Comments Add Comment

विवेकशील नेपाली दल

List Grid
‘योगाभ्यास’ गर्दै संसद विघटनविरुद्ध विवेकशीलको प्रदर्शन

२१ पुस, काठमाडौं । विवेकशील पार्टीले संसद विघटनविरुद्ध मंगलबार काठमाडौंको माइतीघरमा ‘योगाभ्यास’ गर्दै विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरबाट  प्रतिनिधिसभा विघटन गरेको भन्दै विवेकशीलले योगाभ्यास गर्दै विरोध प्रदर्शन गरेको हो । असंवैधानिक संसद विघटन खारेज गर, यो समय भ्याक्सिनको हो, “कू” मतिमा नलाग्नुहोस् प्रमज्यू, अमर […]

साझा र विवेकशीलबीच एकता, निर्विकल्प पार्टी बनाउने दाबी

२४ मंसिर, काठमाडौं । अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको छ । साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ । एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन् […]

साझा र विवेकशीलको पुनर्मिलन : नीति र नेतृत्वमा गोलमटोल

२४ मंसिर, काठमाडौं । सुसंस्कृत राजनीतिको नारा र वैकल्पिक शक्ति बन्ने अभिष्ट बोकेर हिँडिरहेका दुई साना पार्टी साझा र विवेकशील नेपाली आजदेखि एक हुँदैछन् । ‘भर्चुअल’ माध्यमबाट एकता घोषणा हुने भएकाले व्यवस्थापकीय हिसाबले खासै ठूलो चटारो नहोला । पार्टीहरु फुट्नुभन्दा जुट्नु धेरै राम्रो । त्यसमाथि समान विचार-भावना र लक्ष्य बोकेका दलहरु एक ठाउँमा आउँदा बलियो […]

विवेकशील र साझा पार्टीको एकता घोषणा बुधबार

२२ मंसिर, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण हुने टुंगो लागेको छ । साझाका रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका मिलन पाण्डेलाई संयोजकको भूमिकामा राख्ने गरी सहमति भएपछि बुधबार एकीकरणको घोषणा गरिँदैछ । अध्यक्ष र संयोजक दुवैलाई कार्यकारी भूमिका हुने गरी सहमति भएको विवेकशीलकी नेतृ रञ्जु दर्शनाले अनलाइनखबरलाई बताइन् । ‘समितिले ६ महिनाभित्र […]

विवेकशीलकी उपाध्यक्ष अजीतासहित १३ जना साझासँगको एकतामा सहभागी नहुने

१८ मंसिर, काठमाडौं । विवेकशील नेपाल दलका दुईजना पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् । पार्टी एकताका लागि साझा र विवेकशीलका वार्तासमितिबीच एकता गर्ने सहमति गरेपछि विवेकशीलकी उपाध्यक्ष अजीता राई र सचिव (कार्यालय व्यवस्थापन) संगीता बटाजुलगायत १३ संघीय समिति सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका […]

विवेकशीलको प्रवास संगठन साझासँगको एकतामा सहभागी नहुने

१८ मंसिर, काठमाडौं । विवेकशील नेपाली दलको प्रवास संगठन साझा पार्टीसँगको एकता प्रकृयामा सहभागी नहुने भएको छ । साझा-विवेकशीलले रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी एकता गर्ने तयारी गरिरहेका बेला विवेकशीलको प्रवास संगठन भने एकताको विपक्षमा देखिएको हो । विवेकशीलका प्रवास संगठनका अतर्राष्ट्रिय संयोजक सञ्जय रिमाल, महासचिव सुवास बस्नेत लगायत विभिन्न १४ […]

साझा र विवेकशीलको एकता : रवीन्द्र अध्यक्ष र मिलन संयोजक बन्ने ‘समझदारी’

१५ मंसिर, काठमाडौं । साझा र विवेकशील पार्टीबीचको एकता प्रक्रिया टुंगोमा पुग्न आँटेको छ । प्राय विषयहरुमा सहमति भएर एकता घोषणाको अन्तिम तयारी भइरहेको दुवै दलका नेताहरुले बताएका छन् । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी गत असारदेखि फेरि एकता प्रयासमा फर्केका थिए । साझाले केन्दि्रय कमिटीबाट एकता प्रस्ताव पारित गरेको छ […]

विवेकशीलका दुई तिहाइ सदस्य साझासँग एकीकरण गर्न सहमत

२ मंसिर, काठमाडौं । विवेकशील नेपाली दलका दुई तिहाइ सदस्यले साझा पार्टीसँग एकीकरण गर्न सहमति दिएका छन् । दलले २६ र २७ कात्तिकमा एसएमएस र ईमेलबाट गरेको मतदानका क्रममा दुई तिहाइ सदस्यले एकीकरण गर्न सहमति दिएका हुन् । तर,  पार्टी एकीकरण भने राजनीतिक संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदन अनुसार हुनुपर्नेछ । पार्टी अध्यक्ष मिलन […]

साझा र विवेकशील नेपाली दलले एकता प्रतिवेदनमा छलफल गर्दै

४ कात्तिक, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकतासम्बन्धी संयुक्त प्रतिवेदन मंगलबार दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन […]

बाबुरामलाई विवेकशील दलको आग्रह : ९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनुस्

२६ असोज, काठमाडौं । विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ । पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल […]

विवेकशीलद्वारा डाक्टर केसीको जीवन रक्षाको माग

९ असोज, काठमाडौं । विवेकशील नेपाली दलले सत्याग्रही डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । भदौ २९ गतेदेखि जुम्लामा १९‍औं अनसन सुरु गरेका केसी ९औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् । उनको स्वास्थ्य बिग्रिदै गएको छ । १२औं दिनसम्म पनि सरकार संवेदनशील नभएको भन्दै विवेकशीलले माग सम्बोधनका […]

नागरिकमाथि दमन र ज्यादती बन्द गर : विवेकशील नेपाली दल

२ असोज, काठमाडौं । विवेकशील नेपाली दलले केही दिनयता काठमाडौंमा नागरिकमाथि प्रहरीबाट ज्यादती बढेको भन्दै विरोध जनाएको छ । विचारको अभिव्यक्ति दिएकै भरमा हिरासतमा लिने, बाटोमा हिँड्दै गरेका नागरिकलाई निर्घात कुटपिट गर्ने, संविधानबारे मिडियामा आफ्नो धारणा राख्दै गरेका नागरिकलाई लखेट्ने जस्ता दमन र मानवीय संवेदनाहीन व्यवहार गरिएको भन्दै विवेकशील नेपाली दलले विरोध जनाएको हो । […]

विवेकशीलको प्रश्न– बामदेवले के योगदान गरेका थिए ? राष्ट्रियसभामा किन आवश्यकता पर्‍यो ?

२३ भदौ, काठमाडौं । विवेकशील नेपाली दलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे विचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवेकशील नेपाली दलले ध्यानाकर्षणसमेत गराएको छ । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई राष्ट्रियसभामा […]

विवेकशील दलमा गाभियो सहकारी पार्टी

२३ भदौ, काठमाडौं । विवेकशील नेपाली दलले सहकारी पार्टीलाई आफूमा गाभेको छ । दुई पार्टीबीच हालै सम्मिलन सम्झौतामा हस्ताक्षर भयो । यो सम्मिलनसँगै विवेकशील नेपाली दलले सुसंस्कृत राजनीतिको केन्द्र बनाउने उद्घोष गरेको छ ।सहकारी पार्टी नेपाल राजनीतिमा सहकारी संस्कृति स्थापित गर्ने उद्देश्य लिएर २०७० सालदेखि देखी सक्रिय थियो । यसको नेतृत्व हिरामणि पौडेलले गरेका थिए । […]

होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर : विवेकशील नेपाली दल

१३ भदौ, काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ । दलको तर्फबाट उपाध्यक्ष अजिता राईले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै […]

सर्वोच्चको फैसलाको विरोधमा विवेकशील नेपाली दलको प्रदर्शन

९ साउन, काठमाडौं । श्रीमती हत्या आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले सजाय छुट दिएको विरोधमा विवेकशील नेपाली दलले विरोध प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको नयाँ वानेश्वरमा भेला भई विवेकशील नेपाली दलका कार्यकर्ताले प्लेकार्ड प्रदर्शन गरेका हुन् । त्यस क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले रञ्जु दर्शनासहित केही नेतालाई […]

साझा र विवेकशीलबीच फेरि एकता प्रयास

२८ असार, पोखरा । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् । साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ । बैठकमा पार्टीमा एकताको विषयमा फरक मत राख्दै आएका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल भने बैठकमा सहभागी […]

साझा पार्टीले अरु पार्टीसँग एकता गर्ने निर्णय गर्दै, आचार्य र खनाल बाहिरिँदै

२८ असार, पोखरा । साझा पार्टीले अन्य पार्टीसँग एकता खुला गर्ने तयारी गरेको छ । साझा पार्टीको आइतबार बस्ने केन्द्रीय समितिको बैठकले अन्य पार्टीसँग एकता खुला गर्ने निर्णय कार्यान्वयनमा लैजाने निर्णय गर्ने केन्द्रीय सदस्य महेश भण्डारीले जानकारी दिए । पार्टी एकता खुला गर्ने निर्णयप्रति साझाका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनालले फरक मत […]

एमसीसीका सबै विवादित बुँदा संसदमा व्याख्या गर्नुपर्छ : विवेकशील नेपाली दल

११ असार, काठमाडौं । विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता (कम्प्याक्ट) का बुँदा बुँदामा संसदले प्रस्ट व्याख्या गर्नुपर्ने बताएको छ । संसदमा ब्याख्या भएर नेपाल र नेपालीको हितमा भए स्पष्ट आधारसहित आम नागरिकको विश्वास लिएर पारित गर्नुपर्ने उसको भनाइ छ । एमसीसी सम्झौताका २.४, ५.१, ५.३, ५.५, ६.८, ७.१, […]

आईओएमको डीन नियुक्तिप्रति विवेकशीलको विरोध

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन नियुक्तिप्रति विवेकशील नेपाली दलले विरोध जनाएको छ । योग्यता, क्षमता र बरिष्ठताको आधारविनै प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी प्राध्यापक डा दिव्या सिंहलाई डिन नियुक्ति गरिएको भन्दै विवेकशीलले विरोध जनाएको हो । विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति जारी गर्दै आईओएमको डीन नियुक्ति सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द […]

सञ्चारमन्त्रीको अडियो प्रकरणको छानबिन गर्न विवेकशीलको माग

८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणबारे छानबिन गर्न विवेकशील नेपाली दलले माग गरेको छ । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि विवेकशीलले विज्ञप्तिमार्फत निलम्बन गरी छानबिन गर्न माग गरेको हो । उपाध्यक्ष अजीता राईले विवेकशीलको गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री बाँस्कोटामाथि अनुसन्धान […]