Comments Add Comment

विचार

List Grid
निजी विद्यालयमाथि तेर्सिएका प्रश्नहरु

चिकित्सकले बिरामीको परिक्षण/उपचार नगरी शुल्क लिन मिल्दैन । अधिवक्ताले मुद्दामा वहस वा सेवाग्राहीको काम नगरी शुल्क लिन सक्दैनन् । इन्टरनेट, टिभी, टेलिफोन, बिजुली आदि सेवाप्रदायकले पनि शुल्क असुल्नका लागि सेवा दिनैपर्छ । यतिसम्म कि महिनावारी तिर्ने सर्तमा घर–घरमा दूध पुर्‍याउने कृषकले कारणवस कुनै दिन दूध आपूर्ति गर्न सकेनन् भने त्यसको कटाएर मात्रै पैसा लिन्छन् । […]

नागरिकलाई नागरिकता कि नागरिकताबाट नागरिक ?

प्रतिनिधि सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि विचाराधीन छ । यस विधेयकका विषयमा प्रशस्त बहस भएको छ । केही दिन अघिमात्र प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले विदेशी बुहारीलाई विवाह भएको सात वर्षपछि नेपालको अंगीकृत नागरिकता दिन प्रस्ताव गरेको छ। नेपालको मौजुदा नागरिकता कानुनले विवाह भएलगत्तै विदेशी बुहारीलाई नेपालको नागरिकता […]

महाकाली सन्धि पक्षधरहरूले आत्मालोचना गरौं

संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा भएको निशानछापलाई संविधान संसोधनमार्फत् स्वीकृति प्रदान गरेको छ । नेताहरूको भाषण, संचार जगतको संप्रेषण र आमनेपालीको उत्साह हेर्दा यो उत्साह (euphoria) मा सबै नेपाली सामेल भएकै छन्, जो यसमा सामेल हुँदैन, त्यो देशद्रोहीमा दर्ज हुने पक्का छ । को नेपाली होला आज लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग […]

प्रमाण संकलन गर्न विज्ञ समूह : लुगा सिलाएपछि कपडाको नाप !

बिहीबार बेलुकी एकजना चिरपरिचित व्यक्ति डा. विष्णुराज उप्रेतीलाई सफलताको कामना गर्दै फेसबुकमा बधाई आइरहेको पाएँ । उहाँ सुरुमा कृषि विज्ञ, पछि द्वन्द्व विज्ञ र अहिले नीति अनुसन्धान प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । उहाँसँगको मेरो परिचय कृषिसँग जोडिएको छ र हामी दुबैले त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर, चितवनबाट कृषि स्नातक गरेका हौं । […]

कोरोना कहरमा खाद्य सुरक्षा

केही दिन पहिले मात्रै नेपालको अर्घाखाँची र कास्की लगायतका जिल्लाहरुमा तरकारी तथा फलफूलहरुबाट कोरोना सर्ने भन्दै कैयौं ट्रक तरकारीहरु प्रशासन र स्थानीय तहकै निर्देशनमा नष्ट गरिएको समाचारहरू प्रकाशित भए । यसमा विविध प्रकारका प्रतिक्रियाहरु पनि आए। बुझ्नेहरुबाट केही तथ्यपूर्ण प्रतिक्रियाहरु पनि आए भने कसैकसैले कोरोना संक्रमण त्यो तरकारी ढुवानी गर्दा अपनाइने नियन्त्रण कार्यहरु (Control Measures) […]

विपदभित्रको विपद् : संरचनात्मक अस्थिरता

विसं २०६८ सालको माघमा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा जापानी साथीले सोध्नुभयो “जापानले सन् १९२३ को भूकम्पबाट पाठ सिकेर विपद्‌ व्यवस्थापनमा धेरैनै फड्को मारेको छ, लगभग त्यही कालखण्‍डमा नेपालले पनि सन्‌ १९३४ (विसं १९९०) मा ठूलो भूकम्पको अनुभव गर्‍यो अनि नेपालले के पाठ सिक्यो, भूकम्प नीति एवं संस्थागत व्यवस्था गर्‍यो ?” मेरो लागि त्यो प्रश्‍न अप्रत्याशित […]

सीमा विवादको समाधान कसरी होला ?

