Comments Add Comment

संविधान

List Grid
माधव नेपालको चुनौती: संविधानमा मधेसविरोधी दफा देखाउ

२९ कात्तिक, लहान । नेकपा एमालेका नेता माधवकुमार नेपालले एमाले मधेसविरोधी पार्टी कसरी भयो प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । सिरहाको लहानमा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेलाई मधेसविरोधी पार्टी भन्ने प्रचारबाजी गर्नु गलत भएको बताए । अहिलेको संविधान विश्वमै उत्कृष्ट रहेको उनले बताए । संविधानमा मधेस विरोधी कुनै दफा […]

‘संशोधित संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था होस्’

१५ कात्तिक, काठमाडौं । नयाँ शक्ति नेपालले संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न माग गरेको छ । उसले पूर्णसमानुपातिक संसदको प्रावधान पनि समावेश गर्न भनेको छ । दीपावली, नेपाल सम्वत् र छठको अवसरमा नयाँ शक्तिले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ- नेपाली राजनीतिमा देखिएको अन्यौलता चिर्दै संविधान संशोधनमार्फत संविधानको स्वीकार्यता वृद्धि गर्दै […]

संविधान असफल बनाउने कोसिस भइरहेको छ: गौतम

७ कात्तिक, बुटवल । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले आज मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको बताए । उनले त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने दृढता व्यक्त गरे । गौतमले […]

संविधान संशोधन गर्न सहमतिको प्रयास जारीः प्रधानमन्त्री

१७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवै जातजातीलाई न्याय हुने गरी संविधान संशोधन गर्न सहमतिको प्रयास भइरहेको बताएका छन् । सोमबार बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले प्रचण्डले ‘ संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेको भन्दै यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको बताए । प्रधानमन्त्रीले […]

समानुपातिक ११० छनौट फर्मुलाः महिला ५१ प्रतिशत, मधेसीको संख्या घट्यो

१२ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक सदस्य छनौटको सूत्र अघि सारेको छ । र, यसले संविधान अनुसार एक तिहाई महिलाका साथै तोकिएका क्लस्टरको प्रतिनिधित्वको सुनिश्चितता हुने आयोगले बताएको छ । यसो भएमा समानुपातिकबाटै कम्तिमा ५६ महिला सांसद बनाउन दलहरु कानुनी बन्धनमा पर्नेछन् । संविधानको धारा ८४ अनुसार प्रतिनिधिसभा २७५ सदस्यीय हुनेछ । जसमध्ये […]

‘ओलीजीले चिन्ता गर्नुपर्दैन, कांग्रेसले मधेस बुझेको छ’

१२ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय कांग्रेस सुतेको हो कि उग्राएको हो भनेर निरन्तर प्रश्न गरिरहेका छन् । कांग्रेसकै बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि महत्वपूर्ण मुद्दामा सभापति शेरबहादुर देउवा चुपचाप बसेको भन्दै अशन्तुष्टि पोखिरहेका छन् । पछिल्लोपटक पौडेल पक्षले बैठक समेत बसेर संविधान शंसोधनमा पार्टीको आधिकारिक धारणा माग गरेको छ […]

माधव नेपालको प्रश्नः नेपालीसँगको बिहे राष्ट्रपति बन्नकै लागि हो ?

१० असोज, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केही मधेसवादी दलको मागलाई समग्र मधेस र मधेसी जनताको मागका रुपमा बुझ्दा मधेस मुद्दा पेचिलो बनेको टिप्पणी गरेका छन् । प्रेस चौतारीको मधेस मामिला बिभागले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ नेता नेपालले भने, ‘सीमांकन हेरफेर, अंगीकृत नागरिकले राज्यका प्रमुख संवैधानिक पदमा जान पाउनुपर्छ भन्ने […]

परराष्ट्रमन्त्री महतले न्यूयोर्कबाट भने- ‘नेपालको संविधान समावेशी छ’

८ असोज, न्युर्योक । परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युर्योकमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज  सम्बोधन गर्दै परराष्ट्रमन्त्री महतले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे । उनले विगतका दुई वटा द्वन्द्वरत […]

