Comments Add Comment

लगानी सम्मेलन

List Grid
लगानीका लागि नेपाल स्वच्छ ऊर्जाको पावरहाउस : पूर्वअर्थमन्त्री महत

१५ चैत, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालमा लगानीका लागि निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई प्रशस्त सम्भावना रहेको बताएका छन् । नेपालमा भएका वाहृय लगानीका र निजी क्षेत्रको लगानीमा सञ्चालित परियोजनाहरु त्यसको उदाहरण भएको उनले बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा लगानी सम्मेलनमा सहभागी भएका महतले विस २०४६ सालको परिवर्तनपछि नेपालमा […]

मुथुट समूहका अध्यक्षले भने : एयरपोर्टको सत्कारले नै थाहा हुन्छ नेपालको लगानीको भोक

१५ चैत, काठमाडौं । भारतको मुथुट समूहका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालमा लगानीको वातावरण बनेको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको बताए । वैदेशिक लगानी भित्र्याउन नेपाल सरकार आर्थिक रुपमा बलियो बन्ने प्रयासमा रहेको उनले बताए । त्यसको प्रमाण […]

एडीबीका उपाध्यक्ष चेनले भने- नेपालका ठूला परियोजनामा लगानी गर्न चाहन्छौं

१५ चैत, काठमाडौं । एशियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष क्षसिजिन चेनले नेपालका ठूला परियोजनामा लगानी गर्न एडीबी इच्छुक रहेको बताएका छन् । शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनमा बोल्दै उपाध्यक्ष चेनले एडीबीले लगानी गरेका नेपालका विभिन्न परियोजनाहरु सम्पन्न हुने चरणमा रहेको भन्दै थप ठूला परियोजनामा लगानी गर्ने इच्छा व्यक्त गरे । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

‘नेपाललाई साथीहरूको खाँचो छ, साना व्यवसायमा ध्यान दिनोस्’

१५ चैत, काठमाडौं । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापेलरले नेपाललाई राम्रोसँग बुझेकी छन् । राजदूतका रुपमा नेपाल आएको एक वर्ष मात्रै भएता पनि उनले द्वन्द्वको चपेटामा परेको नेपाललाई चार वर्षसम्म प्रत्यक्षरुपमा भोगिन् । यसअवधिमा उनले नेपालको दुःख के हो र ‘स्ट्रेन्थ’ के हो भन्ने थाहा पाइन् । सन् २००७ देखि २०११ सम्म एलिजाबेथ […]

लगानी सम्मेलनमा आउने कुनै पनि देशका नागरिकले भिषा शुल्क तिर्नु नपर्ने

१५ चैत, काठमाडौं । सरकारले लगानी सम्मेलनमा आउने विदेशी पाहुनासँग भिषा शुल्क नलिने निर्णय गरेको छ । शुक्रबारबाट शुरु भएको लगानी सम्मेलनका लागि आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिइने भएको हो । सम्मेलनका लागि आउने विदेशी लगानीकर्ता र उनीहरुका प्रतिनिधिको विवरण लगानी बोर्डले अध्यागमन विभागलाई उपलब्ध गराएको छ । त्यसैको आधारमा विभागले सम्मेलनका […]

समाचार संकलनका लागि सहज वातावरण बनाउन आग्रह

१५ चैत, काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनको समाचार संकलनका लागि पत्रकारहरुलाई सहज वातावरण बनाउन नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आग्रहग गरेको छ । सम्मेलनका लागि समाचार संकलनार्थ पत्रकारहरुलाई पास वितरण प्रक्रियामा लगानी बोर्डले सबै सञ्चारमाध्यमलाई एकै ढंगले नहेरेको भन्दै नाफिजले आफ्नो ध्याकर्षण भएको भन्दै यस्तो आग्रह गरेको हो । बोर्डले […]

लगानी सम्मेलन : सरकार उत्साहित, निजी क्षेत्र सकारात्मक

१३ चैत, काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनलाई सफल बनाउन सरकार जुटेको छ । ६ सय बढी विदेशी लगानीकर्ता र ३ सय बढी स्वदेशी लगानीकर्ताको जमघट हुने सम्मेलनलाई लिएर सरकार निकै उत्साहित देखिन्छ । निजी क्षेत्र पनि सकारात्मक छ । सम्मेलनको प्रमुख उद्देश्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवसरलाई नजिकबाट चिनाउने नै […]

