- Home
- लकडाउन
लकडाउन
७ असोज, गोरखा । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण गोरखामा विद्युतीकरणको काम प्रभावित भएको छ । गत आर्थिक बर्ष जिल्लाका बिभिन्न ठाउँका करिव २५ सय घरधुरीमा बिजुली पुर्याउने लक्ष्य रहे पनि उक्त योजना अहिलेसम्म पूरा हुन नसकेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । ‘बारपाक र […]
१ असोज, काठमाडौं । ललितपुरको धोबीघाटस्थित डीएभी स्कूल, जावलाखेलको सेन्ट जेभियर्स स्कुल, नक्साल–विशालनगरस्थित मल्पी सिटी स्कूल, हात्तीगौंडास्थित इम्पेरियल वर्ल्ड स्कुल लगायतले लकडाउन र निषेधाज्ञाका बेला पढाउँदै नपढाएको बेलाको पनि शुल्क तिर्न ताकेता गरेको अभिभावकहरूको गुनासो छ । ‘बैशाखदेखि साउनसम्मको शुल्क नतिरे अर्धवार्षिक परीक्षामा बस्न नदिने पत्र पठाएको छ,’ डिएभी स्कुलका एक अभिभावकले अनलाइनखबरसँग भने, ‘शिक्षा […]
३० भदौ, काठमाडौं । लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द हुँदा मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म मंगलबार बिहान प्रदर्शन गरिएको हो । उनीहरुले देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने माग गरेका छन् । साथै नाइ श्रमिकहरुलाई लकडाउन […]
चीनको वुहानबाट सुरु भएको कोरोना (कोभिड–१९) भाइरस विश्वभर फैलिँदा विश्वका अधिकांश मुलुकमा आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा जटिल परिस्थिति सिर्जना हुँदै गइरहेको छ । यसबाट विश्व आर्थिक मन्दीको चपेटामा जाने सम्भावना नजिकिदै गरेका संकेतहरु हाम्रा सामु देखिइरहेका छन् । उद्योगी ब्यबसायी, कर्मचारी, शिक्षकसँगै सबैजसो पेशाकर्मीसहित विश्वविद्यालय र विद्यालय तहका विद्यार्थीको भविष्य समेत […]
२९ भदौ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि इजरायलले एकपटक फेरि देशभर लकडाउन घोषणा गरेको छ । यसअनुसार यहुदी नयाँ वर्षको समयमा कडा प्रतिबन्ध लागु हुने बीबीसीले जनाएको छ । इजरायल सरकारले शुक्रबारबाट दोस्रो चरणको लकडाउन सुरु गर्ने निर्णय गरेको छ । यो लकडाउन तीन हप्तासम्म चल्ने बताइएको छ । इजरायलमा हाल दैनिक चार हजार […]
२८ भदौ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण घटेसँगै लकडाउन पनि आइतबार रातिदेखि खुकुलो हुने भएको छ । भिक्टोरियाका पि्रमियर ड्यानिअल एन्ड्रयुजले आइतबार रातिदेखि सामाजिक अन्तक्रिर्या र बाहिर निस्किने समय बढाइने बताएका हुन् । भिक्टोरियाको राजधानी मेलवर्नमा प्लेग्राउण्ड र बाहिर फिटनेसका उपकरणहरुको पसल खुला गरिनेछ । साथै बाहिर गरिने शारीरिक अभ्यासको […]
२७ भदौ, काठमाडौं । नगरकोट सामुदायिक होमस्टेमा शुक्रबार एक पाहुनालाई विदाई गर्दा गाउँलेहरु भावुक बने । पाँच महिनासम्म गाउँलेहरुसँग घुलमिल भएर बसेका यी पाहुना थिए, बेलायतका जोली जुक पिटर । कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछि सरकारले ११ चैतबाट नेपालमा लकडाउन गर्यो । त्यसअघि १० चैतको राति १२ बजेबाटै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए । […]
२३ भदौ, काठमाडौं । उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालेको छ । मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले भर्चुअल संवाद गरेका हुन् । निषेधाज्ञाबारे नयाँ निर्णय भएको छैन । तर अझै संक्रमण नियन्त्रणमा नआएकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत […]
२३ भदौ, चितवन । कोभिड-१९ का कारण सुरु भएको लकडाउन र निषेधाज्ञाले निजी क्षेत्रका दुग्ध व्यवसायी संकटमा परेका छन् । अहिलेसम्म यस क्षेत्रले १५ अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको व्यवसायीको भनाइ छ । दुग्ध उत्पादक कृषक र त्यसको खरिद-बिक्री गर्ने व्यवसायीलाई यति नोक्सानी भएको हो । कोरोनाका कारण डेरी तथा उद्योग क्षेत्रका ५० प्रतिशत बजार गुमेको […]
२१ भदौ, काठमाडौं । अष्ट्रेलियाको मेलबर्न सहरमा दुई साताको लागि लकडाउन लम्ब्याइएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा पर्याप्त कमी नआएको कारण अधिकारीहरुले दुई साता लकडाउन लम्ब्याउने निर्णय गरेका हुन् । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले केही खुकुलो पारिए पनि प्रतिबन्ध सेप्टेम्बर २८ सम्म जारी रहने बताएका छन् । अक्टोबरदेखि भने चरणबद्धरुपमा प्रतिबन्ध हटाइनेछ । भिक्टोरिया […]
