Comments Add Comment

राष्ट्रियसभा

List Grid
जीवनभर त्याग, नजित्ने चुनावमा टिकट !

२० पुस, पोखरा । २०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । २०५१ सालको जेठमा सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित हुन सकेन । नीति तथा कार्यक्रम नै फेल भएपछि कोइरालाले संसदको विघटन गर्दै मध्यावधी निर्वाचनको घोषणा गरे । मध्यावधि निर्वाचनमा कांग्रेसकै दुई समूहबाट उम्मेदवार खडा भए । […]

राष्ट्रियसभा चुनावमा तालमेल गर्ने कांग्रेस र समाजवादीको सहमति

१८ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीले तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच प्रदेश २ का चार सिट बाँडफाँटमा सहमति समेत गरेका छन्, जसअनुसार कांग्रेसको तर्फबाट महिला र अल्पसंख्यक तथा समाजवादीको तर्फबाट दलित र अन्य पदमा उम्मेदवार दिइनेछ । सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर […]

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न बामदेवले मानेनन्

१८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए । ‘प्रचण्ड कमरेडले दुई जनाबारे के गर्ने पहिला यसमा छलफल गरौं भन्नुभयो’ एक नेता भन्छन्, ‘केपी कमरेडले […]

राष्ट्रियसभाको चुनाव ९ माघमा

२६ मंसिर, काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । राष्ट्रियसभाका नेकपाका ८,  कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना  गरी १९ सांसदको […]

राष्ट्रियसभामा कांग्रेस ६ सिटमा खुम्चिँदै, नेकपालाई मालामाल !

२४ मंसिर, काठमाडौं । उपनिर्वाचनको परिणामबाट केही उत्साही भएको प्रमुख विपक्षी नेपाली कांग्रेसका लागि राष्ट्रियसभाको निर्वाचन भने निराशाजनक हुँदैछ । माघ पहिलो साता हुने राष्ट्रियसभाका १९ सांसदको निर्वाचनमा कांग्रेसले कम्तिमा ६ सिट गुमाउने देखिन्छ । राष्ट्रिय सभाको दुईवर्षे कार्यकाल पूरा गरेर बिदा हुने १९ जना सांसदमध्ये कांग्रेसका ७ जना छन् । ५९ सदस्यीय राष्ट्रियसभामा १३ […]

राष्ट्रियसभाबाट ३३ घण्टामा १८ विधेयक पारित

१० चैत, काठमाडौं । ११ पुसबाट शुरु भएको राष्ट्रियसभाको तेस्रो अधिवेशन अन्त्य भएको छ । ३५ वटा बैठक बसेर आइतबार सम्पन्न अधिवेशन अवधीमा १८ विधेयक पारित भएका छन् । जसमध्ये ६ वटा विधेयक राष्ट्रियसभामा र बाँकी विधेयक प्रतिनिधिसभामा उत्पत्ति भएका थिए । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन), संकटापन्न वन्यजन्तु […]

राष्ट्रियसभा बैठक दुई दिन सर्‍यो

१९ फागुन, काठमाडौं । राष्ट्रियसभाको आज मध्यान्ह एक बजेका लागि निर्धारित बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दुई बजेका लागि सारिएको हो । संसद सचिवालयद्वारा प्रकाशित सूचनामा विशेष कारणवश बैठक सार्नु परेको उल्लेख छ । बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विधान व्यवस्थापन समितिको प्रतिवेदन छलफलका लागि र राहदानी विधेयक […]

राष्ट्रियसभाका सांसद भन्छन्–हामीलाई तेस्रो श्रेणीमा राखियो

२ फागुन, काठमाडौं । राष्ट्रियसभाका सांसद खिमकुमार बिकले राष्ट्रियसभाका सांसदमाथि विभेद भएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसद बिकले प्रत्यक्ष निर्वाचित सांसदलाई पहिलो, समानुपातिकबाट आएका सांसदलाई दोस्रो र राष्ट्रियसभाका सदस्यलाई तेस्रो दर्जामा राखेको बताए । शुन्य समयमा बोल्दै सांसद बिकले भने, ‘हामीलाई तेस्रो श्रेणीको सांसद मान्ने व्यवस्था शोभनीय छैन, यसको तत्काल अन्त्यहोस् ।’ […]

