु’ले कमायो ४७ करोड, तोडियो ‘बाहुवली २’को रेकर्ड

बलिउडमा केही चलचित्र असफल हुँदैमा कलाकारको करिअर सकिदैन । यसको राम्रो उदाहरण बनेका छन्, नायक रणवीर कपुर । लगातार असफल चलचित्र दिएपछि रणवीर कपुरको करिअर सकिएको चर्चा हुन थालेको थियो । तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सञ्जु’ले रेकर्डतोड कमाई मात्र गरेको छैन, रणवीर कपुरलाई अबको सुपरस्टारको बाटोमा समेत दौडाइदिएको छ । यो चलचित्रले ३ दिनमै […]

रणवीरलाई अंगालेर ग्वाँ-ग्वाँ रोए सञ्जय दत्त

विवादित भारतीय अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक ‘सञ्जु’ यतिबेला चर्चामा छ । यस चलचित्रमा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाएका छन् । सञ्जय दत्त स्वयम्ले पनि हलमा पुगेर यो चलचित्र हेरे । चलचित्र हेरेपछि उनको रियाक्सन कस्तो थियो त ? निर्देशक हिरानीले यसको खुलासा गरेका छन् । ‘सञ्जय दत्तलाई फिल्म औधि मन पर्‍यो,’ हिरानीले […]

‘सञ्जु’को लागि रणवीर कपुरले कसरी घटाए १० किलो तौल ?

आज सुक्रवारदेखी प्रतिक्षित फिल्म ‘सञ्जु’ सार्वजनिक भएको छ । यो फिल्म अभिनेता संजय दत्तको जीवनमा आधारित छ । फिल्ममा सञ्जय दत्तको भूमिकामा देखिएका छन्, रणवीर कपुर । फिल्मको ट्रेलरमा देखिसकेका छौ, रणवीरले दुरुस्तै संजय दत्तको आवरणमा आफुलाई उतारेका छन् । तर, यसरी संजय दत्त बन्नका लागि रणवीरलाई सजिलो भने भएन । उनले नै भनेका छन् […]

प्रेमीसँग एमीको चुम्बन

बलिउड नायिकाहरु अहिले प्रेमलाई खुल्लम खुल्ला रुपमा प्रस्तुत गर्न थालेका छन् । नायक रणवीर कपुरसँगको प्रेमलाई नायिका आलिया भट्टले लुकाउन सकिनन् । बलिउडका कलाकार प्रेमको मामालामा उदार बनेको वुझ्न सकिन्छ । केही बलिउड चलचित्रमा काम गरेकी बोल्ड नायिका एमी ज्याक्सनले पनि आफ्नो प्रेमी सार्वजनिक गर्दै उनीसँग रोमान्टिक मुडको तस्बिर पोष्ट गरेकी छिन् । एमीले अभिनय […]

पार्टीमा रणवीरको बेइज्जत गरेका सञ्जय दत्त अब उनकै प्रशंसक

केही समयअगाडि बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो घरमा एउटा पार्टी राखेका थिए । त्यतिबेला भर्खरै ‘सञ्जु’ फिल्मको घोषणा भएको थियो र रणवीर कपुर शिर्ष भूमिकाका निम्ति अनुवन्धित भएका थिए । पार्टीमा रणवीरलाई पनि निम्त्याएका थिए सञ्जयले । तर, आफैंले निम्त्याएको पाहुनालाई उनले सबैका बीचमा अपमानजनक व्यवहार गरे । सञ्जु फिल्ममा उनको छनोटलाई लिएर सञ्जयले रणवीरको […]

आमिर र रणवीर नजिकिँदा सलमानको ब्लड प्रेसर बढ्यो !

बलिउड अभिनेता सलमान खान र आमिर खानबीच अहिलेसम्म सुमधुर सम्वन्ध छ । तर, उनीहरुबीच चाँडो फाटो आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । किनकी उनीहरुको बीचमा आएका छन्, रणवीर कपुर । सबैलाई थाहा छ, सलमान र रणवीर कपुरबीच लामो समयदेखि कोल्ड वार चलिरहेको छ । सलमानकी तत्कालिन प्रेमिका कटि्रना कैफलाई रणवीरले खोसेर आफ्नो बनाएदेखि उनीहरुको […]

रणवीरले आलियालाई न्यू इयर इभमा गरेका थिए प्रपोज

बलिउडका नयाा रियल कपल रणवीर कपुर र आलिया भट्टको प्रेमका विषयमा भारतीय मिडियाहरुले खोतलखातल गर्न छाडेका छैनन् । हालै एउटा मिडियाले रणवीरले आलियालाई कहाा, कहिले र कसरी प्रपोज गरेका थिए भन्नेसम्म खुलासा गरेको छ । मुम्बई मिररमा प्रकाशित समाचार अनुसार रणवीर र आलियाको प्रेम ठिक ६ महिना अगाडि सुरु भएको थियो । बुल्गेरियामा फिल्म ‘ब्रम्हास्त्र’ […]