प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ सर्वसम्मतले पारित भएसँगै नेपालको नक्साले पूर्णता पाएको छ । नेपाली भूमिले संवैधानिक वैधता पाएको छ । नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नेपालको पूर्ण नक्सा समावेश हुने भएको छ । संविधान संसोधनमा दलहरुले अभुतपूर्व एकता देखाएका छन् । संविधान संसोधनमा राजनीतिक दलहरु एक ठाउँमा उभिएर […]

महाकाली सन्धि : कार्यान्वयनको उल्झनले पुष्टि गरेको राष्ट्रघात

नेपाल र भारतबीच महाकाली नदीको पानी उपयोग गर्न सन्धि भएको पनि २४ वर्ष बितिसकेको छ । तर, कार्यान्वयनका हिसाबले भन्ने हो भने, यसका उपलब्धि असाध्यै न्यून छन् । महाकाली सन्धि, नेपालका लागि उपलब्धि हो कि हैन भन्ने बहस नेपालको राजनीतिक घटनाहरुले पटक–पटक ब्युँत्याउने गरेको छ । सन् १९२० मा ब्रिटिस सरकार र राणा प्रधानमन्त्रीबीचमा भएको […]

कस्तो आउनुपर्छ स्थानीय तहको नीति तथा कार्यक्रम ?

अहिले विश्व नोवेल कोराना भाइरस (कोविड–१९) महामारीको सामना गरिरहेको छ । त्यसैको चपेटामा नेपाल पनि छ । दिन प्रतिदिन संक्रमित हुनेको संख्या बढ्दै गइरहेको छ । भारत तथा तेश्रो मुलुकबाट आउनेहरुको संख्या पनि बढ्दै छ । यति बेला यो महामारी नियन्त्रण र रोकथामको जिम्मेवारी स्थानीय तहले उठाउनु परेको देखिन्छ । संघीय सरकारले आदेश मात्रै गर्दैछ, […]

के अहिले सडक आन्दोलन अपरिहार्य छ ?

देशको राजनीतिसँग प्रायः चासो नराख्ने शहरी युवापुस्ता अहिले सरकारसँग विभिन्न माग राखेर सडकमा उत्रिएका छन् । उनीहरुको विरोध प्रदर्शनको ढाँचा नयाँ किसिमको छ र सिंगो राष्ट्रको ध्यानाकर्षण भएको छ । देशलाई कोरोनाको संकटले दिनप्रतिदिन गाँजिरहेको बेला सरकारले यसलाई राम्ररी ह्यान्डल गर्न नसकेको भनेर सामाजिक सञ्जालमा आवाज उठ्दै आएको थियो । पर्याप्त संख्यामा कोरोनाको परीक्षण नगरिएको, […]

प्रहरी क्रुरताविरुद्ध अमेरिकी प्रदर्शन, तर अरू धेरै विषय छन्

‘अमेरिकामा अहिले के चलिरहेको छ ?’ मलाई नेपाली मित्रहरूले धेरैचोटि सोधे । उनीहरूले दुई महिनाअघि कोभिड-१९ को संक्रमण अमेरिकामा बढिरहेको समयमा यो प्रश्न सोधेका थिए । अमेरिकामा जर्ज फ्लोयडको मृत्यु र त्यसपछि सुरु भएको आन्दोलनपछि उनीहरूले यो प्रश्न गरेका हुन् । म एक अमेरिकी इतिहासकार हुँ भन्ने थाहा पाएका कारण यो प्रश्न सोधेका हुन् । […]

विद्यालयको शैक्षिक सत्रमा एकरुपता कति आवश्यक ?

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले आगामी असार १७ देखि शैक्षिक संस्थाहरु खोल्ने प्रस्ताव तयार पारेको समाचार पढेपछि केही लेख्न मन लाग्यो । कोभिड–१९ को फैलावट बढिरहेको र अझ नेपालमा साना बालबालिका पनि जोखिमा पर्ने गरेको पाइएको छ । यस्तो प्रभावित अवस्थामा विद्यालय कसरी खोल्ने होला ? सबैमा चिन्ता र चासो हुनु स्वाभाभिक र अपेक्षित पनि […]

सडक पूर्वाधार विकास र रोजगारीका अवसर

नेपालको संविधानले मौलिक हकको रुपमा प्रत्येक नागरिकलाई रोजगारीको अवसर सुनिश्चितता गरेको छ। कोभिड-१९ को प्रभाव विश्वभरि फैलिएसँगै विश्व बजार तथा नेपालमा समेत बेरोजगारीको दर ह्वात्तै बढेको छ। नेपालमा वार्षिक करिब पाँच लाख नयाँ जनशक्ति श्रम बजारमा भित्रिने तथा सोको १० प्रतिशतले मात्र स्वदेशमा रोजगारीको अवसर प्राप्त गर्ने र बाँकी (दैनिक १ हजारभन्दा बढी) श्रम शक्ति […]

राजनीति र प्रशासन : सम्बन्ध र सीमा

अर्थमन्त्रीले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्ने क्रममा कर्मचारीका सबै किसिमका भत्ता कटौती गर्ने प्रसंग प्रस्तुत गर्नुभयो । संसद् बैठकको माहोल एकाएक बदलियो । योभन्दा कुनै नयाँ र उत्कृष्ट कार्यक्रम यस बजेटमा थिएनन् झैं गरी ताली बज्यो । हालसम्म बजेट कार्यान्वयन नहुनु वा अपेक्षानुसारको प्रगति हासिल नहुनुमा कर्मचारीको भत्ता नै प्रमुख […]

कोरोना : नयाँ ‘भुत’ प्रजाति

संसारभरि र प्रत्येक परिवारभित्र समेत अहिले छलफलको मुख्य विषय बनेको छ – ‘कोरोना भाइरस’ । कोरोना भाइरसको प्रवेशसँगै छलफलको विषय केन्द्रीत भएको छ, ‘सूक्ष्मजीव’ । आँखाले नदेख्ने ‘सूक्ष्मजीव’हरुको अस्तित्व सूक्ष्मदर्शक यन्त्रको सहायताले सन् १६६५ मा रबर्ट हुकले पत्ता लगाएका थिए । यिनीहरुले प्राणीमा रोग लगाउँछ भन्ने कुरा सन् १८६० देखि १८८० सम्म गरिएका विभिन्न अध्ययन […]

धुम्रपानरहित राष्ट्र बनाउन चाल्नुपर्ने प्रयासहरू

‘सूर्तिजन्य उद्योगहरूले गर्ने छलकपटपूर्ण प्रवद्र्धनबाट युवाहरूलाई बचाऔं र धुम्रपान तथा निकोटिनबाट हुने असरहरूको रोकथाम गरौं’ भन्ने नाराका साथ आज विश्व धुम्रपानरहित दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनद्वारा प्रतिपादित उक्त नाराका साथ विश्वभर मनाइने विश्व धुम्रपानरहित दिवसमा प्रवद्र्धनात्मक तथा जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । पछिल्ला दिनमा विश्वभर नै सूर्तिजन्य उद्योगहरूले युवाहरूको लत बसाउन विभिन्न प्रकारका सुगन्धयुक्त […]

खाद्यान्नमा आत्मनिर्भरता : क्युबाबाट सिकौं

हेलामा परेको कृषिको महत्व कोरोना महामारीले धेरथोर सम्झाइदिएको छ । कृषिको महत्व र भविष्यबारे लेख्ने र बोल्ने बढेका छन् । बाँझो जग्गामा खेती हुन थालेको छ । कैयन् स्थानीय तहले खेतीलाई प्रोत्साहन गर्न रचनात्मक प्रयास सुरु गरेका छन् । ठोस परिस्थितिको विश्लेषण र अबको बाटोबारे भने अझै बहस आवश्यक छ । किसानलाई चाहिने मल, बीउको […]

वैकल्पिक राजनीतिका ७ विश्वास

एउटा भनाइ छ- ‘भगवानको त विकल्प हुनसक्छ, विचारको विकल्प किन हुँदैन ?’ यो भनाइमा ‘भगवान’ र  ‘विचार’ दुबै सांकेतिक, प्रतीकात्मक शब्द हुन् । ‘भगवान’ ले प्राकृतिक सत्यलाई बुझाउँछ र  ‘विचार’ ले सामाजिक यथार्थलाई । जव प्रकृति वा व्रहृमाण्ड स्वयं गतिशील छ भने मानव समाज गतिशील नहुने कुरै छैन ।  व्रहृमाण्डको उत्पति, विकास र विनाश,  त्यो […]