Comments Add Comment

वैदेशिक रोजगारी

List Grid
सीमामा प्राण त्यागेका वीरेन्द्र, जसलाई वैदेशिक रोजगारी अभिशाप बन्यो

१९ जेठ, जनकपुरधाम । तीन पटक खाडी मुलुक जाँदा पनि कमाउनुको साटो ऋणमाथि ऋण थपिएको थियो । परिवारमा खाने मुख बढ्दै थियो । उमेर ढल्कदै गएका बाबुको स्याहार सुसारका लागि मात्र होइन, हुर्किँदै गरेको छोराछोरीको भविश्यका लागि उनले कमाउनुको विकल्प थिएन । त्यसैले छ महिनाकी छोरीलाई छाडेर उनी भारत लागे । हरियाणामा होटलमा काम गर्न […]

आगामी बजेट र वैदेशिक रोजगार

१. मुलुक कोरोना भाइरसका कारण लकडाउनमा रहेको छ । यहीबीचमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । २०७७ जेठ २ मा सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो । सरकारको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई उद्यमका लागि बिउ पुँजी उपलब्ध गराउने, कामदारलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने र स्थानीय स्तरमा श्रम सूचना बैङ्कको स्थापना […]

कामविहीन नेपालीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउँछौं-प्रधानमन्त्री

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारी गुमाएका र विदेशमा काम गुमाएर फर्किनेलाई रोजगार उपलब्ध गराउने बताएका छन् । यसका लागि कृषि, साना तथा मझौला उद्योग/व्यवसाय, निर्माण तथा सेवा क्षेत्रमा स्वरोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रतर्फको गन्तव्यमा अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘श्रम गर्नै […]

कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड

८ जेठ, काठमाडौं । कतारमा पहिलोपटक नेपालीलाई मृत्युदण्ड दिइएको छ । गत वैशाखमा नै मोहत्तरीको औराही-१ घरका अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिइएको खुलेको छ । उनीमाथि कतारी नागरिक कतारी नागरिक उमैर मोहम्मद उमर अल रमाजानी अल-नुअमीको हत्या गरेको अभियोग थियो । वैदेशिक रोजगारीका लागि कतार पुगेका उनलाई त्यहाँको तल्लो अदालतले नै मृत्युदण्डको सजाय तोकेको […]

नेपालीलाई काठमाडौं ल्याइदिन यूएईले माग्यो अनुमति

२९ वैशाख, काठमाडौं । नेपालले अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गर्दा सम्बन्धित मुलुक आफैंले नेपाल ल्याएर छाड्ने भएका छन् । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै पत्र नै पठाएको छ । संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुई वटा विमान आउने […]

‘वैदेशिक रोजगारी गुम्दा प्रदेश २ मा भोकमरी लाग्न सक्छ’

२७ वैशाख, जनकपुरधाम । कोरोना भाइरसको महामारीका कारण नेपालले वैदेशिक रोजगारीको धेरै अवसर गुमाउँदैछ । हाल रोजगारीमा रहेका कतिपयले रोजगारी गुमाएर फर्किनेछन् भने थप युवा विदेश जानबाट रोकिनेछन् । यसले नेपालमा ठूलो समस्या ल्याउन सक्ने जानकारहरु बताउँछन् । वैदेशिक रोजगारीमा जानेमा नेपालमा प्रदेश २ का वासिन्दा बढी छन् । त्यसैले वैदेशिक रोजगारीमा आउने संकुचनको असर […]

४ लाख ७ हजार नेपाली स्वदेश फर्किन तम्तयार

२४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा रहेका करिब ४ लाख ०७ हजार नेपाली स्वदेश फर्किन चाहेको देखिएको छ । सरकारले गरेको प्रारम्भिक अध्ययनमा ठूलो संख्यामा नेपालीहरु अन्तर्राष्ट्रिय उडान खुल्ने प्रतिक्षामा रहेको देखाएको हो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डको सचिवालयको कार्यकारी निर्देशक […]

विदेशबाट कामदार कसरी ल्याउने ?

सर्वोच्च अदालतले वैदेशिक रोजगारका क्रममा जोखिममा रहेका कामदारलाई स्वदेश फिर्ता ल्याउन पहल गर्नू भनी वैशाख ४ आदेश दिएपछि यसको व्यवहारिक पक्षमा बहस सुरु भएको छ । यसमा ल्याइने कामदारसँगै स्वदेशमा रहेका जनताको स्वास्थ्य, उद्धार गर्ने विधि तथा उद्धारका लागि रकम जुटाउने पक्ष, के कति र कसलाई उद्धार गर्ने तथा यसका कानुनी पक्षबारे बहसहरू सुरु भएका […]

कोरियन भाषा परीक्षा पनि प्रभावित : कोटा आयो, तालिका आएन

४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण यसवर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा पनि प्रभावित हुने भएको छ । लकडाउनका कारण परीक्षाको तयारी गरिरहेका परीक्षार्थी मात्रै हैन, सरकार पनि अलमलिएको छ । कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैन भने नेपालले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै खालका […]

वैदेशिक रोजगारीबाट फर्कने कामदारबारे सोचौं

कोरोनाको विश्वब्यापी महामारीले विश्वभरि नै धेरै क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष असर परिरहेको छ । बैदेशिक रोजगारीको क्षेत्र पनि सर्वाधिक मारमा पर्ने क्षेत्रमध्येको एक देखिन्छ । बिप्रेसनमा आधारित अर्थतन्त्र भएको हाम्रोजस्तो देशमा यसले पार्न सक्ने प्रभावको आँकलन हामीले सजिलै गर्न सक्छौं । केही महिनायताको गतिविधिलाई नियाल्ने हो भने अधिक श्रमिकहरु जाने देशहरुले नेपाली नागरिकलाई बाध्यात्मकरुपमा घर फिर्ता […]

श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

३० फागुन, काठमाडौं । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको […]

नेपाली कामदार जापान पठाउने जिम्मा म्यानपावरलाई दिने तयारी

१२ फागुन, काठमाडौं । गत ११ चैतमा कामदार आपूर्तिबारे सरकार स्तरमा जापान–नेपाल सहकार्यको समझदारी (एमओसी) हुँदा धेरैलाई लागेको थियो अब भाषा परीक्षा पास गरेर कोरियाजस्तै जापान पनि जान पाइनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, जापानमा नेपालीलाई रोजगारी दिलाउने प्रक्रियामा निजी क्षेत्र (म्यानपावर कम्पनी)लाई सामेल गराउने तयारीमा लागेको छ । निजी क्षेत्रले जापान पठाउने […]

साउदीमा वितेको नौ बर्षसम्म पनि आएन बिमा रकम

१ माघ, काठमाडौं । २६ वर्षका नेपाली युवक सवारी चालकको रुपमा साउदी अरब पुग्छ । छ महिनामै ज्यान गुमाउँछ । त्यसको एक महिनापछि त्रिभुवन अन्तर्रारष्ट्रिय विमानस्थलमा रातो कफनमा युवाको शव आइपुग्छ । छ महिनापछि मृतकका आफन्त दुर्घटना र कम्पनी बिमा वापतको रकम पाउनुपर्‍यो भन्दै कागजपत्र बोकेर मेनपावर पुग्छन् । मेनपावरबाट रुखो जवाफ पाए, ‘मरेको एक […]

ठगी गर्ने म्यानपावरको धरौटीले नपुगे जायजेथाबाटै क्षतिपूर्ति भराइने

१८ पुस, काठमाडौं । वैदेशिक रोजगारका नाममा ठूलो रकम ठगी गर्ने म्यानपावर सञ्चालकले अब धरौटी रकमले नथामे पनि कानूनी उन्मुक्ति नपाउने भएका छन् । करोडौं ठगी गरेर पीडितलाई क्षतिपूर्ति नदिने म्यानपावर सञ्चालक र दलालहरुको सम्पत्ति तथा जायजथाबाटै क्षतिपूर्ति भराउन वैदेशिक रोजगार विभागले प्रक्रिया थालेको छ । विभागले हालसम्म म्यानपावरको धरौटी रकम वा कामदार-पीडक पक्षको आपसी […]

रेेमिट्यान्स घट्नुको कारण मलेेसिया मात्रै हो ?