संविधानलाई संयुक्त वक्तव्यको अंग बनाउनु गलतः राप्रपा नेपाल

४ असोज, काठमाडौं । राप्रपा नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्य त्रुटीपूर्ण भएको बताएको छ । राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै संयुक्त वक्तव्यमा संविधानको विषय उल्लेख गर्नु गलत भएको बताएको छ । ‘संविधान संशोधन र कार्यान्वयन नितान्त नेपालको आन्तरिक मामिला हो । यस विषयलाई संयुक्त वक्तव्यको अंग बनाउनु आपत्तिजनक र अनुपयुक्त […]

प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार आह्वान गरेको सर्वदलीय बैठक स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किएको भोलिपल्टै बालुवाटारस्थित निवासमा सर्वदलीय बैठक आह्वान गरेका थिए । दिउँसो दुई बजे बस्ने तय भएको बैठकमा भारत भ्रमणका उपलब्धीबारे जानकारी दिने र संविधान संशोधनबारे छलफल हुने बताइएको थियो । तर सोही समयमा मधेस […]

संविधान संशोधनको प्रक्रिया थाल्न सरकारलाई संघीय गठवन्धनको दबाव

२६ साउन, काठमाडौं । संघीय गठवन्धनले संविधान संशोधनका लागि प्रक्रिया सुरु गर्न सरकारलाई दबाव दिने भएको छ । संघीय समाजवादी फोरमको कार्यालय तिनकुनेमा बुधबार बसेको गठवन्धनको बैठकले सहिद घोषणासहितका मन्त्रिपरिषदबाट गर्नुपर्ने निर्णयहरु दुई दिनभित्र सक्न सरकारको ध्यानाकर्षण गराएको छ । ‘यो काम सात दिनभित्र गर्ने भनिएको थियो । आज छैटौं दिन हो,’ रामसपाका महामन्त्री केशव […]

सरकार अल्पमतमा परेपछि संविधान कार्यान्वयनमा असर

५ साउन, काठमाडौं ।  संविधान जारी भएको १० महिना पूरा भए पनि संविधान कार्यान्वयन प्रक्रियाले अझै गति लिन सकेको छैन । २४ असोजमा नयाँ संविधानअनुसार गठन भएको सरकार अल्पमतमा परेपछि संविधान कार्यान्वयनमा असर परेको छ । नयाँ संविधानअनुसार बन्नुपर्ने नयाँ कानुनदेखि संवैधानिक आयोग पनि गठन हुन सकेको छैन । प्रमुख दलहरू एमाले, माओवादी केन्द्र, राप्रपा […]

त्यस्तो नहोस् भन्दै सिटौलाले सोधे- प्रधानमन्त्री मरे भने पनि नयाँ सरकार बन्दैन त ?

४ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकार गठनबारे संविधानमा कुनै अस्पष्टता नरहेको भन्दै कानुनविदहरुसँग परामर्श गरेर दलहरुले जग हँसाउने काम गरेको बताएका छन् । कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा सिटौलाले सरकार गठनबारे संविधानमा अस्पष्टता भएको भन्नु हास्यास्पद भएको बताए । नयाँ संविधान निर्माण गर्ने क्रममा सिटौला संविधान लेखन मस्यौदा समितिको सभापति थिए […]

संविधान सच्याउनुपर्छः कांग्रेस सभापति देउवा

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान उत्कृष्ट भए पनि कतिपय नमिलेका विषयहरु सच्याएर असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनुपर्ने बताएका छन् । मधेसी मोर्चा लगायत संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा नल्याएसम्म संविधान कार्यान्वयन नहुने उनले बताए । सहिद दशरथ चन्दको ११४ औं जन्मजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले भने, ‘अहिलेको संविधानले सबैलाई […]

सयभन्दा बढी कानुन कहिले बन्ला ?

