- Home
- लकडाउन
लकडाउन
४ भदौ, विराटनगर । प्रहरीले लकडाउनमा कडाइ गर्न खोज्दा मोरङको रंगेली नगरपालिका–५ आँपगाछी तनावग्रस्त बनेको छ । लकडाउनमा खुलेका मदिरा पसल बुधबार राति बन्द गराउँदा स्थानीय व्यवसायी आन्दोलित हुँदै प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । प्रहरीले लाठी चार्ज गरेपछि बुधबार राति ७ बजेदेखि ११ बजेसम्म आँपगाछी तनावग्रस्त बनेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका […]
४ भदौ, काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि सुरु भएको लकडाउन पछिका पाँच महिनामा देशभरका चार लाख घरेलु तथा लघु उद्यम विस्थापनको संघारमा पुगेका छन् । थोरै सञ्चालन पुँजी, मानवीय श्रममा निर्भर उत्पादन र साँघुरिएको बजारका कारण यी उद्योग धरासायी बनेका छन् । उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग तथा व्यवसाय काउन्सिलका अनुसार, यी उद्यम चल्नै नसक्ने […]
२ भदौ, बुटवल । समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । सुरक्षा निकाय, राजनीतिक दल र निजी क्षेत्रका प्रतिनिधि समेतको उपस्थितिमा […]
कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन शुरु गर्दा नै शार रिडको स्वास्थ्य अवस्था राम्रो थिएन । उनी हालै मात्र बेलायतको एक नयाँ सहर पुगेकी थिइन् । उनी यो सहरमा वकिलको तालिमको लागि पुगेकी थिइन् । उनको घरमा उनको परिवार दुई साथीहरु बन्न पुगेका थिए । दमको रोगीसमेत रहेकी रिडले आफूलाई लकडाउनको समयमा बचाउनुपर्ने चुनौतीको सामना […]
१ भदौ, बुटवल । छिमेकी स्थानीय तहमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि लकडाउन गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, […]
३२ साउन, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिराहाले भदौ १५ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय समितिको सिफारिसमा जिल्लाका […]
३० साउन, बुटवल । सिद्धार्थनगर नगरपालिकाले भैरहवामा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको कोरोना भाइरस उपचार, रोकथाम, नियन्त्रण समितिले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म सम्पूर्ण नगर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाहरु मात्र […]
३० साउन, चितवन । चितवनका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् । एक ७८ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुधबारबाट जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाले एकसाताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । यस्तै, भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता […]
३० साउन, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाको सीमानजिकैको सहरमा लगाइएको लकडाउन हटाउने निर्णय गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार उक्त क्षेत्रको सहरमा अहिलेसम्म हजारभन्दा धेरै मानिसहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टिनमा राखिसकिएको छ । बिहीबार सत्तारुढ पार्टीको बैठकको क्रममा किनले यस्तो बताएका हुन् । उनले सीमावर्ती सहर काइसोङमा तीन […]
२९ साउन, विराटनगर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकाले लकडाउनको समय थप गरेको छ । १६ साउनमा महानगरपालिकाले आह्वान गरेको लकडाउन शुक्रबार सकिँदैछ । शुक्रबारबाट लागु हुनेगरी भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए । लकडाउन अघि विराटनगर महानगरपालिकामा १०८ कोरोना संक्रमित थिए । लकडाउन यता थप ३०६ […]
२८ साउन, बुटवल । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको वैठकले साउन २९ गते राति ११.४५ देखि भदौ ५ गते राति ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको […]
२७ साउन, काठमाडौं । भुटानले मंगलबार कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि पहिलोपटक लकडाउनको घोषणा गरेको छ । विदेशबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै भुटानले मुलुकभर लकडाउनको निर्णय गरेको हो । भुटानको स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २७ वर्षीया भुटानी महिला कुबेतबाट फर्किएकी थिइन् । उनलाई क्वारेन्टिनमा राखिएको थियो र कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ […]
काठमाडौं । काठमाडौंको बौद्धमा रहेको प्रोडक्ट नेपालमा काम गर्ने पोखरेल दाजुभाइ दुई जना मिलेर ‘आउटर ज्याकेट’ बनाउने काम गरेको डेढ वर्ष भयो । झोला व्यापार गर्ने काममा केही समय काम गरिसकेपछि आफैंले ज्याकेट सिलाउने काममा काम सुरु गरेको डेढ वर्षसम्म दाजुभाइ मिलेर गरेको कामबाट राम्रै व्यापार भएपछि उनका छिमेकीले पनि आउटर ज्याकेट बनाउने काम सुरु […]
२६ साउन, जनकपुरधाम । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि धनुषाका थप तीन वटा स्थानीय तहमा लकडाउन गरिएको छ । कमला, मिथिला र नगराइन नगरपालिकाले सोमबारदेखि लकडाउन लगाएको हो । कोरोनाको संक्रमण समुदायस्तरमा समेत देखापर्न थालेकाले यसको जोखिम रोकथाम तथा न्यूनिकरण गर्न भन्दै कमला नगरपालिकाले सोमबारदेखि आगामी भदौ १ गतेसम्मका लागि अति आवश्यकबाहेकका सबै सेवा बन्द […]
नेपाली समाज एक प्रकारको लकडाउनकै बीचबाट विकास भएको हो । स–साना गाउँमा मानिसहरु झुण्ड बनाएर बसेका थिए । व्यक्तिहरु कुनै न कुनै रुपबाट आत्मनिर्भर थिए । घरमा पशुपालन थियो, दूध–घिउ घरमै उत्पादन हुन्थ्यो । मासु खान पर्यो भने कुखुरा, ढुक्कुर, कालिज मारेर खान्थे । कुखुरा, च्याखुराको अण्डा खान्थे । खाद्यान्नमा आत्मनिर्भर थिए । यातायातको कुनै […]
२३ साउन, काठमाडौं । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा […]
२१ साउन, काठमाडौं । सरकारले भोलि (विहीबार)देखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर-विजोर […]
कुनै पनि कुराको समस्याको सही पहिचान नहुँदासम्म समाधानका विधिहरु प्रभावकारी हुँदैनन् । कोभिड १९ लगाउने सार्स कोभ टु भनिएको भाइरसका बारेमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । जति पत्ता लागेको छ, त्यसैलाई आधार मानेर समाधानका उपायहरु खोजिएको छ । नेपालमा लकडाउन गर्ने या नगर्ने विषय मुक्तिनाथ भ्रमण ठीक कि पाथिभरा ठीक भनेजस्तो गरी मत […]
२१ साउन, काठमाडौं । महेन्द्रनगरका दीपेन्द्र तिरुवा काठमाडौंको नयाँवानेश्वर चोकस्थित सडक पेटीमा मास्क र मोबाइलका चार्जरहरु बेच्छन् । उनलाई ग्राहकसँगको हेलमेलले कोरोना भाइरस सर्छ कि भन्ने डर छ । तिरुवाको अनुभवमा मानिसहरुले सामान र पैसा लेनदेन गर्दा हातलाई स्यानिटाइज गरिरहेका छैनन् । बाटो हिँड्ने तीनजना मध्ये एकजनाले मास्क नलगाएको उनले हिसाब सुनाए । दिपेन्द्रले भनेजस्तै […]
२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो । गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या […]
२० साउन, जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ । कोरोनाको सम्भावित संक्रमण रोकथाम गर्न तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम अति आवश्यबाहेकका कामकाजमा रोक लगाउने […]