७ मंसिर, काठमाडौं । देशको अर्थतन्त्रकै आधारस्तम्भका रुपमा रहेको रेमिट्यान्स भित्रिने क्रम २ महिनायता घट्न थालेको छ । स्वदेशी उद्योगधन्दा विकासमा खासै प्रगति नभएको अवस्थामा रेमिटन्स पनि ओरालो लाग्दा अर्थतन्त्रमै समस्या आउने खतरा मडारिएको छ । सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने महिना असोजमा ५ प्रतिशतले रेमिट्यान्स घट्यो । त्यसअघि भदौमा पहिलोपटक ०.३ प्रतिशतको झिनो गिरावट देखिएको […]

वैदेशिक रोजगारीमा ठगी : उजुरी घट्यो, क्षतिपूर्ति बढ्यो

२० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेहरु ठगिने क्रम केही घटेको देखिएको छ । ठगीमा परेको भन्दै उजुरी गर्ने क्रम थोरै घटेको छ भने ठगिएका कामदारले दावी गर्ने रकम भारी गिरावट आएको छ । विभागकाअनुसार गत आर्थिक वर्षमा ८३ करोड ३० लाख दावी रकम गर्दै विभागमा उजुरी परेको छ । […]

एक वर्षमा ८ सय नेपाली काठको बाकसमा फर्किए

१३ साउन, काठमाडौं । गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार […]

पूरै जवानी विदेशमा खर्चिने अवस्था हटाऔं

वैदेशिक रोजगारीको संस्थागत सुरुवात २०५२ सालबाट भएको हो । नेपाली समाजमा यसले ठूलो हलचल ल्याएको छ । कतारमा राजदूत भएर बस्दा मैले वैदेशिक रोजगारीमा गएका नेपालीको समस्या नजिकबाट नियालेको छु । रोजगारीमा जानेहरूमाथि शोषणको सुरुवात झुठो आश्वासनबाट हुन्छ । एजेन्टले ज्यादै आकर्षक तलबको आश्वासन दिन्छन् । त्यसपछि लिनुपर्ने भन्दा कैयौं गुणा बढी रकम असुल्छन् । […]

जनकपुरमा श्रम स्वीकृति लिनेका दुःख

५ बैशाख, जनकपुरधाम । सप्तरीका अरविन्द साहले जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयमा टोकन लिन एकदिन र स्वीकृति लिन अर्को मितिमा आउनुपर्दा दोहोरो झन्झट र खर्च बेहोर्नु पर्‍यो । त्यसमाथि श्रम स्वीकृतिका लागि कतार उड्ने टिकटभन्दा पर धकेलिएको नयाँ टोकन पाएपछि तनावमा छन् । उनले टिकट २९ मार्चको छ तर, कार्यालयले श्रम स्वीकृतिका लागि १० अप्रिलको […]

चार भाइ नै कतारमा ! घरमा रंग छैन, शरीरमा रोग छ

५ वैशाख, जनकपुरधाम । बिहानै उठेर शिवशरण मण्डल होण्डाको साइन मोटरसाइकलमा भ्रमरपुरालाई एक चक्कर लगाउँछन् । गाउँलेहरु भेट्छन् । चोकमा चिया पिउँछन् । किनकि ४४ वर्षीय शिवशरण दुई महिनाको छुट्टीमा कतारबाट घर फिरेका छन् । हामीले पनि शिवशरणलाई मोटरसाइकलको हेण्डीलमै भेट्यौँ । उनी कहाँ जाँदै थिए, थाहा छैन । तर, हामीले उनलाई घरतर्फ फर्कायौँ । […]

इजरायलको टिकट काटेकी सुनिताको घरमा ‘अवैध प्रेमी’को लास

३ वैशाख, काठमाडौं । विशालनगर, काठमाडौंकी ४० वर्षीया सुनिता (नाम परिवर्तन) एक दशकदेखि रोजगारीका क्रममा इजरायलमा थिइन् । छोराछोरीलाई राम्रो पढाउने र केही रकम जोहो गर्ने सपना बोकेर उनी श्रीमानसँग सल्लाह गरेरै त्यहाँ पुगेकी थिइन् । सुरुवाती दिनमा राम्रो आम्दानी नभए पनि पछिल्ला वर्षहरुमा उनले मासिक दुई लाख रुपैयाँसम्म कमाउन थालिसकेकी थिइन् । राम्रो आम्दानी […]