Comments Add Comment

लिपुलेक

List Grid
कांग्रेसले भन्यो : लिपुलेकबारे भारत र चीन दुवैसँग संवाद गर

२९ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र एतिहासिक तथ्यका आधारमा दीर्घकालीन समाधान नेपालको रणनीति हुनुपर्ने बताए । ‘दुवै छिमेकी मित्र राष्ट्रसंग ‘प्रष्ट धारणा र ऐतिहासिक तथ्यका आधारमा […]

भारतीय दादागिरीविरुद्ध लड्ने ७ उपाय

वैशाख २५ गते मोदी सरकारले  हाम्रा वीर पूर्खाहरूको बहादुरीपूर्ण बलिदानीबाट आर्जिएको र सदाबहार स्वतन्त्र, सार्वभौम र अखण्ड हाम्रो देश नेपालको गौरवशाली इतिहासको अन्तरात्मामा गहिरो चोट पर्नेगरी प्रहार गरेको छ l मोदी सरकारले सिङ्गो  विश्व मानव समुदाय कोभिड-१९ कोरोनाको महामारीविरुद्ध लडिरहेको विषम परिस्थितिका बीच प्रख्यात धार्मिक पर्यटन स्थल मानसरोवर जाने र तिब्बत जोड्ने सडकअन्तर्गत कालापानी क्षेत्रमा नेपालको भूभागको अतिक्रमण गर्दै  एकपक्षीय रुपमा […]

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन

२९ वैशाख, काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘पक्राउ पर्नेहरुको स्क्रिनिङ गरिरहेका छौं ।’ ज्ञवालीका […]

सरकारले भारतीय राजदूतलाई दियो ‘कूटनीतिक नोट’

२९ वैशाख, काठमाडौं । परराष्‍ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर लिपुलेकमा नेपाली भूमि मिचेर सडक खनेको विषयमा जानकारी लिएको छ । परराष्ट्र मन्त्रालयमा बोलाई राजदूतसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उक्त घटनाको विषयमा जानकारी लिएको परराष्ट्र स्रोतले जनाएको छ । साथै नेपाली भूमिमा पर्ने लिपुलेकमा विना सूचना भारतले सडक निर्माणलगायतका गतिविधि जारी राखेकामा राजदूत क्वात्रालाई कूटनीतिक […]

लिपुलेकको व्यथा : सुगौली सन्धिपछिकै ठूलो चुनौती

चीनलाई जोड्ने गरी भारतले नेपालको दार्चुला जिल्ला हुँदै निर्माण गरेको सडक र कोरोना भाइरसको महामारीका बाबजुद केन्द्रीय स्तरको महत्वका साथ उक्त सडकको उदघाटन गरिनु नेपालको अस्मिता र स्वतन्त्रताका लागि आइपरेको सबैभन्दा ठूलो चुनौती हो । सुगौली सन्धिपछि नेपालको इतिहासमा देशको सिमाना जोगाउने सबालमा देखापरेको सबैभन्दा कठिन अवस्था पनि यही हो । यो अवस्था दार्चुला जिल्लाको […]

कालापानीमा तत्काल उच्चस्तरीय अनुगमन गर्न प्रदेश सरकारको माग

२९ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली सीमा लिपुलेक कालापानी क्षेत्रको तत्काल स्थलगत भ्रमण गर्न संघीय सरकारसँग माग गरेको छ । भारतले नेपाली भुमीमा सडक निर्माण गरेको कुरा उठेपछि मुख्यमन्त्री भट्टले उच्चस्तरीय अनुगमन गरी वास्तविकता ल्याउन माग गरेका हुन् । मुख्यमन्त्री भट्टले सार्वभौम राष्ट्रका जनताका लागि भूमि मिचिनु असैह्य भएको भन्दै दार्चुलाका प्रमुख जिल्ला […]

राज्य व्यवस्था समितिले भन्यो – लिपुलेकमा सडक बनाउनु खेदपूर्ण

२८ वैशाख, काठमाडौं । संसदीय समितिले भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेकोप्रति खेद व्यक्त गर्दै भत्र्सना गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमाले भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्नु खेदपूर्ण भन्दै भत्र्सना गरेको हो । समिति सभापति शशी श्रेष्ठले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप र थिचोमिचो गर्दै सडक निर्माण गर्नु भत्र्सनायोग्य भएको बताइन् । […]

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

२८ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]

परराष्ट्रमन्त्रीको स्वीकारोक्ति : लिपुलेकमा भारतले सडक बनाएको जानकारी थियो

२८ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको बनाएको सडकबारे सरकारलाई पूर्वजानकारी रहेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले सडक बनाएको बताएका थिए । सांसदहरुले यसबारे सरकारलाई जानकारी थियो कि थिएन ? जानकारी थियो भने अहिलेसम्म के गर्‍यो भनेर प्रश्न गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका […]

लिपुलेकबारे संसदीय समितिको बैठकै बैठक, परराष्ट्रमन्त्री तानातान !

२१ वैशाख, काठमाडौं । आइतबार प्रतिनिधिसभाका अन्तराष्ट्रिय सम्बन्ध समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसे । राज्य व्यवस्था समितिको बैठक बिहान सवा ८ बजे बोलाइएको थियो, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक बिहान साढे ८ बजे । एजेण्डा एउटै थियो– लिपुलेक क्षेत्रमा भारतद्धारा निर्मित सडक । दुबै समितिले यस विषयमा छलफल गर्नका लागि तीन जना […]

लिपुलेकमा सडक खनेको विरोधमा गोरखामा नेविसंघको राके जुलुस

२८ वैशाख, गोरखा । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ । आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, […]

सरकारलाई माधव नेपालको आग्रह– भारतसँग तत्काल भिडियो वार्ता गर

२८ वैशाख, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् । भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य होस् भनेर पर्खन नहुने नेता नेपालको भनाइ छ । ‘कोभिड-१९ का कारण विश्व नै त्यससँग जुधिरहेको संकटकालीन अवस्थाको […]

लिपुलेक मिच्न पाइँदैन भन्दै विरोध गर्ने युवा बानेश्वरबाट पक्राउ

२८ वैशाख, काठमाडौं । लिपुलेकमा भारतले गरेको सडक विस्तारको विरोध गर्दै बानेश्वर पुगेको एक टोलीलाई प्रहरीले पक्राउ गरेको छ । सेभ बोर्डरको नारा लगाउँदै संसद भवन नयाँ बानेश्वरको पानी ट्याङ्की तर्फबाट सीमा मिच्न पाइँदैन भन्दै संसद भवनतर्फ अघिबढेको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल, भारत र चीनबीचको त्रिदेशीय सीमा रहेको लिपुलेकमा नेपाली भूभाग समेत […]

‘भारतले सुगौली सन्धि र कुमाउ–गढवालमध्ये एउटा रोजोस्’

टनकपुर र महाकालीको सन्धिको विषयमा विवाद उब्जिएपछि २०५५ सालमा पद्मरत्न तुलाधरको संयोजकत्वमा समिति गठन भएको थियो । त्यो समितिमा म पनि थिएँ । समितिमा बस्नुभन्दा अगाडिदेखि नै नेपालको सिमानाको विषयलाई नजिकबाट अध्ययन गरेको हुँ । म नेकपा (माले) मा हुँदा मार्च लिएर पश्चिमी सिमाना गयौं । हालका पर्यटनमन्त्री योगेश भट्टराईको टीम हामीभन्दा चार दिनपछि पुगेका […]

भारतीय नक्साबारे प्रधानमन्त्रीले मोदीसँग कुरा गर्नुपर्छ : कांग्रेस नेतृ संग्रौला

२४ कात्तिक, बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग वार्ता गर्नुपर्ने बताएकी छन् । आइतबार बुटवलमा रिपोर्टस् क्लब प्रदेश ५ ले गरेको कार्यक्रममा उनले प्रधानमन्त्री ओलीले यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग आँखा जुधाएर कुरा गर्न सक्नुपर्ने धारणा राखेकी हुन् […]

लिपुलेकमा चीनले बिर्सेको ५८ वर्ष पुरानो सन्धि

२२ कात्तिक, काठमाडौं । कालापानी र लिपुलेकको नेपाली भूभागबारे उत्तरी छिमेकी चीनले पनि भारतले जस्तै थिचोमिचो गर्दै आइरहेको छ । नेपालसँग गरिएको ५८ वर्ष पुरानो सन्धि विपरीत चीनले सन् २०१५ मे १५ मा भारतसँग लिपुलेकबारे बेग्लै सहमति गरेर नेपालमाथि भारतीय हस्तक्षेपलाई लाहाछाप लगाएको छ । विसं. २०७२ साल जेठ १ गते नेपाल र भारतका सरकार […]

मुखर्जी आउँदा ‘लिपुलेक हाम्रो हो’ नारा मेटियो

१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि शहर सफा राख्ने नाममा सरकारले नेपाली राष्ट्रियता झल्किने नारासमेत मेटाएको छ । काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भारत विरोधी नारा मेटिएका छन् । यतिसम्म की नेपाली भूमि लिपुलेकको पक्षमा लेखिएको नारासमेत काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले मेटेका छन् । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले फोहर मैला निरीक्षण तथा […]