Comments Add Comment

र्‍यापिड टेस्ट

List Grid
आरडीटीमा सरकारको नीति : टेस्ट संख्या जोड्ने, पोजेटिभ गन्दै नगन्ने

१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले महामारीको रुप लिने खतरा बढेपछि सरकारले उच्च जोखिममा रहेका काठमाडौं उपत्यकाका १० हजार व्यक्तिको परीक्षण गर्ने निर्णय लियो । त्यसअनुसार बिहीबार कालीमाटी तरकारी तथा फलफूल बजारमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्न तीन सय ३४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ भने सात सय जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट […]

४० हजार र्‍यापिड टेस्ट भइसक्यो, अझै परीक्षण भएको छैन गुणस्तर

१४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) को संक्रमण भए/नभएको परीक्षण गर्न प्रयोग भइरहेको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको गुणस्तर अझै प्रमाणित नगरेको पाइएको छ । ओम्नी समूहसँग गरेको स्वास्थ्य सामाग्री खरिद सम्झौता विवादमा परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायबाट गुणस्तर प्रमाणित नगरी प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएको थियो । मन्त्रालयले १९ चैत […]

सुदूरपश्चिममा १० हजार बढीको र्‍यापिड टेस्ट, ९ जनाको रिपोर्ट पोजेटिभ

१२ वैशाख कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जनामा र्‍यापिड डाइग्नोस्टिक (आरडिटी) टेस्ट रिपोर्ट पोजेटिभ देखिएकाे छ।  १० हजार २०४ जनामा गरिएको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ । बाजुरा, कैलाली कञ्चनपुर र दार्चुलामा दुई-दुई जना तथा अछाममा एक जनामा पोजेटिभ रिपोर्ट आएको स्वास्थ निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी […]

कञ्चनपुरमा सडकमै र्‍यापिड परीक्षण

११ वैशाख, कञ्चनपुर । बाह्य जिल्लाबाट कञ्चनपुर प्रवेश गर्ने ८५ जनाको सडकमै र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी)  गरिएको छ । जिल्ला प्रवेश गर्ने कृष्णपुर नगरपालिका-६ गजरौलामा रहेको हेल्थ डेस्कमा र्‍यापिड टेष्ट गरिएको हो । सबैको नतिजा नेगेटिभ आएको छ । स्थानीय प्रशासनको अनुमतिबिना जिल्ला प्रवेश गरेका व्यक्तिलाई रोकी र्‍यापिड टेष्ट विधिबाट जाँच गरेका छौं, जिल्ला प्रशासन […]

नर्समा देखिएको आरडीटी पोजेटिभको संकेत : लहरो तान्दा पहरो जाने खतरा

१० वैशाख, काठमाडौं । केही दिनयता केन्द्रीय कारागारका कैदीहरुलाई रुघाखोकी र ज्वरोको लक्षणहरु बढ्न थाल्यो । कोरोना (कोभिड–१९) महामारी फैलिएको बेला कोरोनाको जस्तै लक्षण देखिएपछि केन्द्रीय कारागार अस्पतालका चिकित्सकहरु सशंकित बने । तर, कोराना हो कि होइन जाँच गर्न उनीहरुसँग टेस्ट किट थिएन । अस्पताल प्रशासन र चिकित्सकहरुको छलफलले जसरी भएपनि कोरोना परीक्षण गर्नुपर्ने निष्कर्ष […]

बर्दियामा र्‍यापिड टेस्ट बढाउन मुख्यमन्त्रीसँग माग

१० वैशाख, बुटवल । बर्दियाका प्रमुख राजनीतिक दल र प्रमुख जिल्ला अधिकारीसहित सरकारी निकायका प्रमुखहरुले कोरोना भाइरस (कोभिड-१९) को र्‍यापिड टेस्टको संख्या बढाउन, स्वास्थ्य सामग्रीको आपूर्ति बढाउन र स्वास्थ्य संस्थाहरुलाई सक्षम बनाउन मुख्यमन्त्रीसँग माग गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे मुख्यमन्त्री शंकर पोखरेलले बर्दियास्थित राजनैतिक दलका नेता, […]

