Comments Add Comment

विश्व स्वास्थ्य संगठन

List Grid
‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’

११ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्सेन्ट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’ उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना […]

विश्वभर एकैदिन भेटिए सबैभन्दा धेरै कोरोना संक्रमित

८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा विश्वभर एक लाख ८३ हजार नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६० प्रतिशत उत्तर र दक्षिणी अमेरिकामा छन् । पछिल्लो समय विश्वका धेरैजसो मुलुकले बिस्तारै […]

मौसम परिवर्तनले कोरोना भाइरसलाई असर गर्छ भन्नु गलत : डब्ल्यूएचओ

२९ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मौसम परिवर्तनले कोरोना भाइरस संक्रमणको फैलावटमा असर गर्छ भन्ने प्रमाण नभएको बताएको छ । डब्ल्यूएचओको आपतकालीन कार्यक्रम प्रमुख माइक रयानले भनेका छन्, ‘मौसम परिवर्तन वा तापक्रम वृद्धि यस भाइरसको जवाफ हो भन्ने कुरामा विश्वास गरेर हामी बस्न सक्दैनौं ।’ उनले थपे, ‘मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने […]

डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू

२७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ । मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो […]

डब्ल्यूएचओको नयाँ निर्देशन– सार्वजनिक स्थानमा जाँदा कपडाको भए पनि मास्क लगाऔं

२४ जेठ, पोखरा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देश जारी गरेको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा मास्क लगाउन भनेको छ । सार्वजनिक यातायात, बजार, शरणार्थी शिविर जस्ता स्थानमा जाँदा कम्तिमा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्यूएचओले सल्लाह […]

ट्रम्पको कदमले डब्ल्यूएचओलाई धक्का कि अमेरिका एक्लिने पक्का ?

१७ जेठ, काठमाडौं । अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेहरुको संख्या ६ अंकमा प्रवेश गरेको भोलिपल्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाको नाता तोड्ने हठात् निर्णय लिए । तर, उनको यो निर्णय अमेरिका बाहिर मात्रै होइन, भित्रै पनि आलोचित बनेको छ । कोरोनाको संक्रमण अमेरिकामा प्रवेश गरेसँगै ट्रम्प डब्ल्यूएचओप्रति आक्रामक बन्दै आएका […]

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध […]

हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीमा प्रयोग गर्न अस्थायी प्रतिबन्ध

१३ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको छ । कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ। त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो। यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको […]

डब्ल्यूएचओले भन्यो– हामी जवाफदेही चाहान्छौं

७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसले युरोपेली युनियनको प्रस्तावको स्वागत गरेका छन् जसमा कोरोना महामारीको विषयमा विश्वभरबाट व्यक्त प्रतिक्रियाको समीक्षा गर्ने भनिएको छ । सो प्रस्तावमा कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनको भूमिकाको मात्र होइन युरोपेली युनियनको समेत व्यापक समीक्षाको कुरा छ । विश्व स्वास्थ्य सम्मेलनको समापन समारोहमा […]

डब्ल्यूएचओले भन्यो– नेपाल कोरोनाको अति उच्च जोखिमबाट एक स्थान तल

१३ वैशाख, काठमाडौं । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो । छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण […]

अमेरिकी कम्पनीको कोरोना भाइरसको औषधि परीक्षण असफल

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो । भूलवश प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरूले दुई सय […]

डब्ल्यूएचओले भन्यो– अझै लामो यात्रा गर्नुछ, अमेरिकाले पुनर्विचार गरोस्

११ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न पनि डब्ल्यूएचओले अमेरिकालाई भनेको छ । नियमित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोमले भनेका छन्, ‘स्वास्थ्य एजेन्सीको वित्तपोषणलाई रोक्ने निर्णय अमेरिकाले फेरि पुनर्विचार गरोस् ।’ अमेरिकी सांसदहरुले राजीनामा […]

वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन डब्लुएचओको अपिल

६ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन सबै देशहरूलाई अपिल गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । चीनको वुहान सहरस्थित जंगली जनावर र पन्छीहरूको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिन सुरु गरेको […]

अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

३ बैशाख, काठमाडौं । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो । नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर […]

लकडाउनमा बालबालिका : ठूला कुरा नगरौं, सामान्य काम गरे पुग्छ

विश्व स्वास्थ्य संगठनले ‘डिजिटल ड्रग’ भनेर घोषणा गरेको ग्याजेटहरुसँग स्कुले केटाकेटीहरुको दैनिकी बितिरहेको छ । गेमिङ डिसअर्डर एवं रेडिएसनको जोखिम बढेको छ । यसको प्रभाव भोलिका दिनमा जब विद्यालय सुचारु हुनेछ, कक्षाकोठासम्म पर्ने देखिन्छ । यो संभावित जोखिमबाट बचाउन के गर्ने त ? धेरैको लागि टाउको दुखईको विषय हुन थालेको छ । चुलबुल गरिरहने बालबच्चालाई […]

कोरोना : अमेरिकामा २४ घण्टामा २००० बढीको मृत्यु

कोरोना भइरसको तुफानी विध्वांस सर्वत्र मच्चिएको छ । अहिले अमेरिकामा कोरोना भाइरसको अधिक असर देखिएको छ । बिबिसी हिन्दीमा लेखिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट एक दिनमा २ हजार बढीको मृत्यु भएको छ ।’ यसअघि २४ घण्टाभित्र यत्तिका धेरै मृत्युदर थिएन । अमेरिकामा नै पहिलो पटक २४ घण्टाभित्र २ हजार १ सय ८ जनाले ज्यान गुमाए, […]

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

२७ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ । बुधबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले बुधबार अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रह गरेका हुन् । सीएनबीसीका अनुसार उनले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी पनि […]

डब्लूएचओलाई दिँदै आएको कोष रोक्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको कोष रोक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि डब्लुएचओले उचित भूमिका खेल्न नसकेको भन्दै ट्रम्पले उक्त कोष रोक्ने चेतावनी दिएका हुन् । मंगलबार ह्वाइट हाउसमा नियमित प्रेस ब्रिफिङको क्रममा उनले डब्लूूएचओलाई कोरोना भाइरसको जोखिम पहिला नै थाहा भएको तर उसले […]

६ अफ्रिकी मुलुक मलेरियामुक्त हुने

१३ वैशाख, जेनेभा । अफ्रिकाका छ वटा मुलुक आगामी सन् २०२० सम्ममा मलेरिया मुक्त हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले हालै गरेको सर्वेक्षणमा सो अवस्था देखिएको उक्त संगठनले जानकारी दिएको हो । मलेरियाको निकै ठूलो प्रकोप रहेका ती देशमा यसको निराकरणका लागि कैयौँ प्रयास भएका छन् । विश्व स्वास्थ्य संगठनले सन् २०१६ […]