Comments Add Comment

संविधान संशोधन

List Grid
संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाको निर्णय

१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा पेस गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकमा समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको बैठकले संविधान संशोधनमा समर्थन गर्ने निर्णय गरेको हो । सो पार्टीका केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधान र भास्कर भद्राले विधेयकको पक्षमा मतदान […]

प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ । संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले  बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको […]

संविधान संशोधन विधेयक संसदमा पेश हुँदै

१४ जेठ, काठमाडौं । संविधान संशोधन प्रस्ताव बुधबारको संसद बैठक पेश हुँदैछ । संसद बैठक बुधबार दिउँसो २ बजे बस्दै छ । सो बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ । लिम्पियाधुरा, कालापानी […]

संविधान संशोधन विधेयक एक साताभित्र पारित गर्ने तयारी

१२ जेठ, काठमाडौं । संविधान संशोधन विधेयक भोलि बुधबार प्रतिनिधिसभामा पेश हुने भएको छ । र, बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ । लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको सरकारले त्यसअनुसार निसान छाप संशोधन गर्न शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेको […]

संविधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीको आग्रह

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन संसदमा दर्ता भएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गर्न दलहरुलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसे केन्द्रीय कार्य समिति बैठक बस्नुपर्ने भन्दै केही समय मागेको छ भने समाजवादी र राष्ट्रिय जनता पार्टीले आफ्ना माग […]

संविधान संशोधन विधेयक : मधेसवादी दल प्याकेज संशोधनको पक्षमा

१३ जेठ, काठमाडौं । निशान छाप परिवर्तनका लागि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन बिधेयक बुधवारको प्रतिनिधिसभा बैठकमा पेश हुने भएको छ । प्रधानमन्त्रीले यसबारेमा छलफल गर्न मंगलबार साँझ सर्वदलीय बैठक समेत बोलाएका छन् । सरकारले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि निशानछापमा पनि सोही नक्सा राख्न गत शुक्रवार कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक […]

संसदमा आर्थिक सर्वेक्षण पेश हुँदै, संविधान संशोधन विधेयक के हुन्छ ?

१३ जेठ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने संसद सचिवालयको कार्यसूची छ । आर्थिक सर्वेक्षण पेश भएको पर्सिपल्ट नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट संसदमा प्रस्तुत हुने छ । हरेक वर्ष जेठ १५ गते बजेट […]

भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने संकल्प संसदबाटै गरौं : गगन थापा

१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधनसँगै भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिइछाड्ने साझा संकल्प संसदबाटै गर्ने प्रस्ताव अघि सारेका छन् । सरकारले ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा पारित गरेको थियो । त्यसअनुसार निशान छाप सच्याउन संविधानको अनुसूची तीन संशोधन गर्ने विधेयक संसदमा […]

संसदमा दर्ता भयो संविधान संशोधन विधेयक

९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो । उक्त निशान छापभित्र […]

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

९ जेठ, काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची-३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न […]

नेकपाको संविधान संशोधन कार्यदल भङ्ग

१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर कार्यदलका सदस्यद्वय सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा कार्यदलमा बस्न तयार भएनन् । साथै पार्टीभित्र र बाहिर […]

संविधान संशोधन ढाँटछल, राजनीति गरिन्छ, जुवा खेलिन्न : ईश्वर पोखरेल

१३ फागुन, काठमाडौं । सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । उनले संशोधनको गृहकार्य नाजायज भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् । ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ,’ उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रभावशाली […]

सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

२२ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । संविधान संशोधन प्रक्रिया अगाडि बढाउने र मधेस थरुहट आन्दोलनसँग सम्बन्धी मुद्दा समाधान गर्ने प्रतिवद्धता जनाएपछि सरकारलाई सर्मथन गरेको थियो । तर, प्रतिवद्धता पुरा नभएको भन्दै समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र […]

राजेन्द्र महतो भन्छन् : संशोधन नगरे यो संविधानको पनि दुर्गति हुन्छ

११ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी दिएका छन् । संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि दुर्गति हुने चेतावनी दिएका हुन् […]

संशोधन नगरे यो संविधानको पनि दुर्गति हुन्छ : राजेन्द्र महतो

११ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी दिएका छन् । संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि दुर्गति हुने चेतावनी दिएका हुन् […]

ओलीलाई राजपाको प्रश्न : संविधान संशोधन गर्ने कि नगर्ने ?

२४ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई दबाव दिने निर्णय गरेको छ । आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिने निर्णय गरेको हो । भोलि ओलीलाई भेटेर संविधान संशोधन गर्ने कि नगर्ने ठोस धारणा माग गर्ने निर्णय गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । […]

सरकारलाई राजपाको प्रश्न : संविधान संशोधन गर्ने कि नगर्ने ?

२४ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्न सरकारलाई दबाव दिने निर्णय गरेको छ । आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाव दिने निर्णय गरेको हो । भोलि ओलीलाई भेटेर संविधान संशोधन गर्ने कि नगर्ने ठोस धारणा माग गर्ने निर्णय गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । […]

फोरमले अझै छानेन मन्त्री, संशोधनमा खोज्यो थप ब्याख्या

४ चैत, काठमाडौं । संघीय समाजवादी फोरमले संविधान संशोधनको सहमतिमा थप ब्याख्या खोजेको छ । राजनीतिक विषयमा लिखित सहमति भएपछि मात्र मन्त्री छनोट गर्ने उसले बताएको छ । फोरम पदाधिकारीहरुको सोमबार बसेको बैठकले सत्तारुढ एमाले र माओवादीसँग शीर्ष तहमा सम्वाद गर्ने निर्णय गरेको छ । ‘आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सैद्धान्तिक सहमति भएको […]

‘संविधान संशोधन’मा एमाले सहमत, बुधबार सहमतिमा हस्ताक्षर हुँदै

१५ फागुन, काठमाडौं । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै आएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन कुन धारामा कस्तो संशोधन गर्ने भन्ने बारेमा भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ । दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी […]

एमालेलाई फोरमको प्रस्ताव : संविधान संशोधनका लागि कार्यदल बनाऊँ

९ फागुन, काठमाडौं । संघीय समाजवादी फोरमले एमालेसामू कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गर्ने प्रस्ताव राखेको छ । एमालेले केन्द्र सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चिता खोजेको छ । दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा पनि फोरम नेताहरुले संविधान संशोधनमा जोड दिएका छन् । ‘एमालेले ‘आवश्यकता र औचित्यता’का आधारमा संशोधन गर्न सकिने […]

संविधान संशोधन गर्न तयार भए सरकारमा जान्छौं : उपेन्द्र यादव

१४ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । माओवादी र कांग्रेस विगतमा नै संविधान संशोधनका लागि तयार रहेको भन्दै उनले एमालेको धारणा माग गरे । आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा यादवले भने, ‘बल एमालेको कोर्टमा छ, एमालेभित्र पनि केपी […]