रणवीरको चर्चाले रन्थनिए सलमान, ‘पाठ सिकाउन’ यस्तो योजना

बलिउड अभिनेताहरु सलमान खान र रणवीर कपुरबीच लामो समयदेखि पानी बाराबर छ । यसको कारण अरु केही नभएर कटि्रना कैफ हुन् । कटि्रनाको पहिले सलमानसँग डिफ लभ थियो । तर, उनीहरुको प्रेम टुट्यो र कट्रिना रणवीरसँग लहसिन थालिन् । आफूभन्दा जुनियर हिरोले आफ्नो गर्लफ्रेन्ड खोसेपछि सलमानको आत्मसम्मानमा धक्का लाग्यो । त्यही रिसले गर्दा अहिलेसम्म उनी […]

‘सञ्जु’बाट रणवीरदेखि मनिषासम्मले लिए यति धेरै पारिश्रमिक

बलिउड अभिनेता सञ्जय दत्तको वास्तविक जीवनमा आधारित फिल्म ‘सञ्जु’ को भारतीय मिडियामा अत्यधिक चर्चा छ । सलमान खानको फिल्म रेस-३ को ट्रेलर ट्रोल भइरहेको बेला सञ्जुको ट्रेलरको भने धेरैले प्रशंसा गरेका छन् । सञ्जुमा सञ्जय दत्तको शिर्ष भूमिका निभाएका छन् रणवीर कपुरले । यो फिल्मका लागि उनले खुबै मिहिनेत गरेका थिए । सञ्जय दत्तका फरक-फरक […]

आलियासँगको सम्वन्धबारे रणवीरले गरे रोचक कुरा

बलिउडमा यतिबेला नायक रणवीर कपुर अत्यधिक चर्चामा छन् । पहिलो त उनको बहुचर्चित फिल्म ‘सञ्जु’ का कारण, र दोस्रो नायिका आलिया भट्टसितको अफेयरका कारण । रणवीर र आलियाको प्रेम चर्चा सुरु भएको भर्खर भर्खरै हो । उनीहरुले आफ्नो प्रेमबारे खुलेर बोलेका त छैनन् तर, संकेत चाहिँ प्रष्ट गरेका छन् । हालै एक अन्तरवार्तामा भने रणवीरले […]

आइपीएलको फाइनल शो होस्ट गर्दै रणवीर, दुई घन्टाको पारिश्रमिक एक करोड

भारतमा जारी इन्डियन प्रिमियर लिगको फाइनल म्याच अगाडि आयोजना हुने भव्य कार्यक्रमको होस्ट बलिउड अभिनेता रणवीर कपुरले गर्ने भएका छन् । २ घन्टा लामो उक्त कार्यक्रम होस्ट गर्न उनले एक करोड भारु पारिश्रमिक पाएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रतिभावान अभिनेता मानिने रणवीरसँग कार्यक्रम सञ्चालनको भने खासै अनुभव छैन । होस्टको रुपमा उनी पहिलोपटक नै […]

यशराजको फिल्ममा ‘शम्सेरा’ बन्दै रणवीर

बलिउडमा केही समय ओझेलमा परेका नायक रणवीर कपुर फेरि चम्कने दाउमा लागेका छन् । उनले, अभिनय गरेको चलचित्र ‘सन्जु’ यो बर्ष रिलिज हुँदैछ । यस्तै, उनी अहिले सुपरहिरो चलचित्र ‘ब्रम्मास्त्र’मा पनि काम गरिरहेका छन् । अब, उनै रणवीर यशराज ब्यानरले निर्माण गर्न लागेको एक नयाँ चलचित्रमा देखिने पक्का भएको छ । यशराज ब्यानरले निर्माण गर्न […]

दीपिकाको गर्दनमा अझै पूर्वप्रेमीको नामको ट्याटु

कुन व्वाईफ्रेन्डले चाँहिदो हो, आफ्नो प्रेमिकाको शरीरमा अर्कै पुरुषको नामको ट्याटु ? के रणवीर सिंहले अहिलेसम्म दीपिकाको गर्दन हेरेकै छैनन् ? यही प्रश्न अहिले भारतीयहरुले सोसल मिडियामा उठाइरहेका छन् । प्रसंग हो दीपिका पादुकोणको गर्दन पछाडि देखिएको ट्याटुको । हालै उनले जिममा एक्सरसाइज गरिरहेको फोटो सोसल मिडियामा भाइरल भयो । भाइरल हुनुको कारण थियो यही […]