Comments Add Comment

विद्यालय

List Grid
विद्यालयको कम्प्युटर व्यक्तिको घरमा, तीन जना पक्राउ

२९ साउन, जनकपुरधाम । धनुषामा विद्यालयको कम्प्युटर चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । गत साउन १८ गते धनुषाको बटेश्वर गाउँपालिका-२ भुचक्रपुरस्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको ढोका फोडेर २ थान ल्याप्टप र ३२ थान कम्युटर चोरी भएको थियो । चोरी भएको कम्प्युटर वडा नम्बर-४ स्थित प्रमोद महतोको घरमा बिहीबार साँझ फेला परेको इलाका प्रहरी […]

सङ्क्रमणको जोखिम बढेपछि हुम्लाका विद्यालय पुनः बन्द

२३ साउन, सिमकोट । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न […]

अब विद्यालय पनि खोल्ने कि ?

कोरोना भाइरसको दोस्रो लहरका कारण नेपालका करीब ३५ हजारभन्दा बढी विद्यालय पुनः बन्द अवस्थामा छन् । करीब ८० लाख कलिला मस्तिष्कका जिज्ञासु बालबालिका घरभित्रै सीमित छन् । सरकारले रेडियो, टेलिभिजन र अनलाइन लगायत वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने भने तापनि ती माध्यममा सीमित विद्यार्थीको मात्र पहुँच छ । कोरोनाकै कारण गत शैक्षिक सत्रमा विद्यालय […]

कलैया उपमहानगरका विद्यालय खुले

१८ साउन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिकाका विद्यालय सोमबारदेखि खुलेका छन् । नगर शिक्षा समितिको निर्णय अनुसार भौतिक उपस्थितिमै पठनपाठन शुरु गरिएको कलैया उपमहानगरपालिकाले जनाएको छ । नगर शिक्षा समितिको साउन १५ गते बसेको बैठकले कोरोना संक्रमण घटेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर विद्यालय खेल्ने निर्णय गरेको थियो । कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि […]

कोहलपुर नगरपालिकाको निर्देशन-भौतिक रुपमा विद्यालय सञ्चालन नगर्नू

१५ साउन, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले सरकारको निर्देशन विपरीत भौतिक रूपमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । नगरपालिकाले बिहीबार अनुगमन गर्दा कोहलपुरको मिसन पब्लिक स्कुल, पञ्चमुखी इङ्ग्लिस स्कुल, दीपज्योति विद्याश्रम र निम्बल एकेडेमीले भौतिक रूपमा कक्षा सञ्चालन गरिरहेको पाइएको थियो । विद्यालय भौतिक रुपमा सञ्चालन गरेको पाइएपछि तत्काल सरोकारवालाहरुको बैठक बसेको नगरपालिकाले जनाएको […]

विद्यालय खोल्ने विषयमा सीसीएमसीमा छलफल

१४ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालय तथा विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालाको धारणा बुझेको छ । बिहीबार सीसीएमसी र सरोकारवालाहरुबीच शैक्षिक संस्था सञ्चालन कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो । छलफलमा सरोकारवालाहरुले केन्द्रीकृत निर्णय गर्न नहुने, जोखिम कम भएका र विद्यार्थीको संख्या कम भएको स्थानीय तहका विद्यालयहरु खोल्न […]

संक्रमण बढ्दा भौतिक उपस्थितिमा पढाइ अझ अनिश्चित

१३ साउन, काठमाडौं । देशभरका विद्यालय बन्द भएको तीन महिना पुग्यो । कोरोना महामारीको दोस्रो लहर आएपछि सरकारले १३ वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । २८ वैशाखमा उच्च विन्दुमा पुगेको दोस्रो लहरको संक्रमण क्रमशः कम भएपछि विभिन्न तहका परीक्षाहरु सञ्चालन भए तर शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठन पाठन भएको छैन । तर पछिल्ला दिनमा दैनिक […]

वीरगञ्जमा विद्यालय खोल्न अझै अन्योल

१३ साउन, वीरगञ्ज । पर्सामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा शुरु भयो । त्यतिबेलादेखि नै विद्यार्थीहरु भौतिक रुपमा विद्यालय जान पाएका छैनन् । निजी तथा आवासीय विद्यालयहरुले अनलाइन प्रविधि मार्फत कक्षा सञ्चालन गर्दै आए पनि थोरै मात्र सामुदायिक विद्यालयहरुले त्यसो गर्न सकेका छन् । जसले गर्दा अधिकांश सामुदायिक विद्यालयमा […]

काभ्रेको मण्डनदेउपुरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

१० साउन, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन शुरु गरेको छ । नगरपाालिकाले गत आइतबारदेखि भौतिक कक्षा सञ्चालन शुरु गरेको जनाएको छ । नगरपालिकाभित्र ४४ सामुदायीक, ७ संस्थागत गरी ५१ विद्यालय रहेको नगरपालिाका शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले बताए । विद्यार्थीहरु अनलाईनको पहुँचमा नभएकोले गत वर्ष नगरपालिकाले रेडियोबाट पठनपाठन गरेको थियो । […]

वनकरिया समुदायले पढ्ने विद्यालय : विद्यार्थी खोज्दै शिक्षक घरघरमा

७ साउन, हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् । सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट शुरु […]

उपत्यकाका सामुदायिक विद्यालयको दुर्दशा : सम्पर्कमै छैनन् विद्यार्थी

३१ असार, काठमाडौं । तिलगंगा देवपतनस्थित शारदा आधारभूत विद्यालय कोरोना महामारीको दोस्रो लहरका कारण बन्द हुनुअघि ७८ जना विद्यार्थी अध्ययनरत थिए । तर तीमध्ये अहिलेसम्म एक जना पनि विद्यालयको सम्पर्कमा छैनन् । प्रधानाध्यापक महेन्द्रप्रसाद रिजालका अनुसार विद्यालयमा अध्ययनरत ८० प्रतिशत बालबालिका भारतीय मूलका छन् भने बाँकी तराईका दलित परिवारका छन्, जो काठमाडौंमा कवाडी संकलन तथा […]

प्राकृतिक प्रकोपले क्षति पुगेका विद्यालयको विवरण असार २५ भित्र पठाउन निर्देशन

२० असार, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राकृतिक प्रकोपका कारण विद्यालयमा भएको क्षतिको विवरण असार २५ गतेभित्र पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । केन्द्रले बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङ लगायत प्राकृतिक प्रकोपबाट विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तहसँगको समन्वयमा पठाउन शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन दिएको हो । क्षतिको […]

विद्यालय भवनलाई बाढीबाट जोगाउन तारजाली लगाउँदै तेर्से मावि

१७ असार, सिन्धुपाल्चोक । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित तेर्से माध्यमिक विद्यालयले थप क्षति हुन नदिन तारजालीमा ढुंगा राखेर पर्खाल लगाउन थालेको छ । गत जेठ ३१ गतेदेखि असार ४ गतेसम्म मेलम्चीमा आएको बाढीले मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको चारवटा कक्षा कोठा र शौचालय बगाएको थियो । मेलम्ची नगरपालिकाबाट २० थान र अभिभावक […]

विद्यालय तहमा जथाभावी पाठ्यपुस्तक छनोट, १ कक्षामै १० पुस्तक

१३ असार, काठमाडौं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ […]

विद्यालयमा अनियमितता भएको भन्दै शिक्षिकाद्वारा अख्तियारमा उजुरी

११ असार, बुटवल । रुपन्देहीको एक सरकारी विद्यालयमा व्यवस्थापन समितिले कीर्ते र नीतिगत अनियमितता गरेको भन्दै एक शिक्षिकाले छानबिनको माग गरेकी छन् । रुपन्देहीको गैडहवा गाउँपालिका–४ को मुक्तिधाम आधारभूत विद्यालय व्यवस्थापन समितिले कीर्ते, जालसाजी र नीतिगत अनियमितता गरेकाले छानबिन गर्न माग गर्दै निमित्त प्रधानाध्यापक दिलमाया कँडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएकी हुन् । २०७७ […]

विद्यालय भवन बाढीले बगाएपछि विद्यार्थी र अभिभावक अन्योलमा

६ असार, सिन्धुपाल्चोक । हेलम्बुको एक विद्यालयको भवन बाढीले बगाएपछि विद्यार्थी, अभिभावक तथा शिक्षक अन्योलमा परेका छन् । हेलम्बु गाउँपालिका–४ स्थित ईष्ट पोइन्ट एकेडेमीको भवन मेलम्चीमा आएको बाढीले बगाएको हो ।  विद्यालयमा १० कक्षासम्म पठनपाठन हुने गरेको छ । अधिकांश विद्यार्थीले पुस्तकसमेत किनिसकेका थिए भने विद्यालयले भर्ना गर्न पनि सुरु गरिसकेको थियो । विद्यालयको अवस्था […]

वीरगञ्जमा निषेधाज्ञा थपिएपछि विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित

१ असार, वीरगञ्ज । वीरगञ्जमा असार १ देखि विद्यालय सञ्चालनको तयारी भए पनि असार ६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि विद्यालय सञ्चालनको कार्यतालिका प्रभावित भएको छ । जेठ २१ गते राति सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिक रुपमा कक्षा ८ देखि १२ सम्मको कक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो । […]

विद्यालयहरूलाई खुला पत्र !

विद्यालय विद्यार्थीका लागि सुन्दर संसार हो । त्यो संसारबाट विद्यार्थी प्रमाणपत्र मात्र प्राप्त गर्दैनन् । उनीहरू अनुशासन, मिहिनेत, इमानदारी, सबैसँग मिलेर बस्न, झगडा गरेर पनि मेलमिलाप गर्न आदि थुपै्र कुरा सिक्छन् । जुन जीवन र जगतमा जिउन आवश्यक पर्दछ । त्यो ज्ञान र कुशलता उनीहरूले स्कूलबाटै सिक्छन् । शिक्षा र विद्यालयको खण्डीकरण गरिएको छ । […]

वीरगञ्जमा असार १ गतेदेखि विद्यालय सञ्चालन गरिने

२२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि क्रमिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको छ । महानगरपालिकाले असार १ गतेदेखि विद्यार्थीको उपस्थितिमै कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो । बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै क्रमिकरुपमा विद्यालय सञ्चालन गर्न लागिएको महानगरपालिकाको तर्क छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै […]

आन्तरिक मूल्यांकन गरेर शैक्षिक वर्ष टुंग्याउँदै स्थानीय तह

५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र […]

भौतिक उपस्थितिमा परीक्षा हुने सम्भावना कम

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै देशभरका शिक्षण संस्था बन्द छन् । सञ्चालन भइरहेका परीक्षा पनि बीचैमा स्थगित भएका छन् । देशका ५२ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । अधिकांश जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमण बढिरहेकाले थपिने सम्भावना उत्तिकै छ । यसले गर्दा कक्षा १० र १२ का विद्यार्थीलाई […]