Comments Add Comment

शेरधन राई

List Grid
कस्तो रह्यो मुख्यमन्त्री शेरधन राईको तीन वर्षे कार्यकाल ?

३ फागुन, विराटनगर । प्रदेश १ सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । पहिलो पटक प्रदेशसभा गठनपछि २०७४ फागुन ३ गते मुख्यमन्त्री राईले दुई तिहाइ बहुमतसहित प्रदेश १ सरकारको नेतृत्व गरेका थिए । तीन वर्षको अवधीमा प्रदेशका संरचना निर्माणसँगसँगै संघीयता कार्यान्वयनमा प्रदेश सरकारले भूमिका खेलेको छ । शून्यबाट सुरु भएको प्रदेश सरकारमा […]

प्रदेशसभा छल्ने भए राजीनामा देऊ !

२ फागुन, विराटनगर । नेकपाको प्रचण्ड–माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई लागेको थियो, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको साथ पाउँछु र, सरकार टिकाइराख्छु ।’ त्यही आत्मविश्वासका साथ भने, ‘अविश्वासको प्रस्ताव आरामले सामना गर्छु ।’ तर ७ माघमा प्रदेशसभा सुरु हुँदासम्म पनि उनले सोचे जस्तो माहौल देखिएन । अविश्वासको […]

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री शेरधन राई

११ माघ, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् । आइतबार उनले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त सहभागी थिए । ४९ वर्षका बेहुला र २३ वर्षकी बेहुली किराती समुदायको परम्परागत भेषभुषामा सजिएका थिए । राईको पुख्यौंली घर […]

मुख्यमन्त्रीको बिहेपछि अविश्वास प्रस्तावको छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिनअघि प्रदेशसभाको अधिवेशन सुरु हुँदैछ, जसले उनी मुख्यमन्त्री रहिरहने कि नरहने टुंगो लगाउनेछ । प्रदेश प्रमुखले अधिवेशनको पहिलो बैठक माघ ७ गते बुधबार दिउँसो २ बजेका लागि बोलाएका छन् । अधिवेशन आह्वान गर्नु अगाडि […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट ३ सांसदले लिए हस्ताक्षर फिर्ता

५ माघ, काठमाडौं । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का ३ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् । उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका […]

मुख्यमन्त्री शेरधन राईले विवाह गर्दै

२ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् । ‘विवाहको मिति लगभग तय भएको छ’ अनलाइनखबरसँगको सम्पर्कमा उनले भने ‘दुलहीको नाम अहिले नै मिडियामा नखोलौं, पछि […]

‘राजनीतिक प्रपोगाण्डा’का लागि कारबाहीको होडबाजी

२८ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै प्रदेश १ संसदीय दलमा कारबाहीको होडबाजी चलेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गरेपछि सुरु भएको कारबाहीको होडबाजी अझै जारी छ । दुवै समूहले संसदीय दलको विधान अनुसार कारबाही गरेको बताउने गरेको छ । तर दुवै समूहको कारबाही दलको विधान विपरीत […]

मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

२८ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले आठ जना प्रदेशसभा सदस्यहरुलाई तीन महिनाका लागि निलम्बन गरेको छ । मुख्यमन्त्री राईसहित चारजना मन्त्री, प्रमुख सचेतक र तीन जना सांसदहरुलाई निलम्बन गरिएको हो । आइतबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि […]

प्रदेश १ मा प्रचण्ड माधव समूहले माग्यो मुख्यमन्त्री र मन्त्रीसँग स्पष्टिकरण

२३ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ । नेकपा ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण […]

प्रदेश १ मा नेकपा राजनीति : सांसद फकाउन मन्त्री र चुनाव खर्चको अफर

२१ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सांसदहरुको तानातान सुरु भएको छ । दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राई पार्टी विभाजन पछि अल्पमतमा छन् । पद जोगाउने प्रयासमा उनले नेकपा प्रचण्ड-माधव नेपाल समूहका सांसदहरुलाई आफ्नो पक्षमा ल्याउने कोसिस गरिरहेका छन् । राईले मन्त्री पद र आगामी […]

प्रदेश सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ : शेरधन राई

१६ पुस, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन् । नेकपाको प्रदेश संसदीय दलमा अल्पमतमा परेका राईले यसको हिसाब-किताब संसदको हिउँदे अधिवेशनमा हुने बताए । आफूले मुख्यमन्त्री पद जोगाउनका लागि कसैलाई पनि मन्त्री पद र आश्वासन बाँड्दै नहिँड्ने बताउँदै राईले भने, ‘मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मन्त्री […]

शेरधनको काउन्टर : आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा

१६ पुस, विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । र, भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ […]

शेरधनले प्रदेश चलाउन सकेनन्, अब सर्वदलीय सरकार बनाउँछौं : भीम आचार्य

१६ पुस, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेता भीम आचार्य प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री हुन् । बहालवाला मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । प्रदेशसभा सदस्य आचार्य बिहीबार प्रचण्ड-माधव समूहबाट नेकपा संसदीय दलको नेता चयन भएका छन् भने मुख्यमन्त्री राईलाई संसदीय दलबाट हटाइएको सो समूहले […]

प्रचण्ड-माधव समूहले संसदीय दलको नेताबाट राईलाई हटायो, आचार्य चयन

१६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई नेकपा संसदीय दलको नेताबाट हटाएको छ । आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड-माधव समूहले राईलाई दलको नेताबाट पनि हटाएको हो । अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदीय दलभित्र अल्पमतमा छन् । अल्पमतमा परेका राईलाई हटाएर दलको नेतामा भीमप्रसाद […]

मुख्यमन्त्री राईलाई संसदीय दलको नेताको हैसियतमा काम नगर्न आग्रह

१४ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका उपनेताले दलको नेताको हैसियतमा काम नगर्न खबरदारी गरेका छन् । मंगलबार लिखित पत्र पठाउँदै उपनेता टङ्क आङ्बुहाङले अविश्वासको प्रस्ताव परेकाले मुख्यमन्त्री राईलाई नेकपा संसदीय दलको नेताको हैसियतमा काम नगर्न भनेका हुन् । नेकपा विवाद बढेसँगै प्रचण्ड– माधव […]

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदसँग स्पष्टीकरण माग

१३ पुस, विराटनगर । आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ जना प्रदेश सांसदलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले २४ घण्टे स्पष्टिकरण सोधेको छ । पार्टी विभाजनपछि प्रचण्ड– माधव पक्षका ३७ सांसदले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाका प्रमुख सचतेक बुद्धिकुमार […]

प्रदेशको १ को अंकगणित : मुख्यमन्त्रीलाई २४ दिन समय !

१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सत्ता समीकरणको खेल रोचक बनेको छ । ०७४ फागुन ३ गते दुई तिहाई बहुमतसहित सत्तारोहण गरेका मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावको सामना गर्न २४ दिनको समय पाएका छन् । र, उनले यसको सामना गर्ने बताएका छन् । नेकपा […]

मुख्यमन्त्री राई भन्छन्- अविश्वासको प्रस्ताव आरामले सामना गर्छु

१२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव आरामले सामना गर्ने बताएका छन् । प्रदेशसभा सचिवालयमा नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले यो कदमलाई संविधान र संघीयता विरोधीको संज्ञा दिएका छन् । ‘सुनियोजित, बनिबनाऊ र खास ठाउँबाट परिचालित भएर प्रदेशहरुलाई कमजोर बनाउने, अस्थिरता र अव्यवस्था निम्त्याउने, संघीयतालाई […]

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यको पक्षमा बहुमत !

१२ पुस, विराटनगर । १२ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा विभाजनपछि ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड-माधव समूहका प्रदेश सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । सत्तारुढ दलभित्रका सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रदेशको नाम राख्न नसकेको, विसाली गाडी खरिद गर्न केन्द्रित […]

प्रदेश १ का तीनजना मन्त्रीले राजीनामा दिए, शेरधनले संसदीय दलमा बहुमत गुमाए

१२ पुस, बिराटनगर । प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए । सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण […]

‘मुख्यमन्त्रीले बाटो खोल्नुभयो, अविश्वासको प्रस्ताव गर्छौं’

११ पुस, विराटनगर । प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्रीबाट पदमुक्त भएका इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । केन्द्रसँगै ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको छ । पार्टी फुटसँगै प्रदेश सरकारहरु समेत संकटमा पर्ने देखिएको छ । बागमती […]