Comments Add Comment

वाम गठबन्धन

List Grid
तेह्रथुममा वाम गठबन्धनको क्लिनस्वीप, प्रतिनिधिसभामा भवानी खापुङ निर्वाचित

२५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री […]

वागीलाई पाखा लगाउँदै सल्यानमा टेकबहादुरको ह्याट्रिक, वाम गठबन्धनका सबै उम्मेदवार विजयी

२५ मंसिर, सल्यान । वागी उम्मेदवारको चुनौती चिर्दै सल्यानमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारहरुले प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिट जित्दै ‘क्लिन स्वीप’ गरेका छन् । माओवादी केन्द्रका नेता एवम् विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सल्यानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ४० हजार ८९७ मतसहित निर्वाचित भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए । बस्नेतका […]

नवलपुर-२ मा तिलक महतको जितसँगै वाम गठबन्धनको शतक पूरा

२५ मंसिर,काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिट जितेर आइतवार मध्यरातमा शतक पूरा गरेको छ । नवलपुर क्षेत्र नम्बर २ मा एमालेका तिलक महतले बिजय हासिल गरेसँगै वाम गठबन्धनले शतक पार गरेको हो । वामपन्थी गठबन्धनले एकसय सिट पार गर्दा लोकतान्त्रिक गठबन्धनले भने १७ सिट जितेको छ । त्यस्तै मधेशवादी गठबन्धनको ११ सिट […]

नारायणकाजी र वामदेवको पराजयः वाम एकताका लागि फुर्सद !

२४ मंसिर, काठमाडौं । यो एउटा संयोगमात्र पनि हुन सक्छ,तर एमाले माओवादी गठबन्धनका दुई प्रमुख सूत्रधार वामदेव गौतम र नारायणकाजी श्रेष्ठले वामपन्थीको माहौल छाएको बेला पनि चुनाव जित्न सकेनन् । निकै सुरक्षित ठानिएको क्षेत्रमा वामदेव गौतम पराजित भए भने,बाबुराम भट्टराईलाई गठबन्धनबाटै बाहिर पठाएर आफूले रोजेको क्षेत्रमा गएका नारायणकाजी पनि जित्न सकेनन् । वामदेव गौतम र […]

पाल्पा जिल्ला, वाम गठबन्धनको किल्ला !

२४ मंसिर, काठमाडौं । पाल्पामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका ४ सिट रहेको पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले पाल्पा जिल्लालार्इ कम्युनिष्ट किल्ला बनाएको हो । पाल्पा क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित […]

रामेछापको प्रदेश र प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार बिजयी

२४ मंसिर, रामेछाप । रामेछापमा प्रतिनिधि र प्रदेश सभा दुवै निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् भने प्रदेशमा दुवैजना एमालेका उम्मेदवारहरु बिजयी भएका छन् । प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार […]

प्रदेश ७ का चार जिल्लामा वाम गठबन्धनको क्लिनस्वीप

  २४ मंसिर, डोटी । पहिलो चरणमा निर्वाचन भएको प्रदेश नम्बर ७ का चार जिल्लामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । बझाङ, बाजुरा, बैतडी र दार्चुलामा प्रतिनिधिसभा ४ र प्रदेशसभाका ८ गरी १२ वटै स्थान वाम गठबन्धनले हात पारेको हो । दार्चुला प्रतिनिधिसभा सदस्यमा नेकपा वाम गठबन्धनका माओवादी उम्मेदवार गणेशसिंह ठगुन्नाले २८ हजार नौ […]

दाङ ३ मा पूर्वमन्त्री दीपक गिरी पराजित, एमालेका हिरा केसीले बाजी मारे

२४ मंसिर, दाङ । दाङ क्षेत्रनम्बर ३ बाट पूर्वमन्त्री दीपक गिरीलाई पराजित गर्दै एमालेका हिराचन्द्र केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमाले जिल्ला सचिवसमेत रहेका केसीले पूर्व सिचाइँमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य गिरीलाई ६ हजार ५५७ मत अन्तरले हराएका हुन् । केसीले ४० हजार २८७ मत पाए भने गिरीले ३३ हजार ७३० मत पाएका […]

गुल्मी २ बाट गोकर्ण विष्ट विजयी

२३ मंसिर, तम्घास । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा एमाले सचिव गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले कांग्रेस उम्मेदवार चन्द्रबहादुर केसीलाई १४ हजार ४६१ मत अन्तरले हराएका हुन् । विष्टले ३४ हजार ६१८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी केसीले २० हजार १५७ मत पाएका छन् । क्षेत्रनम्बर २ अन्तर्गतका प्रदेशसभाका […]

खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप

२३ मंसिर, दिक्तेल । खोटाङको प्रदेश र प्रतिनिधिसभा तर्फका सबै सिट जित्दै वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । खोटाङको प्रतिनिधिसभामा एमालेका बिशाल भट्टराई ३५ हजार ३७७ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती बजियमले २२ हजार ६१२ मत प्राप्त गरेकी छन् । बिशाल भट्टराई यसअघि खोटाङ क्षेत्र नम्बर १ बाट सांसद […]

ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो

२३ मंसिर, ओखलढुंगा । नेपाली कांग्रेसले आफ्नो गढको रुपमा दावी गर्दै आएको ओखलढुंगामा संघीय प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै सिट जितेर वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । संघीय प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार विजयी भए । उनले कांग्रेसका रामहरि खतिवडालाई ५ हजार २ सय ५३ मत अन्तरले पछि पारे । […]

बिकेनन् देउवाका कम्युनिस्टविरोधी एजेन्डा, दक्षिणको भर पर्दा भड्खालोमा

२३ मंसिर, काठमाडौं । डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ स्थित असिग्राम मावि, रुवाखोला केन्द्रबाट मतदान गरेर फर्किंदै गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिरले दुईवटा सन्देश दिन्थ्यो । पहिलो, उनी अब बूढेसकालमा प्रवेश गरिसकेका छन् । र, दोस्रो, २६ वर्षयताका नौ वटा चुनावमा मत खसालेको विद्यालय र त्यहाँसम्म पुग्ने बाटो अहिलेसम्म उस्ताको उस्तै छ । त्यसैले हुनुपर्छ, देउवाले […]

तनहुँका दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि, रामचन्द्र पौडेल एक हजार मतले पछाडि

२३ मंसिर, तनहुँ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरिरहेका छन् । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठभन्दा करिव ४ हजार मतले पछाडि परेका छन् । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार श्रेष्ठले १९ हजार २ सय ७७ मत ल्याएका छन् भने कांग्रेस […]

लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित

२३ मंसिर, लमजुङ । लमजुङमा प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन विजयी भएको छ । प्रतिनिधि सभाको एकमात्र सिटमा माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङ फराकिलो मत अन्तरले विजयी भएका छन् । उनी ८ हजार सय ४ सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ४ सय ६८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी […]

कास्कीबाट रवीन्द्र अधिकारीको ह्याट्रिक

२३ मंसिर, पोखरा  । कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारी विजयी भएका छन् ।८ हजार ५ सय ४६ मतान्तरले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी भएका हुन् । अधिकारीले २७ हजार २सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याए । प्राज्ञिक र […]

सिन्धुपाल्चोकमा वाम बर्चस्व, अग्नि सापकोटा १० हजार बढी मतान्तरले विजयी

२३ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका दुईवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभाका लागि क्षेत्रनम्बर १ मा माओवादीका अग्नि सापकोटा र क्षेत्रनम्बर २ मा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् । पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बहादुर बस्नेतलाई १० हजार ७ सय ६ मत अन्तरले हराएका छन् । सापकोटाले […]

दार्चुलाका तीनवटै सीटमा वाम गठबन्धन विजयी

२३ मंसिर, दार्चुला । प्रदेश र प्रतिनिधिसभामा दार्चुलाको तीनवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वसांसद गणेशसिंह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले २८ हजार ९ सय ९८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रमसिंह धामीले २२ हजार २ […]

धादिङमा वाम गठबन्धनको क्लिनस्वीप

२३ मंसिर, धादिङ । धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सिटमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठी भारी मतान्तरले विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्व अर्याललाई त्रिपाठीले २७ […]

लगातार चार हारपछि काठमाडौंमा कृष्णगोपालको जित

२३ मंसिर, काठमाडौं । वाम गठबन्धनले एमाले र माओवादीका धेरै नेताहरुलाई चुनावी परिणाममा राहत दिएको छ । यस्तै राहत पाउनेमा एमालेका कृष्णगोपाल श्रेष्ठ पनि एक हुन् । किनकी लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी भएका छन् । उनले कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए । […]

मोरङ ३ बाट एमाले नेता भानुभक्त ढकाल सांसद निर्वाचित

२३ मंसिर, मोरङ । मोरङमा वामपन्थीको किल्ला मानिने निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले जित हासिल गरेका छन् । योसँगै मोरङमा वााम गठबन्धनले जितको सुरुवात गरेको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता ढकालले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डाक्टर सुनील शर्मालाई १९०६ मतले पछि पार्दै सांसद निर्वाचित भए । […]

योगेश भट्टराई विजयी, ताप्लेजुङमा वाम गठबन्धनको क्लिन स्वीप

  २३ मंसिर, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् । एमाले नेता भट्टराईको संसदीय […]