लगानी सम्मेलन : सरकार उत्साहित, निजी क्षेत्र सकारात्मक

१३ चैत, काठमाडौं । शुक्रबार र शनिबार काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनलाई सफल बनाउन सरकार जुटेको छ । ६ सय बढी विदेशी लगानीकर्ता र ३ सय बढी स्वदेशी लगानीकर्ताको जमघट हुने सम्मेलनलाई लिएर सरकार निकै उत्साहित देखिन्छ । निजी क्षेत्र पनि सकारात्मक छ । सम्मेलनको प्रमुख उद्देश्य विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवसरलाई नजिकबाट चिनाउने नै […]

‘विदेशी लगानी भित्र्याउने नाममा स्वदेशीलाई बेवास्ता गर्न हुँदैन’

१३ चैत, काठमाडौं । यही चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा ७७ वटा परियोजना लगानीका लागि प्रस्ताव गरिँदैछन् । जसमा सरकारका ५० र निजी क्षेत्रका २७ वटा परियोजना छन् । विगतको लगानी सम्मेलनमा प्रतिवद्धता गरिएभन्दा धेरै कम लगानीमात्र भित्रिएको छ । यसपटकको स्थिति फरक हुने सरकारको […]

लगानी सम्मेलनका सहभागी हुन एडीबीका उपाध्यक्ष चेन काठमाडौंमा

१३ चैत, काठमाडौं । लगानी सम्मेलनमा सहभागी हुन एशियाली विकास बैंक -एडीबी) का उपाध्यक्ष चेन चेन काठमाडौं आइपुगेका छन् । आउँदो शुक्रबार र शनिबार हुन लागेको सम्मेलनका लागि नेपाल सरकारको निमन्त्रणमा आएका एडीबीका उपाध्यक्ष चेनले बिहीबार नै अर्थमन्त्री डा. युवराज खतिवडासँग शिष्टाचार भेट गरेका छन् । भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान […]

अर्थमन्त्रीले भने- जोखिम कम गर्न ‘क्रेडिट रेटिङ’ गर्छौं

१३ चैत, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताहरुको जोखिम कम गर्न परियोजनाहरुको क्रेडिट रेटिङ गरिने बताएका छन् । आगामी शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले लगानीकर्ताहरुलाई विश्वस्त बनाउन क्रेडिट रेटिङ गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । लगानीको प्रतिफल आउने सम्भावना कत्तिको छ भन्ने […]

बिहीबार प्रि-लगानी सम्मेलन

१३ चैत, काठमाडौं । सरकारले बिहीबार प्रि-लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । शुक्रबार र शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनको तयारी स्वरुपमा सरकारले बिहीबार प्रि-लगानी सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनका बारेमा जानकारी दिन बुधबार सिंहदरबारस्थित अर्थमन्त्रालयको हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बिहीबार सीमित लगानीकर्ताको सहभागितामा प्रि-लगानी […]

निजी क्षेत्रले भन्यो : लगानी सम्मेलनभर नकारात्मक नबोलौं, नलेखौं

१३ चैत, काठमाडौं । आगामी शुक्रबार शनिबार काठमाडौंमा हुने लगानी सम्मेलनलाई सकरात्मक रुपमा लिनु पर्ने उद्योगी-व्यवसायीहरुले बताएका छन् । सम्मेलनका विषयमा जानकारी दिन बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलनका विषयमा सकारात्मक बन्न आग्रह गरे । अध्यक्ष शर्माले सम्मेलन अवधिभर नकरात्मक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह […]

लगानी प्रस्तावको टुंगो २ महिनाभित्र

१३ चैत, काठमाडौं । लगानी सम्मेलनमा लगानीका लागि आएका प्रस्तावहरुको दुई महिनाभित्र सरकारले टुंगो लगाउने भएको छ । बुधबार सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा वा त्यसपछि लगानीका लागि आएका प्रस्तावहरु अध्ययन गरी स्वीकृति दिने/नदिने भन्ने विषय मे महिनाभित्रै टुंगो लगाउने बताए । सम्मेलनमा प्रस्ताव […]

