Comments Add Comment

वाम गठबन्धन

List Grid
बाबुरामका तीन सेक्रेट: वाम गठबन्धनमा किन आए, किन छाडे, अब के गर्छन् ?

३ माघ, काठमाडौं । गत असोज १७ गते एमाले र माओवादीवीच को औपचारिक घोषणा हुँदै गर्दा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई पनि हात उठाएर ऐक्यवद्धता जनाउन पुगेका थिए । तर, भट्टराईले लगत्तै वाम गठबन्धन छाडे र चुनावमा कांग्रेससँग गठबन्धन गरे । डा. भट्टराई वाम गठबन्धनमा जानु र लगत्तै छाड्नुको भित्री रहस्य के थियो ? […]

राष्ट्रियसभामा एमाले-माओवादी भागवण्डा, कुन प्रदेशमा कसलाई कति सिट ?

३ माघ, काठमाडौं । एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन […]

‘पार्टी एकताको आधार जबज र जनमत’

२ माघ, काठमाडौं । पार्टी एकताका सन्दर्भमा गठित दुईवटा कार्यदलको सदस्य बनिसकेका एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे धेरै कुरामा रिजर्भ बस्न खोजिरहेका छन् । आफूले बोलेको कुराले पार्टी एकता र सिट बाँडफाँट प्रक्रियामा असर नपरोस भन्नेमा सचेत देखिएका पाण्डेसँग राष्ट्रियसभा र मुख्यमन्त्रीको बाँडफाँट तथा पार्टी एकताको मोडलबारे हामीले कुरा गर्न खोज्यौं । केही दिनदेखि […]

वाम गठबन्धन फुटाउन देश-विदेशका शक्ति सक्रियः शाही

पुस ३० भक्तपुर । पूर्व मन्त्री एवंम माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन फुटाउन देश-विदेशका शक्तिहरुले चलखेल गरेको दावी गरेका छन् । रफत सञ्चार क्लबमा आइतबार आयोजित कार्यक्रममा शाहीले वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्राएर देश-विदेशका शक्तिहरुले नेपाललाई आफ्नो शक्ति केन्द्रका रुपमा प्रयोग गर्न खोजेको बताएका हुन् । तर, उनीहरुको प्रयास सफल नहुने शाहीको […]

सरकारलाई वाम नेताको चुनौतीः राजधानी नतोक्ने भए प्रदेश प्रमुख पनि नियुक्त नगर

२३ पुस, काठमाडौं । सरकारले प्रदेशको अस्थायी मुकाम नतोक्ने र प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमै सपथ खुवाउने तयारी गरेपछि वाम गठबन्धनका नेताहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशको अस्थायी राजधानी नतोक्नु सरकारको अक्षमता र संघीयताको मर्म विपरीत हुने वाम गठबन्धनको निष्कर्ष छ । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्न वाम गठबन्धनसँग राजनीतिक सहमति मागेको थियो । […]

वाम असहमतिको अर्थः विवादबाट बच्ने, भोलिका लागि बाटो राख्ने

२० पुस, काठमाडौं । शेरबहादुर देउवा सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने चेतावनी दिएको एमाले बालुवाटार बैठकमा केही फरक अडानमा देखियो । जसका कारण प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई बाटो त फुक्यो तर देउवा सरकारले गरेको नियुक्तिको भारी नयाँ सरकारले नबोक्ने सन्देश पनि दियो । आफैंले बोलाएको पाँच पार्टीको बैठकमा प्रधानमन्त्री देउवाले राजनीतिक सहमतिका […]

वाम गठबन्धन बाहिरबाट प्रधानमन्त्री हुन्नँः प्रचण्ड

१९ पुस, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनबाट बाहिर गएर प्रधानमन्त्री हुने आफूले नसोचेको बताएका छन् । कांग्रेस नेताहरुले एमालेलाई छाडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताइरहेका बेला उनी भने वाम गठबन्धनप्रति प्रतिवद्ध देखिएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रमपछि कांग्रेसको प्रस्तावबारे सञ्चारकर्मीहरुले राखेको प्रश्नमा प्रचण्डले भने, ‘मैले त्यता सोचेको […]

माघ पहिलो साता नयाँ सरकारः सचिव ज्ञवाली

१३ पुस, भक्तपुर । एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वामगठबन्धनको सरकार गठन हुने बताएका छन् । रफत सञ्चार क्लबमा आज (बिहीबार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले माघ पहिलो सातमै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले एमाले र माओवादीबीच बृहत छलफल र बहस भइरहेको कारण […]

