Comments Add Comment

संवैधानिक परिषद

List Grid
कांग्रेसलाई प्रश्न– अध्यादेश नमान्ने नियुक्तिमा भाग लिने ?

५ पुस, काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् ऐन संशोधन अध्यादेश २०७७ लाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले औपचारिक रूपमा स्वीकार गरेको छैन । उसले संसदीय दलको कार्य समितिको बैठकबाटै औपचारिक निर्णय गरेर कांग्रेसले सरकारलाई अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । तर त्यही कांग्रेसले अध्यादेश अनुसार बसेको परिषद् बैठकको निर्णयमा विभिन्न संवैधानिक निकायको नियुक्तिमा भाग […]

संवैधानिक नियुक्तिमा प्रधानन्यायाधीशलाई पनि भाग !

५ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा फिर्ता गर्ने प्रतिबद्धता जनाएको भनिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार गरिएको नियुक्तिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पनि ‘भाग’ पाएको जानकारहरू बताउँछन् । ३० मंसिरमा बसेको परिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, […]

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस

५ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मगरलाई आयोगको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुर सिफारिस भएका छन् । त्यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त […]

अध्यादेश फिर्ता लेऊ, संसद अधिवेशन तत्काल बोलाऊ : कांग्रेस

३ पुस, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश तत्काल फिर्ता लिन माग गरेको हो । ‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस्’ बैठकपछि कांग्रेस संसदीय […]

‘अध्यक्षलाई जोडेर कोरम पुग्दैन, संवैधानिक परिषदको बैठक बस्न ४ जना अनिवार्य चाहिन्छ’

२ पुस, काठमाडौं । स्थायी कमिटीको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा फेरि संवैधानिक परिषदको बैठक डाकेका छन् । तर, कानूनविदले भने अध्यादेशअनुसार नै बैठक बस्न पनि अध्यक्ष र अन्य तीनजना सदस्यहरु उपस्थित नभई गणपूरक संख्या नपुग्ने बताएका छन् । अध्यादेश जारी भइसकेको अवस्थामा […]

ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । बिहीबार संवैधानिक परिषदको बैठक बोलाएका ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका प्रचण्डनिकट स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका छ बजे संवैधानिक परिषदको बैठक बस्ने भनी […]

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो । तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन […]

२४ घण्टा नटिक्ने अध्यादेशमा राष्ट्रपतिको लालमोहर मोह

१ पुस, काठमाडौं । ७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गर्‍यो । राष्ट्रपति कार्यालयबाट त्यो अध्यादेश २१ मंसिरमा मात्रै जारी भयो । मिलापत्र गराएर बलात्कारी जोगाउनेलाई कारवाही गर्नेसम्बन्धी अध्यादेश सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयले कम्तीमा दुई हप्ता लगायो । मंगलबार बसेको भनिएको मन्त्रिपरिषद् बैठकले […]

अध्यादेश ल्याउनु सर्वसत्तावादी र अलोकतान्त्रिक कार्य : राप्रपा

१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नु सरकारको सर्वसत्तावादी  र अलोकतान्त्रिक कार्य भएको बताएको छ । बुधबार राप्रपाको केन्द्रीय सचिवालय  कार्यव्यवस्था  समितिको बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्ने प्रक्रिया र अध्यादेशको विषयवस्तु दुवैले संविधानको चिरहरण गरेको ठहर गरेको हो । अध्यादेशले संविधानको मर्म र भावनामाथि गम्भीर प्रहार गरेको पनि राप्रपाले […]

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत, स्थायी कमिटी बैठकमा सहभागी

१ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः संवैधानिक परिषदसम्बन्धी आध्यादेश फिर्ता लिन सहमत भएका छन् । यो सहमतिसँगै बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ र, बैठकमा अध्यक्ष ओली पनि सहभागी छन् । सरकारले मंगलबार मात्र अध्यक्षसहित तीन जनाकै उपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको […]

