Comments Add Comment

विमान दुर्घटना

List Grid
देउवाले भेटे विमान दुर्घटनाका घाइते

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् । सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए । देउवाले सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बिरामीलाई भेटी उनीहरुको अवस्थाबारे […]

बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र मन्त्री नेपाल आउँदै

२९ फागुन, काठमाडौं । बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् । उनीहरु सोमबार भएको यूएस विमान दुर्घटना बारे जानकारी लिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते […]

विमानस्थलमा अनौठा ५ दृश्य

२८ फागुन, काठमाडौं । सोमबार दिउँसो काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल र डीएसपी मोहन थापासँग काठमाडौंको सुरक्षा अवस्थाका बारेमा कुराकानी भइरहेकै बेला विमान दुर्घटनाको खबर आयो । करिब साढे २ बजेतिर प्रहरीको सञ्चार सेटमा जानकारी आयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भयो ।’ लगत्तै, एसएसपी पोखरेलको गाडी विमानस्थलतर्फ लाग्यो । […]

यूएस बंगला विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

२८ फागुन, काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दुःख व्यक्त गरेकी छन् । दुर्घटनामा ठूलो क्षति भएको भन्दै राष्ट्रपति भण्डारीले मृतकप्रति दुःख व्यक्त गर्दै परिवारहरूमा समवेदना व्यक्त गरेकी छन् । साथै घाइतेहरु शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । दुर्घटनाको उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दुःख व्यक्त गरेका छन् । ढाकाबाट उडेको विमान […]

यसरी भयो बाजुरामा विमान दुर्घटना

१७ जेठ, काठमाडौं । सीता एयरलाइन्सका स्टेसन म्यानेजर मनराज थापाका अनुसार मंगलबार सिमकोट विमानस्थलका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक तथा नेपालगन्जबाट गोमा एयरलाइन्सको जेट विमान र सीता एयरलाइन्सको डोर्नियर विमान मौसम खराबीका कारण डाइभर्ट भएका थिए । ‘यीमध्ये गोमा सिमकोट नपुगी नेपालगन्जतर्फ फर्केको थियो भने सीता कोल्टीतर्फ डाइभर्ट भएको थियो । उताको मौसम खराब […]

विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय आयोग गठन

१४ जेठ, काठमाडौं । सोलुखुम्बुको तेन्जिङ् हिलारी लुक्ला विमानस्थलमा शनिबार भएको विमान दुर्घटनाको छानविन गर्न आयोग गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा ५ सदस्यीय गठन गरिएको हो । छानविन आयोगको सदस्यहरुमा सैनिक हवाई महानिर्देशनालयका क्याप्टेन महासेनानी आशिष गुरुङ, तारा एयर प्रा.ली. का बरिष्ट क्याप्टेन बोधराज निरौला, मनाङ् एयर […]

लुक्लामा बारबार किन हुन्छ विमान दुर्घटना ?

१४ जेठ, काठमाडौं । प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन÷अनुसन्धानमा सम्बन्धित पाइलटको ‘गल्ती’ भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ । तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयर (गोमा एयर) ले सञ्चालन गर्दै आएको चेक रिपब्लिक निर्मित एलइटी ४१० […]

छानविन आयोगको निष्कर्षः इन्जिनको खराबीले विमान दुर्घटना

२ असोज, काठमाडौं । इन्जिनमा आएको खराबीका कारण एयर काष्ठमण्डपको विमान दुर्घटना भएको ‘दुर्घटना जाँच आयोग’ले निष्कर्ष निकालेको छ । दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगले आज सरकारलाई बुझाएको प्रतिवेदनमा इन्जिनको खराबीले आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको औंल्याएको हो । गत फागुन ११ गते नेपालगन्जबाट जुम्लाका लागि यात्रु चार्टड उडानमा रहेको एयर काष्ठमण्डपको नाइन एन […]

अधुरै रहृयो काठमाडौंमा घर किन्ने पाइलट रञ्जनको सपना

२५ साउन, झापा  । लिम्बूवान नेता भक्तबहादुर खेवाहाङलाई सोमबार दिउँसो काठमाडौंबाट फोन आयो, जसले उनलाई भावविह्वल मात्रै बनाएन, उनी भक्कानिए । आफ्नो पाइलट छोराको मृत्युको अपुष्ट खबर सुनेपछि एकछिन त केही बोल्नै सकेनन् । थर्रर काँपे । ‘फिस्टेल एयरको विमान दुर्घटना भयो भन्ने समाचार आएको छ… के हो कुरा..?’ काठमाण्डौंबाट आफन्तको प्रश्न थियो त्यो । […]

विमान दुर्घटनामा बाँचेका पाइलट भन्छन्ः अर्को जुनी पाइयो

२१ साउन, नेपालगन्ज ।  हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि उडेको मकालु एयरको नाइन एनएएलडी कलसाइनको किलोचार्ली (सिंगल इन्जिन) विमानका चालक दलका सदस्यद्वयले ‘अर्को जुनी पाएकोे’ बताएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राइभेट वार्डको बेड नं २ मा उपचारका लागि भर्ना भएका पाइलट सांगे लामाले भने, ‘अर्को जुनी नै पाएको जस्तो भएको छ ।’ उनले […]

‘तारा एयरको जहाज दुर्घटनामा मौसम र पाइलट दोषी’

१७ साउन, काठमाडौं । पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ । गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो । घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक […]