Comments Add Comment

रुपन्देही

List Grid
रुपन्देहीमा थप दुई जना संक्रमितको मृत्यु

३१ वैसाख, बुटवल । रुपन्देहीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत बुटवल-११ का ५० वर्षीय र सैनामैनाका ८५ वर्षिय पुरुषको मृत्यु भएको हो । वैशाख २७ गते अस्पताल भर्ना भएका बुटवलका पुरुषको बिहीबार राति १०ः३४ बजे र २८ गते भर्ना भएका सैनामैनाका पुरुषको राति ११ः३० […]

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु

३० वैशाख, बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीमा पछिल्लो २४ घणटामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च हो । योसँगै जिल्लामा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३२७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा १२९७ नमुना परीक्षण गर्दा ४९४ जनामा कोरोना संक्रमण […]

बिरामीसँग मञ्जुरीनामा– अक्सिजन नपाएर मृत्यु भए अस्पताललाई दोष दिन्न

२९ वैशाख, काठमाडौं । रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालले बुधबार दिउँसो ४ बजेपछि अक्सिजनसहितको उपचार दिन असमर्थ हुने सूचना जारी गर्‍यो । उक्त सूचना जारी गर्दा आईसीयू र एचडीयूमा गरी ९० जना कोभिडका बिरामी उपचाररत थिए । मौज्दात रहेको अक्सिजन तीन चार घण्टाभित्र सकिने अवस्था रहेको भन्दै बिरामी र बिरामीका आफन्तलाई आ–आफ्नो व्यवस्था […]

अक्सिजन नपाएर अस्पतालमै ८ संक्रमितको मृत्यु

२९ वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो । कोरोना विशेष अस्पतालको आईसीयूमा १६ जना कोरोना संक्रमित उपचाररत थिए । अस्पतालमा भएको अक्सिजन बुधबार दिउँसो सकियो, […]

रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी राख्न सिफारिस

२९ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याउन सिफारिस गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लम्ब्याउन सिफारिस गर्ने  निर्णय गरेको हो । रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाको अवधि बिहीबार सकिंदैथियो । कोरोना संक्रमणदर बढ्दै गएपछि थप १५ दिन निषेधाज्ञा […]

रुपन्देहीमा बढ्यो कोरोना संक्रमितको मृत्यु

२८ वैशाख, बुटवल । कोभिड–१९ दोस्रो लहरको हटस्पट बनेको रुपन्देहीमा सोमबार मात्र ११ जना संक्रमितको मृत्यु भयो । यससँगै वैशाख महिनाका २७ दिनमा मात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको छ । जबकी जेठ २०७७ देखि चैत अन्तिमसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १५७ मात्र थियो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र […]

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

२६ वैशाख, बुटवल। रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१४ की ५२ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वैशाख १३ गते संक्रमण पुष्टी भएकी उनी १५ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको […]

कोभिड उपचारका लागि पार्टी कार्यालय दिने कांग्रेस रुपन्देहीको निर्णय

२४ वैशाख, बुटवल । नेपाली कांग्रेस रुपन्देहीले आफ्नो पार्टी कार्यालय भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेशन निर्माणको लागि दिने निर्णय गरेको छ । कांग्रेस रुपन्देहीको भैरहवास्थित भीम अस्पतालको पछाडि २ वटा हल, ११ वटा कोठासहितको दुई तले भवन छ । उक्त भवन आइसोलेशन वा अस्थायी कोभिड अस्पतालका रुपमा प्रयोग गर्न दिने निर्णय गरिएको पार्टी जिल्ला […]

रुपन्देहीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

२४ वैशाख, बुटवल। रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा एकजनाको मृत्यु भएको हो । बैशाख २० गतेदेखि कोरोना बिशेष अस्पतालको आईसीयूमा उपचाररत बुटवल तामनगरका ६५ वर्षीय पुरुषको बिहीबार राती १ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले […]

रुपन्देहीको निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्था बन्द

२३ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । डीसीसीएमसीको बैठकले एक-एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३०सम्म बन्द […]

रुपन्देहीका कोभिड अस्पतालमा अक्सिजन अभाव

२३ वैशाख, बुटवल । कोरोना संक्रमितको उपचार गराइरहेका रुपन्देहीका सरकारी र निजी अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेको छ । संक्रमितको संख्या बढेसँगै अक्सिजनको खपत ह्वात्तै बढेपनि आपूर्ति कम हुँदा अभाव खड्केको हो । लुम्बिनी प्रादेशिक अस्पताल र बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा दैनिक २ सय बढी सिलिण्डिर अक्सिजन आवश्यक हुन थालेकोमा जम्मा ६५ सिलिण्डर […]

रुपन्देहीमा एकै दिन थपिए ७९७ संक्रमित

२१ वैशाख, बुटवल । रुपन्देहीमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका मात्र ३३२ जना छन् । यस्तै तिलोत्तमाका १५८ जना, सिद्धार्थनगरका १०८ जना, देवदहका ४२ जना, शुद्धोधनका ५७ जना र सैनामैनाका ३५ […]

रुपन्देहीमा थप एकजना संक्रमितको मृत्यु

२१ वैशाख, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष तीन दिनपछि १९ गते अस्पताल भर्ना भएकोमा मंगलबार बिहान सवा ११ बजेतिर मृत्यु भएको अस्पतलका […]

सैनामैनाको कोभिड अस्पतालमा संक्रमितले गरे आत्महत्या

१८ वैशाख, बुटवल । रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका हुन् । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार […]

रुपन्देही र नवलपरासीका दुई संक्रमितको मृत्यु

१८ वैशाख, बुटवल । रुपन्देही र नवलपरासी पश्चिमका दुई जना कोरोना संक्रमितको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिला र शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन […]

रुपन्देहीका तीनजना संक्रमितको कोरोना अस्पतालमा मृत्यु

१६ वैशाख, बुटवल । रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो । बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र […]

रुपन्देहीमा भोलिदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा

१५ वैशाख, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि रुपन्देहीमा बिहीबारदेखि वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंगलबार एक आदेश जारी गर्दै तीव्र रुपमा फैलिएको कोरोनाको दोस्रो लहरको नियन्त्रणका लागि बिहीबार बिहान ६ बजेदेखि वैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको […]

अक्सिजनयुक्त बेड नपाउँदा फिभर क्लिनिकमै कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, बुटवल । कोरोना विशेष अस्पतालमा अक्सिजनयुक्त बेड नपाएपछि एकजना कोरोना संक्रमित महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै ज्यान गएको छ । देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको हो । उनी देवदह नगरपालिकाका एक वडा अध्यक्षकी श्रीमती थिइन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा […]

रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिश

१४ वैशाख, बुटवल । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले रुपन्देहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको छ । डीसीसीएमसीको बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा सिफारिश गर्ने निर्णय गरेको हो । उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेको जिल्ला […]

रुपन्देहीका सवारी साधनमा जोर बिजोर प्रणाली

१२ वैशाख, बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीमा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच आइतबार भएको वैठकले वैशाख १४ गतेदेखि जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने निर्णय गरेको हो । […]

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ […]