Comments Add Comment

शिक्षा मन्त्रालय

List Grid
किष्ट मेडिकल कलेजको परीक्षामा चरम लापरवाही

१० चैत, काठमाडौं । विवादास्पद किष्ट मेडिकल कलेजको परीक्षामा चरम लापरवाही भएको पाइएको छ । शिक्षा मन्त्रालयका अनुसार कुनै उत्तरपुस्तिकाको पाना हराएको जस्तो र कुनैमा थप पाना टाँसेको जस्तो पाइएको छ । त्यतिमात्र होइन विद्यार्थीको उत्तरपुस्तिकामा परीक्षकको हस्ताक्षरसमेत छैन । शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले यो जानकारी दिएका […]

१०५३ सट्टा शिक्षकको जागिर धरापमा

९ फागुन, काठमाडौं । स्रोतव्यक्तिको दरबन्दीमा नियुक्त सट्टा शिक्षकको जागिर धरापमा परेको छ । सरकारले स्रोतव्यक्तिलाई साविकको दरबन्दीमा काज फिर्ता गर्ने निर्णय गरेपछि सट्टा शिक्षकको भविष्य अन्यौलमा परेको हो । स्रोतव्यक्तिको सट्टामा जागीर खाएका शिक्षक देशभर १ हजार ५३ जना छन् । त्यसमध्ये ७५ जना अस्थायी छन् । यही फागुन ३ गतेको मन्त्रिपरिषद बैठकले स्रोतव्यक्ति […]

जग्गा भाडामा दिने सानोठिमी क्याम्पसको निर्णय मन्त्रीले गरे खारेज

९ मंसिर, काठमाडौं । मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा भाडामा दिने सानोठिमी क्याम्पसको निर्णय शिक्षा मन्त्रालयले खारेज गरिदिएको छ । मन्त्रिस्तरीय निर्णयबाट क्याम्पसको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो जग्गाको स्वामित्व नेपाल सरकारसँगै छ र तत्कालीन शिक्षा मन्त्रालयको भण्डारण तथा सम्पत्ति व्यवस्थापन शाखाको २३ असार २०५२ को निर्णयअनुसार […]

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कास्की सबैभन्दा अब्बल

२३ भदौ, काठमाडौं । सरकारले  राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् । कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि तथा कक्षा १२ पढाइ हुने सरकारी विद्यालयमा कास्कीको उत्कृष्ट ठहरिएका छन् । उत्कृष्ट आंगिक क्याम्पसतर्फ पनि कास्कीले नै बाजी मारेको छ । आ-आफ्नो […]

अब किताब हेरेरै परीक्षा दिन पाइने !

२७ पुस, काठमाडौं । आफूले पढेका कुरा परीक्षा दिने बेलामा बिर्सन्छु कि भनेर त्रस्त हुने प्रवृत्ति आम विद्यार्थीमा हुन्छ । परीक्षामा प्रश्न गाह्रो लागेमा चिट चोर्ने, अरूको सार्ने वा सोधेर उत्तर दिन विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् । विद्यार्थीको यस्तो त्रास अन्त्यका लागि उच्चस्तरीय शिक्षा आयोगले खुला किताबी परीक्षाको अवधारणा अघि सारेको छ । नेपालमा माध्यमिक […]

शिक्षक सेवा आयोगको परीक्षा सार्न सरकारलाई दबाव, मन्त्रालयका अधिकारीसँग छलफल

३० साउन, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गर्न सरकारलाई दबाव परेको छ । परीक्षा सार्ने विषयमा शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोगबीच सोमबार छलफल समेत भएको छ । अस्थायी शिक्षकहरुलाई स्थायी गर्नका लागि लिइने परीक्षा आगामी भदौ ३ गते तोकिएको छ । तर, परीक्षा सार्नुपर्ने, शिक्षा ऐन संशोधन गर्नुपर्ने लगायतका माग राख्दै अस्थायी […]

राष्ट्रिय शिक्षा परिषदमा ७ सदस्य मनोनित

५ फागुन, काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषदमा सात जना सदस्यहरुलाई मनोनित गरेको छ । परिषदमा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवि शर्मा मनोनित गरिएको हो । त्यसैगरी परिषदमा सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी मनोनित भएका छन् । […]

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिको विवाद, शिक्षा मन्त्रालयको बैठक निश्कर्षविहीन

२६ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे शिक्षा मन्त्रालयमा बसेको छनोट समितिको बैठक विनानिश्कर्ष टुंगिएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपछि रामकण्ठ माकाजुको पदावधि आइतबार नै सकिँदैछ । तर, छनोट समितिले नयाँ भिसीका लागि प्रधानमन्त्रीलाई नाम सिफारिस गर्न सकेन । तीन पटकसम्म बैठक बस्दा पनि छनोट समितिले उपकुलपतिको नाम सिफारिस गर्न […]

प्रधानमन्त्रीलाई क्यान्सर अस्पतालबाट पत्रः राम्रो शिक्षा मन्त्री दिनोस्

सम्माननीय प्रधानमन्त्री मन्त्री ज्यू , दिल्लीको राजीव गान्धी क्यान्सर संस्था तथा अनुसन्धान केन्द्रमा उपचारको क्रममा, अपरेशनपछि एनेस्थिसियाबाट विस्तारै सहजता प्राप्त गर्दैगर्दा मनमा तरङ्गहरु खेल्न शुरु गरे ।  जीवन र जगत, वाँच्नको अर्थ, गर्न सकेका काम र नसकेका काम, नगर्न पर्ने र गरिएका कुरा, गर्व गर्ने विषय, आफ्नो घर परिवार पारिवारिक सम्बन्ध पर्ने आफन्तहरु, आफुले काम […]

शैक्षिक गुणस्तर खस्किँदै गयोः अध्ययन प्रतिवेदन

२२ साउन, भक्तपुर । नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । परीक्षणका क्रममा कक्षा ३ मा चार वर्षअघि नेपालीको सिकाइ उपलब्धि औसत ६३ भएकामा गत वर्षको परीक्षणमा ५२ मा झरेको पाइएको केन्द्रका […]

अस्थायी शिक्षकले तत्काल विद्यालय छोड्नु नपर्ने

२६ जेठ, काठमाडौं । शिक्षा मन्त्रालयले विज्ञापनमार्फत स्थायी शिक्षक पदपूर्ति नभएसम्म अस्थायी शिक्षकहरुले विद्यालय छोड्नु नपर्ने बताएको छ । संशोधित शिक्षा ऐनले अस्थायी शिक्षकहरुलाई सुविधा लिएर अवकाश लिने वा प्रतिस्पर्धामा उत्रिएर स्थायी हुने विकल्प दिएकामा मन्त्रालयले अवकाश रोज्ने शिक्षकहरुलाई स्थायी शिक्षकको पदपूर्ति भएपछि मात्र विदा दिने बताएको हो । बुधबार काठमाडौंमा आयोजित एक अन्तक्रिर्यामा शिक्षा […]

मनोमानी शुल्क लिने विद्यालयलाई कारबाही गर्न शिक्षा मन्त्रीको निर्देशन

१७ जेठ, काठमाडौं । सरकारले तोकेको शुल्क निर्धारण निर्देशिका लागु नगर्ने विद्यालयहरुलाई कारबाही गर्न र अनुमति नलिई प्रकाशित प्याब्सनका पुस्तकहरु जफत गर्न शिक्षा मन्त्रालयले शिक्षा विभागलाई निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा विभागका महानिर्देशक खगराज बराललाई सोमबार टेलिफोन गरी तत्काल बैठक बसेर कारबाहीको निर्णय गर्न निर्देशन दिएका हुन् । ‘शुल्क निर्धारण निर्देशिका नमान्ने […]

अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्याण्डसेक’ दिएर अवकासमा पठाउने योजना

२९ वैशाख, काठमाडौं । सरकारले अस्थायी शिक्षकहरुलाई ‘गोल्डेन ह्याण्डसेक’ लिएर स्वेच्छिक अवकासमा पठाउने योजना अघि सारेको छ । उनीहरुले प्रतिस्पर्धा गरेर स्थायी हुने विकल्प पनि रोज्न सक्नेछन् । शिक्षा मन्त्रालयले शिक्षा ऐनको मस्यौदामा नै अस्थायी शिक्षकको स्वेच्छिक अवकासबारे व्यवस्था गरेको छ । जुन अहिले व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिमा विचाराधीन छ […]

विद्यालयको शुल्क अनुगमन गर्न उच्चस्तरीय समिति गठन

२४ वैशाख, काठमाडौं । विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन भए नभएकोबारे अनुगमन गर्न शिक्षा मन्त्रालयका अधिकारीसमेत सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको छ । यसअघि प्रमुख विद्यार्थी संघ-संगठनहरुले विद्यालयहरुको अनुगमन गर्दै आएका थिए । शिक्षा मन्त्रालयमा शुक्रबार विद्यार्थी नेताहरु, विद्यालय सन्चालक र काठमाडौं उपत्यकाका जिल्ला शिक्षा अधिकारीहरुको संलग्नतामा वार्ता भएको थियो । वार्तामा केन्द्रमा शिक्षा […]