Comments Add Comment

लुम्बिनी प्रदेश

List Grid
मन्त्री पाण्डेलाई आफ्नै पार्टीका नेता कार्यकर्ताले देखाए कालोझण्डा

११ वैसाख, बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले रुपन्देहीमा कालोझण्डा देखाएर विरोध जनाएका छन् । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् । रुपन्देहीको मर्चवारमा एक कार्यक्रममा […]

जसपाका ४ सांसद मन्त्री बन्दा एक पक्षको कारबाही, अर्को पक्षको बधाई

७ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ४ सांसद सरकारमा सहभागी भएको विषयमा पार्टीकै दुई समितिले आपसमा विपरीत प्रतिक्रिया जनाएका छन् । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा संसदीय दलले उनीहरुसँगसँग स्पष्टीकरण माग गरेको छ । तर जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीका अध्यक्षले भने बधाइ दिएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर […]

लुम्बिनी प्रदेशसभाका चार सदस्यलाई जसपाले सोध्यो स्पष्टीकरण

७ वैशाख, बुटवल । पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै चार सांसदलाई जनता समाजवादी पार्टी संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका सोमबार बिहान लागि हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय […]

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई नै बनाए मुख्यमन्त्री पोखरेलले मन्त्री

६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेका एक गरी जसपाका चार प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी […]

लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए

६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् । […]

लुम्बिनी प्रदेशमा जसपा संसदीय दलको बैठक बस्दै

५ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आइतबार दिउँसो बस्ने भएको छ । सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बस्नुअघि जसपाको बैठक तय भएको हो । ६ जना सांसद रहेको जसपा संसदीय दल एक ढिक्का नहुँदा सरकारविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव […]

लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ : मन्त्री केसी

२९ चैत, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् । केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरे । आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले […]

‘बाल अधिकार हनन् हुन नदिन तीनै तहका सरकार गम्भीर हुन आवश्यक’

२८ चैत, बुटवल । लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारुले बालबालिकाको अधिकारका लागि सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । बालबालिका देशको कर्णधार भएको भन्दै उनले बालबालिकाको हकहितका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने बताइन् । कन्सोर्टियम नेपाल लुम्बिनी प्रदेश समितिले शनिबार बुटवलमा गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख थारुले भनिन्, ‘बालसहभागिता संविधानमा मात्र नभई व्यवहारमा लागू […]

लुम्बिनीमा जसपा विभाजित, टर्‍यो अविश्वास प्रस्ताव

२४ चैत, बुटवल । विपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का सांसदहरु विभाजित हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता तत्काललाई टरेको छ । ८७ सदस्यीय प्रदेश सभामा जसपाका ६ जना सांसद छन् । ६ जनामध्ये तीनजना अविश्वास प्रस्तावको पक्षमा र तीनजना विपक्षमा उभिएका हुन् । सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने […]

लुम्बिनी प्रदेशको राजधानीको जग्गा रोक्का आंशिक फुकुवा

१३ चैत, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाबमोजिम अधिवेशन बस्ने समयसहित आह्वान […]

लुम्बिनीमा दलहरुसँग वार्ता गर्न कांग्रेसले बनायो कार्यदल

२६ फागुन, बुटवल । सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि कांग्रेस […]

लुम्बिनी प्रदेशले आज स्थापना दिवस मनाउँदै, राप्ती गाउँपालिकामा मूल समारोह

३ फागुन, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको मूल समारोह आज स्थायी राजधानी दाङमा आयोजना गर्दै छ । मूल समारोह फागुन प्रदेश राजधानी दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने छ । मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने छ । कार्यक्रममा ५८ जनालाई विभिन्न पदकले […]

लुम्बिनी प्रदेशको स्थापना दिवस दाङमा मनाइने

३० माघ, बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । यसअघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको […]

लुम्बिनी प्रदेशसभाको तीन वर्षमा ५९ कानून निर्माण

२१ माघ, बुटवल । २०७४ माघ २१ गते पहिलो बैठक बसेको लुम्बिनी प्रदेशसभाले बुधबार ३ वर्ष पूरा गरेको छ । स्थापनाको तेस्रो वर्षमा मात्रै नाम र स्थायी राजधानी टुंगो लगाएको प्रदेशसभाको हालसम्म ६ वटा अधिवेशन सम्पन्न भएका छन् । तीन वर्षको अवधिमा प्रदेश सभाले ५९ वटा ऐन पारित गरेको छ । यो अवधिमा चलेका ६ […]

लुम्बिनीमा ओली समूहले गर्‍यो प्रदेश र जिल्ला कमिटी पुनर्गठन

१७ माघ, बुटवल । औपचारिकरुपमा विभाजन हुन बाँकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई समूहमध्ये ओली पक्षले लुम्बिनी प्रदेशमा प्रदेश र जिल्ला कमिटी पुनर्गठन गरेको छ । ओली पक्षको बुटवलमा बसेको प्रदेश कमिटी बैठकले प्रचण्ड–माधव नेपाल पक्षमा खुलेर लागेका पदाधिकारीलाई हटाएर आफ्नो समूहका नेताहरुलाई जिम्मेवारी दिएर कमिटी पुनर्गठन गरेको हो । सो समूहले लुम्बिनी प्रदेश […]

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन सुरु

१४ माघ, बुटवल । लुम्बिनी प्रदेशमा पनि कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले खोप लगाएर अभियान सुरु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यकर्मीलाई खोपको भाइल दिएर अभियान सुरु गरेका हुन् । लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार […]

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा र श्रेष्ठको उम्मेदवारी

२१ पुस, बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका तर्फबाट कृष्णप्रसाद शर्माको उम्मेदवारी परेको हो । महासंघको प्रदेश अधिवेशन पुस २५ गते बुटवलमा हुँदैछ । अध्यक्षका उम्मेदवार शर्मा […]

लुम्बिनी प्रदेश सरकार पनि अल्पमतमा

६ पुस, बुटवल । प्रतिनिधि सभा विघटनपछि विभाजनको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहको असर अब प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । लुम्बिनी प्रदेशमा पार्टी स्थायी समिति सदस्य शंकर पोखरेल नेतृत्वमा नेकपाको दुई तिहाइ बहुमतको सरकार छ । तर केन्द्रमा देखिएको कलह र संभावित विभाजनपछि अब पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित […]

लुम्बिनी प्रदेशमा छैन सहकारी विकास निर्देशनालय

२४ मंसिर, बुटवल । लुम्बिनी प्रदेशमा विभिन्न प्रकृतिका चार हजार बढी सहकारी सञ्चालनमा छन् । तीमध्ये १२ सय बढी प्रदेश स्तरका सहकारी छन् । सहकारीलाई संविधानले नै अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बाको रुपमा स्थान र महत्व दिएको छ । तर प्रदेश सरकार स्थापनाको तीन वर्षमा पनि लुम्बिनी प्रदेशमा सहकारी विकास निर्देशनालय गठन हुन सकेको छैन […]

लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको विज्ञप्ति : तनहुँ घटनाको छानबिन गर

१८ मंसिर, बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाको छानबिन गर्न माग गरेको छ । प्रदेश सभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार तनहुँमा वरिष्ठ नेता पौडेलमाथि प्रहरी–प्रशासनबाट भएको अभद्र व्यवहार,ज्यादती र गिरफ्तारीको भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही […]

बुटवलमा पौडेललाई प्रश्न : अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?

९ मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका छन् । मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले मर्यादा नाघेर अभिव्यक्तिहरु आउन थालेको बताए । यो चिन्ताजनक भएको भन्दै उनले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने बताए । सञ्चारकर्मीहरुको केही […]