बालकोट वार्ताको सन्देशः पार्टी एकता शुरु भइसक्यो, शंका नगरौं

१२ पुस, काठमाडौं । पार्टी एकता र वामपन्थी सरकार गठनमा संशय पैदा भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच सबै प्रक्रिया सँगसँगै अघि बढाउने सहमति भएको छ । पाँच दिन चितवनमा बसेर मंगलबार मात्रै काठमाडौं आएका प्रचण्ड ओलीलाई भेट्न बालकोट पुगेका थिए । झण्डै डेढ घण्टा लामो छलफलपछि पार्टी एकता र […]

‘केन्द्र सरकारमा मधेसवादी, मधेसमा वामपन्थीबीच सहकार्य हुन सक्छ’

१२ पुस, काठमाडौं । एउटै उम्मेदवार र एकै घोषणापत्रमा चुनाव लडेर बहुमत प्राप्त गरेका वामपन्थी गठबन्धनका ठूला घटक एमाले र माओवादीको पार्टी एकता प्रकरण अहिले सर्वाधिक चर्चामा छ । सरकार गठनमा भएको विलम्बसँगै एमाले र माओवादीबीच दुरी बढेको चर्चा पनि बजारमा चलिरहेको छ । झन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंमले एमालेले फोरमसँग मिलेर सरकार बनाउने […]

वाम गठबन्धनले अझै केही दिन निर्वाचन आयोगलाई पर्खने

११ पुस, काठमाडौं । राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश विवाद तत्काल नसल्टिने देखिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले आ-आफ्नो अडानमा छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले पनि अध्यादेश प्रमाणीकरण वा फिर्ता केही गरेकी छैनन् । एमालेले अध्यादेशमा प्रस्तावित एकल संक्रमणीय मतप्रणालीको विरोध गरेको छ र अध्यादेश प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई आग्रह गरेको छ । वाम गठबन्धनको अर्को […]

हे भगवान् ! एमालेको रक्षा गर !

एमाले महासचिव ईश्वर पोखरेलले चुनाव जितेको उपलक्ष्यमा पुस १ गते दिउँसो शंखपार्कमा प्रचण्ड र केपी ओली दुबै निम्त्याएर शुभकामना साटासाट कार्यक्रम राखेका थिए । तर, पोखरेलको निम्तो मान्नुपूर्व प्रचण्डले माधव नेपालसँग छलफल गरे । नयाँबानेश्वरस्थित एक होटलमा प्रचण्ड र माधव नेपालवीच आन्तरिक कुराकानी भएको थियो । प्रचण्डले अघिल्लो दिन केपी ओलीलाई भेटेपछि भोलिपल्ट माधव नेपालसँग […]

‘मधेसलाई सम्वोधन गर्नुपर्छ, कांग्रेसलाई हेप्नुहुँदैन’

४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीले बालुवाटारस्थित सभामुख निवास छाडेर ‘रामकृष्ण आश्रम’ लेखिएको नयाँ घरमा डेरा लिएकी छिन् । सभामुखका पति एवं माओवादीका प्रभावशाली नेता वर्षमान पुनलाई भेट्न हामी सोही नयाँ डेरामा पुग्दा नवनिर्वाचित सांसद पुनलाई बधाइ दिन एकाबिहानै गृहसचिव मोहनकृष्ण सापकोटा त्यहाँ पुगेको पाइयो । वामपन्थीहरुले सरकार बनाउन लागेको संकेत पाउनासाथै अहिले एमाले […]

वाम गठबन्धनलाई सरकारको जवाफः कानुनी जटिलता निम्त्याएर सत्ता लम्ब्याउन चाहन्नौं

४ पुस, काठमाडौं । सरकारले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी भइरहेको बताएको छ । चुनावबाट बहुमत पाएको वाम गठबन्धनले राष्ट्रियसभालाई लिएर सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि सरकारले पत्रकार सम्मेलन नै गरेर खण्डन गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्योदश जारी गर्न आग्रह गरे । सरकारले झण्डै दुई महिना अघि […]

जनमतको अवमूल्यन नगर्न देउवालाई वाम गठबन्धनको आग्रह

२ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न सरकारलाई आग्रह गरेका छन् । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् । निर्वाचन परिणाम आएपछि आएका रकारका अभिव्यक्ति र कृयाकलाप संविधान, अन्तराष्ट्रिय प्रचलन र विगतका अभ्यास विपरीत भएको भन्दै दुई दलले यसबाट […]

केन्द्र र प्रदेशको सरकार गठनपछि मात्रै पार्टी एकताः पोखरेल

२७ मंसिर, नेपालगञ्ज । नेकपा एमाले नेता तथा शंकर पोखे्रलले केन्द्र र प्रदेश सरकार गठनपछि मात्र पार्टी एकता हुने बताएका छन् । एउटै घोषणा पत्रमा चुनाव लडेको कारण सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने भन्दै उनले पहिला जनादेशको सम्मान अनि मात्र पार्टी एकता हुने बताए । नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पोखरलले भने, ‘छिटो भन्दा छिटो […]

शेरधनलाई मुख्यमन्त्री बनाउने बाटो खुल्यो, तर बैठकस्थल अनिश्चित

२६ मंसिर, बिराटनगर । एक नम्बर प्रदेशको पहिलो बैठक कहाँ राख्ने भन्नेबारे अन्योल देखिएको छ । सरकारले स्थान नतोकिदिएकाले पहिलो बैठकस्थलका बारेमा अन्योल देखिएको हो । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित गोठगाउँमा प्रदेशको अस्थायी कार्यालय बस्ने चर्चा छ । केहीले बिराटनगरमै प्रदेशसभाको बैठक बस्ने बताइरहेका छन् । तर, अहिलेसम्म बैठकस्थल टुंगो लागेको छैन । शहरी विकास मन्त्रालयका […]

प्रतिनिधिसभा निर्वाचनका १० आयामः अनौठा देखिए समीकरण

२६ मंसिर, काठमाडौं । गत २४ कात्तिकमा केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग सम्भव रहेको प्रतिवेदन चिनियाँ टोलीले नेपाल सरकारलाई दियोे । त्यसको तीन दिनपछि २७ कात्तिकमा बूढीगण्डकी जलविद्युतको निर्माण चिनियाँ कम्पनीलाई जिम्मा दिने पूर्ववर्ती सरकारको निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले उल्ट्यायो । उक्त सरकारी निर्णय चिनियाँ टोलीका लागि देउवा सरकारको जवाफ थियो, केरुङ-काठमाडौं रेल […]

वाम गठबन्धनको नतिजा अपेक्षितः सुरेन्द्र पाण्डे

२६ मंसिर, चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् चितवन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद सुरेन्द्र पाण्डेले वाम गठवन्धनले देशव्यापी रुपमा प्राप्त गरेको परीणाम अपेक्षित भएको बताएका छन् । निर्वाचनमा विजय भएपछि अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले केही प्राविधिक विषयको व्यवस्थापन गर्न नसक्दा गठबन्धन चुकेपनि समग्रमा नतिजा सन्तोषजनक र अपेक्षित भएको बताए […]

प्रचण्डको जितसँगै चितवनमा वाम गठबन्धनको क्लिन स्वीप

२५, मंसिर, चितवन । २०७० सालको निर्वाचनमा कांग्रेसको सवैभन्दा सुरक्षित क्षेत्र खोज्दै चितवन आएका थिए, तत्कालीन कांग्रेस सभापति शुशील कोइराला । साविक चितवनको ४ नम्वर निर्वाचन क्षेत्र कांग्रेसको बलियो क्षेत्र थियो । जहाँबाट कोइराला उम्मेदवार भएर विजयी भए । सोही क्षेत्रसमेत समेटिएको हालको चितवन निर्वाचन क्षेत्र नः ३ मा उठन आइपुगे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड […]

सुर्खेतमा वाम गठबन्धनको क्लिन स्वीप, कांग्रेसको गढ भत्कियो

२५ मंसिर,सुर्खेत । प्रदेश नं. ६ को प्रस्तावित राजधानी सुर्खेतमा नेपाली कांग्रेसको गढ भत्किएको छ । ०७० को संविधानसभा चुनावमा क्लिन स्वीप गरेर जिल्लालाई कांग्रेस गढका रुपमा चिनाएको कांग्रेस प्रदेश र प्रतिनिधिसभा चुनावमा भने सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग पराजित भएको छ । यो सँगै वाम गठबन्धनले सुर्खेतमा क्लिन स्वीप गरेको छ । हाल प्रतिनिधिसभाका […]