Comments Add Comment

संविधान संशोधन

List Grid
संविधान संशोधन विधेयक पारित गर्ने यस्तो छ तयारी

२९ जेठ, काठमाडौं । शनिबार नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको शनिबार बस्ने बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र दफाबार छलफल पछि पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ । सम्भावित कार्यसूची अनुसार शनिबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया […]

संविधान संशोधनको पक्षमा मतदान गर्ने जसपाको निर्णय

३० जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सबेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालेको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसद्‍मा प्रस्तुत गरिएको नेपालको संविधानलाई […]

सरिता गिरीको घरमा कालोझण्डा !

२८ जेठ, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीको विशालनगरस्थित घरमा बुधबार साँझ युवाहरुको एक समूहले कालोझण्डा राखेको छ । उनको घरमा राखेको कालोझण्डा प्रहरी पुगेर हटाएको छ । उनकोमा कालोझण्डा राख्ने समूहको पहिचान नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । यो घटनाले गिरीमाथि सुरक्षा खतरा बढेको प्रहरीले निश्कर्ष निकालेको छ । काठमाडौंका […]

संविधान संशोधन विधेयक खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता

२८ जेठ,काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् । गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी […]

लक्ष्मणलाल कर्णको प्रश्न : आफूमात्र राष्ट्रवादी हुँ भन्दै अरूलाई होच्याउन मिल्छ ?

२७ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले आफूमात्र राष्ट्रवादी हुँ भनेर अरुलाई नहोच्याउन आग्रह गरेका छन् । सरकार पक्षबाटै आफूहरुको राष्ट्रियतामाथि शंका गरिएको भन्दै उनले त्यस किसिमले नहोच्याउन चेतावनी दिए । मंगलबार प्रतिनिधिसभामा सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि धारणा राख्दै उनले भने ‘म मात्र राष्ट्रवादी हुँ अरु होइनन् भन्ने […]

संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल सुरु, सबै दलको समर्थन

२७ जेठ,काठमाडौं । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप परिवर्तनसम्बन्धी संविधान संशोधन प्रस्तावमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा भाग लिने सबै दलका सांसदले सरकारलाई धन्यवाद दिएका छन् । अहिलेसम्म संविधान संशोधन विधेयकबारे मौन रहेको संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले समेत समर्थन जनाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयक सैद्धान्तिक छलफलका लागि […]

संसदमा संविधान संशोधन विधेयकमाथि छलफल हुँदै

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभामा मंगलबार नेपालको अध्यावधिक नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको मंगलबारको संभावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने उल्लेख छ । कानुनमन्त्री तुम्बाहाङफेले लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग […]

संविधान संशोधन विधेयक र निश्पक्ष संसदको कल्पना

२५ जेठ, काठमाडौं । सरकारले नयाँ नक्सा सार्वजनिक गरेसँगै संविधानको दोस्रो संशोधन विधेयक संसदमा दर्ता गराइसकेको छ । तैपनि प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रप्रेमप्रति शंका व्यक्त गर्ने क्रम रोखिएको छैन । नक्सा संशोधनपछि संविधानमा भएको निशान छाप संशोधनका लागि प्रक्रिया अघि बढाइसक्दा पनि कतिपयले अझै उनीप्रति शंका गरेका छन् । प्रधानमन्त्री ओलीले राजनीतिक स्टन्टका लागि, […]

संविधान संशोधनको सकस : सरकार के सोच्दैछ ? कांग्रेस के भन्छ ?

२४ जेठ, काठमाडौं । लिम्पियाधुरासहितको नक्सा समेटेर निशान छाप परिवर्तन गर्न संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने तयारी भएको छ । जेठ १८ गते प्रतिनिधिसभामा पेश भएको सो विधेयक जेठ २७ गते मंगलबार सैद्धान्तिक छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । प्रतिनिधिसभा नियमावलीअनुसार विधेयक पेश भएको एक महिनाभित्र सर्वसाधारणको जानकारीका […]

संविधानमा सबै नागरिकलाई सैन्य तालिमको व्यवस्था राख्न संशोधन विधेयक दर्ता

२३ जेठ, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले १८ वर्ष पुगेका सबै नागरिकलाई अनिवार्य सैन्य तालिम दिने संवैधानिक व्यवस्थाको प्रस्ताव गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ । नेमकिपाका सांसद प्रेम सुवालले शुक्रबार संघीय संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनसँग सम्बन्धित गैरसरकारी विधेयकमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधान […]

नक्साबाहेकका अरु संशोधन विधेयक तत्काल अगाडि नबढ्ने

२२ जेठ, काठमाडौं । संविधान संशोधनसँग सम्बन्धित दुई वटा गैरसरकारी विधेयक तत्काल अगाडि नबढ्ने भएका छन् । सरकार, संसद सचिवालय र प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल नक्सा बाहेकका विषयमा संसद सचिवालयमा दर्ता भएका संविधान संशोधनसँग सम्बन्धित गैरसरकारी विधेयकहरुलाई अगाडि नबढाउने भएका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले चालु अधिवेशनमा नक्सा बाहेकका […]

कांग्रेसका ८ सांसदको संविधान संशोधन विधेयक पार्टीको निर्णय विपरीत !

२० जेठ, काठमाडौं । सरकार नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक ‘फास्ट ट्याक’बाट पास गर्ने तयारीमा छ । तर संसद सचिवालयमा भने एकपछि अर्को गैरसरकारी विधेयकका रुपमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ८ जना सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् । तराई मधेशबाट […]

संविधान संशोधन विधेयक दर्ता गर्न कांग्रेस सांसदहरु संसद सचिवालयमा

२० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु संविधान संशोधनको प्रस्ताव दर्ता गर्न संसद सचिवालय पुगेका छन् । कांग्रेसका तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरू चित्रलेखा यादव, प्रदीप गिरि, अमरेशकुमार सिंह, तेजुलाल चौधरी लगायतले गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागेका हुन् । संघीय संसदको सचिवालयमा रहेका सिंहले भने, ‘पार्टी केन्द्रीय कार्यसमितिको निर्णय […]

नक्सासम्बन्धी संविधान संशोधनमा राजपा र समाजवादी पार्टीको शर्त

१९ जेठ, काठमाडौं । सरकारको दाबी छ, नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भयो भने भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फिर्ता ल्याउन सहज हुनेछ । त्यसैले नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा विना सर्त समर्थन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भएका सबै दललाई आह्वान गरेका छन् । […]

संविधान संशोधन विधेयक जनताको जानकारीका लागि सार्वजनिक

१९ जेठ, काठमाडौं । प्रतिनिधि सभामा पेश भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसाधारण जनताको जानकारीको लागि सर्वजनिक भएको छ । संविधानको धारा २७४ र प्रतिनिधि सभा नियमावलीको नियम १३७ अनुसार संविधान संशोधन विधेयक संसदमा प्रस्तुत भएको ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि सार्वजनिक प्रकाशन गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार नेपाल राजपत्रमा प्रकाशन गरिएको संघीय संसद […]

अब प्रधानमन्त्रीको वास्तविक परीक्षा सुरु भयो : कांग्रेस

१८ जेठ, काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरिएको नयाँ नक्साको पक्ष र विपक्षमा मत राख्ने सबैको चासो थियो- नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याएको संविधान संशोधन विधेयकबारे प्रमुख विपक्षी नेपाली कांग्रेसले के निर्णय गर्ला ? जेठ १३ मा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले निर्णय गर्न समय मागेसँगै […]

संसदमा संविधान संशोधन विधेयक पेश

१८ जेठ, काठमाडौं । संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान छापमा राख्नुपर्ने भएकाले संविधान संशोधन गर्न लागिएको हो । मन्त्रिपरिषद् बैठकले ५ जेठमा […]

कार्यसूचीमा राखियो संविधान संशोधन विधेयक

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ । बैठक सुरु हुनुअघि संसद सचिवालयले प्रकाशित गरेको आइतबारको कार्यसूचीमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने उल्लेख छ । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको कार्यसूचीमा फेरि राखिएको हो । […]

कांग्रेस बैठक : संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा […]

राष्ट्रवादी र राष्ट्रघाती सर्टिफिकेट, हामी कता जाँदैछौँ ?

संशोधित नक्सा सार्वजनिक गरेको सरकारले चेठ १४ गते संसदमा संविधान संशोधनको प्रस्ताव पेश गर्ने कार्यसूचीमा थियो । एकाएक उक्त प्रस्ताव हटाइएपछि एकपटक देशभित्र र बाहिर रहेका सबै नेपालीहरू विस्मित भए र सामाजिक सञ्जालहरूमा खैलाबैला मच्चियो । अपजसको भारी कसलाई बोकाउने, नागरिकस्तरमै प्रतिस्पर्धा चल्यो । प्रमुख प्रतिपक्षी काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) तिर सरकार समर्थकहरूले […]

संसदमा किन पेश भएन संविधान संशोधन विधेयक ?

१४ जेठ, काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयक बुधबार प्रतिनिधिसभामा पेश गर्ने तयारी थियो । सम्भावित कार्यसूचीमा पनि राखिएको थियो । तर बुधबार संसद बैठकमा विधेयक पेश भएन । किन संविधान संशोधन विधेयक पेश भएन ? स्वयं सांसदहरुलाई समेत जानकारी छैन […]