Comments Add Comment

शेरबहादुर देउवा

List Grid
महंगी बढेको छ, जताततै ट्याक्स नै ट्याक्स लगाएको छ : देउवा

१ वैशाख, धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिलेसम्म कुनै क्षेत्रमा राम्रो काम नगरेको भन्दै आलोचना गरेका छन् । कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले देशमा हत्या, हिंसा, बलात्कार, महंगी, कर सबै बढेको भन्दै सरकारले कुनै क्षेत्रमा राम्रो काम गर्न नसकेको दावी गरे । ‘हत्या, हिसा, बलात्कार बढेको छ’ उनले भने ‘निर्मला पन्तको बलात्कारपछि […]

नयाँ वर्षमा देउवा भन्छन्- गुणस्तरीय जीवनयापनका लागि कांग्रेस क्रियाशील

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति, सहकार्य र एकतामा जोड दिएका छन् । मुलुकलाई सबै प्रकारको निकास दिन सहमति, सहकार्य र एकता आवश्यक रहेको देउवाको जोड छ । देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको छ । […]

कांग्रेसमाथि प्रश्न : संवैधानिक परिषदमा देउवाको ‘वाकओभर’ किन ?

२६ चैत, काठमाडौं । सरकारले कांग्रेस र राप्रपाका कोटाबाट नियुक्त भएका विभिन्न देशका राजदूतलाई फिर्ता बोलाउँदा प्रतीभा राणा, विश्वम्भर प्याकुरेल र रमेश कोइरालालाई भने यथावत राख्यो । कांग्रेसका नेताहरुबीच त्यतिबेलै चर्चा चल्यो– विपक्षी दलका नेताकी सासू भएका कारण राणालाई फिर्ता नबोलाइएको होला । राणा जापान र कोइराला कतारका लागि राजदूत हुन् । के कम्युनिस्ट सरकारले […]

प्रचण्ड र देउवामाथि कारवाहीको सिफारिस गर्न किन सक्दैनन् सभापति ?

२२ चैत, काठमाडौं । लगातार पाँचपटक बैठकमा अनुपस्थित हुने शेरबहादुर देउवा र प्रचण्डलाई संसदीय समितिबाट हटाउन सभापतिले सिफारिस गरे भने सभामुख कृष्णवहादुर महराले के गर्लान् ? यो अनुमानित प्रश्न मात्र हुन सक्छ । किनकि, न त संसदीय समितिका सभापतिले त्यो आँट गर्छन्, न सभामुखले नै । आफैंले बनाएको नियम प्रतिनिधिभा र राष्ट्रियसभामा लागु नहुने अवस्था […]

फेटा पुगे देउवा, २५ लाख सहयोग गर्ने घोषणा

१८ चैत, बारा । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन् । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

फेटा पुगे देउवा, २५ लाख सहयोग गर्ने घोषणा

१८ चैत, बारा । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन् । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

विप्लवलाई देउवाको आग्रह- हिंसा छाडेर वार्तामा आऊ

२ चैत, पाल्पा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस हो ?  भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले […]

जब देउवाले बोल्दिनँ भन्दै हप्काए ….

१ चैत, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झेक्की स्वभावका कारण बेलाबेला विवादमा पर्छन् । कहिले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्छन् त कहिले मैले भनेको तपाईले सुन्नु भएन भनेर प्रश्नकर्तालाई हर्काछन् । बुधबार बुटवलमा भने बोल्दिन भन्दै प्रेस युनियन रुपन्देही सभापति र पार्टी सचिव रामकृष्ण खाँडलाई हप्काए । देउवा बुटवल आएको खबर पाएपछि पत्रकारहरु […]

जब देउवाले बोल्दिनँ भन्दै हप्काए ….

१ चैत, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झेक्की स्वभावका कारण बेलाबेला विवादमा पर्छन् । कहिले तपाई बढ्ता बोल्दै हुनुहुन्छ भन्छन् त कहिले मैले भनेको तपाईले सुन्नु भएन भनेर प्रश्नकर्तालाई हर्काछन् । बुधबार बुटवलमा भने बोल्दिन भन्दै प्रेस युनियन रुपन्देही सभापति र पार्टी सचिव रामकृष्ण खाँडलाई हप्काए । देउवा बुटवल आएको खबर पाएपछि पत्रकारहरु […]

मेडिकल कलेजबारे प्रश्न सोधेपछि पोखरामा जंगिए देउवा

२८ फागुन, पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनबारे कांग्रेस किन मौन ? सोमबार आयोजित पत्रकार भेटघाटमा यो प्रश्न सुन्नसाथ कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक जंगिए, के बोल्नु पर्ने हो मैले ? ‘चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा गोविन्द केसीलाई सर्मथन गर्नु भएको थियो । अहिले ४/५ सय विद्यार्थी आन्दोलन गरिरहेका छन् किन बोल्नु भएन भनेर […]

पोखरामा जंगिए देउवा : तपाईंले सुन्नुहुन्न कि क्या हो !

