Comments Add Comment

वित्त

List Grid
बैंकहरुमध्ये कोरोना कोषलाई नबिल बैंकले दियो सबैभन्दा बढी ६ करोड रुपैयाँ

१ भदौं, काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे। उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयाेजक निर्वाण चौधरीको पनि […]

नाकामा सक्नुभएन, क्वारेन्टिन बनाएर देखाउनुस् !

३२ साउन, काठमाडौं । लकडाउनका बेला भक्तपुर नगरपालिकाले बजार व्यवस्थापन र राहत वितरण व्यवस्थित रुपमा गरेको थियो । अहिले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा हामीले फेरि एकचोटि भक्तपुर नगरपालिकालाई सम्झियौं । संक्रमण रोकथाम र बिरामीहरुको उपचारमा भक्तपुर नगरपालिकाले कसरी काम गरिरहेको होला ? लकडाउनमा स्थानीयबासीका गुनासाहरु सम्वोधन गरेर प्रशंसा कमाएको भक्तपुर नगरपालिका यतिबेला संघ […]

ठप्प घर जग्गा कारोबार : अर्थतन्त्रमा के पर्छ असर ?

३० साउन, काठमाडौं । घरजग्गाको कारोबार बुधबारदेखि काठमाडौं उपत्यकासहितका अधिकांश सहरमा ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम बढेर मालपोत कार्यालयहरूले लिखत पास रोकेपछि घरजग्गाको कारोबार ठप्प भएको हो । २०७२ सालको महाभूकम्पपछि काठमाडौंमा घरजग्गाको कारोबार सुस्ताउने अनुमान गरिएको थियो । त्यसबेला भूकम्पलगत्तै भारतीय नाकाबन्दी पनि थपिएको थियो । त्यसबाट घरजग्गा कारोबारमा परेको असर भने […]

ग्लोबल आइएमईमा रत्नराजको ‘कमब्याक’, अध्यक्ष भन्छन्– बैंक अब थप मजबुद बन्छ

३० साउन, काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले बज्राचार्यलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । १ भदौदेखि कार्यभार सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरिएको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । ग्लोबल आइएमई बैंकमै कम […]

काठमाडौंको जग्गाको मूल्याङ्कन बढेन, ललितपुरमा प्रति आना १२ सय !

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रका जग्गाको मूल्यांकन पुरानै कायम भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गठित समितिले आर्थिक वर्ष २०७७/०७८ का लागि जग्गाको नयाँ मूल्याङ्कन गरेको छ । कोरोना भाइरस -कोभिड-१९) ले समग्र क्षेत्रमा असर परेको भन्दै समितिले अधिकांश क्षेत्रको न्युनतम् मूल्याङ्कनमा परिवर्तन गरेको छैन । केहि […]

हिमालयन बैंकको नाफा २२ करोडले घट्यो, अन्य सूचक कस्ता छन् ?

३० साउन, काठमाडौं । कोरोना भाइरसको असर यतिबेला बैंकिङ क्षेत्रमा पनि देखिएको छ । कोरोनाको असरका कारण गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेका बैंकहरुको अधिकांशको नाफामा गिरावट आएको छ । अन्य बैंकहरु जस्तै हिमालयन बैंकको पनि नाफामा २२ करोड रुपैयाँले गिरावट आएको हो । यस बैंकले २ अर्ब ५४ करोड २५ रुपैयाँ नाफा कमाएको […]

सनराइज बैंकको नाफा घट्यो

३० साउन, काठमाडौं । सनराइज बैंकको नाफामा गिरावट आएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विरण अनुसार १८ प्रतिशत भन्दा धेरै रकमले नाफामा गिरावट आएको हो । बैंकले आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ […]

लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं । लक्ष्मीबैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखा जिल्लाको तामाकोशी गाँउपालिका–वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौँ एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाँउपालिका–वडा न. ८, सुनखानीमा रहेको छ । यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको […]

कोरोना महामारीकाबीच ग्लोबल आइएमईले बढायो नाफा

३० साउन, काठमाडौं । कोरोना भाइरसका (कोभिड–१९) का कारण यतिबेला समग्र अर्थतन्त्रमा असर परेको छ । गत आर्थिक वर्षमा कोरोनाकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको छ । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ। ग्लोबल आइएमईले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको […]

मेगा बैंकको नाफा करिब ११ करोडले घट्यो, निक्षेपमा भने सुधार

३० साउन, काठमाडौं । मेगा बैंकको मूनाफा करिब ११ करोड रुपैयाँले गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ नाफा कमाएको थियो । एक वर्षमा बैंकको नाफमा ६.६३ अर्थात १० करोड ९० […]

