Comments Add Comment

राजनीति

List Grid
निर्वाचन परिणाम र प्रतिपदधारिताको असर

दुई चरणको स्थानीय निर्वाचनपछि हार र जितका कारकतत्वहरु सम्बन्धी विभिन्न समीक्षा भएको छ । तर, निर्वाचनको नतिजालाई असर पार्ने एउटा महत्वपूर्ण पक्षको नेपालमा चर्चा भएको छैन । पदधारिता (Incumbency) या प्रतिपदधारिता (Anti-Incumbency)ले विभिन्न देशमा भएका निर्वाचनहरुमा असर गरेको छ र नेपालमा पनि प्रभाव पारेको छ । स्थानीय निर्वाचनमा यस प्रवृत्तिको प्रभावबारे छलफल गर्नु भन्दा पहिले […]

मधेसमा खटिएका एमाले नेता फर्किए, थप रणनीति बनाउन बैठक बस्दै

२२ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रदेश २ को आसन्न चुनावको रणनीति बनाउन स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह ४ बजे बैठक बोलाएका हुन् । प्रदेश २ को चुनावी तयारी गर्न एमाले महासचिव ईश्वर पोखरेल सहितका पदाधिकारीहरु बिगत एक सातादेखि सप्तरीदेखि पर्सासम्मका सबै जिल्लामा परिचालित भएका छन् […]

राप्रपाका सांसद एमालेले किन्न खोजेको आरोप, ओली र थापाको सम्बन्ध चिसियो

४ साउन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चलखेल गरेको भन्दै राप्रपा अध्यक्ष कमल थापा एमाले अध्यक्ष केपी ओलीसँग रुष्ट भएका छन् । ओली र थापावीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्लो प्रकरणले चिसोपन बढेको छ । संविधान संशोधन प्रस्ताव असफल पार्न राप्रपाका केही सांसदलाई एमालेका नेताहरुले पैसा दिएर किन्न खोजेको र यस्तो कार्य केपी […]

सरकार र राजपा शीर्ष नेताहरुको वैठक बालुवाटारमा

४ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका सत्तारुढ कांग्रेस र माओवादीले राजपासँग संविधान संशोधनबारे छलफल गर्न लागेका हुन् । राजपा यदि संशोधन होल्ड गर्ने सहमति भए तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । संविधान संशोधन विधेयकका […]

एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो

  स्थानीय तहको दुई चरणको चुनाव परिणामले नेपाली कांग्रेसलाई नेकपा एमालेले ५० सिट पछि पारेको छ । कम्तिमा ५ वा बढी साबिक गाविसहरु मिलाएर बनाइएका गाउँपालिका र ठूलो जनसंख्या ओगट्ने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका हामी यसरी ५० सिटले पछि पर्नु भनेको अवश्य पनि धेरै ठूलो अन्तर हो । यो हामी कांग्रेसजनका लागि सुखद कुरा होइन […]

राप्रपाले ‘धोका’ नदिए केही दिनमै संविधान संशोधन !

२५ असार, काठमाडौं । सरकारले केही दिनमा नै संविधान संशोधन विधेयक अघि बढाउने तयारी गरेको छ । असोज २ मा हुने तेस्रो चरणको स्थानीय तहको चुनावमा राजपालाई समेट्न संशोधन अघि बढाउन लागिएको हो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड संशोधन विधेयक पास गर्न आवश्यक दुई तिहाई जुटाउन प्रयासरत छन् । […]

झापा पुगेपछि ओली क्रुद्धः अन्तरघातीलाई कारवाही गर्ने चेतावनी

२५ असार,झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही हुने चेतावनी दिएका छन् । गृहजिल्ला झापामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले झापाको चुनावी परिणामप्रति पनि असन्तुष्टि जनाए । झापाका १५ स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिकाको परिणाम नआउँदै एमालेले ११ […]

संविधान संशोधनबारे राप्रपा अनिर्णित

२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनबारे अन्तिम चरणमा मात्रै निर्णय लिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार राप्रपा अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणालाई भेटेर संशोधनमा सघाउन आग्रह गरेका थिए । लगत्तै अध्यक्ष थापाले आइतबार पार्टीको बैठक बोलाएका थिए । सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा संशोधन र सरकारमा सहभागिताबारे […]