भारतमा र्‍यापिड टेस्ट दुई दिन रोक्ने निर्णय

१० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को परीक्षणको लागि प्रयोग गरिएको र्‍यापिड टेस्ट किटमा प्रश्न उठेसँगै भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले दुई दिन यो परीक्षण रोक्ने निर्णय गरेको छ । आईसीएमआरका अनुसार कोरोनाको परीक्षणको क्रममा आईटीपीसीआरको पोजेटिभ नमुनामा धेरै फरक आएको पाइएको हो। अब यी र्‍यापिड किट्सको परीक्षण आईसीएमआरका आठ इन्स्टिच्युटले यी किट्सहरुको परीक्षण […]

हुम्लाका ६८ जनाको र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

५ वैशाख, हुम्ला । जिल्लाका चार गाउँपालिकाका ६८ जना को द्रुत परीक्षण (र्‍यापिड डायग्नोस्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जम्मा ६१ पुरुष र सात महिला रहेको जनाउँदै सिमकोट २९, नाम्खामा २५, ताजाकोटमा आठ र अदानचुलीमा छ गरी ६८ जनाको द्रुत परीक्षण बताए । यसपछि सदरमुकाम सिमकोटबाट […]

भारतीय संक्रमित पुगेको क्षेत्रमा र्‍यापिड टेस्टको नतिजा नेगेटिभ

४ वैशाख, वीरगञ्ज । कोरोना संक्रमित तीन जना भारतीय नागरिकको सम्पर्क भएको क्षेत्रका २ सय ९० जनाको र्‍यापिड टेस्ट गर्दा एन्टीबडी नेगेटिभ आएको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की जामे मस्जिदमा बस्दै आएका उनीहरुमा संक्रमणको स्रोत पत्ता लागेको छैन । यसले गर्दा समुदायमा नै संक्रमण फैलिएको हो कि भन्ने आशंका भइरहेको छ । संक्रमितको ट्राभल […]

र्‍यापिड टेस्ट नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन : स्वास्थ्य मन्त्रालय

४ वैशाख, काठमाडौं । र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) विधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुका साथै कोरोना संक्रमित भेटिएको क्षेत्रमा र्‍यापिड टेष्ट गर्ने गरिएको छ । ५ चैतमा बेलायतबाट आएका आमाछोरामा सोमबार कोरोना संक्रमण देखिएपछि पेप्सिकोलास्थित सनसिटी […]

इटालीबाट आएकी महिलामा एन्टिबडी पोजेटिभ, टेस्ट गर्ने डाक्टर नै क्वारेन्टाइनमा

४ वैशाख, काठमाडौं । इटालीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बुढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण  सुरु गरेको थियो । त्यसक्रममा उनी आफैँ जाँच गराउन आइपुगेकी थिइन् । ‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको […]

र्‍यापिड टेस्ट पोजेटिभ देखिएका झापाका युवकमा कोरोना संक्रमण भेटिएन

४ वैशाख, विराटनगर । र्‍यापिड टेस्ट गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएका झापा हल्दीबारीमा युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशाला ती युवकको थ्रोट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन एवं जिल्ला विपद व्यवस्था सहायता कक्षका सचिव जीवन चौलागाईले जानकारी दिए । यसअघि […]

आरुघाटका युवकको परिवार र छिमेकीमा पनि कोरोना संक्रमण परीक्षण गरिने

४ वैशाख, गोरखा । र्‍यापिड टेस्टमा एन्टीवडी पोजेटिभ देखिएका आरुघाट गाउँपालिका–५ का युवकको परिवारका सदस्य र छिमेकीको पनि कोरोना परीक्षण गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर उनीहरुको परीक्षण गर्ने तयारी आरुघाट गाउँपालिकाको छ । बहराइनबाट फागुन २२ गते फर्किएका युवकको मंगलबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो […]

र्‍यापिड टेस्टमा झापाका युवकमा देखियो एन्टिबडी पोजेटिभ

४ वैशाख, विराटनगर । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा झापाका एक युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । २७ दिनअघि दुबईबाट आएका झापा हल्दीबारीका ती युवकमा बुधबार आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । उनमा कोरोना संक्रमण भएको वा नभएको निर्यक्योल […]