१७ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले युरोपमा अब राष्ट्रिय स्तरमा लकडाउन गर्न आवश्यक नरहेको बताएको छ । केवल स्थानीय स्तरमा लकडाउन गर्दै युरोपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा आउन सक्ने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओका अनुसार अब युरोप खोप विना नै कोभिड–१९सँग बाँच्न सक्ने बताएको छ । डब्ल्यूएचओको युरोपका क्षेत्रीय निर्देशक हेन्स […]
१७ भदौ, बुटवल । उद्योग व्यापार संगठन रुपन्देहीले अब गरिने निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले विज्ञप्ति निकालेर अब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो । लकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्थामा पुगेको तर सरकारले उद्योगी–व्यवसायीलाई कुनै पनि करमा छुट नदिएकाले अब गरिने लकडाउन वा […]
१६ भदौ, इलाम । कोरोना सङ्क्रमणले विश्वका अधिकांश मुलुकका आर्थिक तथा सामाजिक क्षेत्रलाई नराम्ररी प्रभाव पार्दैछ । सङ्क्रमणकै कारण अकालमा लाखौले ज्यान गुमाइसके भने धेरै सङ्क्रमित बनिरहेका छन् । विश्वव्यापि कोरोनाको कहरबाट नेपाल पनि अछुतो छैन । कोरोना जोखिम हुन नदिन कही लकडाउन त कतै निषेधाज्ञा जारी छ । कतिपयका लागि लकडाउन झण्झटिलो भैरहेको छ […]
१४ भदौ, काठमाडौं । टिच फर नेपालले लकडाउन र निषेधाज्ञाका बेला घरमै बसेर पढ्न मिल्ने ‘वर्कबुक’ तयार पारेको छ । यो पाठ्यपुस्तक सहयोगी पुस्तिका हो । अनलाइन, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीले पनि घरमै बसेर पढाइलाई निरन्तरता दिन सकिने गरी पुस्तक तयार पारिएको टिच फर नेपालका सह–संस्थापक शिशिर खनालले जानकारी दिए । खनालका अनुसार […]
१२ भदौ, रौतहट । लकडाउनका बेला नेपाल-भारत सीमा नाका अहिले बन्द छ । तर यही अवधिमा नेपाल-भारत सीमाबाट अवैध रकम ओसारपसारको क्रम बढेको छ । सशस्त्र प्रहरी बलले विगत दुई दिनमा रौतहटको ईशनाथ नगरपालिका–९ लवतनाबाट श्रोत नखुलेको ३४ लाख ९१ हजार ९ सय ६० रुपैयाँ बरामद गरेको छ । आज बिहान लवतनाबाट ईशनाथ २ औरैयाका […]
११ भदौ, काठमाडौं । कोरोना संक्रमणको त्रास बढ्दै गर्दा अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ सेवा पनि यतिबेला प्रभावित भएको छ । काठमाडौं उपत्यका सहितका धेरै ठाउँमा सीमित शाखा खोलेर सेवा दिइरहे पनि कतिपय ठाउँमा बैंकहरु पूर्ण रुपमा बन्द भएका छन् । वाणिज्य बैंकहरुले सीमित शाखाहरु खोलेर सेवा दिइरहँदा विकास बैंकहरुहरुले पनि सोही विधि अपनाएका छन् […]
१० भदौ, विराटनगर । मोरङको दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहले लकडाउन एक साता थप गर्ने निर्णय गरेका छन् । मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि ६ वटा स्थानीय तहले बुधबारदेखि लागु हुनेगरी एकसाता अत्यावश्यक सेवाबाहेक बजार र यातायात बन्द गर्ने निर्णय गरेका हुन्। रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप […]
९ भदौ, विराटनगर । मोरङको केराबारी क्षेत्रको एउटा बन्द सटरमुनि टेबुल । टेबुलमाथि चामल, दाल लगायतका खाद्यान्नका पोका । सटरमा टाँसिएको सेतो कागजमा लेखिएको छ, ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ । झट्ट हेर्दा कतिपयलाई यो के होला भन्ने लाग्न सक्छ । तर यो हो स्थानीय युवाहरुले सन्चालन गरेको ‘फुड बैंक’ । लकडाउनका कारण मर्कामा परेका […]
अघिल्लो वर्षको अन्त्यतिर देशमा कोरोना आउने चर्चा चुलीमा थियो। अधिकांश जनतामा एक किसिमको डर मिश्रित अन्योलता थियो भने केहीचाहिँ हाम्रो भूगोल, हावापानी अनि ‘वीर गोर्खाली’ को ढाल कोरोनालाई परास्त पार्न पर्याप्त रहेकोमा निश्चिन्त थिए । तिनै निश्चिन्त केहीमध्ये सरकार संचालक पनि थिए जसमा कोरोनाले पार्न सक्ने आर्थिक-सामाजिक असरको कुनै हेक्का नै देखिएन। वा भनौँ, उनीहरु […]
७ भदौ, काठमाडौं । सरकारले कोभिड-१९को नियन्त्रण र रोकथामका लागि भनेर ११ चैत २०७६ मा लकडाउन शुरु गरेको थियो । त्यसयता साउन मसान्तसम्म कुल ५१ हजार मानिस नेपाल आएका छन् । त्यसमध्ये केही विदेशी भएपनि नेपाल भित्रने अधिकांश नेपाली नागरिक हुन् । अध्यागमन विभागको तथ्यांक अनुसार साउन मसान्तसम्म कुल ५० हजार ७ सय २३ जना […]
कोरोना संकटका नाममा स्थानीय स्तरमा फेरि लकडाउन र निषेधाज्ञा घोषणाका श्रृंखला शुरु भएका छन् । जनजीवन पुनः ठप्प हुन थालेको छ । समाज पूरै आतंकित छ । संक्रमण विश्वव्यापी भएको लगभग ६ महिना बितिसक्दा पनि यो समस्या कहिले र कहाँ पुगेर समाधान हुन्छ, कसैलाई थाहा छैन । समाधानको सही उपाय के हो ? कुनै स्पष्ट […]