जनताले कांग्रेसको विकल्प खोज्न थालेको रामचन्द्र पौडेलको निश्कर्ष

२५ असार, पोखरा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली जनताले कांग्रेसको विकल्प खोज्न लागेको टिप्पणी गरेका छन् । उनले जनतालाई कांग्रेसको विकल्प खोज्ने अधिकार रहे पनि कांग्रेस कार्यकर्तासँग भने त्यो विकल्प नरहेको बताएका छन् । कांग्रेसबाट निर्वाचित कास्की जिल्लाका जनप्रतिनिधिहरुलाई पोखरामा सम्वोधन गर्दै पौडेलले भने- ‘जनताले कांग्रेसको विकल्प खोजेको संकेत स्थानीय चुनावले दिएको छ […]

अन्तरघात गरेको आरोपमा कोहलपुरमा कांग्रेस नेतामाथि कालोमोसो

२१ असार, नेपालगन्ज । बाँकेको कोहलपुरमा नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि पार्टीका उम्मेदवारमाथि अन्तरघात गरेको भन्दै कोहलपुरमा दुर्व्यवहार भएको छ । बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस हारेपछि अन्तरघातको आरोपमा एक अर्कोमाथि आक्रमण प्रयास भइरहेको छ । कांग्रेस कार्यकर्ता विजय पुडासैनीको नेतृत्वमा आएको ४ जनाको समूहले आफूलाई कालोमोसो दलेको पौडेलले बताए । बुधबार दिउँसोमात्र कोहलपुरको मतगणना […]

उत्तरी मोरङको ‘केस स्टडी’- एमाले आफ्नै गढमा किन हार्‍यो ?

एमालेका जननेता मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीको गृहनगर रतुवा माई नगरपालिकामा समेत पराजय व्यहोर्दै मोरङ जिल्लामा एमालेले निराशाजनक चुनावी परिणाम हात पारेको छ । यो परिणामसँगै मोरङमा ओली पक्षका जिल्ला नेताहरुको कार्यक्षमता र कार्यशैलीमाथि नै गम्भीर प्रश्न उठेको छ । मोरङमा एक महानगरपालिकासहित १७ स्थानीय तह छन् । यीमध्ये एमालेले चार स्थानीय तहमात्र जितेको […]

राजपा नेतालाई चित्रबहादुरको प्रश्न-यो के तमासा हो ?

२६ जेठ, काठमाडौं । संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने चेतावनी दिँदै आएका राष्ट्रिय जनता पार्टीका नेताहरुलाई राष्ट्रिय जनमोर्चाका नेता चित्रवहादुर केसीले संसद बैठकमै प्रश्न गरे-यो के तमासा हो ? प्रधानमन्त्री शेरवहादुर देउवालाई बधाई दिने क्रममा राजपा नेताहरुले आफूहरुले संविधान अझै स्वीकार नगरेको भन्दै संशोधनको माग गरेपछि केसीले आपत्ति जनाएका हुन् । प्रधानमन्त्रीलाई बधाई […]

ओलीलाई प्रचण्डको जवाफः देउवाले दबाव दिएर होइन, आफ्नै इच्छाले राजीनामा दिएको हुँ

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा राजीनामा नदिएको बताएका छन् । साथै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौती दिएका छन् । मंगलबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावको बीचमा किन राजीनामा दिएको ? कसको दबावमा दिएको […]

माओवादीको पराजयः रक्तपातपूर्ण राजनीतिको आधार !

स्थानीय तहको निर्वाचन, प्रथम चरण सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन गर्न प्रचण्ड सरकार सफल भएको छ । संशोधन प्रक्रियाद्वारा संविधानको स्वीकार्यता बढाउने कठोर प्रयत्नस्वरुप थरुवान-मधेसमा बलिरहेको आगो सापेक्षित शान्त पार्ने काम भएको छ । दुई छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउँदै नेपाली कांग्रेससँगको समझदारीलाई व्यवहारिक रुप दिने काम भएको छ । जनमानस प्रश्न गर्दछन् कि […]