राष्ट्रियसभा नियमावली संशोधन समितिको म्याद थपिँदै

२९ माघ, काठमाडौं । राष्ट्रियसभा नियमावली संशोधन गर्न गत पुसमा गठित मस्यौदा समितिको म्याद थपिने भएको छ । समितिका सदस्य परशुराममेघी गुरुङले मंगलबार बस्ने बैठकमा म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्ने भएका छन् । १५ दिनभित्र संशोधनको मस्यौदा बुझाउने म्याद पाए पनि अहिलेसम्म समितिको जम्मा चार वटा बैठक बसेको छ । समितिका सदस्य वृषेशचन्द्र लालले सैद्धान्तिक […]

चार विधेयक राष्ट्रियसभाबाट विधायन समितिमा

२५ माघ, काठमाडौं । राष्ट्रियसभा बैठकले विभिन्न विषयका चार वटा विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सभाको शुक्रबार बसेको बैठकले ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, निवृत्तिभरण कोष विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक र विज्ञापन (नियमन गर्ने) विधेयक समितिमा पठाउने निर्णय गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य […]

राष्ट्रियसभामा बैठक सारेर बेपत्ता आयोग विधेयक पेश गरिँदै

२५ माघ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन एवं सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयकबारे जानकारी दिन राष्ट्रियसभा बैठक बोलाइएको छ । आगामी आइतबारका लागि निर्धारित बैठक विधेयकबारे जानकारी दिन भन्दै शुक्रबारका लागि सारिएको छ । बैठक आज बिहान साढे १० बजे शुरु हुने संसद सचिवलायले जनाएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र […]

निजी विद्यालय बन्द गर्नु गलत हो : सांसद अधिकारी

१३ पुस, काठमाडौं । सांसद राधेश्याम अधिकारीले हचुवाको भरमा निजी विद्यालय बन्द गर्न नहुने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले भने, ‘सात वर्षभित्र निजी विद्यालय मास्न लागिएको भन्ने कुरा आएको छ, यो कुरा सत्य हो भने त्यो दुर्भाग्यपूर्ण छ ।’ ‘सार्वजनिक विद्यालयको गुणस्तर सुधार्नुपर्छ भन्नेमा विमती छैन, पाठ्यक्रममा एकरुपता पनि हुनै पर्दछ’, सांसद […]

राष्ट्रियसभा नियमावली संशोधन गर्न ९ सदस्यीय समिति गठन

१३ पुस, काठमाडौं । राष्ट्रियसभा नियमावली, २०७५ संशोधनका लागि ९ सदस्यीय मस्यौदा समिति गठन भएको छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले १५ दिनभित्र मस्यौदा बुझाउने गरी समिति गठन गरेको हो । मस्यौदा समितिमा जितेन्द्र नारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, परशुराममेघी गुरुङ, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर […]

सरकारले विजनेस दिनै सकेन : राष्ट्रियसभा उपाध्यक्ष

१६ मंसिर, पोखरा । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले बिजनेस नपाउँदा सदन चल्न नसकेको बताएकी छन् । आइतबार पोखरामा पत्रकारसँगको भेटघाटमा बोल्दै उनले सरकारले बिजनेस नदिदा सदन चल्न नसकेको बताएकी हुन् । बिजनेस अभावकै कारण सदन कहिलेदेखि सञ्चालन गर्ने भन्नेमा अन्यौलता रहेको उनको भनाइ छ । ‘सरकारले बिजनेस नदिदा सदन सञ्चालन गर्न सकिएको छैन, बिजनेसका […]

सांसद अधिकारीको प्रश्न : पत्रकारलाई हत्कडी किन लगाएको ?