भेनेजुएलाको बाछिटा लगानी सम्मेलनसम्म : अमेरिका र युरोपको अरुचि

वैदेशिक लगानीबारे जानकारहरू यसपटक अमेरिका र इयुको अरुची अर्थपूर्ण रहेको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीका अनुसार नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरी लगानी सम्मेलनका बेला बिदामा बस्न लागेका छन् । १० चैत, काठमाडौं । चैत १५ गतेदेखि सुरु हुने दुई दिने लगानी सम्मेलनको नारा छ-विश्वका शीर्ष लगानीकर्ताहरू एउटै छानामुनि । तर, सम्मेलनमा आउन […]

भेनेजुएलाको बाछिटा लगानी सम्मेलनसम्म : अमेरिका र युरोपको अरुचि

वैदेशिक लगानीबारे जानकारहरू यसपटक अमेरिका र इयुको अरुची अर्थपूर्ण रहेको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीका अनुसार नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरी लगानी सम्मेलनका बेला बिदामा बस्न लागेका छन् । १० चैत, काठमाडौं । चैत १५ गतेदेखि सुरु हुने दुई दिने लगानी सम्मेलनको नारा छ-विश्वका शीर्ष लगानीकर्ताहरू एउटै छानामुनि । तर, सम्मेलनमा आउन […]

लगानी सम्मेलन : ३८ देशका ६ सय लगानीकर्ताको सहभागिता पक्का

८ चैत, काठमाडौं । अर्को साता हुने लगानी सम्मेलनमा ३८ मुलुकका ६ सय भन्दा बढी लगानीकर्ताले सहभागिता जनाउने भएका छन् । हालसम्म ६ सय ३० जनाको सहभागिता हुने पक्का भइसकेको लगानी बोर्डले जनाएको छ, जुन संख्या अझै बढ्न सक्छ । बोर्डले सम्मेलनका लागि ८ सयभन्दा बढी लगानीकर्तालाई निम्ता पठाएको थियो । बोर्डका एक उच्च अधिकारीले […]

‘वातावरण छ, तर गफ गरेर लगानी आउँदैन’

७ चैत, काठमाडौं । सरकारले एक खर्ब लगानीको अपेक्षासहित ०७३ फागुनमा आयोजना गरेको दुई दिने लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँको प्रतिवद्धता आएको थियो । त्यसमध्ये ८ खर्ब भन्दा बढी प्रतिबद्धता चिनियाँ लगानीकर्ताबाट आएको थियो । सम्मेलनमा आएको लगानीको त्यो प्रतिबद्धता केवल प्रतिवद्धतामै सीमित रह्यो । त्यसो त विनासकारी भूकम्पलगत्तै गरिएको दाता सम्मेलनमा आएको प्रतिवद्धता अनुसार […]

‘लगानीको वातावरण झनै बिग्रेको छ’

५ चैत, काठमाडौं । चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा सरकारको तर्फबाट ४६ वटा र निजी क्षेत्रको तर्फबाट १७ गरेर ६३ परियोजनाहरूमा लगानीका लागि प्रस्ताव गर्दैछ । सम्मेलनमा सरकारले प्रस्ताव गर्ने परियोजनाहरुको ३० खर्ब रुपैयाँको हाराहारीमा लागत अनुमान गरिएको छ । विगतका अनुभव हेर्दा सम्मेलनमा ठूलो प्रतिवद्धता आउने तर, लगानी भने […]

लगानी सम्मेलनमा दुई दर्जन बढी योजना अघि सार्ने तयारी

९ फागुन, काठमाडौं । लगानी बोर्डले ‘नेपाल लगानी सम्मेलन’ का लागि दुई दर्जन भन्दा बढी योजना अघि सार्ने तयारी गरेको छ । अर्को महिना हुने सम्मेलनमा सहभागी हुने वैदेशिक लगानीकर्ता आकषिर्त गर्ने किसिमका योजना बनाइएको बोर्डले जनाएको छ । उर्जा, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि, यातायात, फोहोर व्यवस्थापन, पूर्वाधार लगायतका दुई दर्जन भन्दा बढी लगानी […]

लगानीकर्ता खोज्न अर्थमन्त्री खतिवडा गए लण्डन

८ फागुन, काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडा वेलायतको लण्डन प्रस्थान गरेका छन् । लगानी सम्मेलनको तयारीका लागि लण्डनमा नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल विकास सम्मेलन’मा भाग लिन अर्थ मन्त्री खतिवडा त्यसतर्फ गएका हुन् । शुक्रबार हुने उक्त कार्यक्रमलाई अर्थ मन्त्री खतिवडाले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नेछन् ।  उनले वेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न […]