Comments Add Comment

वाम गठबन्धन

List Grid
कालीकोट प्रदेश ‘क’ मा एमालेका कुर्मराज शाही विजयी

२२ मंसिर, काठमाडौं । कालीकोटको प्रदेश (क) को मतगणना सम्पन्न भएको छ । प्रदेश (क) मा वाम गठबन्धनबाट एमालेका कुर्मराज शाही भारी मत ल्याएर विजयी भएका छन् । शाहीले ११ हजार ९३५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका टेकबहादुर शाहीले चार हजार ४८९ मत ल्याएका छन् । यहाँ नेपाल मजदुर किसान पार्टीले ११ सय […]

मकवानपुर १ मा कमल थापा पछि परे

२२ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा पछि परेका छन् । ताजा मत परिणामअनुसार सरकारका उपप्रधानमन्त्री समेत रहेका थापालाई वाम गठबन्धनका कृष्ण दाहालले ५५ मत अन्तरले पछि पारेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार एमालेका कृष्ण दाहालले ३ हजार ३२२ मत पाएका छन् भने कांग्रेसको समेत समर्थन पाएका राप्रपा […]

जनमोर्चाले बाग्लुङको प्रदेशसभाबाट खाता खोल्यो, टेकबहादुर घर्ती विजयी

२२ मंसिर, बाग्लुङ । बाग्लुङ क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार टेकबहादुर घर्तीले जित हासिल गरेका छन् । बाम गठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका घर्तीले ३ हजार २ सय ६० को मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतबहादुर शेरचनलाई हराए । घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरे भने शेरचनले […]

दाङ अपडेटः प्रदेश र प्रतिनिधिसभाका सबै क्षेत्रमा वाम उम्मेदवारको अग्रता

२२ मंसिर, दाङ । दाङका प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ एक हजार ४ सय २० मत गणना हुँदा वाम गठबन्धनका मेटमणि चौधरी १ हजार ६११ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी सुशिला चौधरीले १ हजार २१८ मतसहित पछ्याइरहेकी छन् । यसैगरी […]

मुगुमा प्रतिनिधिसभामा एमालेका गोपाल बम विजयी

२२ मंसिर, काठमाडौं । एउटा मात्रै क्षेत्र रहेको मुगुमा वाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष गोपालबहादुर बम विजयी भएका छन् । बमले कांग्रेसका हस्तबहादुर मल्ललाई पराजित गर्दै विजयी भएका हुन् । बमले १३ हजार ३४ मत ल्याए भने कांग्रेसका मल्लले ९ हजार ८६१ मत प्राप्त गरेका छन् । कांग्रेसले मुगुलाई प्रदेश नं. ६ को सबैभन्दा […]

भोजपुरमा वाम गठबन्धनको निरन्तर अग्रता, शेरधन राई तेब्बरले अगाडि

२२ मंसिर, भोजपुर । भोजपुरमा प्रतिनिधिसभा तथा प्रदेश सभा गरी ३ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनले निरन्तर अग्रता लिइरहेको छ । मतगणना कार्य शुरु भएको करिब १५ घण्टा वितिसक्दा प्रतिनिधि सभा, प्रदेश सभा क र प्रदेश खमा लोकतान्त्रिक गठबन्धनले पछ्याइरहेको छ । यहाँ वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका शेरधन राई झण्डै तेब्बर मतका साथ […]

धादिङमा वाम गठबन्धन अगाडि

२२ मंसिर, काठमाडौं । धादिङमा प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन क्षेत्रको मतगणना जारी छ । शुक्रवार बिहानसम्मको प्रारम्भिक मत परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सबैमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् । प्रतिनिधिसभा क्षेत्र नं. १ मा वाम गठबन्धनका भूमी त्रिपाठीले १५ हजार ९९ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका विश्व अर्यालले ६ हजार […]

दार्चुलामा वाम गठबन्धनका तीनै उम्मेदवारको अग्रता

२२ मंसिर, दार्चुला । मंसिर १० गते पहिलो चरणमा भएको प्रदेशसभा तथा प्रतिनिधिसभाको मतगणना भइरहदा दार्चुलामा वाम गठबन्धनका तिनै उम्मेदवारहरुले अग्रता लिएका छन् । विहीबार साँझ ५ बजेदेखि सञ्चालन गरिएको आज विहान सम्मको मतपरीणम अनुसार वामगठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा सदस्यका बाम गठबन्धन उम्मेदवार गणेशसिँह ठगुन्नाले ११ हजार ८२ मतका साथ […]

भोट हालेपछि लालबाबुले भने- प्रतिस्पर्धीलाई कामज्वरो आयो (भिडियोसहित)

२१ मंसिर, काठमाडौं । एमाले नेता लालबाबु पण्डितले वाम गठबन्धन देखेर लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई कामज्वरो आएको टिप्पणी गरेका छन् । मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पण्डितले अनलाइनखबरसँग भने, ‘कतिपय ब्यक्ति चुनाब हारिन्छ र हारेपछि सत्ता जान्छ भनेर बर्बराएका छन् । बर्बरावट भएको बेला काम ज्वरो पनि आउँछ ।’ मोरङ क्षेत्रनम्बर ६ मा वाम गठबन्धनबाट एमाले […]

रुपन्देही-२: एमाले ह्याट्रिक दाउमा, कांग्रेस कमब्याकको कसरतमा

१८ मंसिर, बुटवल । रुपन्देहीका अन्य क्षेत्रमा कांग्रेस र मधेसी दलहरुसँग प्रतिस्पर्धा गरिरहेको वाम गठबन्धनले क्षेत्र नम्बर २ लाई ‘सेफ जोन’मा राखेको छ । एमाले उपमहासचिव विष्णु पौडेल हृयाट्रिक जितको प्रयासमा छन् । स्थानीय तहको मत र माओवादीको साथले परिस्थिति उनको अनुकुलमा देखिन्छ । तर, पौडेललाई सजिलै जित्ने दिने पक्षमा कांग्रेस छैन । कांग्रेसले युवराज […]

मोरङको चुनावः क्लिन स्वीप गर्ने कांग्रेस र वाम गठबन्धनको दाबी

१८ मंसिर, बिराटनगर । मुलुककै सबैभन्दा बढी मतदाता रहेको मोरङमा चुनावको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । काठमाण्डौंपछिको सबैभन्दा बढी सिट संख्या भएको मोरङमा प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभातर्फ १२ सिट संख्या छ । मोरङमा स्वतन्त्रसहित १८ दलका उम्मेदवार चुनावी मैदानमा छन् । यीमध्ये प्रतिनिधिसभा सदस्यका लागि तीन महिलासहित ६१ जना उम्मेदवार छन् […]

देउवा भन्छन्- वाम गठबन्धनलाई परास्त गर्न जरुरी छ

१८ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बचाउन वाम गठवन्धनलाई निर्वाचनका माध्यमबाट परास्त गर्न जरुरी रहेको बताएका छन् । अहिलेेको वाम गठबन्धनलाई जनताले जिताए लोकतन्त्र खतरामा पर्ने दावी उनले गरे । ‘नेपाली जनताले पटकपटक प्रजातन्त्रका लागि लडेको छ,’ सोमबार बिहान डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै देउवाले भने, ‘त्यसैले […]

प्रकाशमानको प्रश्न– ५० वर्ष शासन किन ? वेष्ट बंगालको जस्तै तोबा–तोबा गर्न ?

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनाव देशमा लोकतान्त्रिक शासन व्यवस्था कायम राख्ने कि अधिनायकवाद लाद्ने भन्ने कुराको छिनोफानो गर्ने जनमत संग्रह भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले आइतबार नयाँबानेश्वरमा आयोजित अन्तिम चुनावी सभालाई सम्वोधन गर्दै वामपन्थीको सरकार बनेमा कम्युनिष्ट बाहेक अरु […]

संविधान संशोधन हुँदैन, कार्यकारी राष्ट्रपति चाहिँदैन

१७ मंसिर, काठमाडौं । बिराटनगरको चुनावी कार्यक्रम सकेर एमाले अध्यक्ष केपी ओली आइतबार बिहान राजधानी आइपुग्दा नपुग्दै चितवन जाने हतारोमा थिए । खाना खाएर विमानस्थल जानुपूर्व उनी अनलाइनखबरसँग ४५ मिनेट कुराकानी गर्न तयार भए । वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरिरहेका ओलीलाई हामीले ‘भावी प्रधानमन्त्री’का रुपमा केही ‘हाइपोथेटिकल’ प्रश्नहरु तेस्र्यायौं । जवाफ दिने क्रममा उनको […]

