Comments Add Comment

राष्ट्रियसभा

List Grid
सरकारले नै मुलुकलाई प्रतिक्रान्तितिर लैजादैछ : कांग्रेस सांसद देव

२३ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारले नै मुलुकलाई प्रतिक्रान्तितिर लैजान खोजेको आरोप लगाएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा उनले सरकारको गतिविधि प्रधानमन्त्रीलाई क्रान्तिजस्तो लागे पनि त्यो प्रतिक्रान्ति भएको दावी गरे । ‘सरकारलाई या प्रधानमन्त्रीलाई क्रान्तितिरको पाइला हो भन्ने लाग्न सक्छ तर त्यो क्रान्तितिरको पाइला नभएर त्यो भ्रान्ति हुन सक्छ र त्यसले मुलुकलाई […]

राष्ट्रियसभामा सांसदहरुबीच भनाभन, बैठक स्थगित

८ साउन, काठमाडौं । राष्ट्रियसभा बैठकमा मंगलबार संसदीय अभ्यासमा विरलै देखिने दृष्य देखियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउदै सत्तापक्षका सांसदहरु उठे । लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । अध्यक्षले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए । […]

सरकारलाई विपक्षीको प्रश्न : गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी ?

२६ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई आमरण अनसनरत डा. गोविन्द केसी सत्यको प्रतीक कि शक्तिको दम्भी भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव पेश गर्दै कांग्रेस सांसद राधेश्याम अधिकारीले डा. केसीको माग माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयन होस् भन्ने भएको बताए । उनले प्रश्न गरे, ‘माथेमा कार्यदलको प्रतिवेदन किन कार्यान्वयन गर्न […]

५ महिनामै खाल्डाखुल्डी पुरेर सकिदैन : प्रधानमन्त्री ओली

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको ५ महिनामात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रष्टीकरण दिएका छन् । राष्ट्रियसभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिादै उनले दशकौंदेखि परेका खाल्डो ४/५ महिनामै पुरेर नसक्ने बताएका हुन् । ‘दशकौंदेखि खाल्डो परेका छन् । ४/५ महिनामा सलल हिँड्ने बनाउनुपर्थ्यो, तर माननीयज्यूहरुले जति विश्वास गरे पनि […]

५ महिनामै खाल्डाखुल्डी पुरेर सकिदैन : प्रधानमन्त्री ओली

२५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको ५ महिनामात्रै भएकाले सडकका सबै खाल्डाखुल्डी पुरेर नसकिने प्रष्टीकरण दिएका छन् । राष्ट्रियसभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उनले दशकौंदेखि परेका खाल्डो ४/५ महिनामै पुरेर नसक्ने बताएका हुन् । ‘दशकौंदेखि खाल्डो परेका छन् । ४/५ महिनामा सलल हिँड्ने बनाउनुपर्थ्यो, तर माननीयज्यूहरुले जति विश्वास गरे पनि […]

संसदीय समितिको सभापतिमा कांग्रेसले खोज्यो भाग, नेकपाको नदिने दाउ

१० असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा गठन हुने समितिहरुको सभापतिमा भागवण्डा खोजेको छ । तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  (ने क पा) ले भने विपक्षी दललाई सभापति नदिने संकेत गरेको छ । राष्ट्रियसभाका चार समिति र संघीय संसदको दुई संयुक्त समितिमा सदस्य छनोट गर्न अध्यक्ष गणेश तिमल्सिनाले आइतबार कार्यव्यवस्था […]

संसदीय समितिको सभापतिमा कांग्रेसले खोज्यो भागवण्डा

१० असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा गठन हुने समितिहरुको सभापतिमा भागवण्डा खोजेको छ । तर, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  (ने क पा) ले भने विपक्षी दललाई सभापति नदिने संकेत गरेको छ । राष्ट्रियसभाका चार समिति र संघीय संसदको दुई संयुक्त समितिमा सदस्य छनोट गर्न अध्यक्ष गणेश तिमल्सिनाले आइतबार कार्यव्यवस्था […]

राष्ट्रियसभा उपाध्यक्ष शशिकलाको कार्यकाल ४ वर्ष, सरिता प्रसाईंको २ वर्ष

४ असार, काठमाडौं । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्न व्यस्त छन् । जसअनुसार राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ । […]

यसरी हुँदैछ ५९ सांसदको भाग्य फैसला (भिडियोसहित)

३ असार, काठमाडौं । राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ । गोलाप्रथाको प्रक्रियाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रियसभाका […]

गोलाप्रथाबाट यसरी हुँदैछ ५९ सांसदको भाग्य फैसला (भिडियोसहित)

३ असार, काठमाडौं । राष्ट्रियसभाका ५९ जना सांसदको पदावधिको निर्वाचन सोमबार गोलाप्रथाबाट हुँदैछ । ५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष हुनेछ । कुन सांसदको पदावधि कति भनेर टुंगो भने गोलाप्रथाबाट तय हुनेछ । गोलाप्रथाको प्रक्रियाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रियसभाका […]

हुकुम प्रमाङ्गीबाट देश चलाउन खोजेको कांग्रेस सांसदको आरोप

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकारले हुकुम प्रमाङ्गीबाट देश चलाउन खोजेको आरोप लगाएका छन् । राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले काठमाडौंमा सडकको समस्या विकराल भएको बताए । तर, सरकारले काम गराउने भन्दा बहना खोजेको उनको आरोप छ । ठेकेदार जेल हाल्ने गृहमन्त्रीको आदेश आउएको भन्दै उनले भने, अस्ती चिनी […]

मोदीसँग भारतीय ज्यादतीको कुरा उठाउन सरकारलाई आग्रह

२४ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको पुनर्बासमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण र एसएसबीको ज्यादतीबारे कुरा राख्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाइनुपर्ने बताए । पुनर्बासमा हुने पटक पटकको भारतीय […]

प्रतिनिधिसभा नहुँदा राष्ट्रियसभाको मात्रै अधिवेशन बस्न सक्ने

२३ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नभएको अवस्था राष्ट्रियसभामात्रैको पनि संसद अधिवेशन आह्वान हुने भएको छ । राष्ट्रियसभा नियमावली मस्यौदामा राष्ट्रियसभाको मात्रै पनि अधिवेशन बस्न सक्ने प्रस्ताव गरिएको हो । आइतबार बसेको राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता तथा मस्यौदा समितिका संयोजक परशुराम मेघी गुरुङले मुलुकलाई जनप्रतिनिधिविहीन नबनाउन र विगतमा जस्तो संसदको अभावमा निरंकुशतन्त्र आउन नदिन […]

अर्थमन्त्री खतिवडाले लिए राष्ट्रियसभा सदस्यको सपथ

२५ फागुन, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रियसभा सदस्यको सपथ लिएका छन् । राष्ट्रपतिबाट मनोनित खतिवडासहित रामनारायण विडारी र विमला पौडेलले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष सपथ लिएका हुन् । सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सपथको बाटो खुलेको थियो । राष्ट्रियसभा सदस्य बनेपनि उनीहरुले राष्ट्रपति चुनावमा भोट हाल्न पाउने छैनन् । मतदाताहरुको अन्तिम नामावली प्रकाशन […]

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन ३० गते

२२ फागुन, काठमाडौं । आगामी फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएको छ । राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा हुने जानकारी गराएकी हुन् । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा उनले राष्ट्रियसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार ३० गते बुधबार १ बजे राष्ट्रियसभा […]

राष्ट्रियसभाको पहिलो बैठक : अन्तरिम कार्यविधि पारित गरेर सकियो

२० फागुन, काठमाडौं । राष्ट्रियसभाको पहिलो बैठक राष्ट्रियसभाको अन्तरिम कार्यविधि पारित गरेर भोलिसम्मका लागि स्गथति भएको छ । संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकले राष्ट्रियसभा नियमावली तयार नहुँदासम्म बैठक सञ्चालन गर्न दलीय छलफलमा तयार भएको अन्तरिम कार्यविधि पारित गरेको हो । ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा भएको बैठकमा सुरुमा प्रधानमन्त्री र मन्त्रीहरु नियुक्तिबारे राष्ट्रपति कार्यालयबाट […]

राष्ट्रियसभाका तीन मनोनित सदस्यको सुनुवाइ स्थगित

२० फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य मनोनित तीन जनाविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा बहस सुरु भएको थियो । तर, निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता बाबुराम जोशीले दुबै न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने बताए । न्यायाधीश राउतले अन्तरिम आदेश दिएको तथा कार्की केपी ओली […]

संघीय संसदका सदस्यहरुको शपथ आज

२० फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभा (संघीय संसद)का सदस्यहरुले आइतबार शपथ ग्रहण गर्दैछन् । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ । ४४ सांसदले १० मातृभाषामा शपथ लिने छन् । ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने […]

मातृभाषामा सपथ लिने सांसदले भोलिसम्म निवेदन दिनुपर्ने

१६ फागुन, काठमाडौं । संघीय संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई विहीबारसम्म निवेदन दिन आहृवान गरेको छ । सपथ लिनु ३ दिनअघि नै मातृभाषामा सपथ लिन चाहने सांसदहरुलाई निवेदन पनि आग्रह गरिएको संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए । संसद सचिवालयमा हालसम्म ७ जनाले मातृभाषामा सपथ लिन निवेदन दिएका छन् । […]

प्रतिनिधिसभामा यादव र राष्ट्रियसभामा भट्टले शपथ गराउने

१३ फागुन, काठमाडौं । सघीय संसद्का नवनिर्वाचित सदस्यको यही फागुन २० गते आइतबार शपथ हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभा सदस्यले अपराह्न ४ तथा राष्ट्रियसभा सदस्यले साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिनेछन् । राष्ट्रिय जनता पार्टीका तर्फबाट सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय ज्येष्ठ सदस्य महेन्द्र राय यादवले […]

राष्ट्रियसभा सदस्य बन्न नपाएका तीनजनाले सर्वोच्च अदालत गुहारे

११ फागुन,काठमाडौं । शेरवहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका तथा नयाँ सरकारले सिफारिस फिर्ता लिएपछि सांसद हुन नपाएका तीनजनाले सर्वोच्च अदालत गुहारेका छन् । अघिल्लो सरकारले जाँदाजाँदै राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिबाट मनोनयनका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । आफूहरुलाई विस्थापित गरी अन्य […]