बिफिनले मनायो दोस्रो वार्षिकोत्सव, जर्नल अफ बैंकिङ फाइनान्स एण्ड इन्स्यारेन्स विमोचन

२९ साउन, काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) तेस्रो बर्षमा प्रबेश गरेकोे छ । उक्त अवसरमा जुम मार्फत जर्नल अफ बैंकिङ फाइनान्स एण्ड इन्स्यारेसको विमोचन गरीएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्र बैंंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटी रहनु भएको थियो भने बिशेष अतिथिको रुपमा बंगलादेश बैंकका पूर्व […]

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंककै

२९ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो । संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च […]

नविल बैंकले कमायो ३ अर्ब ५६ करोड, अन्य सूचक कस्ता छन् ?

२९ साउन, काठमाडौं । नविल बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ५६ करोड रुपैयाँल मूनाफा आर्जन गरेको छ । कोरोना महामारीका कारण बैंकको मूनाफामा केहि कमी आएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ४ अर्ब २३ करोड रुपैयाँ मूनाफा आर्जन गरको थियो । बैंकको करिब १६ प्रतिशत अर्थात ६७ करोड रुपैयाँले […]

राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना, मुद्रा व्यवस्थापन विभाग सिल

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्र बैंकको प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारीअनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र […]

कोरोना त्रासमा सेयर बजार : असर कस्तो पर्ला ?

१६ असार, काठमाडौं । कोरोना त्रास नेपालमा पनि व्यापक हुँदै गएपछि सेयर बजार लकडाउन हुनु अगावै बन्द भयो । लकडाउनकै बिच १९ वैशाखमा खुलेको बजार २ दिन पछि पुनः बन्द गरियो । सेयर बजारका लागनीकर्ताहरु नै खुलाउने र बन्द गर्ने दुई पक्षमा विभाजित हुँदा २ दिन खुलेको बजार पनि बन्द भयो । लकडाउन पूर्ण रुपमा […]

‘हस्ताक्षर गरेकै भरमा बैंकिङ कसूर लगाउनु ठिक भएन’

५ असार, काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो । राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको […]

कच्चा तेलको मूल्यमा भारी गिरावट, सुनको मूल्य भने बढ्यो

४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले १० महिनाको तथ्यांकमा आधारित रिपोर्ट सार्वजनिक गर्दै कच्चा पेट्रोलियम पदार्थको मूल्यमा ६१.५ प्रतिशतको गिरावट आएको जानकारी दिएको हो । २०७६ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७२.५३ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७७ बैशाख मसान्तमा ६१.५ प्रतिशतले […]

सहकारीमा यसरी रुपान्तरण हुँदैछन् ३२ हजार समूह

३ असार, काठमाडौं । च्याउसरी फैलिएका सहकारी संस्थाका कारण वित्तीय क्षेत्रको बदमासी बेला–बेला सतहमा आउने गरेको छ । सीमित व्यक्तिले संस्था खोल्ने र सामान्य नागरिकको निक्षेपमा रमाउने परिपाटीले बद्नाम बन्दै गएको सहकारी क्षेत्र कमजोर सरकारी नीतिले थप बदनाम हुने चिन्ता बढेको छ । सरकारले बजेटमा नै समावेश गरेर गरिबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा धेरै […]

प्रदेशमा बजेटको तयारी धमाधम, आकार घटाइने

२७ जेठ, काठमाडौं । कोरोनाको महाव्याधीले उत्पन्न गरेको संकटका बीच देशका ७ प्रदेश आगामी वर्षको बजेट ल्याउने अन्तिम तयारीमा जुटिरहेका छन् । संघीय सरकारले जेठ १५ मा बजेट ल्याइसकेको छ भने प्रदेश सरकारहरुले असार १० गतेसम्ममा ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । स्रोतको समस्याले गर्दा संघीय सरकारले यसपाली बजेटका आकार घटाएको थियो । प्रदेश सरकारहरु […]

४ लाख २५ हजारले गराए कोरोना बिमा

३० जेठ, काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ […]

मोडालिटी परिवर्तनको निर्णय स्वागतयोग्यः उद्योगी

२९ जेठ, काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा ठूलो क्षति भएको र सरकारले असार १ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेपछि उद्योगी व्यवसायीहरूले सरकारको निर्णयको स्वागत गरेका छन् । उद्योगी व्यवसायीहरूले आफूहरूले दुई सातायता लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएको अवस्थामा सरकारले […]