२८ फागुन, पोखरा । गण्डकी मेडिकल कलेजका विद्यार्थीले गरेको आन्दोलनबारे कांग्रेस किन मौन ? सोमबार आयोजित पत्रकार भेटघाटमा यो प्रश्न सुन्नसाथ कांग्रेस सभापति शेरबहादुर देउवा एकाएक जंगिए, के बोल्नु पर्ने हो मैले ? ‘चिकित्सा शिक्षा विधेयकका सन्दर्भमा गोविन्द केसीलाई सर्मथन गर्नु भएको थियो । अहिले ४/५ सय विद्यार्थी आन्दोलन गरिरहेका छन् किन बोल्नु भएन भनेर […]

सिकेसँगको सम्झौता राष्ट्रघाती, ओलीले खण्डन गर्नुपर्छ : देउवा

२८ फागुन, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी आन्दोलन गरिरहेको सिके राउतसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । सम्झौतामा देश टुक्राउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी ‘जनअभिमत’ भनिएको देउवाले बताए । नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा हामीलाई सैहृय हुँदैन । सिकेसँगको […]

विशेष महाधिवेशनका लागि पहल थाल्ने कांग्रेस जिल्ला सभापतिहरुको चेतावनी

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् । महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि जिल्ला सभापतिहरु रुष्ट बनेका हुन् । केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग थियो […]

देउवाले भेटे निर्मलाको परिवार

१७ फागुन, कैलाली । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । बिहीबार धनगढी हुँदै कञ्चनपुर पुगेका देउवाले शुक्रबार बिहान निर्मलाको घरमै पुगेर निर्मलाकी आमा र दिदीसँग भेटघाट गरेका हुन् । भेटका क्रममा देउवाले निर्मलालाई न्याय दिलाउन परिवारको मात्रै दायित्व नभएको भन्दै लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्णले निर्मललाई न्याय दिलाउन लाग्नु पर्ने […]

देउवाको स्पष्टीकरणः वाइडबडीमा मैले कुनै निर्णय गरेको छैन

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको उनको तर्क छ । सोमबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘भर्खर प्रधानमन्त्री भएको बेला […]

वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा पनि मुछिए

२८ पुस, काठमाडौं । शनिबारीय अंकसहित प्रकाशित पत्रिकाहरुमा आज विवेकशील साझा पार्टीको बिभाजन प्रमुख हेडलाइन बनेका छन् । त्यससँगै कान्तिपुर दैनिकले नेपाल वायु सेवा निगमको वाइडबडी जहाज घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिएको भन्दै मुख्य समाचार बनाएको छ । २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी […]

देउवाका दुई टुकः आइजीपी न्यायाधीशले बनाउँदैन, निर्मलाको हत्या उखुबारीमा भएको हैन

१६ पुस, काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसका नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा छोटो बोल्छन्, तर समाचार हुने गरी बोल्छन् । कांग्रेस पदाधिकारीले आइतबार राति वाग्मती किनारको भ्याली टप रेस्टुरेन्टमा आयोजना गरेको लेखक/सम्पादकसँगको अन्तरक्रियामा पनि कांग्रेस सभापति देउवाले छोटो अभिव्यक्ति दिए । अन्तरक्रियामा केही स्तम्भकारहरुले चुनावअघि आइजीपी प्रकरण र सुशीला कार्कीमाथिको महाअभियोगका कारण कांग्रेसको जनमत खस्किएको […]

प्रचण्डको नबुझिने, शेरबहादुरको बुझिने भाषण !

१२ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र शेरबहादुर देउवामध्ये कसको बोली प्रष्ट छ ? यो प्रश्नमा प्रायः सबैको जवाफ एउटै हुन सक्छ– प्रचण्ड । तर, बुधबार संसदको हिउँदे अधिवेशनमा भने योभन्दा विपरीत अवस्था देखियो । नेताको बोली ध्वनी वा लवजमा मात्रै स्पष्ट भएर हुँदैन, त्यसमा निहितार्थसमेत स्पष्ट हुनुपर्छ । यसरी बोलीको रुप पक्ष नभएर सारपक्षलाई […]

संसदमा सत्ता र प्रतिपक्षको जुहारी, प्रधानमन्त्रीले नै भ्रम छरेको देउवाको आरोप

११ पुस, काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै सरकार र प्रमुख विपक्षीबीच जुहारी चलेको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको पूर्वाधार निर्माण गरेको भन्दै सरकारको बचाउ गरेका छन् भने विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार शान्ति सुरक्षा दिन असफल भएको टिप्पणी गरेका छन् । मास्क लगाउने जनता घटे […]

‘कांग्रेसमा शेरबहादुरजी हट्नुपर्छ भन्ने च्याप्टर क्लोज भयो’

नेपाली कांग्रेसको महासमिति बैठक कस्तो रह्यो भन्नु भन्दा पहिला यो कुन पृष्ठभूमिमा आयोजना भयो भन्नेमा चर्चा गरौं । प्रदेशसभा र संघीयसभामा अपेक्षित नतिजा नआएपछि कांग्रेसमा नेतृत्वको चर्को आलोचना भइरहेको थियो । पार्टी सभापति शेरबहादुर देउवासँग असहमति हुनेले हारको जिम्मेवारी मूल नेतृत्वले लिनुपर्छ भनिरहेका थिए । नेतृत्वमा दवाब बढेको थियो । चुनावकै समीक्षाका क्रममा विशेष महाधिवशेनको […]

दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ आज

६ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको पेशी आजका लागि तोकिएको छ । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । अधिवक्ता हरिप्रसाद मैनालीले २० चैत ०७३ […]