Comments Add Comment

वित्तीय

List Grid
वित्तीय हस्तान्तरणमा प्रदेश नं २ लाई अन्याय भएकै हो त ?

यसपालि बजेट सेसनमा प्रदेश नं २ का केही सांसदहरूले प्रदेश नं २ लाई कम वित्तीय हस्तान्तरण गरेर संघीय सरकारले अवहेलना गर्‍यो भनेर चर्को आवाज उठाए । यस सन्दर्भमा वित्तीय हस्तान्तरणमा प्रदेश नं २ लाई अन्याय भएकै हो त भन्ने विषयमा सिधै प्रवेश गर्नुभन्दा यससँग सम्बन्धित केही कानुनी र नीतिगत विषयको कुरा गर्छु । यहाँ प्रदेश […]

‘सवारी साधनमा ९० प्रतिशतसम्म कर्जा दिने व्यवस्था हुनुपर्छ’

२१ जेठ, काठमाडौं । सवारी साधन खरिदका लागि ९० प्रतिशतसम्म फाइनान्स सुविधा दिन नाडा अटो मोवाइल्स डिलर्स एशोसिएसनले माग गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि तयार पार्ने मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न नाडाले माग गरेको हो । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १० प्रतिशत डाउन पेमेन्टमा कर्जा दिने व्यवस्था राष्ट्र बैंकले […]

सरकारले सामन्ती व्यवहार देखायो– उपाध्यक्ष श्रेष्ठ

२१ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलालल श्रेष्ठले सरकारले लकडाउनकै बेला कर तिर्न ताकेता गरेर सामन्ती व्यवहार देखाएको बताएका छन् । लकडाउनका कारण साधारण खर्च धान्न समेत अप्ठेरो परिरहेको बेलामा सरकारले कर तिर्न ताकेता गर्नु गलत भएको उपाध्यक्ष श्रेष्ठले बताए । ‘सरकार आफैले लकडाउन बढाएको छ, उत्पादन हुन गाह्रो छ, व्यापार हुनै […]

व्यवसायीको आक्रोशः व्यापार गर्न नदिने, कर तिर्न ताकेता गर्ने ?

२० जेठ, काठमाडौं । सरकारबाट घोषित लकडाउनको अनुशासनपूर्वक पालना गरिरहेका जनताको अब भने धैर्यको बाँध टुट्न थालेको छ । दैनिक काम गरेर जीवन धान्नुपर्नेहरु असैह्य भएर लकडाउन खुकुलो गर्न माग गर्दै सडकमा निस्किन थालेका छन् । बौद्धका व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै मंगलबार प्रदर्शन गरे । अन्य व्यापारीहरुले पनि आन्दोलनको तयारी गरेका छन् । सरकारले […]

धेरै नाफा कमाउने उद्योगलाई पुर्नकर्जा नदिन प्रस्ताव, राष्ट्र बैंकले माग्यो सुझाव

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुर्नकर्जा सम्बन्धी कार्यविधि संशोधनको तयारी गरेको छ । ठूला उद्योगी र काठमाडौं केन्द्रीत उद्योगीहरुकोमात्रै पहूँचचमा पुर्नकर्जा परेको भन्दै राष्ट्र बैंकले कार्यविधि संशोधन गर्न लागेको हो । कार्यविधि संशोधनका लागि राष्ट्र बैंकले मस्यौदा समेत तयार पारेको छ । मस्यौता तयार पारेर सरोकारवालाहरुलाई सुझाव दिन राष्ट्र बैंकले आग्रह गरेको छ […]

भत्ता दिन जनप्रतिनिधि घरघरमा, ज्येष्ठ नागरिक दंग

२० जेठ, काठमाडौं । देशमा लकडाउन छ । अन्य समयमा पनि बाहिर निस्कन नपाएर घरमै बस्नु परेका ज्येष्ठ नागरिकहरुका लागि यो समय झन पट्यार लाग्दो भएको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता लिन पनि धेरै ज्येष्ठ नागरिकहरु जान सकेका छैनन् । यसको दुई वटा कारण छन् । एउटा– लकडाउन, अर्को हिडडुल गर्न नसक्नु […]

सनराइज बैंकले गरिदियो कर्मचारीहरुको कोभिड–१९ बिमा

१६ जेठ, काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) ले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दैे सन्राइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको छ । यस कोभिड–१९ बीमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको रु. १ लाख रुपैंया बराबरको सामुहिक लुम्बिनी जनरल इन्स्योरेन्स […]

बजेट परम्पराभन्दा माथि उठ्न सकेन : अर्थशास्त्री खनाल

१५ जेठ, काठमाडौं । अर्थविद् डा. डिल्लीराज खनालले बजेट परम्पराभन्दा धेरैमाथि उठ्न नसकेको बताएका छन् । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि प्रतिक्रिया दिँदै अर्थविद् खनालले बजेट परम्परागत नै भएको बताएका हुन् । आफू नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको केही सुझाव बजेटमा समेटिए पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । […]

पूर्वका उद्योगी भन्छन् : बजेटले निजी क्षेत्रको अपेक्षा पूरा गरेन

१५ जेठ, विराटनगर । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई लिएर विराटनगरका उद्योगीले मिश्रित प्रतिक्रिया दिएका छन् । निजी क्षेत्रका मागहरू सबै सम्बोधन नभए पनि कोरोना महामारीपछिको अवस्थालाई सम्बोधन गर्नेगरी बजेट आएको उनीहरूको टिप्पणी छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले सरकारले ल्याएको बजेटले कोरोना महामारीको प्रभावलाई सम्बोधन गरेको बताए । […]

कर्मचारीको भत्ता काटियाे, सरकारी जागिर पनि तत्कालै नखुल्ने

१५ जेठ, काठमाडौं । सरकारले कोरोना रोगविरुद्ध अग्रपंक्तिमा खटिने कर्मचारीबाहेक सबै कर्मचारीले विभिन्न शीर्षकमा पाउँदै आएको अतिरिक्त भत्ता कटौती गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै कर्मचारीले खाना, खाजा, प्रोत्साहनलगायत विभिन्न शीर्षकमा पाउँदै आएको सबै प्रकारको भत्ता कटौतीको घोषणा गरेका हुन् । प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले यस्तो […]

कृषिका लागि बजेट राम्रो आयो : उद्योगी गोल्यान

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलाई उद्योगी पवन गोल्यानले राम्रो भनी प्रतिक्रिया दिएका छन्। कृषि, साना तथा मझौला उद्यम व्यवसायका लागि आफूहरूले दिएको सुझाव पनि कार्यान्वयन भएको उनले बताए । बजेट राम्रै आएको भए पनि कार्यान्वयनमा भने चुनौती रहेको उनको भनाइ छ। ‘हामीले कृषिमा गर्न सकिने धेरै सुझाव दिएका थियौं, धेरै […]

कोरोना राहत प्याकेज : उद्योगी–कामदारलाई के दियो बजेटले ?

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार बजेट सार्वजनिक गर्नुपूर्व सबैको चासो थियो, कोरोनाले थलिएको अर्थतन्त्र उकास्न उनले के–कस्ता कार्यक्रम अघि सार्लान् ? संकटग्रस्त अवस्थामा रहेका उद्योगीदेखि कर्मचारीसम्मले उनकै मुख ताकेर बसिरहेका थिए । स्रोतको अभूतपूर्व संकटका बीच अर्थमन्त्रीलाई सबैको चित्त बुझाउन सजिलो थिएन । तथापि पाँच अर्बको घाटा बजेटमा उनले अर्थतन्त्रलाई टेको […]

बजेटमा साना व्यवसायीलाई राहत : आयकर र भन्सार महसुलमा भारी छुट

१५ जेठ, काठमाडौं । सरकारले साना उद्योगी र व्यवसायीलाई करका माध्यमबाट भारी छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले लघु, घरेलु तथा साना उद्योगी र व्यवसायीलाई आयकरमा भारी छुटको घोषणा गरेका छन् । अब साना उद्योगीले वार्षिक २० लाख रुपैयाँसम्म कारोबार गर्दा लाग्ने आयकरमा ७५ प्रतिशतसम्म […]

बजेट सकारात्मक, तर उत्साहित बनाएन : मुरारका

१५ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले निजी क्षेत्र उत्साहित हुन नसकेको प्रतिक्रिया दिएका छन् । सरकारले बिहीबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि अनलाइनखबरलाई प्रतिक्रिया दिँदै उनले केही व्यवस्थाहरू सकारात्मक भए पनि निजी क्षेत्र उत्साहित हुने खालको कार्यक्रम नआएको बताए । कोरोना महामारीका […]

चेम्बर अध्यक्षको प्रतिक्रिया– बजेट सकारात्मक छ, सहुलियत पर्याप्त भएन

१५ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सकारात्मक नै भएको प्रक्रिया दिएका छन् । सरकारले बजेटका विभिन्न खर्चहरु कटौति गरेको र करका दरहरु पनि घटाएको भन्दै उनले आगामी आर्थिक वर्षको बजेटलाई आफूले सकारात्मक नै लिएको बताए । इद्यपि, निजी क्षेत्रका लागि आवश्यक सहुलियतका प्याकेज भने […]

थलिएकाे सेयर बजार– यसरी गर्न सकिन्छ उपचार 

गौतम बुद्धले भन्नुभएको थियो ‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तोष सबैभन्दा ठूलो धन हो, विश्वसनीयता सबैभन्दा राम्रो सम्बन्ध हो, विवेक स्वास्थ्य र सम्बन्धभन्दा पनि निकै ठूलो हो । बुद्धको यो उपदेश केवल दार्शनिक रूपमा मात्रै होइन, यो सबैतिर लागु हुन्छ भने सेयर बजारमा पनि लागु नहुने कुरै भएन । योबेला नेपालको सेयर बजारमा पनि विवेकको खाँचो र विवेकीको आवश्यकता छ […]

बैङ्कका अस्थायी तथा करार कर्मचारी पुनर्बहाली गर्न फियनको माग

१४ जेठ, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई लकडाउनपछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले आपत्ति जनाएको छ। फियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई संकटको घडीमा जागिरबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। संस्थाले उनीहरूलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई पुनर्बहाली गर्न माग पनि गरेको छ । […]

चैत र वैशाखमा ६७ अर्बले घट्यो रेमिट्यान्स

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत चैत र वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष (२०७५) को  चैत र वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको […]

१८ बैंकले जारी गरे ५२ अर्ब ६० करोडको ऋणपत्र

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमास (चैत मसान्त) सम्ममा ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै १८ वटा वाणिज्य बैंकहरुले ५२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गरेको जानकारी दिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा नै वाणिज्य बैंकहरुले […]

वस्तु तथा सेवा खरिदमा स्वदेशी कम्पनी प्रयोग गर्न निर्देशन

१३ जेठ, काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले दुर सञ्चार सम्बन्धी वस्तु तथा सेवा खरिद एंव सेवा विस्तारका कार्यहरुमा स्वदेशी कम्पनीहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गुणस्तर, समय र लागतमा प्रतिष्पर्धी हुने नेपाली कम्पनीहरुलाई उच्च प्राथमिकतमा राखेर ठेक्का प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो । सोमबार समितिमा नेपाल […]

कोभिड–१९ बिमामा आकर्षण, एक महिनामै गरे २ लाखले बिमा

१३ जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । […]