Comments Add Comment

शेरधन राई

List Grid
प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध पनि अविश्वास प्रस्तावको तयारी

१० पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल पक्षका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका हुन् । नेकपाको केपी शर्मा ओली समूहमा रहेका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएको ओली समूहकै नेताहरुले बताएका छन् […]

दुर्घटनाका घाइतेलाई नदेखी हुइँकिए मुख्यमन्त्री

६ पुस, विराटनगर । सोमबार दिउँसो बेलबारीका जनक पोखरेल घरबाट लक्ष्मीमार्ग तर्फ जाँदै थिए । उनले पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे भन्ने स्थानमा दुर्घटनामा परेका दुईजना सडकमै लडिरहेको देखे । लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाललाई फोन गरे । कांग्रेसको विरोध सभाको सुरक्षाका लागि पुगेका उनको फोन उठेन । स्कुटर दुर्घटनामा […]

उपचार खर्च धान्न सक्दैनौं भन्दै मुख्यमन्त्रीसामु धुरुधुरु रोए बिरामीका आफन्त

१२ मंसिर, विराटनगर । भोजपुरको हतुवागडी–४ कि शान्ति राईका बुबालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर आएका उनलाई ८ मंसिर मा कोरोना पुष्टि भयो । चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने सुझाव दिएपछि उनले सुरुमा सरकारी अस्‍पतालमै सोधीखोजी गरिन्। तर कतै खाली नभएको पाएपछि बुबालाई नोबेल मेडिकल कलेजमा लगिन् । तर अस्पतालले भर्ना […]

नेकपा कुनै हालतमा फुट्दैन : मुख्यमन्त्री राई

२१ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउने प्रयास भइरहेको बताएका छन् । सुकुम्बासीलाई एकीकृत नमुना बस्ती हस्तान्त्रण गर्न शुक्रबार मोरङको ग्रामथान गाउँपालिका पुगेका मुख्यमन्त्री राईले नेकपालाई कमजोर बनाउन र फुटाउन अनेक प्रयास भइरहेका बताए । ‘अनेकौं षड्यन्त्रका तानाबाना बुनेर नेकपा नेतालाई फुटाउने प्रयास भइरहेको छ । घेराबन्दी […]

मुख्यमन्त्रीकी श्रीमती हुँ भन्ने युवतीले मुद्दा फिर्ता लिइन्

३१ भदौ, काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् । आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् […]

बीपी प्रतिष्ठान आएका बिरामीलाई नफर्काउन मुख्यमन्त्रीको निर्देशन

९ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई बोलाएर उपचारका लागि आएका बिरामीलाई नफर्काउन निर्देशन दिएका छन् । मंगलबार वीपीका उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर मुख्यमन्त्री राईले प्रतिष्ठानले बिरामी फर्काउन थालेको गुनासो आएको बताए । उनले प्रतिष्ठानमा ५०० […]

प्रतिबन्धित सभामा मुख्यमन्त्री : न मास्क, न भौतिक दुरी

३० साउन, विराटनगर । आइसोलेसन बेड अभावका कारण प्रदेश १ मा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भने प्रदेश सरकारले जनताको घर–घरमा पुगेर सेवा प्रवाह गरेको बताएका छन् । कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध […]

प्रदेशमा कोरोनाले हाहाकार मच्चाउँदा मुख्यमन्त्री बेपत्ता !

