Comments Add Comment

संवैधानिक परिषद

List Grid
अध्यादेश सर्वसत्तावादतर्फको अर्को कदम : विवेकशील साझा पार्टी

३० मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई संविधानको मर्ममाथि ठाडो  प्रहार र सर्वसत्तावादतर्फको अर्को कदम भनेको छ । उक्त पार्टीले मंगलबार विज्ञप्ति निकालेर प्रधानमन्त्रीका मनपरीपूर्ण स्वेच्छाचारी कदमका कारण संसदीय प्रणाली र लोकतन्त्रमाथि नै जोखिम बढेर गएको टिप्पणी गरेको छ । सरकारले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई प्रधानमन्त्रीसहित ३ जना सदस्यको उपस्थितिमा […]

सभामुखको स्पष्टीकरण : संवैधानिक परिषदमा पर्याप्त परामर्श भएन

३० मंसिर, काठमाडौं । पर्याप्त गृहकार्य र परामर्श नभएका कारण सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएको उनको सचिवालयले बताएको छ । प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको बैठकमा सापकोटा अनुपस्थित भएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एउटा गुटको सल्लाहमा संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएको भन्दै सभामुखको आलोचना […]

प्रधानमन्त्रीले अप्रत्याशित अध्यादेश ल्याउनु गलत : नारायणकाजी श्रेष्ठ

३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइरहेका बेला प्रधानमन्त्रीले अप्रत्याशित रुपमा अध्यादेश ल्याउनु गलत भएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘ अहिले सत्तारुढ हाम्रो […]

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

३० मंसिर, काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् । परिषदमा हाल बहाल रहेका अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित […]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार्य : निधि

३० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार्य भएको बताएका छन् । सरकारले मंगलबार मात्र बहुमत सदस्यको उपस्थितिमै परिषद्को बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको थियो । प्रमुख विपक्षी कांग्रेसले यसको विरोध गरेको छ । कांग्रेस उपसभापति निधिले राजनीतिक दलहरुसँग परार्मश नगरी अचानक आएको अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी कदम भएको […]

संवैधानिक परिषदसम्‍बन्धी अध्यादेश जारी, सभामुखबिनै बैठक बस्न बाटो खुल्यो

३० मंसिर, काठमाडौं । सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको छ । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । बैठक लगतै संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनको दफा ६ को उपदफा ३ […]

अध्यादेशबारे जनार्दन शर्माले भने : सत्ता स्वार्थको पराकाष्ठा किन ?

३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुलाई हताश मनस्थिति भनेका छन् । मंगलबार ट्विटरमार्फत उनले सरकारलाई अध्यादेश फिर्ता लिन पनि आग्रह गरेका छन् । सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछि उनले छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा […]

राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

३० मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहनेछन् । प्रधानमन्त्रीले सोमबार बोलाएको संवैधानिक परिषदको […]

सभामुख अनुपस्थित हुँदा संवैधानिक परिषदको बैठक रोकियो

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्नि सापकोटा नगएपछि रोकिएको छ । आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो । संवैधानिक परिषदका सदस्यसमेत रहेका सभामुख सापकोटा प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट भएर परिषदको बैठकमा नगएका हुन् । आइतबार संघीय संसद […]

संवैधानिक परिषदसम्म पुग्यो नेकपा विवादको बाछिटा

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) संवैधानिक परिषदको बैठक बोलाएका थिए । तर, सभामुख अग्नि सापकोटा बैठकमा गएनन् । सापकोटाले बैठक बहिस्कार गरेको आज दोस्रोचोटि हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा भने उपस्थित भए । परिषदका अध्यक्ष एवं […]

देउवालाई गगन थापाको सुझाव : उपसभामुख चयन भएपछि मात्र संवैधानिक परिषदको बैठकमा जानोस्

३० मंसिर, कैलाली । नेपाली कांगेसका युवा नेता गगन थापाले उपसभामुख चयन भएपछि मात्रै संवैधानिक परिषदको बैठकमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सुदुरपश्चिमको कैलालीमा मंगलबार बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद थापाले उपसभामुख चयन नभई संवैधानिक परिषदको बैठकमा नजान सुझाएका हुन् । संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख पद संविधानतः […]

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

२९ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । यसअघि आइतबारका लागि बोलाइएको बैठक भने प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेन । नेपाली कांग्रेसका सभापति देउवाले सोमबार कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्न लागेकाले बैठकमा नआउने जानकारी पठाएका थिए । देउवा र […]

देउवा नआउने भएपछि संवैधानिक परिषदको बैठक स्थगित

२८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता अनुपस्थित हुने भएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि परिषद्को बैठक बोलाएका थिए । तर विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २९ मंसिरको प्रदर्शन अगाडि बस्ने बैठकमा नआउने सन्देश शनिबार पठाए । विपक्षी दलका […]

भोलि संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने

२६ मंसिर, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले भोलि आइतबार बोलाइएको संवैधानिक परिषदको बैठकमा आउन नसक्ने जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि आइतबार विहान ९ बजे बोलाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको प्रधानमन्त्री […]

संवैधानिक परिषदको बैठक मंसिर २८ गते

२५ मंसिर, काठमाडौं । संवैधानिक परिषदको बैठक आउँदो आइतबार बस्ने भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो । मंसिर २८ गते आइतबार विहान ९ बजेका लागि बैठक बोलाइएको जानकारी आएको प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख […]

सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिबाट खारेज

१२ वैशाख, काठमाडौं । सरकारले ल्याएका दुवै अध्यादेश औपचारिक रुपमा खारेज भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन् । सरकारले यही वैशाख ८ गते राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याएको थियो । एउटा अध्यादेश दल विभाजनलाई खुकुलो बनाउने र अर्को अध्यादेशमा प्रतिपक्षी दलको नेता नभए पनि […]

आज पनि हुन सकेन प्रधानन्यायाधीश सिफारिस, देउवा अनुपस्थित

२६ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नभएपछि संवैधानिक परिषदले आज पनि प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सकेन । प्रधानन्यायाधीश सिफारिस आजै गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा बिहान परिषद बैठक बोलाएका थिए । तर, प्रमुख प्रतिपक्ष दलको नेता नै सहभागी नभएपछि बिहीबार बिहान ९ बजे बैठक बस्ने […]

संवैधानिक परिषद सोमबार बस्दै, चोलेन्द्र शमसेर बन्लान् त नयाँ प्रधानन्यायाधीश ?

१६ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउनुभन्दा ठीक एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने भएको छ । त्यसका लागि सोमवार संवैधानिक परिषद बैठक बस्दैछ । मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषदले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो । संवैधानिक […]

संवैधानिक परिषद बैठकः अख्तियार प्रमुख सिफारिसको तयारी

२० भदौ, काठमाडौं । संवैधानिक परिषदको बैठक बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल भइरहेको स्रोतले बतायो । अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् । बैठकले घिमिरेलाई नै […]

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

७ भदौ, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि […]

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

७ भदौ, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएपछि […]