Comments Add Comment

विवेकशील पार्टी

List Grid
सर्वोच्चको फैसलाले लोकतन्त्रको जित भएको छ : विवेकशील पार्टी

११ फागुन, काठमाडौं । विवेकशील पार्टीले संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर संविधानलाई लिकमा ल्याएको प्रतिक्रिया दिएको छ । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै विवेकशीलले नेपालको न्यायिक इतिहासमा यो कोसेढुंगा भएको भन्दै फैसलाबाट लोकतन्त्रको जित भएको बताएको छ । सो पार्टीका अभियान संयोजक शशीविक्रम कार्कीद्वारा मंगलबार सा“झ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यलाई अस्थिरतामा […]

संसद विघटनविरुद्ध विवेकशील पार्टीको प्रदर्शन

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ । पुस ५ गते भएको संसद विघटन असंवैधानिक भएको भन्दै विवेकशीलले सोमबार माइतीघर मण्डलामा विरोध कार्यक्रम गरेको हो । प्रदर्शनकारीहरूले ‘नराम्रो हेर्दिन, नराम्रो सुन्दिन, नराम्रो बोल्दिन, नराम्रो विरुद्ध आवाज उठाउँछु’, ‘यो समय भ्याक्सिनको हो, कूमतिमा नलाग्नुस प्रधानमन्त्रज्यू’ लेखिएको […]

लोकतन्त्रको बिरुवा नमार भन्दै विवेकशीलको प्रदर्शन

२ माघ, काठमाडौं ।  विवेकशील पार्टीले संसद विघटनविरूद्ध शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । लोकतन्त्रको बिरुवा नमार भन्ने प्लेकार्डसहित संसद विघटनको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको हो । “लामो संघर्ष तथा त्याग पछि प्राप्त लोकतन्त्र अहिले शैशवकालमा रहेको छ । यसलाई हुर्काउने तथा संस्थागत गर्नुपर्ने अहिलेको समयमा यसको घाँटी निमोठ्न खोज्नु देशको लागि अशुभ संकेत […]

संसद विघटनको विरोधमा विवेकशीलको प्रदर्शन

२४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा विवेकशील पार्टीले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विवेकशीलका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद विघटन खारेज गर’ लेखिएको मूल ब्यानरमा प्रदर्शन गरेका हुन् । ऐना बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘रिफ्लेक्ट गरौं नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए । यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा विद्यादेवी […]