Comments Add Comment

विष्णु पौडेल

List Grid
अर्थमन्त्रीको प्रेस सल्लाहकारमा केसी नियुक्त

६ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । दुई दशक पत्रकारिता गरेका केसी यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए । सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष भइसकेका केसीका सम्पादन तथा सहलेखनमा विभिन्न पुस्तक तथा अनुसन्धनमुलक लेखहरु प्रकाशित छन् ।

अर्थतन्त्रका चुनौती पार लगाउन सक्लान् अर्थमन्त्री पौडेलले ?

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक अवस्थामा छ । र, पार्टीभित्र पनि एकता कमजोर भएको र गुटबन्दी प्रखर बनेको परिस्थिति छ । यसअघि भूकम्प, मधेस आन्दोलन तथा भारतको […]

अर्थमा पौडेलको दोस्रो इनिङ : निजी क्षेत्र खुसी कि बेखुसी ?

२९ असोज, काठमाडौं । साढे २ वर्षअघि डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त हुँदा निजी क्षेत्रको मुहारमा चमक थियो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र केन्द्रीय बैंकका गभर्नर भइसकेका, राम्रोसँग अर्थतन्त्र बुझेका व्यक्तिले विभागीय मन्त्रालयको जिम्मेवारी पाउँदा निजी क्षेत्रमा आशा थियो । सरकारले अब निजी क्षेत्रको समस्या बुझ्छ भन्ने अपेक्षा थियो । तर, डा. खतिवडाको कार्यकाल […]

अर्थमन्त्रीको पदवहालीमा पत्रकारलाई निषेध

२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलको पदभार ग्रहण कार्यक्रममा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ । मध्यान्ह १२ बजे मन्त्री पौडेलले मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि सञ्चारकर्मीहरु पौने १२ बजेदेखि नै मन्त्रालय हाता पुगेका थिए । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणपछि शहीदलाई माल्यर्पण गर्न कीर्तिपुर पुगेका मन्त्री पौडेल एक बजेर २४ मिनेट […]

अर्थमन्त्री पौडेलले पदभार सम्हाले

२९ असोज, काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएपछि उनले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणअघि उनलाई अर्थ मन्त्रालयमा कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री पौडेलको पदभार ग्रहणका क्रममा पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरिएको थियो ।

दाङमा राजधानी राख्ने निर्णय सच्याउन नेकपा महासचिवको माग

१८ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी दाङमा राख्ने निर्णयमाथि पुनर्विचार गर्न पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्ड समक्ष माग गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा महासचिव पौडेलले अध्यक्षद्वयसँग दाङमा राजधानी राख्ने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । महासचिव पौडेलले ओली […]

पीएसओमा कोरोना संक्रमण, विष्णु पौडेल आइसोलेसनमा

२५ साउन, काठमाडौं । अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो । सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ […]

रुपन्देही घटनाबारे विष्णु पौडेलले भने– समाजमा आपराधिक मनोवृत्ति बढ्यो

२७ जेठ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले समाजमा आपराधिक मनोवृत्ति फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । गृहजिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार राति ५ जनाको हत्या भएको घटनाको दोषीमाथि कारबाही माग गर्दै पौडेलले नागरिकलाई सुरक्षा प्रत्याभूति गर्न ध्यानाकर्षण गराएका छन् । महासचिव पौडेलले मंगलबार प्रेस वक्तव्य जारी गरी मृतकका […]

कोरोना महामारी नियन्त्रण गर्दै उत्पादन बढाउने बजेटको लक्ष्य : महासचिव पौडेल

१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार कोरोना नियन्त्रण गर्दै आर्थिक क्रियाकलाप तथा उत्पादनमा केन्द्रित हुने बताएका छन् । उनले बजेटले यही सिद्धान्तलाई प्राथमिकता दिएको दावी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि […]

नीति तथा कार्यक्रम कोभिड-१९ को चुनौतीमा अल्झिने होइन : विष्णु पौडेल

५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले राज्य कोभिड-१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राज्य सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका चुनौती सामना गर्ने र आर्थिक-समाजिक जीवनलाई गतिशील बनाउने संकल्पका साथ अघि बढ्नुपर्ने बताए । ‘नीति तथा कार्यक्रम […]

नेकपा महासचिव भन्छन्– ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नुहुन्न

२० वैशाख, काठमाडौं । सत्तारुढ नेकपाभित्र प्रचण्ड-माधव नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा नदिए हटाउने तयारी गरिरहेका बेला महासचिव विष्णु पौडेलले दुवै पदबाट ओली नहट्ने दाबी गरेका छन् । पार्टीभित्रको विवादका बेला कुनै पक्षमा खुलेर नबोल्ने गरेका महासचिव पौडेल केपी ओलीलाई हटाउने तयारीको भने खुलेर विपक्षमा उभिएका छन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा अनलाइनखबरसँग विशेष कुराकानी […]

भैंसेपाटी पुगेर विष्णु पौडेलले गुट फेरेकै हुन् ?

१३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई अध्यादेश फिर्ता लिने बचन दिइसकेपछि पनि भैंसेपाटीमा नेकपाको ९ सदस्यीय सचिवालयका ६ जना नेताको अलग्गै बैठक किन बस्यो ? जुन बैठकमा महासचिव विष्णु पौडेलको सहभागितालाई लिएर ओली समूहभित्र खैलाबैला मच्चिएको थियो । जबकि, नेकपाभित्र अन्तरविरोध समाधान गर्ने भूमिकामा प्रायः मध्यस्थकर्ता बन्ने गरेका पौडेल […]

‘सभामुख विवादले नेकपाको प्रगति देख्न नचाहनेहरुको जिब्रो रसाएको छ’

२७ पुस, काठमाडौं । सभामुख चयन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि सकसको विषय बनेको छ । पार्टीले निर्णय गर्दा पनि उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिन अस्वीकार गरेपछि अब नेकपाले के गर्ला भन्ने चासो छ । तर महासचिव विष्णु पौडेल भने यो नेकपाले थेग्न नसक्ने विवाद नभएको तर्क गरेका छन् । आइतबार उपसभामुखले पार्टीका अध्यक्षद्धयलाई […]

सभामुखको विषयमा नेकपाभित्र अन्तर्विरोध ल्याउन खोजिएको छ : महासचिव पौडेल

२७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सभामुख चयनका विषयमा नेकपाभित्र अन्तर्विरोध ल्याउने प्रयास भएको आरोप लगाएका छन् । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सभामुखका विषयमा पार्टीमा अन्तरविरोध ल्याएर फाइदा लिन सकिन्छ कि भन्ने प्रयास भएको बताएका हुन् । ‘सभामुख र उपसभामुखको प्रश्नमा नेकपाभित्र अन्तर्विरोध ल्याउने र यो […]

प्रधानमन्त्री भेट्न नेकपा महासचिव सिंगापुर प्रस्थान

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् । सिंगापुर उड्नुअघि पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान लागेको र सँगै फर्किने तय भएको बताए । उनले प्रधानमन्त्री स्वस्थ रहेको र नेतृत्वसँग नियमित […]

विष्णु पौडेललाई ‘भ्रष्टाचारी’ भन्दै कांग्रेसले छर्‍यो पर्चा

१३ जेठ, बुटवल । बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई भ्रष्टाचारी भन्दै बुटवलमा पर्चा छरिएको छ । नेपाली कांग्रेस बुटवल नगरसमितिका सभापति तथा बुटवल उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार खेलराज पाण्डेको नेतृत्वमा बुटवल मण्डपमा करिब ३ सय पर्चा छरिएको हो । पौडेललाई कारबाही हुनु पर्ने भनेर पर्चा छरिएको नगर सभापति पाण्डेले बताए । यस्तो छ […]

बालुवाटारमा फसेका विष्णु पौडेल : के हो ८ आनाको अन्तरकथा ?

१९ वैशाख, काठमाडौं । सरकारले किनबेच रोक्का गरेको बालुवाटारको ११३ रोपनी जग्गामध्ये ८ आना जग्गा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलको नाममा देखिएपछि यसले राष्ट्रिय चर्चामात्र पाएन, नेकपाभित्रै पौडेल दोषी हुन् कि निर्दोष भन्ने बहस चलिरहेको छ । शारदाप्रसाद त्रिताल समितिको प्रतिवेदन अनुसार सरकारले गत फागुन २८ गतेको मन्त्रिपरिषद बैठकबाट बालुवाटारको ११३ रोपनी […]

अब वामदेव कामरेडले उपचुनाव लड्नु हुँदैन : विष्णु पौडेल

२५ असोज, काठमाडौं । जसरी पनि प्रतिनिधिसभामा आउने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको चाहना कसैबाट छिपेको छैन । पार्टीका शिर्ष नेताहरुले उनलाई अनुकुल र उपयुक्त समय पर्खिन भन्दै थिए । यसैबीच काठमडौं ७ का एमाले सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली गर्न भन्दै आफूले राजीनामा दिने घोषणा गरे । उनको राजीनामा सम्वन्धी लिखित प्रस्ताव […]

अब वामदेव कामरेडले उपचुनाव लड्नु हुँदैन

२५ असोज, काठमाडौं । जसरी पनि प्रतिनिधिसभामा आउने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमको चाहना कसैबाट छिपेको छैन । पार्टीका शिर्ष नेताहरुले उनलाई अनुकुल र उपयुक्त समय पर्खिन भन्दै थिए । यसैबीच काठमडौं ७ का एमाले सांसद रामवीर मानन्धरीले गौतमलाई ठाउँ खाली गर्न भन्दै आफूले राजीनामा दिने घोषणा गरे । उनको राजीनामा सम्वन्धी लिखित प्रस्ताव […]

म्याद गुजार्ने नेकपाका नेतासँग महासचिव पौडेल असन्तुष्ट

१२ भदौ, काठमाडौं । पटक पटक म्याद थप्दा नेकपाका कतिपय जनसंगठन र प्रदेश तथा जिल्ला एकीकरण कार्यदलले रिपोर्ट दिन नसकेपछि महासचिव विष्णु पौडेलले असन्तुष्टि जनाएका छन् । एकीकरणको प्रक्रिया जहाँ पुगेको छ, त्यहिँसम्मको रिपोर्ट पेश गर्न भदौ ७ गतेसम्मको म्याद दिइए पनि सातवटा जनसंगठन र दुईवटा प्रदेश कार्यदलले रिपोर्ट दिनसकेका छैनन् । प्रदेश १ र […]

देउवालाई विष्णु पौडेलको प्रश्न-राष्ट्रिय स्वाधीनताको पक्षमा उभिनु सरकारको गल्ती हो ?

९ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति र अन्य नेताहरु आक्रामक रुपमा प्रस्तुत भएपछि सत्तारुढ नेकपाका नेताहरु पनि प्रतिवादमा उत्रिएका छन् । बुधबारदेखि शुरु भएको नीति कार्यक्रममाथिको छलफलका क्रममा सत्ता र विपक्षका सांसदहरु बिभाजित भएका हुन् । नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै नेपाल कम्युनिस्ट पार्टीका […]