अध्यादेश र हस्ताक्षर दुबै फिर्ता गराएर ओली र प्रचण्डलाई मिलाउने प्रयास

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकको रोकेर बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता भएको छ । दुई अध्यक्षवीच वार्ताको संयोजन स्थायी कमिटीका नेताहरु सुवासचन्द्र नेम्वाङ शंकर पोखरेल र घनश्याम भुसालले गरेका छन् । साथमा महासचिव विष्णु पौडेल पनि छन् । ‘हामीले दुई अध्यक्षबीचको छलफलको समन्वय गरेका हौं, […]

अब प्रधानन्यायाधीश संवैधानिक परिषद बैठकमा जान मिल्दैन : राधेश्याम अधिकारी

१ पुस, काठमाडौं । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले अध्यादेशसम्बन्धी रिट सर्वोच्च अदालतमा पुगेकाले संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सहभागी हुन नमिल्ने बताएका छन् । सरकारले मंगलबार अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसविरुद्ध कानुन व्यवसायीले तीन वटा रिट लिएर सर्वोच्च अदालत  पुगेका छन्, जसमध्ये ओमप्रकाश अर्यालको […]

अध्यादेश फिर्ता लिएर संसदको अधिवेशन बोलाउन जसपाको माग

१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ । सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश फिर्ता लिएर संसदको अधिवेशन बोलाउनुपर्ने उसको माग छ । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज हुनुपर्छ : शान्ति समाज

१ पुस, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपतिद्वारा जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्न माग गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयद्वारा बुधबार जारी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश प्रतिगमनको सिंढी भएको समाजको ठहर छ । ‘एकाधिकारवादी चरित्र प्रदर्शन गर्दै जारी भएको यो अध्यादेश प्रतिगमनको पहिलो सिंढी […]

नेकपा स्थायी कमिटी बैठक सुरु गर्न ओलीको प्रतीक्षा

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन् । तर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नआइपुगेका कारण बैठक सुरु हुन सकेको छैन । बैठक अगाडि बुधबार विहान ओली र प्रचण्ड बीच भेटवार्ता भएको थियो । करिब आधा घण्टा छलफल गरेर […]

नेकपा बैठक : के अध्यादेश फिर्ता हुन्छ ?

१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई […]

संवैधानिक परिषदको चीरहरण नगरौं !

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात अहिले भ्रष्टाचारको पुर्पक्षमा थुनामा छन् । अर्का पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की समाजमा मुखै देखाउन नसकेर ‘भूमिगत’ बनेका छन् । अर्का पूर्वआयुक्त राजनारायण पाठक पनि घुसकाण्डमा रंगेहात मुछिएर दुर्नाम छन् । स्मरणीय छ, यी सबै पात्रहरुलाई अख्तियारजस्तो महत्वपूर्ण संवैधानिक अंगको साँचो हस्तान्तरण गर्ने ठाउँमा संवैधानिक परिषदले नै पुर्‍याएको […]

प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक

३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । अध्यादेशसँगै मंगलबार साँझ परिषदको बैठक बसेको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ ले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्था थियो । तर सरकारको सिफारिसमा अध्यक्षसहित तत्काल […]

बालुवाटारबाट धपाइएका सभामुखको दुःख !

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसदलाई बालुवाटारको छायाँजस्तै बनाएको आरोप प्रतिपक्ष र सत्तापक्ष दुबैतर्फबाट लाग्दै आएको छ । उसोभए संसदको नेतृत्व गर्ने सभामुख अग्नि सापकोटाको भूमिकाचाहिँ के–कस्तो छ त ? संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएपछि सभामुख सापकोटा यतिबेला चर्चामा आएका छन् । नेकपा स्थायी कमिटीको तत्कालीन सदस्य रहेका सापकोटा सभामुख बन्दै […]

प्रचण्डसँग नेम्वाङको प्रस्ताव : अध्यादेशबारे दुई अध्यक्ष कुरा गर्नुहोस्

३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न जानुअघि नेम्वाङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुवै अध्यक्षसँग पार्टीको विवादबारे नै कुराकानी गरेको नेम्वाङले बताए । ‘प्रचण्डलाई भेट्न […]

संवैधानिक परिषद् बैठकलगत्तै प्रधानमन्त्री शितल निवास पुगे

३० मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् । मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक […]