Comments Add Comment

राष्ट्रपति

List Grid
विद्या र पासाङलाई दोहोर्‍याउने ओली-प्रचण्डवीच पुरानै सहमति ! 

२४ फागुन,काठमाडौं । संक्रमणकालका राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान कार्यान्वयनको चरणमा पुनः दोहोर्‍याउने सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसअघि नै सहमति भइसकेको एक माओवादी नेताले बताएका छन् । राष्ट्रपति उम्मेदवार चयनका सन्दर्भमा एमाले स्थायी समिति बैठकमा भएको विवाद बाहिर आएपछि माओवादीभित्र पनि यसबारे चर्चा भएको हो । स्रोतका अनुसार अध्यक्ष प्रचण्डले […]

राष्ट्रपतिको दौडमा दुई भोजपुरे महिलाः हेर्नुहोस् प्रोफाइल !

२३ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा एमालेबाट विद्यादेवी भण्डारी र कांग्रेसबाट कुमारी लक्ष्मी राईले प्रतिस्पर्धा गर्दैछन् । दुबै महिला उम्मेदवार भोजपुरे चेली हुन् । वहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा सबै नेपालीहरु जानकार छन् । तर, राष्ट्रपतिका लागि एकाएक उम्मदेवार दर्ता गरेपछि चर्चामा आएकी कुमारी लक्ष्मी राईका बारेमा भने कमैलाई मात्र जानकारी छ । बुधबार राष्ट्रपतिका […]

राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले ४ लाख खर्च गर्न पाउने

२० फागुन, काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारले ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रपति तथा उपराष्ट्रपतिका उम्मेदवारको निर्वाचन प्रचारप्रसार खर्चको सीमा निर्धारण गरेको हो । उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्दा बढीमा ४ लाख रुपैयाँसम्म खर्च गर्न पाउने प्रवक्ता नवराज ढकालले जानकारी दिए । राष्ट्रपति निर्वाचन फागुन २९ गते […]

राष्ट्रपति को बन्ने टुंगो लागेको छैन : एमाले उपाध्यक्ष रावल

काठमाडौं, १५ फागुन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो नलागेको बताएका छन् । मंगलबार रिपोर्टस क्लबको साक्षातकारमा उनले यस विषयमा पार्टीभित्र र माओवादी केन्द्रसँग पनि छलफल गरेर निर्णय गर्ने बताए । ‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, […]

वाम भागवण्डा : राष्ट्रपति एमाले, सभामुख माओवादी

११ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको प्रचण्डको पछिल्लो भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेको भागमा परेको छ भने माओवादीले उपराष्ट्रपति, सभामुख र […]

राष्ट्रपति निर्वाचन २९ गते, २३ गते उम्मेदवारी दिनुपर्ने

१० फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । आयोगले निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । जसअनुसार २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् […]

राष्ट्रपतिविरुद्ध तरुण दलले चर्कायो सडक आन्दोलन

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन चर्काएको छ । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि तरुण दलले आन्दोलन चर्काएको हो । बुधबार उनीहरुले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् । कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी […]

निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो चुनावी परिणाम, सरकार गठनको बाटो खुला

२ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएको छ । यससँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । आयोगका पदाधिकारीहरुले शीतल निवास पुगेर राष्ट्रपति विद्या भण्डारीलाई निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन । प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । समानुपातिकमा […]

राष्ट्रियसभामा सरकारको मनोनयन राष्ट्रपतिले अस्वीकार गर्न मिल्दैन : मन्त्री बस्नेत

१ फागुन, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले राष्ट्रियसभा सदस्यमा गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको जानकारी दिँदै उक्त नाम अनुमोदन हुने दाबी गरे । उनले प्रधानमन्त्रीले गरेका सिफारिलाई […]

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिलाई राष्ट्रियसभाको परिणाम

२८ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन सितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि […]

नयाँ सरकार गठन : राष्ट्रपतिले बोलाउने कि दलले दाबी गर्ने ?

२५ माघ, काठमाडौं । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएलगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकको मत परिणाम घोषणाको गृहकार्य थालेको छ । नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन यही एउटा खुडि्कलो बाँकी छ । आयोगका अनुसार राष्ट्रियसभाको मतगणना अपेक्षाकृत निकै छिटो सकिएको छ । यो प्रक्रियामा झण्डै ४८ घन्टा बचत भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । अब […]

राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनुहुन्न : झलनाथ खनाल

 २३ माघ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति जस्तो ठूल्ठूला जिम्मेवारीमा एकै व्यक्तिलाई दोहोर्‍याउन नहुने बताएका छन् । राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहोर्‍याउने चर्चा भइरहँदा खनाल त्यसको विपक्षमा उभिएका हुन् । इरानमा आयोजित आइक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारको प्रश्नमा जवाफ  दिँदै […]

देवघाट आकर्षक पर्यटकीय साँस्कृतिक गन्तव्य : राष्ट्रपति भण्डारी

२१, माघ, चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन र तनहुँको संगमस्थलमा रहेको देवघाट क्षेत्र आकर्षक साँस्कृतिक पर्यटकीय गन्तव्य भएको बताएकी छन् । गलेश्वर आश्रम देवघाटले आइतबार तनहुँको देवघाटमा आयोजना गरेको धनधान्याञ्चल महायज्ञ र नर्मदेश्वर शिव मन्दिरको उद्घाटन गर्दै उनले देवघाटमा भौतिक पूर्वाधार विकास गरी पर्यटक आकषिर्त गर्नुपर्ने बताइन् । देवघाटका मठ मन्दिर अमूल्य सांस्कृतिक धरोहर […]

मुलुक समृद्धिको बाटोमा अघि बढ्यो : राष्ट्रपति भण्डारी

२१ माघ, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय, प्रदेश र प्रतिनिधिसिभाको निर्वाचनपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बताएकी छन् । मकवानपुर थाहा नगरपालिका-३ धट्टेचौरको जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा अघि बढेको बताएकी हुन् । राष्ट्रपति भण्डारीले शिक्षाबाट वञ्चित बालबालिकालाई बिद्यालयको पहुँचमा पुर्‍याएर शिक्षित समाज निर्माणमा ध्यान दिनुपर्ने धारणा […]

राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

१९ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशको सम्वन्ध सुधारबारे कुुराकानी भएको छ । साथै भारतीय विदेशमन्त्री स्वराजले निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिएकी छन् । स्वराज दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौंमा आएकी थिइन् । उनले एमाले अध्यक्ष […]

राष्ट्रपतिद्वारा ३ राजदूतलाई नियुक्ति

१२ माघ, काठमाडौं । राष्ट्रपति भण्डारीले शुक्रबार तीन राजदूत नियुक्त गरेकी छन् । ऋषिराम घिमिरेलाई रुसी महासंघ, झविन्द्रप्रसाद अर्यालललाई इजिप्ट र कालीप्रसाद पोखरेललाई क्यानडाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । घिमिरेले काजकस्थान, अर्यालले जोर्डन र पोखरेलले जमाइकाको गैर आवासीय राजदूतको रुपमासमेत काम गर्नुपर्नेछ । राजदूतका लागि सरकारले सिफारिस गरेको नाम संसदीय सुनुवाइबाट […]

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

२४ पुस, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको भन्दै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । त्यसबारे परामर्श गर्न प्रधानमन्त्री देउवा सोमबार विहान शीतल निवास पुगेका थिए । तर, राष्ट्रपति […]

राष्ट्रपतिको जिम्मेवारी दिए तयार छुः खनाल

२१ पुस, इलाम । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताएका छन् । तर, राष्ट्रपति बनाइदेउ भनेर लबिङ गर्दै नहिड्ने बताए । पिता पुंगनाथ खनालको शतवाषिर्कीमा आयोजित वृक्षरोपण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खनालले पद प्राप्त गर्नका लागि लबिङ्मा नलाग्ने बताए । उनले भने- ‘तर म मलाई राष्ट्रपति बनाइदिनु पर्‍यो […]

निर्वाचन आयोगले राष्ट्रपतिलाई भन्योः निर्वाचन परीणाम घोषणा गर्न कानुनी अड्चन छ

२० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिएकी छन् । साथै जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै […]

झलनाथ खनालले भने– राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गर्दै हिँड्दिन

२० पुस, झापा । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालले आफूले राष्ट्रपति पद अस्वीकार नगर्ने तर, राष्ट्रपति बनाइदेउ भनेर नमस्कार गर्दै नहिँड्ने बताएका छन् । भावी राष्ट्रपतिको दाबेदारको रुपमा खनालको चर्चा भइरहँदा उनको यो अभिव्यक्ति आएको हो । बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले भने, ‘राष्ट्रपतिको भूमिका पनि महत्वपूर्ण भूमिका […]

निर्वाचन आयुक्तहरु राष्ट्रपतिलाई भेट्न शीतल निवासमा

२० पुस, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास भेट्न पुगेका छन् । प्रदेश प्रमुखहरुको नियुक्तिमा विलम्ब भइरहेका बेला आयोगका पदाधिकारीहरु राष्ट्रपति कहाँ गएका हुन् । प्रदेशसभा निर्वाचनको अन्तिम परीणाम आएको सातदिनभित्र प्रदेश प्रमुखलाई बुझाउनु पर्ने संवैधानिक व्यवस्था छ । तर, सरकारले अझै प्रदेश प्रमुख नियुक्त गरेको छैन । यसबारे सहमति जुटाउन […]