डडेलधुरामा देउवाले हार्ने माओवादीको दाबी

१७ मंसिर, कैलाली (अत्तरिया) । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रदेश-७ मा कसले सरकार बनाउला भन्ने बहस चुलिएको छ । वाम र लोकतान्त्रिक गठबन्धन दुवैले आ-आफूले सरकार बनाउने दाबी गरेका छन् । पछिल्लो समय यस प्रदेशमा माओवादी नेता लेखराज भट्ट र कांग्रेस नेता रमेश लेखक क्रमशः वाम र लोकतान्त्रिक गठबन्धनका खास रणनीतिकार […]

काठमाडौं १० मा हितमान शाक्यलार्इ जनमोर्चाको समर्थन

१७ मंसिर, काठमाडौं । काठमाडौंमा क्षेत्र नं. १०  मा राष्ट्रिय जनमोर्चाले वाम गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । क्षेत्र नं. १० मा वाम गठबन्धनका प्रतिनिधिसभातर्फका उम्मेदवार माओवादी केन्द्रका हितमान शाक्यलाई आफूले समर्थन गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश कुँवरले जानकारी दिए । यस्तै प्रदेशसभातर्फ ‘क’ मा वाम गठबन्धनका दिलिप महर्जन र ‘ख’ मा रमा आलेलाई समर्थन […]

टीकापुरमा महिला भर्सेस महिलाः पुरुषभन्दा नरम प्रतिस्पर्धा !

  १६ मंसिर, टीकापुर (कैलाली) । शुक्रबार बिहानै स्थानीय महिला पतञ्जली योग समितिले टीकापुरमा होम आयोजना गरेको थियो । सबै पार्टीका प्रतिनिधि र प्रदेशसभा उम्मेदवार होममा आमन्त्रित थिए । र, त्यसैमा पर्थे दुई महिला पनि, जो कैलाली-१ बाट प्रतिनिधिसभाका प्रतिस्पर्धी बनेका छन् । उनीहरु हुन्-कांग्रेसकी पूर्वसांसद ईश्वरी न्यौपाने र वाम गठबन्धनका तर्फबाट एमाले केन्द्रीय सदस्य […]

‘शुक्रराज बुबा’ भर्सेस ‘जगतबाबु’: हार्दिक सम्बन्ध, शालीन प्रचार

१५ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा कांग्रेसका पाका नेता शुक्रराज शर्मालाई टक्कर दिन वाम गठबन्धनले एमाले नेता जगत विश्वकर्मालाई उभ्याएको छ । ७२ वर्षीय शुक्रराज र ४३ वर्षीय जगतको उमेर अन्तर मात्र पनि २९ वर्ष छ । तर, प्रतिस्पर्धा रोचक छ । अधिकांश क्षेत्रमा दलका उम्मेदवारहरु एकअर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिँदा शुक्रराज र […]

१३७ सिट जित्ने वाम गठबन्धनको दावी

१४ मंसिर, काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १३७ सिट जित्ने दावी गरेका हुन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा ३७ सिटका लागि भएको चुनावमा ३२ […]

‘साना काम त नगरपालिकाले गर्छ, मैले ठूला मुद्दा सम्वोधन गर्ने हो’

१४ मंसिर, धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणा कैलाली ५ मा चुनाव जित्नका लागि भगिरथ प्रयासमा छिन् । उनलाई एकातर्फ वाम गठबन्धनको चुनौती छ भने अर्कोतर्फ कांग्रेसबाटै विवेकशील साझा पार्टी बनेकाहरुले भोट काटिदिने डर छ । मुलुककी ‘फस्ट लेडी’ को चुनावक्षेत्र भएकाले कैलाली ५ मा धेरै मानिसहरुको चासो […]

आरजुभन्दा मै हेभीवेट हुँ ! उहाँलाई हराउँछुः नारदमुनि

१४ मंसिर, धनगढी । प्रधानमन्त्रीपत्नी आरजु राणासँग कैलाली ५ मा चुनावी प्रतिस्पर्धा गरिरहेका एमाले नेता नारदमुनि राना पूर्वसभासद हुन् । ०६४ सालमा समानुपातिक सभासद बनेका राना ०५४ सालमा धनगढी नगरपालिकाको उपमेयरमा निर्वाचित जनप्रतिनिधि थिए । बीकम र बीएलसम्मको अध्ययन गरेका राना थारु समुदायका नारदको जन्म ०२९ सालमा धनगढी- ८ मा भएको हो । उनका ३ […]