- Home
- वामदेव गौतम
वामदेव गौतम
२१ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमभन्दा आफू योग्य भएको भन्दै एक युवतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिएकी छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यका लागि उपाध्यक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा प्राधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै गौतमलाई सिफारिस गर्ने निष्कर्षमा […]
सत्तारूढ नेकपाको आन्तरिक राजनीति फेरि नयाँ मोडमा पुगेको छ । यसले सिङ्गो नेपाली राजनीति नै तरंगित बनाएको छ । प्रधानमन्त्री ओलीका विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडाको बर्हिगमन निश्चित भएको छ भने पार्टी उपाध्यक्ष वामदेव गौतमको संघीय संसदमा प्रवेश हुने पक्कापक्की भएको छ । प्रधानमन्त्री ओली एक कदमपछाडि हटेका छन्, पार्टी उपाध्यक्ष गौतमको मनोकांक्षाको सारथी बन्न सहमत […]
१९ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्ने बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । बिहीबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्ने जानकारी गराएका थिए । यससँगै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडा विदा हुनेछन् । […]
१५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् । पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको नेता गौतमले अनलाइनखबरसँग बताए । प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः […]
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् […]
१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नाम लिँदा अचेल मानिसहरुको दिमागमा एउटा अस्थिर एवं ढुलमुले चित्र सामुन्नेमा देखा पर्छ । पार्टीभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड-माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेको देखिन्छ । तर, नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा वामदेव गौतमको नाम अहिलेजस्तो धमिलो थिएन, […]
१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ । यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् । यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड-नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । […]
१४ वैशाख, काठमाडौं । नेकपाभित्र विवाद चर्किंदै गएका बेला माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुले सबै समस्याका बारेमा पार्टी बैठकमै छलफल हुनुपर्ने भन्दै स्थायी कमिटी बैठक बोलाउन दबाव दिएका छन् । नेपालनिवास कोटेश्वरमा आइतबार तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल पक्षबाट निर्वाचित स्थायी कमिटी सदस्यहरुका भेला भएको थियो । सो भेलामा महाधिवेशनका बेला ओली पक्षमा […]
९ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले संसदमा दर्ता भएको मिडिया काउन्सिल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक जस्ताकोतस्तै अगाडि नबढाउन आग्रह गरेका छन् । गौतमद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियसभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासँग छलफल गरी टुंगो लगाउन र […]
२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वामदेव गौतमले पेश गरेको ‘फरक मत’लाई केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास असफल भएको छ । बरिष्ठ नेता माधवकुमार नेपालले गौतमको प्रस्ताव अस्वीकार गरेपछि सचिवालय बैठक बहिस्कार गरेका चार नेताको संयुक्त दस्तावेज स्थायी कमिटीमा नगएको हो । अन्य नेताले साझा दस्तावेज […]

१५ कात्तिक, काठमाडौं । सांसद रामवीर मानन्धरको परिचय ०७० सालसम्म वडाध्यक्षमा सीमित थियो । काठमाडौं माहानगरपालिका वडा नम्बर १६ मा दुईपटक वडाध्यक्ष निर्वाचित भएका मानन्धर तत्कालीन एमालेको काठमाडौं जिल्ला कमिटी सदस्य थिए । राजेन्द्र श्रेष्ठले एमाले छाडेर हिँडेपछि रामवीरले ०७० मा सांसदको टिकट पाए र राम्रो मतान्तरमा जिते । पार्टीमा उनी केपी ओली पक्षमा सधैं […]
२५ असोज, काठमाडौं । जसरी पनि प्रतिनिधिसभामा आउने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको चाहना कसैबाट छिपेको छैन । पार्टीका शिर्ष नेताहरुले उनलाई अनुकुल र उपयुक्त समय पर्खिन भन्दै थिए । यसैबीच काठमडौं ७ का एमाले सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली गर्न भन्दै आफूले राजीनामा दिने घोषणा गरे । उनको राजीनामा सम्वन्धी लिखित प्रस्ताव […]
२५ असोज, काठमाडौं । चतर्फी आलोचनापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । पार्टी सांसदलाई राजीनामा गराएर आफू उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेका हुन् । गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले […]
२५ असोज, काठमाडौं । जसरी पनि प्रतिनिधिसभामा आउने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको चाहना कसैबाट छिपेको छैन । पार्टीका शिर्ष नेताहरुले उनलाई अनुकुल र उपयुक्त समय पर्खिन भन्दै थिए । यसैबीच काठमडौं ७ का एमाले सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली गर्न भन्दै आफूले राजीनामा दिने घोषणा गरे । उनको राजीनामा सम्वन्धी लिखित प्रस्ताव […]
२४ असोज, काठमाडौं । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावललाई पार्टीले सुदूरपश्चिमा कांग्रेस सभापति शेरवहादुर देउवाको काउन्टरमा स्थापित गर्ने रणनीतिका साथ अघि बढाएका थियो । पछिल्लो समय नेकपाको सदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी पाएका रावलको छवि ‘कट्टर राष्ट्रवादी’ नेताको रुपमा उदाएको छ । रावलले पछिल्लोपटक आफ्नै अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेका कतिपय निर्णयलाई […]

२३ असोज, काठमाडौं । काठमाडौं-७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पार्टी सचिवालयमा राजीनामा बुझाएपछि नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम सांसदको उम्मेदबार बन्ने विषयले पुनः चर्चा पाएको छ । गत वर्ष सम्पन्न आम निर्वाचनमा बर्दिया-१ बाट पराजित गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउनकै लागि मानन्धरलाई राजीनामा दिन लगाइएको जानकारहरू बताउँछन् । एमाले नेता गौतम गत निर्वाचनमा […]

२४ मंसिर, काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् । बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका हुन् । ७५३ मतको अन्तरले उनी पराजित भएका छन् । सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए […]
५ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । मधेसी मोर्चा नआए निर्वाचन हुन नसक्ने अभिव्यक्ति दिने प्रधानमन्त्री र गृहमन्त्रीलाई पदमा बसिरहने अधिकार नभएको एमाले कार्यबहाक अध्यक्ष बामदेव गौतमले बताए । निर्वाचन गराउने दायित्व बोकेकाहरुले निर्वाचन नहुने सन्देश दिएर संविधान विरोधी काम गरेको भन्दै उनले आक्रोश पनि व्यक्त […]