Comments Add Comment

वित्त

List Grid
बैङ्क तथा वित्तीय संस्थाहरू असार १ गतेदेखि पूर्ण रुपमा खुला हुने

२९ जेठ, काठमाडौं । अब बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए । यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू […]

सहकारीको संख्या ६७ हजार पुग्दैछ !

२९ जेठ, काठमाडौं । सहकारी संघ-संस्थाहरूको संख्या ह्वात्तै बढ्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८को बजेट वक्तव्यमा समावेश भएअनुसार सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरण गरिने भएपछि सहकारीको संख्या बढ्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै गरिबी निवारण कोषद्वारा प्रवर्द्धित सामुदायिक संस्थाहरूलाई सहकारीमा रुपान्तरता गर्ने उद्घोष गरेका थिए । बजेटमा उद्घोष भएअनुसार […]

कोरोना महामारीमा एनसीएचएलको सहयोग

पाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्ममार्फत क्राउड फन्डिङ गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्‍याएको छ । कोभिड–१९ को […]

कोभिड–१९ विरुद्ध नबिल बैङ्कका सञ्चालक तथा कर्मचारीको पनि सहयोग

१८ पुस, काठमाडौं । कोभिड-१९ को रोकथाम र उपचारको लागि नबिल बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैङ्कका सञ्चालक तथा कर्मचारीहरूले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८६७ रुपैयाँ योगदान गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत […]

काठमाडौंका व्यवसायीले बुधबार पनि पसल खोल्ने

२७ जेठ, काठमाडौं । काठमाडौंका व्यवसायीले आफूहरुले सुरक्षाका उपाय अपनाएर पसल खोल्दा पनि सुरक्षाकर्मीले बन्द गर्न दबाब दिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार विहान न्युुरोडमा प्रहरीले बल प्रयोग गरेर पसल बन्द गराएपछि आक्रोशित व्यवसायीले बुधबार पनि पसल खोल्ने बताएका छन् । सरकारसँग छलफल गरेर विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका मापदण्ड पूरा गरेर […]

वित्तीय व्यवस्थापनमा प्रदेश सरकारको भूमिका

विश्वव्यापीरुपमा दुई सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणले सबै प्रकारको अर्थव्यवस्थामा नराम्रो असर पारिरहेको अवस्थामा विभिन्न देशमा सरकारले आफ्नो क्षमताले भ्याएसम्म कुल गार्हस्थ्य उत्पादनको १२ प्रतिशतसम्मको राहत प्याकेज ल्याएको अवस्था छ। अमेरीकाले कुल गार्हस्थ्य उत्पादनको १२ प्रतिशत, भारतले १० प्रतिशतको राहत प्याकेज ल्याइसकेका छन् भने नेपालमा भने नेपालको संविधान २०७२ मा नै बजेट जेठ १५ […]

नबिल बैंकको ‘नबिल जेन एन एकाउन्ट’

२५ जेठ, काठमाडौं । नबिल बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल जेन-एन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । ‘नबिल जेन-एन एकाउन्ट’ ग्राहकको माझ सहज तथा सरल बैंकिङको अनुभुती गराउने उदेश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकषिर्त ब्याज  सहितको सुविधा सम्पन्न बचत खाता हो । यसमा थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै मोवाइल बैंकिङ, भाईबर बैंकिङ, अनलाइन कारोबार […]

बीमा समितिका अध्यक्ष भन्छन्– कोरोना संक्रमित देखेर भागेका होइनौं

२४ जेठ, काठमाडौं । हतारमा निर्णय गर्ने र फुर्सदमा पछि हट्ने सरकारी रोग बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा पनि सरेको छ । वैशाख ७ मा कोरोना बीमा भनेर ल्याएको नयाँ कार्यक्रम बिहीबार एकाएक बन्द भयो । शुक्रबार फेरि वीमा कार्यक्रम खुल्ला गरियो । वीमा गर्नेहरुको तीव्र आकर्षण हुँदाहुँदै बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी नै […]

रोकिएको एक दिनपछि नै पुनः सुरु भयो कोरोना बिमा

२३ जेठ, काठमाडौं । कोरोना बिमा रोकिएको एक दिनपछि पुन: सुरु भएको छ । सरकारसँग सहमति भएपछि  कोरोना बिमा पुनः सुरु भएको हो। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि बिमा समितिले सो योजना पुन: सञ्चालन गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो । बिमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भएपछि बन्द गरिएको बिमा योजना […]

कोरोना बिमा भइसकेकाको कम्पनीले ‘रिस्क’ बोक्ने

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो । संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् । निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका […]

बजेटमै समेटिएको ‘कोरोना बिमा’ याेजना बन्द

२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नै समेटिएको कोरोना बिमा कार्यक्रम ब‍न्द हुने भएको छ। कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि भोलि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गर्ने भएका हुन्। संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय […]

‘सवारी साधनमा ९० प्रतिशतसम्म कर्जा दिने व्यवस्था हुनुपर्छ’

२१ जेठ, काठमाडौं । सवारी साधन खरिदका लागि ९० प्रतिशतसम्म फाइनान्स सुविधा दिन नाडा अटो मोवाइल्स डिलर्स एशोसिएसनले माग गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि तयार पार्ने मौद्रिक नीतिमा यस्तो व्यवस्था गर्न नाडाले माग गरेको हो । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १० प्रतिशत डाउन पेमेन्टमा कर्जा दिने व्यवस्था राष्ट्र बैंकले […]

बैङ्कका अस्थायी तथा करार कर्मचारी पुनर्बहाली गर्न फियनको माग

१४ जेठ, काठमाडौं । बैङ्क तथा वित्तीय संस्थामा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई लकडाउनपछि जागिरबाट हटाइएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले आपत्ति जनाएको छ। फियनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई संकटको घडीमा जागिरबाट हटाइएकोप्रति आपत्ति जनाएको छ। संस्थाले उनीहरूलाई अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई पुनर्बहाली गर्न माग पनि गरेको छ । […]