२६ भदौ, काठमाडौं । राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले सरकारले पत्रकारलाई हत्कडी लगाएर निरंकुश हुने संकेत देखाएको बताएका छन् । मुलुकी अपराध संहिता र गोपनीयताको हकसम्बन्धी विधेयकको व्यवस्थाका कारण सञ्चार जगतले सरकार निरंकुश हुन खोजेको आशंका गरिरहेका बेला पत्रकार पक्राउ गरेर सरकारले त्यो आशंकालाई पुष्टि गर्न लागेको उनले बताए । मंगलबार राष्ट्रियसभामा बोल्दै उनले खोजतलास डट […]

राष्ट्रियसभा सदस्य भन्छन्–सडकमा नाङ्गिनेहरु नेपाली होइनन्, नेपाल बिरोधी हुन्

४ भदौ, काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले सडकमा नाङ्गै प्रदर्शनमा उत्रनेहरु नेपाली नै नभएको अभिव्यक्ति दिएका छन् । राष्ट्रियसभामा सोमबार कानूनमन्त्री भानुभक्त ढकालले पेस गरेको अपराध पीडित संरक्षण विधेयक २०७५ माथिको छलफलका कममा उनीहरुले माइतीघर मण्डलामा र सडकमा नग्न प्रदर्शन गर्नु सोभनीय नभएको बताएका हुन् । सदस्य रामनारायण बिंडारीले नेपाली समाज बिकृत हुँदै गइरहेको र संसारमा […]

सरकारले नै मुलुकलाई प्रतिक्रान्तितिर लैजादैछ : कांग्रेस सांसद देव

२३ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारले नै मुलुकलाई प्रतिक्रान्तितिर लैजान खोजेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा उनले सरकारको गतिविधि प्रधानमन्त्रीलाई क्रान्तिजस्तो लागे पनि त्यो प्रतिक्रान्ति भएको दावी गरे । ‘सरकारलाई या प्रधानमन्त्रीलाई क्रान्तितिरको पाइला हो भन्ने लाग्न सक्छ तर त्यो क्रान्तितिरको पाइला नभएर त्यो भ्रान्ति हुन सक्छ र त्यसले मुलुकलाई […]

राष्ट्रियसभामा सांसदहरुबीच भनाभन, बैठक स्थगित

८ साउन, काठमाडौं । राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए । […]

सरकारलाई विपक्षीको प्रश्न : गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी ?

२६ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई आमरण अनसनरत डा. गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव पेश गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले डा. केसीको माग माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन होस् भन्ने भएको बताए । उनले प्रश्न गरे, ‘माथेमा कार्यदलको प्रतिवेदन किन कार्यान्वयन गर्न […]

५ महिनामै खाल्डाखुल्डी पुरेर सकिदैन : प्रधानमन्त्री ओली

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको ५ महिनामात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रष्टीकरण दिएका छन् । राष्ट्रियसभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिादै उनले दशकौंदेखि परेका खाल्डो ४/५ महिनामै पुरेर नसक्ने बताएका हुन् । ‘दशकौंदेखि खाल्डो परेका छन् । ४/५ महिनामा सलल हिँड्ने बनाउनुपर्थ्यो, तर माननीयज्यूहरुले जति विश्वास गरे पनि […]

५ महिनामै खाल्डाखुल्डी पुरेर सकिदैन : प्रधानमन्त्री ओली

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको ५ महिनामात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रष्टीकरण दिएका छन् । राष्ट्रियसभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले दशकौंदेखि परेका खाल्डो ४/५ महिनामै पुरेर नसक्ने बताएका हुन् । ‘दशकौंदेखि खाल्डो परेका छन् । ४/५ महिनामा सलल हिँड्ने बनाउनुपर्थ्यो, तर माननीयज्यूहरुले जति विश्वास गरे पनि […]