प्रमुख तीन दलको बैठक बानेश्वरमा जारी

२२ बैशाख, काठमाडौं । संसद संचालन गर्ने सम्बन्धमा सहमति जुटाउने प्रयासमा प्रमुख तीन दलको बैठक संसद भवन नया बानेश्वरमा सुरु भएको छ । सभामुख ओनसरी घर्ती समेतको उपस्थितिमा संसद भवन नयाँ वानेश्वरमा सुरु बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्र्ष नेता, प्रमुख सेचत, कानुनमन्त्री सहितको उपस्थिति छ । बैठकमा संविधानको दोश्रो संशोधन […]

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्- पहिलो चरणको चुनावपछि देउवा प्रधानमन्त्री

२० बैशाख, काठमाडौं। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले पहिलो चरणको चुनावपछि माओवादी केन्द्रको समर्थनमा देउवा प्रधानमन्त्र बिन्ने प्रष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लबमा अयोजित साक्षात्कारमा बोल्दै सल्लाहकार खनालले नयाँ सरकारमा पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धन कायमै रहने बताए । उनले भने, ‘जेठको पहिलो साता कांग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, दुई पार्टीको […]

नयाँ शक्ति भन्छ- माओवादी केन्द्र ‘लम्पसारवादी’, प्रतिक्रान्तिकारी टीमको थप खेलाडी !

१८ बैशाख, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई ‘रातारात क्रान्तिकारीबाट प्रतिक्रान्तिकारी रुपान्तरण गरेको शक्ति’ का रुपमा विश्लेषण गरेको छ । उसले माओवादीलाई विदेशीका सामू लम्पसार पर्ने शक्तिसमेत भनेको छ । नयाँ शक्ति पार्टीले सोमबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रतिवद्धतापत्रमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा लगायतका दलहरुको […]

दलहरु एजेण्ट बने, लोकतन्त्र धरापमाः बाबुराम

१८ बैशाख, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको पहरेदार बन्नुपर्ने दलहरुनै ‘एजेन्ट’ बनेको भन्दै लोकतन्त्रमा गम्भीर संकट देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लामो ‘स्टाटस’ लेख्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले राजनीतिमा बिकसित पछिल्ला घटनाक्रमहरुले लोकतन्त्र गम्भीर संकटमा परेको बताएका छन् । जनतासँग सोझै सरोकार भएका सबै संस्थाहरुमा चरम दलीयकरण र […]

केपी ओलीको चारबुँदे तर्कः एमालेले किन संविधान संशोधन हुन दिँदैन ?

१७ बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान संशोधन गर्न नदिने ४ वटा कारणहरु अघि सारेका छन् । पत्रकार महासंघ ललितपुर शाखाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय पार्षदहरुलाई आफ्नै निवास बालकोटमा स्वागत गर्दै ओलीले संविधान संशोधन विधेयक पारित हुन नदिने एमालेको अडानबारे प्रष्टीकरण दिएका हुन् । एमाले अध्यक्ष ओलीले अहिले […]

तराईमा सरकारको दोहोरो मापदण्ड, ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने परिपत्र

१३ बैशाख, काठमाडौं । चुनावको मुखमा स्थानीय तहको संख्या बढाउन खोजेपछि सरकार नयाँ विवादमा फसेको छ । यसले बैशाख १९ अघि नै संविधान संशोधन गर्ने सरकारको योजना समेत प्रभावित हुने सम्भावना बढेको छ । यस्तो भएमा निर्वाचनसमेत अन्योलमा पर्न सक्छ । सरकारले मधेसी मोर्चालाई तराई मधेसमा स्थानीय तहको संख्या बढाउने आश्वासन दिएको छ । र, […]

प्रचण्डजी कांग्रेसतिर नगएको भए म प्रधानमन्त्री बन्थें

३१ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गएपछि वामदेव गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यहीबेला हामी समसामयिक राजनीतिबारे कुराकानी गर्न भैंसेपाटीस्थित गौतमनिवासमा पुग्यौं । जहाँ, कार्यवाहक अध्यक्ष गौतमले विगत, आगत र भविश्य तीनै कालको राजनीतिक समीक्षा गरे । विगतमा माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसतिर नलागेको भए प्रधानमन्त्री बन्ने पालो आफ्नो […]