२१ साउन, बिराटनगर । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र कोभिड १९ निर्देशक समिति’ बनाएको छ । तर, प्रदेशमा कोरोना संकटले हाहाकार मच्चाइरहेका बेला मुख्यमन्त्री धेरै दिनदेखि गायव छन् । संक्रमण नियन्त्रणका लागि चाल्ने आवश्यक कदमका लागि दुईवटा समितिबाट निर्णय हुनुपर्छ । तर, मुख्यमन्त्री राई […]

नकारात्मक मानसिकताले राम्रो काम पनि ओझेलमा पर्‍यो : मुख्यमन्त्री राई

१७ असार, विराटनगर, । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले गरेका राम्रा काम छाडेर साना मसिना कुरामा आलोचना गर्ने गरिएको गुनासो गरेका छन् । बुधबार प्रदेशसभाको बैठकमा उनले नकारात्मक सोच्ने मानसिकता बढ्दै गएको भन्दै दुखेसो गरे । ‘हामीले यो छोटो समयमा थालेका राम्रा कामलाई राम्रा हुन्, राम्रा छन् भनेर एक स्वरले यो सभा किन […]

घर फर्कन चाहानेलाई प्रदेश १ को अनलाइन फारम

२७ जेठ, विराटनगर । विदेशमा रहेकाहरुको तथ्यांक संकलन गर्न प्रदेश १ सरकारले अनलाइन फारम खुला गरेको छ । कोरोनाका कारण विदेश रहेर घर फर्किन चाहेने र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको तथ्यांक संकलनका लागि प्रदेश सरकारले अनलाइन फारम खुला गरेको हो । फारम भरेका प्रदेशवासीको सीपलाई प्रदेशको विकासमा प्रयोग गर्ने उद्देश्यसहित सरकारले अनलाइन फारम खुला […]

संघीयताका कारण कोरोनासँग जुध्न सहज भयो : मुख्यमन्त्री राई

१४ जेठ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीय संरचनाका कारण कोरोना महामारीसँग जुध्न सहज भएको बताएका छन् । बुधबार सुरु प्रदेश १ को प्रदेशसभा अधिवेशनमा बोल्दै मुख्यमन्त्री राईले तीन तहका सरकार भएका कारण कोरोना रोकथाम तथा उपचारमा सहज भएको बताएका हुन् । संघीयताकै कारण कोरोना संक्रमण रोकथाममा प्रदेश सरकार र स्थानीय सरकारले […]

प्रदेश १ मा कोरोना रोकथाममा संलग्नको मृत्यु भए परिवारलाई ५० लाख

१ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले नयाँ बर्षको अवसरमा आइतबार प्रदेशबासीको नाममा भिडियो सम्बोधन गर्दै कोरोनाको उपचारमा खटिने चिकित्सक, सरकारी वा गैर सरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, […]

प्रदेश १ मा स्वास्थ्य सामग्री छिटो चाहियो

२६ चैत, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्य सामाग्रीहरुको अभाव रहेको बताउँदै छिटो भन्दा छिटो सामग्रीहरु पठाउन केन्द्र सरकारसँग आग्रह गरेका छन् । ‘कोरोनासँग जुध्न हामीलाई अत्यावश्यक सबै सामाग्रीको अभाव छ’ अनलाइनखबरसँगको कुराकानीमा मुख्यमन्त्री राईले भने, ‘केन्द्र सरकारले कुन विधि र प्रकृयाबाट हुन्छ, छिटोभन्दा छिटो स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनपर्छ । हामीले यो […]

अबका वर्ष प्रदेश समृद्धिको वर्ष हुनेछन् : मुख्यमन्त्री राई

७ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन लागि परेको दाबी गरेका छन् । उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वय र विकासको आधार वर्ष भएकाले अबका वर्ष प्रदेशको विकास र समृद्धिको वर्ष हुने दाबी गरे । ७० औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा […]

मुख्यमन्त्रीले उद्घाटन गर्ने महायज्ञस्थलमा पुरुषको शव भेटियो

१४ माघ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियामा पुरुषको शव फेला परेको छ । गिधनियामा मंगलबारबाट सुरु हुने ‘सीताराम नाम जप महायज्ञ’ स्थलमा एक पुरुषको शव भेटिएको हो । आगामी माघ २६ गतेसम्म चल्ने महायज्ञ आज मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ । महायज्ञका लागि सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बस्नका […]

