Comments Add Comment

रेल मार्ग

List Grid
झापा-सुनसरी खण्डमा फेरि रेलको ठेक्का लगाउन कसरत

१३ फागुन, काठमाडौं । सरकारले पूर्व-पश्चिम रेलमार्गको पूर्वी खण्डको ठेक्का फेरि लगाउन कसरत थालेको छ । रेल विभागले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्म १०६ किलोमिटर रेलमार्ग बनाउने प्रक्रिया अघि बढाउन पूर्वतयारीका लागि आधारभूत काम थालेको बताएको छ । विज्ञहरुले पूर्व-पश्चिम रेलमार्गमा नयाँ खण्डमा काम थाल्नुअघि रेलमार्गबारे राजनीतिक तथा प्राविधिक रुपमा विभिन्न निर्णय, अध्ययन र प्रतिवेदनहरुको पुनरावलोकन […]

भारतले दियो रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन

३१ जेठ, काठमाडौ । रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले रिपोर्ट आएपछि त्यसबारे अध्ययन गरेर मात्रै विस्तृतमा भन्न सकिने बताए । यो […]

बथनाहा-कटहरी रेल सपना अधुरै, रेल्वे लाइनको काम अबरुद्ध

७ वैशाख,विराटनगर । विराटनगरवासीको बथनाहा-कटहरी रेल सपना अधुरै रहेको छ । बथनाहा-कटहरी इलेक्ट्रोनिक बब्रोडगेज रेल्वे लाइन निर्माणको काम अवरुद्ध हुँदा रेल सपना अधुरै रहेको हो । २३८ करोड भारतीय रुपैयाँमा रेल्वेको काम सुरु भएपनि अहिले अबरुद्ध छ । उत्तर-दक्षिण रेलमार्ग विस्तारमा सहमति जनाएको भारत सरकारले मोरङको सिमावर्ती बथनाहा-कटहरीअन्तर्गत इलेक्ट्रोनिक ब्रोडगेज रेल्वे लाइन निर्माणका लागि ड्याम […]

मेची-महाकाली विद्यतीय रेलमार्गको डीपीआर तयार गरिदैं

५ चैत, कञ्चनपुर । राष्ट्रिय गौरवको योजनाअन्तर्गत कार्य अगाडि बढाइएको मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य अगाडि बढाइएको छ । पश्चिम क्षेत्रमा विस्तार हुने रेलमार्गलाई चार खण्डमा विभाजन गरी प्रतिवेदन बमोजिमको कार्य अगाडि बढाइएको हो । विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बुटवल–लमहरी, लमही–कोहलपुर, कोहलपुर–सुख्खड र सुख्खड– गड्डाचौकी गरी चार […]

रविन्द्र अधिकारीलाई चुनौति- ४१ निर्देशन एक कानले सुनेर अर्कोले उडाए

२० मंसिर, काठमाडौं । देशको पूर्वाधार विकासको हालत कुन स्तरमा छ भन्ने कुराको चित्रण संसदको विकास समितिको मूल्यांकन प्रतिवेदनले ऐनाजस्तै देखाइदिएको छ । विकास समितिले पुर्वाधार विकासका सम्बन्धित निकायलाई दिएका ४१ ओटा निर्देशन कागजमा मात्र सिमित हुन पुगेका छन् । विकास समितिको सभापतिमा एमालेका युवा नेता रविन्द्र अधिकारी चयन भएपछि पूर्वाधार विकासका सन्दर्भमा संसदीय चासो […]