Comments Add Comment

रियल मड्रिड

List Grid
रोनाल्डो विना नै रियल मड्रिडको सुखद सुरुवात

६ भदौ, काठमाडौं । ग्यारेथ बेलले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडमाथि ३-० को सहज जित हात पारेको हो । रियल मड्रिडले दोस्रो मिनेटमा नै बेलको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि भ्रमणकारी टोली […]

रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

२६ साउन, काठमाडौं । स्पेनिस प्रतिद्वन्द्वी सेभिल्लालाई पराजित गर्दै रियल मड्रिडले सुपर कपको उपाधि जितेको छ । अतिरिक्त समय सकिन एक मिनेट बाँकी छँदा ड्यानी काभाहालले गोल गरेपछि च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिग विजेता सेभिल्लालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । रियलले २१ औं मिनेटमा मार्कोको गोलबाट अग्रता लिएको थियो । तर, […]

हजार्डले दुई गोल गरे, तर चेल्सीको हार टरेन

१६ साउन, काठमाडौं । इडेन हजार्डले प्रि सिजनको पहिलो खेलमा नै दुई गोल गरेका छन् । तर, उनको टिम चेल्सी १ लाख ५ हजार ८२६ दर्शकका अगाडि रियल मड्रिडसँग ३-२ गोल अन्तरले पराजित भएको छ । युरोपियन च्याम्पियन रियल मड्रिडले मार्सेलोको गोलबाट अग्रता लिएको थियो । २६ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । […]

पेरिस सेन्ट जर्मेनसँग रियल मड्रिडको लज्जास्पद हार

१३ साउन, काठमाडौं । थोमस मुनिरले डेब्यू खेलमा दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई पराजित गरेको छ । इन्टरनेशनल च्याम्पियन कपमा पेरिस सेन्ट जर्मेनले रियल मड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । मुनिर ६ मिलियन पाउण्डमा यसै महिनाको सुरुमा क्लब बुर्गेसबाट लिग वान च्याम्पियन आएको थियो । थिएगो सिल्भा घाइते भएपछि उनी […]

युरोपियन सुपरकपसम्म आफु चोटमुक्त हुने रोनाल्डोको विश्वास

काठमाडौं । रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आगामी अगष्ट ९ मा हुने युरोपियन सुपर कपसम्ममा आफु चोटमुक्त हुने विश्वास व्यक्त गरेका छन् । च्याम्पियन्स लिग बिजेता रियल मड्रिडले अगष्ट ९ मा युरोपा लिग च्याम्पियन सेभियाबिरुद्ध नर्वेमा हुने युरोपियन सुपर कप अन्तर्गतको खेलमा रोनाल्डोबिना नै तयारी गरिरहेको छ । तर रोनाल्डो आफ्नो चोट तीव्र गतिमा […]

अल्भारो मोराटालाई रियलमा स्वागत, चेल्सी जाने संभावना भने कायमै

काठमाडौं । युभेन्टसबाट रियल मड्रिड फर्किएका स्पेनिस युवा स्ट्राइकर अल्भारो मोराटाले बिहीबारदेखि जिनेदिन जिदानेसँग प्रशिक्षण सुरु गरेका छन् । साथै मड्रिड फर्किएका स्ट्राइकर मोराटालाई रियलका प्रशिक्षक फ्लोरेन्टिनो पेरेजले स्वागत समेत गरेका छन् । अध्यक्ष पेरेजले प्रशिक्षणपछि क्लवका सबै खेलाडीलाई ड्रेसिङ रुममा जाने बाटोमा बधाइ दिए । साथै उनले २३ बर्षीय स्ट्राइकर मोराटासँग ठट्टा गर्दै उनी […]

घुँडाको चोटका कारण रोनाल्डो दुई महिना मैदानबाहिर

काठमाडौं । युरो २०१६ को फाइनलमा फ्रान्सबिरुद्ध चोटग्रस्त बनेका रियल मड्रिडका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डो आगामी सेप्टेम्बरको दोस्रो सातासम्म मैदानबाहिर रहने भएका छन् । स्पेनिस समाचारपत्र मार्काका अनुसार रोनाल्डोले पारिवारिक छुटि्टको समयमा इविजामा एक बिशेषज्ञको क्लिनिकमा उपचार गराइरहेका छन् । चिकित्सकको निगरानीका बाबजुद रोनाल्डोले नयाँ सिजनमा मड्रिडका लागि सुरुवाती ३ खेल गुमाउने भएका छन् । […]