३२ जेठ, काठमाडौं । नयाँ संविधान र सङ्घीयता कार्यान्वयन जस्ता अत्यन्त महत्वपूर्ण विषयलाई पछिल्लो समय कसको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने भन्ने राजनीतिक खेलले ओझेलमा पारिरहेको छ । नेपालको संविधान जारी भएसँगै व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली एक महिनाभित्र बनाइ सक्ने प्रतिबद्धता जनाएका राजनीतिक दलले सत्ताको अल्झनमा परेर संसदीय सुनुवाइ विशेष समिति १५ कि ७५ सदस्यीय भन्ने रटानमै आठ […]

विद्रोह गरेर संविधान खारेज गर्ने उपेन्द्र यादवको चेतावनी

२८ जेठ, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा अहिलेको संविधान नश्लवादी रहेकाले पुनर्लेखन नभए विद्रोह हुने चेतावनी दिएका छन् । विद्रोहले अहिलेको संविधान खारेज गर्ने र नयाँ संविधान लेख्ने चेतावनी यादवले दिए । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा यादवले नयाँ संविधानमा आफ्ना असन्तुष्टिहरु सार्बजनिक गरे । यादवले संघीय संरचना, नयाँ संवैधानिक आयोग, नागरिकता […]

जनतामा हाँसो ल्याएन भने यो संविधान पनि टिक्दैनः थापा

१९ जेठ, मकवानपुर । उपप्रधानमन्त्री कमल थापाले जनचाहना अनुसार नेताहरु आर्थिक विकास र सम्वृद्धिमा नलागे संविधान टिकाउ नहुने दाबी गरेका छन् । संविधान कार्यान्वयन गर्दै आर्थिक विकासमा लाग्न सबै दललाई उनले आग्रह गरे । राप्रपा नेपाल मकवानपुर क्षेत्रनम्वर दुईको क्षेत्रीय अधिवेशनलाई बुधबार कुलेखानीमा सम्वोधन गर्दै थापाले भने, ‘सात सालमा राजा र जनताको प्रयासमा आएको संविधानपछि […]

पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः ‘सबै नेपालीलाई माथि उठाउन मियो बन्न सक्छु’

१५ जेठ, काठमाडों । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई संविधानको भन्दा पनि राष्ट्रको विकट अवस्थाको चिन्ता रहको जनाएका छन् । पूर्व राजाले देश जर्जर अवस्थामा पुगेको र जनता धर्मराएको  आफ्ना विभिन्न जिल्ला भ्रमणको क्रममा जनस्तरमा सुनेको र अनुभव गरेको जनाएका छन् । प्रजातन्त्रको आडमा सबै बर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ । तर यी […]

संविधानको प्रति सर्बोच्च शिखर सगरमाथामा पुर्‍याइयो

११ जेठ, काठमाडौं । गत असोज ३ गते जारी भएको नेपालको संविधानको प्रति विश्वको सर्बोच्च शिखर सगरमाथामा पुर्‍याइएको छ । झापाका अनिस लुइटेलले सगरमाथाको सफल आरोहण गर्नै नयाँ संविधानको प्रति सगरमाथाको शिखरमा पुर्‍याएका हुन् । साथै सगरमाथाको चुचूरोमा पहिलो पटक स्काउटको झण्डा फहराएको छ । नेपाल स्काउटका सदस्य समेत रहेका लुइटेल गत जेठ ८ गते […]

शशांकको प्रश्न: ८० प्रतिशत हिन्दू भएको देश कसरी धर्मनिरपेक्ष ?

७ जेठ,दाङ । । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दू राष्ट्र, प्रदेशको सीमाङ्कन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन् । रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए । अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुङ्गो लगाउन पाउनुपर्ने उनको धारणा थियो ।  “८० […]

संविधान सिम्का ९ हजार थान बिक्यो

७ जेठ, काठमाडौं । नयाँ संविधान झल्किेने सिक्का दुई महिनामै आठ हजार सात सय ३५ थान बिक्री भएका छन् । सरकारले असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको चाँदीको सिक्का र एक सय रुपैयाँ अंकित दरका क्युप्रोलिन धातुको स्मारिका सिक्क निष्कासन गर्ने निर्णय गरेको आजको नागरिक दैनिकमा समाचार छ । नेपाल राष्ट्र बैंकले पहिलो […]