दुर्गाबहादुरलाई मुख्यमन्त्रीले दिए नक्कली दाँत

१२ माघ, विराटनगर । मुख्यन्त्री शेरधन राईले भोजपुरको आमचोक गाउँपालिकाका दुर्गाबहादुर रानामगरलाई नक्कली दाँत लगाइदिएका छन् । प्रदेश सरकारले अघि सारेको ‘ज्येष्ठ नागरिक दन्त मुस्कान अभियान अन्तरगत मुख्यमन्त्री राईले ७२ वषिर्य रानालाई दाँत उपहार दिएका हुन् । प्रदेश सरकारले दाँत झरेका ज्येष्ठ नागरिकलाई नक्कली दाँत उपहार दिने योजना अघि सारेको छ । सोही योजनाको सुरुवातका […]

महिला सहभागितामा आइसब्रेक भयो : मुख्यमन्त्री राई

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषदमा महिला सहभागिता गराएर आफूले आइसब्रेक गरेको दाबी गरेका छन् । सरकार गठन भएको दुई वर्षपछि मुख्यमन्त्री राईले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका थिए, जसमा एक जसमाया गजमेर पनि परेकी छन् । ९ सदस्यीय मन्त्रिपरिषदमा उनी एक्ली महिला सदस्य हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी […]

जनताको आकांक्षा अनुसार काम नभए दुर्भाग्य हुन्छ : मुख्यमन्त्री राई

२८ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहको सरकारले जनताको चाहना र आंकाक्ष अनुसार प्रभावकारी काम गर्न नसके संघीय प्रणाली र प्रदेशको लागि दूर्भाग्य हुने बताएका छन् । विराटनगर सुरु भएको तेश्रो प्रदेश समन्वय परिषदको बैठकमा मुख्यमन्त्री राईले भने, ‘अहिले संघीयता विरोधीहरु निकै सल्बलाएका छन । हामी जनताको जनप्रतिनिधिहरुले आफ्नो अधिकार […]

नयाँ संरचनामा उभिएका छौं, अब दौडन्छौं : मुख्यमन्त्री राई

१ कात्तिक, विराटनगर । प्रदेश सरकार गठन भएको डेढ वर्षमा जनताको अपेक्षा अनुसार काम हुन सकेको छैन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वयं जनअपेक्षा र सरकारको कामको तालमेल नमिलेको स्वीकार गर्छन् । तर, तीनवटै तहका सरकार सही ट्र्याकमा रहेको र नतिजा निकाल्ने हिसाबबाट अघि बढेको उनको दावी छ । मुख्यमन्त्री राईले आफ्नो डेढवर्षे […]

पत्रकारिता निष्पक्ष र अनुशासित हुनुपर्छ : मुख्यमन्त्री राई

९ वैैशाख, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता पेशा मर्यादित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताएका छन् । राष्ट्रिय समाचार समितिले सोमबार विराटनगरमा सुरु गरेको प्रादेशिक पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री राईले भने ‘पत्रकारिता दरिलो नभई मुलकले समृद्धि हासिल गर्न सक्दैन, स्वतन्त्र पत्रकारितासँगै यो पेशा उतिकै रुपमा निष्पक्ष र अनुशासित हुनु […]

प्रदेश १ का प्रतिपक्षी नेताको आरोप : शेरधन राईसँग आँट छैन, कारिन्दा मात्र हुन्

प्रदेश १ मा दुईतिहाई बहुमतको सरकार छ । माथि पनि दुईतिहाई छ । तैपनि यसले ‘परफरमेन्स’ राम्रो देखाउन नसक्नुको कारण के हो भने यो सरकार कारिन्दा मात्रै हो । प्रदेश सरकार आफैंमा संवैधानिक अधिकारप्राप्त सरकार हो भन्ने उहाँहरुलाई लागेको छैन, हामी केपी ओलीको निगाहमा भएको सरकार हो भन्ने लागेको छ प्रदेश १ सरकारलाई । यिनीहरुले […]