च्याम्पियन्स लिग जिते रियलका खेलाडीले ६ लाख युरो बोनस पाउने

१४ जेठ, काठमाडौं । च्याम्पियन्स लिगको उपाधि आफैंमा महत्वपूर्ण छ । तर, रियल मड्रिडका खेलाडीहरुका लागि यसको महत्व थपिएको छ । च्याम्पियन्स लिग फुटबलको उपाधि लागि शनिबार राति मिलानमा रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दैछन् । र, रियल वा एथ्लेटिको जसले जितेपछि युरोपको उत्कृष्ट टिम बन्नेछ । तर, च्याम्पियन्स लिग जितेमा रियल मड्रिडका प्रत्येक खेलाडीले […]

मेरो छोरा बार्सिलोनाको समर्थक हुन सक्दैनः रोनाल्डो

१४ जेठ, काठमाडौं । क्रिष्टियानो रोनाल्डोले आफ्नो परिवारका विषयमा कुराकानी गरेका छन् । र, आफ्नो छोरा स्पेनिस क्याटलान बार्सिलोनाको समर्थक हुन नसक्ने दाबी गरेका छन् । रोनाल्डोले एक स्पेनिस टेलिभिजनसँग आफ्नो छोरा र आमासँगको सम्वन्धबारे बोलेका हुन् । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोले आफ्नो छोराले जीवनमा धेरै परिर्वतन आएको उनले दाबी गरेका छन् । ‘उनले बार्सिलोनालाई […]

ला लिगा च्याम्पियनः बार्सिलोना कि रियल मड्रिड ?

१ जेठ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा यो सिजन एक समय यस्तो अवस्था थियो कि रियल मड्रिडका सामर्थकहरु उपाधिको कल्पना गर्न समेत छाडिसकेका थिए । बार्सिलोना अनस्टपेबल थियो । तर, सिजनको अन्त्यतिर आइपुग्दा लिगको उपाधि होड निकै रोमान्चक भएको छ । र, आज शनिबार राति हुने बार्सिलोना र रियल मड्रिडको अन्तिम खेलबाट च्याम्पियनको टुंगो […]

उपहार गोलमा रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२३ वैशाख, काठमाडौं । उपहार गोलको मदतमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएका दोस्रो लेगमा रियल मड्रिडले म्यानचेष्टर सिटीलाई १-० ले हरायो । र, पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिड समग्रमा १-० को जितका साथ उपाधि नजिक पुगेको छ । रियल मडि्रडको घरेलु मैदान बेर्नाबेउमा भएको खेलमा […]

ला लिगाको उपाधि होड रोमान्चकः एकै दिन तीन क्लब शीर्ष स्थानमा देखिए

१९ वैशाख, काठमाडौं । स्पेनिस ला लिगाको उपाधि होड निकै रोमान्चक चरणमा छ । शनिबार राति एकै दिनमा उपाधि होडमा रहेका तीन वटै क्लब शीर्ष स्थानमा पुगे । तर, अन्तिममा बार्सिलोना लिग लिडर छ । १० खेलाडीमा सिमित रियल बाटिसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । यसअघि रियल सोसिडाडलाई १-० ले […]

रोनाल्डो खेलेनन्, हार्टले म्यानचेस्टर सिटीलाई बचाए

१५ वैशाख, काठमाडौं । गोलकिपर जोए हार्टले म्यानचेस्टर सिटीको पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेका छन् । मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा हार्टले दुई उत्कृष्ट बचाउ गरेपछि म्यानचेष्टर सिटीले रियल मड्रिडसँग गोलरहित बराबरी खेलेको छ । इत्तेहाद स्टेडियममा भएको खेलमा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो खेलेनन् । प्रशिक्षक जिनेदिन […]

रोनाल्डो रायो भालेकानोविरुद्ध नखेल्ने

१० वैशाख, काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले रायो भालेकानोविरुद्धको खेल गुमाउने भएका छन् । स्पेनिस ला लिगामा रियल मड्रिडले शनिबार राति रायो भालेकानोसँग खेल्दैछ । प्रशिक्षक जिनेदान जिदानले रोनाल्डोलाई खेलाएर रिस्क लिन नचाहेको बताएका छन् । भिल्लारियलविरुद्धको खेलमा बाइसाइकल किक हान्ने क्रममा उनको तिघ्राको मांशपेशीमा दबाव परेको थियो । रोनाल्डो च्याम्पियन्स लिगको सेमिफाइनमा […]

गेटाफेमाथि रियल मड्रिडको सहज जित, बार्सिलोना दबावमा

५ वैशाख, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा गेटाफेमाथि सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै उसले लिग लिडर बार्सिलोनासँगको अंक दुरीलाई १ मा झारेको छ र उपाधि होडमा फकिएको छ । गेटाफेको घरेलु मैदानमा भएको खेलममा रियलका लागि […]