र्‍यापिडमा पोजेटिभ, पीसीआरमा नेगेटिभ : कोरोना सर्दैन, सारिसकेको हुन सक्छ

३ वैशाख, काठमाडौं । कुनै व्यक्तिमा कोरोना संक्रमण छ/छैन भनी पत्ता लगाउने विधि ‘र्‍यापिड टेस्ट’ को विश्वसनीयतामाथि पछिल्लो समय बहस सुरु भएको छ । नेपालमा देखिएका कतिपय केसहरुले कोरोना भाइरससम्बन्धी परीक्षणमा नयाँ बहस उब्जाएका हुन् । सुरुमा तीनवटा रिपोर्ट हेरौँ– एक : ७ चैतमा भारतबाट आएकी बागलुङकी महिलाको र्‍यापिड टेस्टमा एन्टिबडी पोजेटिभ देखियो । तर, […]

‘र्‍यापिड टेस्टका नाममा जनस्वास्थ्यमाथि खेलवाड भइरहेको छ’

३ बैशाख, काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न सरकारले यतिबेला र्‍यापिड र पीसीआर टेस्टबाट जाँच गरिरहेको छ । र्‍यापिड टेस्ट व्यक्ति विशेषलाई नभएर महामारीका बेला समुदाय स्तरमा गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । समुदाय स्तरमा र्‍यापिड टेस्ट गर्दा कोही एकलाई पोजेटिभ देखिए पूरै समुदायमा बसोबास गर्ने मानिसको नमुना लिएर पीसीआर जाँच अनिवार्य गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरु […]

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु

३ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । नगर […]

रामेछापमा र्‍यापिड टेस्ट सुरु, पहिलो रिपोर्ट नेगेटिभ

२ वैशाख, रामेछाप । रामेछापमा सोमबारबाट कोरोना भाइरसको र्‍यापिड टेष्ट सुरु भएको छ । पहिलो दिन मन्थली नगरपालिकाका एक जनामा र्यापिड टेष्ट गरिएकोमा उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, रामेछापका प्रमुख जीतेन्द्र कुमार कर्णले जनकारी दिए । र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोभिड-१९ को परीक्षण गर्ने र यसमा कसैलाई कोरोना पोजेटिभ देखिए पीसीआर प्रविधिबाट […]

र्‍यापिड टेस्टले दुर्घटना त निम्त्याइरहेको छैन ?

१ बैशाख, काठमाडौं । शुक्रबार कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट निस्किँदै गर्दा भुरुवाका १७ जना निकै खुसी थिए । नहुन् पनि किन ? स्थानीय जनप्रतिनिधिले जोडबल गरेर क्वारेन्टाइनमा राखिएका परिवारका १७ जनाकै कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो । एउटै परिवार (दाजुभाइ) का उनीहरुलाई वीरगञ्जबाट १७ चैतमा स्थानीय प्रशासनले उद्धार गरेर लम्की पठाएको थियो […]

१३औं संक्रमितको रिपोर्ट : र्‍यापिड टेस्टमा नेगेटिभ, पीसीआर टेस्ट पोजेटिभ

१ वैशाख, धनगढी । र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी वीरगञ्ज नाकामा चिया बेच्थिन् । लकडाउनका कारण समस्यामा परेकाहरू उनीसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा मात्र कैलालीको लम्की पठाएको […]

डोटीमा थप चार हजारको र्‍यापिड टेस्ट गर्न माग

३० चैत, डोटी । बिभिन्न मितिमा जिल्ला बाहिरबाट डोटी प्रवेश गरेका तीन हजार नौ सय ४५ जनाको पनि र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्न माग गरिएको छ । हाल यस जिल्लामा चैत ११ पछि जिल्ला प्रवेश गरेकाहरुको नमुना परीक्षण भएकामा चैत १ देखि १० गतेसम्म प्रवेश गर्नेहरुको पनि नमुना परीक्षण गर्न माग गरिएको हो । आइतबार बसेको […]